Day-9
The Great Himalaya Trail 2016
Hilsa Rest day
20 July 2016
नेपाल चाईना सिमाना स्तम्भमा किशोर सर
हाम्रो आराम गर्ने दिन भएकाले बिशाल भान्जा र किशोर सर 1000Hrs
सम्म सुते। ७ बजे तुमकोट गाडी जाने भएकाले म हाम्रो सहयोगी सन्तोष भाईलाई बिदाई गर्न
उठे। लिमी भ्याल्लीमा टिबेटीएन भाषा मात्र बोल्ने भएकाले सागरलाई फर्काएका
सिमिकोट । सूर्यको उषा पोखिनलाई फखेटा फिजाउदै गरेको देखिन्थ्यो। हातमा भोटे चिया
बोक्दै हिल्साको चिसो र कलिलो बिहानमा म एक्लै वरिपरिको दृष्य नियाल्न डुले।
हिँउले खुईलेका नाङ्गा पठार बाट ठोक्केर झरेको छिप्पेको घाम आईसक्दा किशोर र बिशाल
उठ्नु भयो। घाम ताप्दै भोटे चिया पिउदै बस्यौ।
भोटबाट बग्दै आएको कर्णाली नदी घमिलो देखिदै छ। पानी परेको छैन तर
किन धमिलो पानी बग्दै छ। छेवैमा भएकी होटलकी बहिनीलाई सोधे। भोटमा हिमताल फुटेको
हुनु पर्छ। ३ दिन अगाडि सम्म सङ्गलो थियो। नेपालको भूभागमा कर्णाली नदीमा पक्की
पुल निर्माण गर्दै गरेको देखिदै छ। मन्द गतिमा सिरेटो चलेको छ। मानसरोवर
जानका लागि भारतिय तिर्थालुहरु नेपालको झोलुङ्गे पुल तर्दै नेपाल र चाईनाको
सिमानामा चिप पर्खि बसेको देखिदै छ। सिमिकोट बाट भारतिय तिर्थालुहरु हेलिकप्टर बाट
ओसार्दै गरेको हेर्दै छौ । मानसरोवर दर्शनको महिना भएकाले हिल्सामा भारतिय पर्यटक
र नेपाली गाईडहरु को घुईचो देख्दै छौ। हिल्सा सिमिकोट सिमिकोट हिल्ला नेपालीको
लागि हेलिकप्टरमा सिट भएमा भाडा ५ हजार रहेछ।
नेपालको सिमा प्रहरी चौकीमा गयौ। सुरक्षा र अन्य कुराहरु बुझ्न। १६
जना लेक लागेर भारतिय तिर्थालु मृत्यु भएको जानकारी दिए। यो साल देखि सिमा
प्रहरीले राज्वस्व उठाउन थालेकाले गत सालको भन्दा कम चाईना बाट समानहरु भित्रिएको
कुरा बताए। हरेक महिनामा चाईनाको प्रहरीको सिनियर मेसमा निमन्त्रणा गर्ने र उताको
सुविधाहरु देख्दा । हेर्नुस त हाम्रो सिपाही भाईहरु यस्तो जाडोमा पनि कम
सुविधामा देशको सेवा गर्दै छन्। ईन्सिपेक्टर ले भने।
चाईनाको भूमिमा उच्च प्रविधिको सी सी टीभी जडित छ। कुनै किसिमको
नेपालको भूगोलमा हर्कत देखेमा हामी कहाँ समन्य गर्न आउछन्। २० मिनेट गफगाफमा सिमा
प्रहरी चौकीमा हामीलाई चिया खुवाउनु भयो। हामी हुम्ला देखि ताप्लेजुङ सम्म
हिड्ने नेपाली घुम्ने भन्दै चिनारी दिएका थियौ चौकीमा। उहाँहरु खुशी हुनु भएको
थियो। कति बिदेशी मात्र हिड्ने अब नेपालीले पनि घुम्नु पर्छ । चौकी बाट होटलमा
खाना खान फर्क्यौ। खाना खाए पछि सिमाना स्तम्भ र हेलीकप्टर ल्याण्ड हुने स्थान तिर
डुल्न गयौ।
हिल्सा बजारमा चाईनाको
नेटवर्क भएको मोबाईल नंम्बर प्रयोग गर्दा रहेछ। नेपाल दुरसंचारको नेटवर्क कहिले
पुग्ला। भन्दै मैले किशोर सरलाई प्रश्न गरे। खै कहिले उहाँले भने।
हिल्सा बजारको प्राकृतिक शौन्दर्यले हामीलाई मन्त्रमुग्ध बनाउको थियो।
नेपाल चाईना सिमाना स्तम्भ। बिचमा कर्णाली नदि पारि देखिने चाईनको भूगोल। भूक्षय रोक्नका लागि चाईनाले बलियो बाँध बाधिएको छ।
नेपालको भूगोल बाट चाईनाको भूगोल नियाल्दा
नेपालको भूमिबाट चाईनाको बिकास नियाल्दा। कर्णाली नदीमा बाँध,कालो पत्र गरिएको मानसरोर जाने सडक,चाईनाको अध्यगमन भवन र देखिएको नाङ्गा पठारमा उच्च प्रविधिको क्यामराले नेपालको भूमिमा निग्रानी गरेका हुन्छन् ।
नेपाल चाईना सिमानको काँडे तार । खच्चर देखिएको नेपालको भूमि
नेपाल चाईना सिमान नियाल्दा बिचमा कर्णाली नदी पारी नेपालको भूमि हिल्सा
नेपाल दुरसंचारको टेलीफोन देखाउने मात्रा हो । काम गर्दैन । केवल बिज्ञापन मात्र।
झोलुङ्गे पुल। नेपाल सिमा प्रहरीले अध्यगमनको काम, राज्वश्व संकलन र अन्य सुरक्षा जाँच यसै स्थानमा गर्ने गरेका देख्यौ।
नेपाल चाईना सिमानमा यस्तो देख्न सकिन्छ
हिल्सा बजारमा बतेडको घाम लाग्दै छ। पठार भएकाले हावा चल्ने नै भयो। सानो भ्याल्ली भए पनि हिल्सा बजारको प्राकृति सौन्दर्यले मन खुशी पार्ने प्रबाभ रहेछ।
मानसरोवर जानका लागि भारतिय तिर्थालुलाई हवाई मार्ग सिमिकोट देखि ओसार्दै
नेपालको भूमि हिल्सा बजार भन्दा केहि माथि हेलिप्याँड । मानसरोवर दर्शन गरेर सिमिकोट फर्कन हेलकप्टरको प्रतिक्षामा भारतिय तिर्थालु र नेपाली गाईड
नेपालको भूमिबाट देखिएको पुरै चाईनाको बिकास
नेपालको भूमिमा अवस्थित झोलुङ्गे पुल । यसै झोलुङ्गे पुलबाट चाईना नेपाल आवत जावत गर्ने गरिन्छ।
यो देखिउको भूमि नेपालको हिल्सा बजार हो। सानो बजार भए पनि क्या राम्रो भ्याल्ली छ। हिँउले पखाल्दै राखेको चट्टान र माटोको स्वरुप देख्दा मित लगाउन मन लाग्दो रहेछ। कर्णाली कञ्चन बगेको देख्दा पक्कै पनि थप आकर्षण हुने रहेछ। फेरि पनि कुनै दिन पुगिन्छ हिल्ला घुम्न बस्न अनि रमाउन।
कर्णाली नदी माथि पक्की पुल नेपालको भूमिका निर्माण गर्दै थियो हामी पुग्दा। हाल पक्की पुल निर्माण भई । सवारी साधन गुड्न थालि सकेको छ।
नेपालको भूमि हिल्सा बजार हल्का नाराला पास को घुम्ति पनि देखिदै छ।
हिल्सा बजार । माथि देखिएको नारा पासको थुम्का र हिल्सा सिमिकोट सडकको घुम्ति।
No comments:
Post a Comment