Total Pageviews

Wednesday, July 25, 2018

यात्रा बिदादारी पार्क सम्म (Bidadari Park)







Dash/Down/Observe/Sight/Fire/field Craft का सुख्खा तालिम देखि CFT,BFT,APFA,APPT,ICFT,X-Country,Speed Walk ,Running ,Walk & jogging को अदभुतको स्थल थियो बिदादारी पार्क। कथा हो २४ बर्ष अगाडीको। कंक्रीटको स्वर्णिम महाभारत पर्वतमालाको जस्तै दृष्य केहि महिना पश्चात देखिदै छ। जरुवा पानीबाट मानव निर्मित अल्काफ पोखरी पनि निर्माण हुँदै छ। जीवन भनेकै बिगत र बर्तनमा मिलेर बनेको जस्तै लाग्छ। आजकाल बिदादारीको वरिपरि घुमफिर गर्दा बिगतको सम्झनाले भुतुक्कै बनाउछ मलाई।  



Friday, July 20, 2018

Great Himalaya Trail

Day-39
दुनै - फापर बारी (डोल्पा)
Dunai - Phapar Bari (Dolpa)
19 August 2016

भान्जा बिशाल र किशोर सर प्याँस मेटाउनु हुँदै । लोभ लाग्दो अक्करको आकृति नियाल्नु हुँदै।
हाम्रो समान होटल ब्लू सिपमा छाड्यौ। खाएको बसेको रु ३००० हजार तिरी  यात्रा सेफोक्सुण्डो तिर हानियौ 0800Hrs। डाँडा तिर कुहिरो उड्दै गरेको देखिन्थ्यो। घाम लागेको थिएन् । ठुस्केको बिहानी थियो। ठुली भेरी धमिलो भेल उर्लदै गरेको देखिन्थ्यो। भेलको हिलो ठ्वाँस्स गनाउथ्यो। दुनै बजारमा चहलपहल देखिदैन्थे। गफगर्दै दुनै बाट आधा घण्टामा सुलीघाटमा पुग्यौ। ठुली भेरी र फोक्सुण्डो खोलाको दोभान हो  सुली घाट । राष्ट्रिय निकुञ्जका लागि सुरक्षामा खटिएका नेपाली सैन्यको ब्यारेक रहेछ सुली घाटमा। ठुली भेरीको झोलुङ्गे पुल तर्यौ। फोक्सुण्डो खोलाको पुल तरे पश्चात हाम्रो झोला जाँच र सामान्य सोधपुज गरे निकुञ्जमा खटिएका नेपाली सैनिकले। 
फोक्सुण्डो खोलाको काठे पुलमा किशोर सर र भान्जा बिशाल 
१०मिनेट गफगाफ गर्यौ सैनिक संग। यसपाली दशैमा को को घर जाने नजाने कुराहरु वकीटकीमा नाम लेखाउदै गरेको सुनिन्थे। फोक्सुण्डो खोलाको पानी संग्लो बगिरहेको देखिन्थ्यो। थुम्का तिर बादल उड्दै गरेको र पानी परिरहेका देखिन्थे। खोलाको छेवै छेव पछ्याउदै उकालो बाटोमा हिडि रहदा कगेनी बस्ति भेट्यौ। कगेनी बस्ती सानो फाँट चिटिक्क परेको ठाउ रहेछ। होटलमा चिया पियौ। वाई वाईको तातो सुप पियौ। फापरको रोटी खाजा खायौ। टक्क पिरो अचार संग चोप्दै खायौ काँक्रा पनि। एक घण्टा आराम गरि कगेनी बाट बाटो लाग्यौ। हिडेको आधा घण्टा पछि सिमसिमे पानी पर्न थाल्यो। बाटो वरिपरि गाँजका घारी भेटिन्थे । सितले हाम्रो पाईन्ट भिजाई सकेको थियो। हिड्दै गर्दा २ स्थानमा सर्प भेट्यौ। उकालो बाटोमा उक्लिदै गर्दा कुनै ब्याक्तिहरु भेटेनौ। घाम नलागे पनि पसिनाले लुथ्रुक्क भईसकेका थियौ। माथी नाङ्गा पहाड खोचमा जङ्गल र फोक्सुण्डो खोलाको आवाजमा रमाईरहेका थियौ। वाक्क दिक्क भएको महसुुस भएको थिएन्। उत्साह थियो कहिले फोक्सुण्डो ताल पुगिन्छ भन्ने मात्र। उकालो बाटोमा सिमसिमे पानीको पिटाईले कगेनीमा खाएको खाजाले छोडि सकेको थियो। 
हिड्दै गर्दा साँङ्टा मा २ वटा होटल देख्यौ। हरियो दुवो र बस्नका लागि चिटिक्क सल्लाको कुर्सी पनि बनाएको रहेछ। फोक्सुण्डो खोला र छेवैमा बगेको साउने खोलाको आवाज सुनिन्थ्यो। थाकेर लोथ भएका थियौ। रेडबुल पियौ। चिया पियौ।  खाना पाक्न समय लाग्छ भनेकाले वाई वाई खायौ। होटलका मालिक रुकुम जिल्लाका भएता पनि निकुञ्जका सुरक्षामा खटिदा डोल्पामा ससुराली बनाएको रहेछ। अवकास पछि साङ्टामा टि हाउस संञ्चालन गरेका रहेछन्। काराभानका नायक थिन्ले कुन ठाउ बाट लडेर मृत्यु भएको होला सोधे होटल मालिकलाई। यहा बाट १०मिनेट हिडे पछि भेटिन्छ । बाटामा ध्वाँजा पाताहरु छन् । त्यहि बाट लडेका हुन् घोडाबाट। दुनै बाट ति घोडा हिड्न मानेका थिएन् रे । पिट्दै ल्याएका थिएरे । थिन्ले मर्ने दिन यहि बाट चिया खाएका र गफ गरेर गएका थिए त्यस दिन ।  खाजा खाएको २०००हजार तिरी बाटो लाग्यौ। 
हिड्ने बेलामा साहुजीले सावधानी अपनाउनु होला । खोला पारीको पाखा देखाउदै बाह्रे महिना ढुंगा झरि रहन्छ। होसियार भएर हिड्नु होला। बिगतमा धेरै अकालमा बिदेशीहरुले ज्यान गुमाएका बताए। आरामले रेची पुगिन्छ । धन्यवाद जानकारीका लागि भन्दै साङ्टा बाट उकालो तेर्स्रो बाटो हुँदै थिन्ले मृत्यु भएको ठाउमा पुग्यौ। थिन्लेलाई सम्झ्यौ ।फोटो खिच्यौ। किशोर सर भान्जा बिशाल र मैले भन्यौ बुढाको दिन त्यस दिन सम्म मात्र हुन लेखेको रहेछ। भित्ता तिर पनि ठुलो ठाउ थियो रहेछ। किन डिल पट्टी बसेका रहेछ। थिन्लेको घोडालाई खच्चरको धक्काले  नेपाललाई चिनाउने नायकको अकालमा मृत्यु भयो हगी भन्दै उकालो बाटोमा आफ्नै गतिमा हिड्न थाल्यौ। 
थिन्ले घोडाबाट लडेर मृत्यु भएको ठाउमा म र किशोर सर साङ्टाको पखेरुमा ।
बाटामा खच्चरका हुलहरु रित्तो भारी लिएर दुनै तिर झर्दै गरेका भेटिन्थे। सावधानी पुर्व भित्ता तिर बस्ने गर्थ्यो। खच्चरलाई बाटो दिदा। छेउतिर बसेमा केहि भई हाले सिधै फोक्सुण्डो खोलामा। छेप्का पुग्नका लागि उकालो बाटोमा मेहनत गर्नु परेको थियो। साङटामा खाएको खाजाले छोडि सकेको थियो। छेप्कामा चिया पियौ। वाई वाई खाजा खायौ। छेप्कामा चार घर रहेछ। चारै तिर जंगलको बिचमा सुन्दर बस्ति । गजब लाग्यो। हरियो स्याँउ हाँगै नुहिने गरि लटरम्म फलेका देखेका थियौ। तर खाना मन नलागेकाले किनेनौ। २ बजे छेप्का पुगेका थियौ। ३बजे छेप्का बाट बाटो लाग्यौ। बाटामा चुनुवार बाट छात्रा बिधार्थीका समुह समुह झर्दै गरेका भेट्यौ। कता हिडेका मैले सोधे। भोलि र पर्सी स्कूल बिदा भएकाले दुनै किनमेल गर्न हिडेका बताए। हिड्दै गर्दा एक हुल छात्रा बिधार्थीहरुलाई भेट्यौ। उक्त बिधालयमा अध्ययन  गर्ने छात्राको नाम बताउदा अगाडि गईसेको बताए। सिमलाङ्गना का बहिनीको चिठ्ठी हामीले ल्याई दिएका छौ  दिनु होला भनेर मैले झोला बाट चिठी दिए। 

फोक्सुण्डोखोलाको झोलुङ्गे पुल तरे पश्चात म र किशोर सर थाकेर लोथ भएका थियौ। बिशाल भान्जा अगाडी बढि सकेका थिए। किशोर सर थकित भएर बान्ता गर्नु भयो । पानी पियौ। करिव १० मिनेट बस्यौ। रेजी नपुग्ने भयौ फर्कु छेप्का भन्दापनि धेरै बाटो हिडिसकेका थियौ। अलि बिसेक भए पछि किशोर सर र म कछुवाको गतिमा उकालो हिडिरहदा बिशाल भान्जा फोक्सुण्डो खोलाको बगरमा आराम गरिरहेका देख्यौ। बाटामा २  जना लामा भेटिए। कति लाग्ला रेजी पुग्न? सजिलै १ घण्टा पुग्नु हुन्छ भने। हिड्दै गर्दा बाटामा तम्बु टाँगिएको चिया पसल भेट्यौ। चिया र वाई वाई बनाउन लगायौ। ज्यान थाकेर लोथ भईसकेको थियो। रेची बास पुग्ने अवस्थामा थिएनौ हामी। यहि ठाउमा बस्ने निर्णय गर्यौ। यस ठाउलाई के भनिन्छ साहुनीलाई सोधे फाँपर वारी भनिन्। चिया र वाई वाई खाए पछि ज्यान फुरुङ्ग भयो। दिउसोको ५ बजि सकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। अगेनामा चिया पिउदै गफगर्दै गर्दा छेप्का बाट ब्यापारका लागि यस ठाउमा चिया पसल थापेको कुरा बताईन् साहुनीले। साँझको खाना खाए पछि ८बजे सुत्यौ। खाना मिठो थिएन् ।









HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...