Total Pageviews

Saturday, August 6, 2022

LIBJU MOUNTAIN BIKE TRAIL २९ माघ २०७८


मानेभञ्ज्याङ साईकल टोली लिब्जु उपो धाम मा सामुहिक तस्विर  

लिब्जु उपो धाम मानेभञ्ज्याङ गाउपालिकाको सबै भन्दा अग्लो थुम्का हो। सामुन्द्रिक सतह बाट १९०५मिटर उचाईमा रहेको छ। लिब्जु उपो धार्मिक स्थल हो।लिब्जु उपो धामको नाम बाट लिब्जु साईकल ट्रेलको आराम्भ गर्ने शोच साथै स्वास्थय रहनु अनि पर्यटन प्रवन्धलाई टेवा दिने सोचले लिब्जु ट्रेल आयोजना गरका हौ। मानेभञ्ज्याङ साईकल टोलीले।

लिब्जु ट्रेलका लागि कुमार मगर भाईले २दिन अगाडि देखि १४ वटा साईकल सर्भिसिङ गरेका थिए। आङगुस राई कुमार मगर भाईलाई लिब्जु ट्रेलका लागि तिथि मिति तय गर्नका लागि मैले भनेको थिए। लिब्जु ट्रेलको शुभ साईत आङगुस भाईले माघ २९ गते २०७८ शनिवारको दिन हुने बताए। उक्त दिन कहिले आउला भन्दै साईकल टोली हुटहुटीमा देखिन्थे ।लिब्जु ट्रेलको लागि मानेभञ्ज्याङको अडिमर्दन चोक बाट बालेथाम कोल्टार बौद्धडाँडा लिब्बु उपोलाई दर्शन पश्चात ढ्वाँकुम चोकमा  खाजा त्यस पछि फकुल रिकदुम पशुबगर हुँदै जयरामघाटमा खाना त्यस पछि तल्लो र माथिल्लो रिचुवा गाउ हुँदै मानेभञ्ज्याङमा लिब्जु ट्रेल समाप्त हुने योजना बनेको थियो। लिब्जु ट्रेलको टिसर्ट कुमार मगर भाईले काठमाण्डु बाट प्रिन्ट गरि ल्याएका थिए। लिब्जु ट्रेलका लागि हरेक ब्याक्ति बाट नेपाली रु १५०० उठाएको थियो।


अडिमर्दन चोकमा आङ्गुस भाई प्रफुल्लित मुद्रामा

सूर्यको प्रकाश भुईमा पोखि सक्दा पनि मानेभञ्ज्याङको अडिमर्दन चोकमा चिसो हावाको स्पर्स छदै थियो।लिब्जु ट्रेलका लागि शुरु हुन अगाडि सामुहिक तस्विर साथै फेसबुक लाईभमा हाजिर भयौ। ९ बजे अडिमर्दन चोक बाट १४ जना साईकल यात्रीले आफ्ना आफ्ना साईकल चढ्दै शिद्धिचरण राजमार्ग तिर लागे। चोकमा उपस्थित टोलबासीले आफ्ना आफ्ना मोबाईलमा भिडियो फोटो खिच्दै गरेका देखिन्थे। शुभयात्रा भन्दै ताली पिट्ने देखि हात हल्लाउदै गरेका देखिन्थे। मानेभञ्ज्याङ पुलिस ठानाका सही साहेवले पनि ट्रेलको जानकारी ओखल्ढुंगा जिल्ला प्रहरी प्रसासनमा जानकारी दिनका लागि लिब्जु ट्रेलको सहभागी आङगुस राई भाई संग जानकारी लिएका थिए।



उकालो घुम्तिमा साईकल कुदाउदै कुनै स्थानमा डोराउदै फेसबुक लाईभ गर्दै मानेभञ्ज्याङ साईकल टोली अक्सली पार्कको फेदीमा पुग्दा घामको प्रकास पाखा पखेरु तिर फिजी सकेको देखिन्थ्यो। बलबहादुर ग्रामिण सडक धिमिले जाने चोकमा पानी पिउदै र थकान भुलाउदै गर्दा फोटो भिडियो खिच्यौ। बालेथामको कुईनेटामा पुग्दा निलो आकस मुनि क्षितिज संग मुस्कुराउदै बसेको देखिन्थे नुम्बुर हिमपर्वत मालाको लस्कर। हर्षको उन्माद छर्दै मानेभञ्ज्याङ साईकल टोली घिमिलेको किवि फार्मको आडैमा भएको खाजा घरमा  किवि र डालमुट खादै खुशीका तरंग साट्यौ। ज्याँदै स्वाँदिष्ठ किवि थियो। करिव १५मिनेट बिस्राम पश्चात साईकल टोलीको जोस र खुशीको उमंगको उत्सकर्ष संगै कोल्टार तिर सोझियौ। सिद्धिचरण राजमार्गमा आनन्दि हुँदै साईकल गुडाउदै गर्दा बेला बखतमा सवारी साधनले खुशीको  ज्वाँभाटा लाई खल्बलाउथे। कोल्टार गाउमा साईकलको लस्सकर देखेर गाउलेहरुले रमिता हेर्नका लागि आगनबाट निस्कदै छक्क पर्दै हेरिरहेका देख्यौ।


थकान मेटाउदै बल बहादुर समाबेशी ग्रामिण सडक चोकमा

बौद्ध डाँडामा थकान मेटाउदै लिब्जु उपोको शिर उच्च हुँदै बसेको दृष्य नियाल्दै १०मिनेट बस्यौ। त्यस पछि सिद्धिचरण राजमार्गलाई बिदाई गर्दै ऊबु गाउ जाने बाईरोडको बाटोमा फुस फुस धुँलो उडाउदै  साईकल गुडाउनुको मज्जा बिछ्टैको थियो। बाटो ओरालो भएकाले बौद्ध डाँडा बाट लिब्जु उपो धामको फेदीमा १०मिनेटमा पुग्यौ । फेदीमा पुग्नका लागि घुरेन बारीमा गहुँ र तोरीबारीले यात्रामा थप रौनक्ता थपी दिएको थियो। बारीमा काम गर्दै गरेका गाउलेहरु साईकलको ताती देखेर छक्क पर्दै हामीलाई हेरिरहेका देखिन्थ्यो।

लिब्जु उपो धामको फेदीमा साईकल राख्यौ। उपोलाई दर्शनका लागि सिधै उकालो बाटो भएता पनि ब्यावस्थित सिढी र रेलिङ निमार्ण गरेका रहेछ। आङगुस राई भाई बाहेक हाम्रो लिब्जु उपो पहिलो पटक दर्शनका लागि उक्लिदै थियौ। मानेभञ्ज्याङ देखि सधै मुस्कुराउदै बसेको उपोलाई नजिक बाट दर्शन गर्नमा सबैमा हुटहुटी देखिन्थ्यो। कटुस र गुराँस घारीको स्वच्छ र चिसो बतासको स्पर्स लिदै सिढी र रेलिङ समाउदै लिब्जु धाम पुग्नका लागि साईकल टोलीको हसिलो मुद्रा देखिन्थे । उक्लिदै गर्दा चराचुरुङ्गी अवाजले थप सुन्दरतामा रंग भरेको जस्तो लाग्दथ्यो।उक्लिदै गर्दा बन्यजन्तु र चराचुरुङ्गीको फोटो कटुसको रुखमा टाँगेको देखिन्थ्यो। कटुसघारीको प्वाँल बाट उक्लदाको थकान मेटाउने प्रयास गर्दा आँखाको ज्योती भरी ऊबुँ गाउको रहर लाग्दो बस्ति देखिन्थ्यो। २५मिनेटमा लिब्जु उपो धाममा पुग्यौ। आङगुस भाईलाई भने सक्नेलाई २० मिनेट र हिड्न नसक्नेलाई कम्तिमा ४०मिनेटमा लिब्जु उपो धाम उक्लि सकिने रहेछ सुनाए। सबैले दर्शनका लागि दान भेटी अछेता र धुप बत्ती बाल्दै घण्टी बजाउदै दर्शन गर्यौ। दर्शन पश्चात सामुहिक तस्विर साथै फेसबुक लाईभ गर्यौ पनि। लिब्जु उपो हाईकिङका लागि पनि उपयुक्त स्थान रहेछ।

लिब्चु उपो  दर्शन पश्चात बाटो पुरै ओरालो भएकाले बुङ बुङ धुलो उडाउदै पत्तो नपाई  ढ्वाँकुङ चोकमा पुग्यौ। चोकमा भएका गाउलेहरु पनि आस्चर्य हुँदै हामीलाई हेरेको देख्यौ। साईकल राख्दै ओरालोमा हात दुःख्यो कसैले झण्डै लडियो भन्दै थकान र खकुलो पेट भई सकेकाले खाजा घरको मेचमा बस्दै आफ्ना अनुभव सुनाउ थाले।


दुधकोशीमा आराम साथै अन्य मित्रहरुलाई पर्खदै

खाजा वाई  वाई पाक्दै थियो। आङगुस राई भाईले भैसीको दुध ग्लास र उसीनेको सुठनी थाल थालमा ल्याए। भोकको जोसमा सबैले ड्याम्की ड्याम लडाउन थाले। तातो तातो भैसीको दुध संग सुठनीको स्वाँदले सबै जना खुशीका साथ खाजा खाईरहेका देखिन्थे। ढ्वाँङकुङ चोकको शान्त वतावरणमा न्यानो र पारिलो घामको प्रकाशले पखेटा फिजाई सकेको थियो। सल्लाको मुढा राखेकाले घाम ताप्दै थकान भुलाउन थाल्यौ। आधा पेटलाई भरि बनायौ वाई वाईले।

ढ्वाँङकुङ चोकलाई पछाडि राख्दै साहुनीलाई धन्यवाद दिदै सलेवा पार्क तिर साईलको पाङग्रा सोझायौ। सलेवा पार्कको शौन्दर्यले मानेभञ्ज्याङ साईकल टोली वरिपरी साईकलमा फन्को मार्न थाले । कोहि फोटो र भिडियो फेसबुक लाई गर्न थाले। पार्कमा सामुहिक तस्विर खिच्यौ। लिब्जु उपोले सिधै माथी बाट हाम्रो चर्तिकला मुस्कुराउदै नियाली रहेको जस्तो लाग्थ्यो। गाउका युवा युवतीहरु पनि चकित पर्दै कहाँ देखि आउनु भएको भन्दै सोध्न थाले। मानेभञ्ज्याङ बाट आएका भन्दै उत्तर दिन्थे। करिव १०मिनेटको पार्कमा बस्यौ। घडि हेर्दा दिउसोको २ बजेको थियो।

सलेवा पार्क देखि बाटो पुरै ओरालो भएकाले साईकल बुरुक बुरुक उफार्दै फुङ फुङ धुलो उडाउदै म र आङगुस भाईले कान्ला तिर हाम फाल्दै गरेको जस्तो तरिकाले झर्दा साथीहरु पछाडि छोडिसकेको थियो। फोकुलको न्यानो वतारणमा पर्खदै बस्यौ साथीहरुलाई।  बाईरोडको बाटोमा साईकल कसरी दगुराउने अनुभव म आङगुस र कुमार भाईलाई थियो । फोकुलको वतारणमा १०मिनेट आराम गर्दै गर्दा साथीहरुले हात दुख्यो ब्रेक लगाउदा  लगाउदा भने। १४जना टिमको साईकलमा केहि समस्या देखा परेमा कुमार भाई साईकल मेकानीक्स थिए। उ जहिले पनि अन्तिमा हुन्थे।



रिकदुम गाउको घुमाउरो बाटोमा साईकल कुदाउनको आनन्द बेतोडको हुँदै थियो। दुधकोशी नदी आफ्नै लय लिएर सुसाउदै गुनगुनाउदै गरेका दृष्य देखे पछि आङगुस भाईलाई सुनाए लिब्जु ट्रेलको थप आकर्षण हो। घासे काट्दै गरेका गाउलेहरु पनि बाटामा देखिन्थे। बाख्रा गोठालेहरु पाखामा बाख्रा चराई रहेका देखिन्थे।सिधै पारी तल्लो रिचुवा गाउको खेतबारीमा हरियाली गहुँ बारी देखिन्थ्यो। गोठालेहरु सुईया र खुँईया पार्दै हामीलाई हेरिरहेको पनि देखिन्थे। पशुबगरमा आईपुग्दा सबैको अनुहारमा खुशीका रसले गदगद भएका देखिन्थे। दुधकोशी र रम्दु खोलाको पानीमा टाउको नुहान थाले। बगरे ढुंगामा आराम गर्दै भिडियो र फोटो खिच्न थाले।


सिठ्ठेनी घागी नजिकै सुखा पहिरोले गर्दा साईकल बोक्ने अभ्यास

सिठ्ठेनी घागीको पाटामा सुखा पहिरोले बाटो अवरोध भएकाले सबैले साईकल बोक्नुको उपाए बाहेक अन्य बिकल्प थिएन्।दुधकोशी नदीलाई बाँया राख्दै धुलो छर्कदै जयरामघाटमा ३बजे पुग्यौ। होटल बोडम मा असला माछा संग खाना खायौ। ओरालो बाटोमा साईकल दबाउदा पेट पुरै ओडार भई सकेकाले सबैले भोकको जोसमा ३ पटक खाना थप्दै मन्द गतिमा बहेको दुधकोशी बगेको हेर्दै खकुलो पटलाई डम्म बनायौ। गह्रो पेट बनाई ४बजे जयरामघाट बाट तल्लो रिचुवा गाउतिर लाग्यौ। तल्लो रिचुवा निवासी रिलदुक भाईले हाम्रो साईकल ट्रेलको ड्रोन बाट भिडियो लिनलाई प्रयास गर्दा हावाले ड्रोनलाई खयार घारीमा भित्र लगेकाले भिडियो लिन नसकेको कुरा बोडम होटलमा खान्की खादै गर्दा सुनाए ।


होटल बोडमा खानाको प्रतिक्षामा मानेभञ्ज्याङ साईकल टोली

बाटो पुरै उकालो भएकाले बेसी पाखाका कुईनेटामा पुग्दा थाकेर लोथ भएका थियौ। तल्लो रिचुवा गाउको तित्रीको फेदमा पुग्दा मामा मोहन थापा मगर(बिजुली माईला) ज्यूले खयरको चिया मिनरवाटर कोक फ्यान्ट र ड्यूका बोटलले न्यानो आतिथ्य गर्नु भयो। पसिनाले लुथ्रुक भएको ज्यान पिय पदार्थ र दुधकोशी बाट उठेर आएको चिसो पवनले स्पर्श गर्दा सबैको मुहारमा हर्षको तरंग देखिन्थ्यो।सूर्यको प्रकाश भुब्जुको शिरमा मित लगाउदै गएको देखिन्थ्यो। हाम्रो आतिथ्यको लागि धेरै नै आभारि छौ भन्दै बिजुली माईला मामा जी धन्यवाद दियौ। तल्लो रिचुवा गाउबाट ९जना साईकल यात्री ट्याक्टरमा आउने योजना बनाए। ट्याक्टर नआउनजेल म साईकल डोराउदै घुम्तितिर लागे। साधनेको घुम्ति आईपुग्दा ट्याक्टर झर्दै थिए। आङगुस कुमार गने साईकल चढ्दै पोखरी टार बाट साईल दबाउन थाले। म थाकेर लोथ भएकाले पोखरी टार बाट ट्याक्टरमा चढे। १०जना ट्याक्टरमा चढेर अडिमर्दन चोकमा पुग्दा साँझको ७३० भएको थियो। बाँकी ४ जना साईकल दबाउदै ८बजे आईपुगे। सबै आफ्ना घर तिर लागे। कुमार आङगुस र गने भाई साँस्पुले भ्याल्ली मेरो घर तिर झर्यौ। छिप्पेको साँझमा ३पाने र मकै भटामास खाँदै फेसबुक चलाउदै गफीदै साँझको ११ बजे सम्म बस्यौ।


तल्लो रिचुवाको तित्रिको चौतारामा थकान भुलाउदै 



आङ्गुस भाई तित्रीको चौतारामा थकान र मित्रहरुको गफगाफ सुन्दै




HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...