Total Pageviews
Tuesday, December 29, 2015
Sunday, September 13, 2015
रामारोशन ताल
मोहनी लगाउने रामारोशन ताल
- Day काठमान्डु देखि धनगढी बस यात्रा घनगढी बाट माईक्रो बस मार्फत दिपायल सिलगढी ।
- Day सिलगढीबाट बस यात्रा गरि साँफेबगर (२४किलोमटर सिगढी देखि साँफबगर) ।( ३५किलोमिटर साँफेबगर देखि अछामको सदरमुकाम मंगलसेन) ।
- Day साँफेबगर -जयगढ बस ३०मिनेट जीप यात्रा । जयगढ देखि रामारोशन पदयात्रा
- Day रामारोशन गाउदेखि २ घण्टा पदयात्रा गरि रामारोशन ताल दृष्यलोकन
- Day रामारोशन -बिनायक पदयात्रा
- Day बिनायक- राकाम पदयात्रा (राकमदेखि बस यात्रा गरि सुर्खेत)
- Day सुर्खेतमा आराम (बुलबुले ताल र काँक्रेविहार दृष्यलोकन)
जानकारी:- डोटी जिल्लाको सदरमुकाम सिलगढी बाट सवारी साधन अछाम जिल्लाको मंगलसेन सम्म सुविधा छ। साँफेबगर बाट बिहान ७ देखि अन्तिम जीप ९ बजे मंगलसेन सम्म छुट्ने गर्दछन् ।
डोटी जिल्लाको खप्तड निकुञ्ज र अछाम जिल्लाको रामारोशन ताल नियाल्न हामीलाई औधी हुटहुटी भयो । बिस्तृत रुपमा ईन्टरनेटमा खोज्यौ तर सामान्य जानकारी मात्र पायौ । कसरी पुग्ने कहाँ बस्ने कुनै जानकारी पाएनौ । त्यो हौसिएको हाम्रो मन लाई बाँधेर राख्न सकेनौ र निर्कौलमा पुग्यौ दिपायल र मंगलसेन पुग्ने जानकारी लिने र निकुञ्ज अनि तालको दृष्यलोकन गरि फर्कने योजना बनायौ। मित्र द्बय बिशाल प्रताप र म काठमाण्डाै नयाँ बसपार्क गंगाबु बाट खप्तड डिलक्स गाडीबाट हुकियौ ७जनवरी २०१३। खप्तड निकुञ्जको जंगलमा हराएर हाम्रो अधकल्चो पदयात्रा भएता पनि रामारोशन तालमा पुगेर त्यहाँको मनमोहक प्राकृति गहनणामा रमाएर रतौली खेल्यौ । तर त्यहा सम्म यात्रा गर्न सजिलो भने रहेन्छ।
10 Jan 2013 रामारोशन ताल कसरी पुग्ने जानकारी साँफेबगरको होटल डिलाईट्स बाट नपाए पछि ९ बजेको अन्तिम जीपबाट यात्रा गर्दै बयलपाटा जयगढ र कैलास खोला नियाल्दै १०तिस बजे मंगलसेनकोहोटल कर्णालीमा पुग्यौ। तातो खाना खाई केहि समय आराम गर्दै साहुजी संग रामारोशन पुग्नका लागि उहाँले बताउनु भयो। “रामारोशन जानका लागि सबै भन्दा उत्तम बाटो जयगढमा ओर्ली एक दिनको पदयात्रा गरि रामारोशन पुग्ने बताए तर पनि हामी फेरि फर्केर जयगढ नजाने बिचार लिए पछि उहाँले वलीगाउ जुपुगाउ भएर दर्ना गाउको पुछारमा कैलासखोलाको झोलुङ्गे पुलमा होटल छ । त्यहा बस्नुहोस भोलि आरामले रामारोशन पुग्नु हुने छ”। १२ बजे मंगलसेन बाट हिड्यौ। जीपु गाउ निवासी कक्षा ६ मा अध्ययनरत भाई बाटोमा भेट्यौ HIV संक्रमित भएकी आफ्नी ४५ बर्षकी आमाका लागि दवाई लिई फर्के बताए। प्रत्यक महिनाको २५गते मंलसेन बजारमा दवाई बितरण गर्ने रहेछ। जीपु गाउमा ७जना महिला २ जना पुरुष भाईसबाट संक्रमित भएको बताए ति भाईले। ४दाजुभाई र आमाका साथ कष्टकर जीवन बिताउदै गरेका छौ भन्दै १० बर्ष अगाडि बितेका आफ्ना बाबालाई सम्झदै भाबुक बने।
कैलास खोलाको झोलुङ्गे पुलमा अवस्थित होटल दिर्जामा साँझको ५ बजे पुग्यौ। होटलमा पुग्दा रक्सी पिउदै गरेका युवा र बृद्धाका समुह अगेनुमा आगो ताप्दै गफिदै थिए। रामारोशन घुमघाममा आएका हामी काठमाण्डौबाट भन्दा रामारोशनको गुणगाउन थाले त्यहा भेला भएका युवाहरुको समुह। एक जना बुद्धा भने चुपचाप सुन्दै बसिरहेका थिए। के तपाईहरु पुग्नु भएको छ भनि सोध्दा कोहि नपुगेको बताए।यो बुढा जाने आउने गरेका छन् ईसारा बुढा तर्फ गरे युवाहरुले । मैले ति बाजे संग हामीलाई गाईड गर्न जानुहुन्छ अनुरोध गर्दा उहाँ हामी संग जाने सहमत हुनु भयो । परिचय गर्दा उहाँ दर्ना ४ निवासी नन्दराम रिमाल बताउनु भयो केहि बेर गफगाफ गरे पछि ३०मिनेट उकालो उक्लनु पर्छ मेरो घर पुग्नलाई भनि उहाँ हामी बाट छुटिनु भयो र अन्य युवाहरु पनि आफ्ना घर तिर लागे। त्यस होटलका साहुनी छोरा बुहारी र छोरी साह्रै मिजासिला रहेछन्। यति टाढा बाट पनि रामारोशन घुम्न आउनु भएको देख्दा हामीलाई खुशी लाग्यो भनेर गफगर्दै बस्यौ।
11 Jan 2013 होटल दिर्जा बाट पौने ८ बजे रामारोशनका लागि हिड्यौ कैलाश खोलालाई पछ्याउदै । १० बजे मुजाबगरमा खाना खायौ। खोचमा अवस्थित मुजाबगर रमाईलो ठाँउ रहेछ तर पुरुषहरु प्राय बिहान देखिनै रक्सीले खुट्टा लरबराएको देखिन्थे। मुजाबगर बाट बाटो लाग्न लाग्दा हाम्रो झोला बोक्नका लागि मरिहत्ते गरेका थिए एक जना जड्याहाले तर ६५ बर्ष उमेर पुग्नु भएका नन्दराम रिमाल ज्यूले झण्डै झापड हान्ने जोस देखाउनु भए पछि ति हजकिए। ११ बजे मुजाबगरलाई पछाडि पार्दै कैलाश खोलालाई देब्रे राख्दै कहिले उकालो र तेर्स्रो बाटोमा पछ्याउदै खोजको पदयात्रामा गफिदै हिड्दै आनन्दित बनाईरहेका थिए तिनै कुईनेटा बाटोमा लुक्दै निस्कदै गरेको कलिलो सूर्यको उषाले । । सैनिक गाउबाट सोनानी गाउ सम्म एकदमै उकालो बाटो आराम्भ भयो जुन गोरेटो बाटो द्बन्द्ब कालमा माओवादीले खनेका रहेछन् । २ बजे दिउसो रामारोशन गाउमा पुग्यौ । नन्दराम रिमाल ज्यूले आफ्ना मित दाजु अम्वर बहादुर बुढा संग हामीलाई सामान्य चिनजान गराए पछि हाम्रो झोलाले उहाँको आगनमा बिसाउने मौका पायो। भुटेको मकै खाजा खायौ। साँझमा जौको भात र सिस्नोको मिठो स्वाँद लिएर खायौ।
12 Jan 2013 रामारोशन गाउबाट अम्वर बहादुर बुढा लगाएत हामी पाँच जना लाग्यौ रामारोशन ताल नियाल्न ७ बजे । जंगल भित्रको लुकामारी बाटोमा कहिले आकास देखिने कहिले जंगलले छाता ओढोर बसेको बाटोमा हिड्दै गफिदै ९ बजे पुग्यौ रामेखण्डमा। सूर्यको छिप्पेको प्रकासले चारैतिर ढाकी सकेको यो खण्डमा पुगेर जौको सुख्खा रोटी खादै चिसो र शान्त वातावरणमा लुकामारी गर्दै करिव आधा घण्टा यहाको प्राकृतिक सौन्दर्यमा हरायौ। पहिलो ताल देख्दा सारा थकान भुल्यौ र क्यामरा समाउदै हतारिदै रमाउदै रमणिय प्राकृतिक सौन्दर्य र ताललाई कैद गर्न थाल्यौ। २०मिनेट जंगल भित्र यात्रा गर्दा दोस्रो ताल भेट्यौ जसलाई बाटुल्ला भन्दा रहेछन्।अंग्रेजी साल २०१२ रामारोशन महोत्सव गर्दा बाबुराम भट्टराई जीलाई सयल गराईएको परम्परागत ढुंगा तालको किनारीमा तैरिरहेको देख्यौ। त्यसैमा हामी ३ जना डुंगामा सयल गर्दै तालको चिसो पानी र भेला भएको चिसो हावामा रमाउदै खप्तड यात्रा गर्दा हराएको क्षण र यो ताल नियाल्नका लागि गर्नु परेको २ दिन पदयात्राको कष्ठलाई भुलाउदै करिव २ घण्टा बस्यौ। रामारोशन क्षेत्रमा भनाईमा १२ वटा ताल भनिए पनि सबै पुरिएर अव ८वटा मात्र रहेको बताए अम्वर बहादुर बुढा दाईले ।
रामेखण्डमा दुई घण्टाको थकान मेटाउदै ६५ बर्षिय नन्दराम रिमाल ज्यू । उहाँ हाम्रो गाईड हुनुहुन्थ्यो दर्ना रामारोशन र विनायक सम्म । स्वच्छ र शान्त वातावरणमा जौको सुख्खा रोटी खाजा खादै र पारिलो घाम ताप्दै बिशाल र प्रताप । यो खण्डमा भविष्यमा स्थानिय बासीले बस पार्क निर्माण गर्ने र होमस्टेको अवधारणा हुँदै छ अम्वर दाईले बताउनु भयो ।
रामारोशन ताल क्षेत्रको यो देखिएको पहिलो ताल हो । यो तालमा पुग्न अगाडि हामीलाई अम्वर दाईले यस क्षेत्रमा पाईने ७ किसिमका जडिबुटी खोज्दै देखाउदै लैजानु भयो। धना जंगलको बिचमा निष्चल शान्त निलो रंग लिएर बसेको ताल देख्दा हामी मख्खै भयौ। अडिग भएर नियाली रहयौ । हाम्रो दिमागमा अरु केहि थिएन केवला ताल र जंगलको आकृति ।
द्बन्द्ब कालमा माओवादीले ताल नियाल्नका लागि वरिपरि निर्माण गरेका पेभमेन्ट। यो पेभमेन्ट निर्माण गर्न रामारोशन गाबिसका सम्पुर्ण गाउलेहरुलाई दिनको एक रुपैयाँ ज्याला दिई निमार्ण गरेका । जो आउदैन् त्यसलाई भाटा खुवाउने डर धम्की दिएकाले सबैले जोसफुर्सिका साथ हामीले बनाएको हौ यो। त्यस बेला डराईन्थ्यो आजकाल भएको भए के बनाईन्थ्यो र भन्दै जानकारी हामीलाई दिनु भयो अम्बर दाईले।
रामारोशन क्षेत्रको सबै भन्दा ठुलो ताल हो यो। मेरो उचाई मापन गर्ने घडीले समुन्द्रको सतहबाट २३०० मिटरको उचाईमा अवस्थित देखायो। हलचल नगरि बसेको यो तालको पानीमा जंगलको पुरै आकृतिको मेकप गरि बसेको देख्दा हामीले पेभपेन्टमा बसेर फोटोग्राफी र तालको दृष्यालोकन गर्दै हाम्रो थकानलाई भुलायौ ।
निलो आकास मुनि चारैतिर बाग्लो जंगलले ढाकेर राखेको बिशाल यो रोशन फाँटमा बिच भागबाट सङ्लो पानी बग्दा रहेछ। प्राकृतिक सौन्दर्यको गहनाले श्रृगारिएको दृष्यालोकन गर्दागर्दै भुसुक्कै निदाउनु पुगेछन् मेरा मित्र प्रताप। बर्षा ऋतुमा रामारोशन गाउका बासीले भैसी गोठ राख्ने गर्दा रहेछन्। प्रायः नन्दराम रिमाल आफ्नो मित दाईको गोठमा बर्षा ऋतुमा दुध दही खाना आउने गरेको त्यो सम्झना हामीलाई सुनाए। यो फाँट कालिकोट र अछाम जिल्लाको सिमाना भएकाले कालिकोट जिल्ला बासीले पनि गोठ ल्याउने गर्दा रहेछन् ।
(किनिमिनी फाँट) द्बन्द्बकालमा माओवादीले रामारोशन गाविसका निवासीलाई यस किनिमिनी फाँटमा धान रोपाउन कटाउने निफन्न लगाई धान लिएर गएका कुरा पनि बताए अम्बर दाईले। यस फाँटको पुछारमा बिशाल भडखाला रहेछ द्बन्द्बकालमा सेनाको हवाई गस्ति गर्दा लुक्ने गर्थे माओवादी ।तालिम पनि गर्ने गर्थे सायद अझ पनि हुन सक्ने बिस्वास गर्छन् रामारोशन बासीले बिष्पोटक पदार्थ यो सुरुङ भित्र ।
सामुदायिक बनभएकाले कसैले पनि बनका काठपात जडिबुटी संकलन गर्न नपाईने नियम रहेछ। आन्तरिक पर्यटकका लागि एक वटा मात्र लौराका रुपमा चिनो लैजाने नियम भएकाले मालिङ्गो समाउदै किनिमिनी फाँटको किनारमा घाम ताप्दै आराम गर्दै बाँया बाट प्रताप दोस्रो लहरमा बिशाल रक्सीको सिसी समाउदै रामारोशन निवासी हाम्रो पथप्रदर्शक दाई अम्वर बहादुर बुढा र आदरणिय बाजे नन्दराम रिमाल ज्यू । अम्बर बहादुर बुढाको जेठी छोरी छापामार भएकीले नेपाली सेनाले मारेको र नन्दरामा रिमालको छोरा नेपाली सेनामा सेवारत हुँदा दोहोरो भिड्न्तमा मृत्यु भएको कुरा रामारोशन देखि विनायक पदयात्राको दौरानमा बताए।
Thursday, September 10, 2015
भाचिएको मुलबाटो
भाचिएको मुलबाटो
on August 23, 2010
कोईलीको सुरिलो स्वर सुन्दै युथ ओलम्पिक गेम हेर्नका लागि म सर्कल लाईनको रेलगाडि स्टेसन तिर लम्कदै थिए।सूर्यको कलिलो उषा संगै सुरिलो भाखामा कोईलीले जिब्रो तन्काई तन्काई गीत गाईरहेको थियो। सर्कल लाईनको ढोकामा पुग्दा चालक रहित रेल घच्याक्क रोकियो। १०मिनेटको रेलयात्रा पछि बिसान रङगसालामा पुगे। बिश्वका २०५ राष्ट्रका झण्डाहरु हावाको दिशानुसार फर्फराईरहेका थिए। नेपालको झण्डा अन्य भन्दा भिन्नै आकृतिको देख्न पाउदा छाती गर्विलो भएर आयो। नेपालका खेलाडिहरु सवै छनौटक्रम बाटै बिदा भईसकेका थिए। राष्ट्रिय झण्डामुनि बसेर युथ ओलम्पिकको आनन्द लिने क्रममा पहिलो खेल ४००मिटर हडलको डङग गर्ने आवाज सुन्ने बित्तिकै खेलाडीहरु आफ्नो शक्तिले भ्याए सम्म फिनिसिङ पोईन्ट तर हस्याङ पस्याङ गर्दै पुगे। को रहेछ स्टार्टस भनेर नियालेर हेर्दै गर्दा मेरै सहकर्मी मित्र पो रहेछ सुरेन्द्र। म गजबले गदगदिदै गम्मक लागेर उसलाई नियाल्दै बसे। युथ ओलम्पिक खेलमा बिश्वका नामीखेलाडीहरुलाई नजिक बाट नियाल्नु पाउनका साथै तिनै खेलाडीलाई खेलको चमत्कारीलाई स्टार्टस डङगर्ने शिप तिनै मेरा सहकर्मीको कला देखेर मनमनै गदगद हुँदै बाकी खेल हेर्दै गए। त्यस बाहेक अन्य एथलेटिक्स ईभेन्ट भईरका तिर पनि साथीहरु अफिसियलको जिम्मेवारी निभाउदै देखिदै गएको देखे। करिव २ घण्टाको आजको एथलेटिक्स ईभेन्ट युथ ओलम्पिक खेल समाप्त भए पछि लुरुलुरु घर तिर फर्के। लुथुक्कै हुने गरि म पनि हामै घर आगनमा भएको ट्रयाकमा दगुरे। बाटामा फर्कदा सिमसिमे पानीले रुझायो। घर आईपुग्दा सन्ध्याले स्वागत गरिसकेको थियो । युथ गेमको प्रत्यक्ष खेल टेलिभिजन सेट अगाडि हेर्दै आनन्द लिदै थिए। समाचार आउने समय भएकाले च्यानल न्यूज एसिया समाचार को च्यानल दवाउदा फिलिपिन्सको मनिलमा भएको बस होस्टेजमा प्रहरीले स्ट्रोम गरेको दृश्य लाईभ देखाईरहेका रहेछ। भाचिकएको मुलबाटो जस्तै लाग्यो। अकालमा ज्यान गुमाएका ति हङकङका नागरिकहरुले। मन खिन्न भएर आयो।
कुटी र मकै बारी
कुटी र मकै बारी
on August 27, 2010
पौने बाह्र हुनै लागेको थियो। सरसमान किन्नका लागि जुसेङ बजारमा जानै लाग्दा बाटामा दर्कने झरिले गर्दा बाध्य भएर प्रतिक्षालयमा घुस्न करै लाग्यो। साना साना केटाकेटीहरु पाठशाला जानका लागि तिनै प्रतिक्षालयमा बस कुरिरहेका थिए। बैज्ञानिक ढंगबाट निर्मित छाताहरु तथा घुमहरु ओढेर तिनै केटाकेटीहरु पानीमा खेल्दै असाध्य रमाउदै गरेका देखिन्थे। तिनका आमाहरुले बालबच्चाहरुलाई ज्यादै नरम स्वरमा पानीमा खेल्नु हुँदैन् भन्दै थिए। तर कहा मान्नु नी ति बच्चाहरु। दर्कने पानीले छाडेको थिएन् । केहि समयावधि पछि बस पनि खरायोको गतिको रफतारमा आएर प्रतिक्षालयको छेवैमा घच्याक्क गरि ब्रेक लागेकाले पाङ्ग्राहरु अचल भए। नानीहरु रमाउदै बस भित्र उक्लिदै गए। सवै नानीहरुले आफ्ना आमाहरुलाई हात हल्लाउदै बाईबाई गर्दै बसको रफतार पाठशाला को गन्तब्य स्थल तिर लम्के।
पानीको मुस्लो हाईराईज भवनको धुँरिबाट सिमेन्टे सडकमा बज्रिदै उछिट्टिदै गरेका र बछिट्टाहरु प्रतिक्षालयको काख सम्म आईपुगेका थिए । अविरल बर्षाले मलाई भदौरे महिनाको सम्झना दिलायो।
थुम्काको अग्लो स्थान चुनी कुटि निर्माण गरि थोत्रे मट्टितेलको खाली ट्यांका ठटाउदै बर्षे बिदामा मकैको घोगा स्याँलहरुले रजाई नगरोस भन्दै ठुलो ठुलो आवाज निकाल्दै र त्यहि ट्यांका ठटाउदै बस्थे। भुईकुहिरोले वारिपारि माथितल तथा थुम्कै ड्याम्मै हुने गरि घुम ओढिराख्थे। मकैको पातमा सिमसिम पानीले बजार्दा मकै घारी भित्रै बिनायो बाजाले निकालेको आवाजको अनुभूति हुन्थे। कहिले काहित उराठ लागेर आउथ्यो । तर के गर्ने त्यो मेरो बाध्यता थियो । पारि तिर स्याँल र बाँदरले मकै बिठ्याई नगरोस भनेर वारी बाट म मेरो स्वर खासिने पाराले आवाज र ठुलो ठुलो आवाज निस्कने गरि ट्यांका थोक्थे। बर्षे बिदामा मकै घारीमानै बित्थे प्राय जसो मेरो समय । ९ र १० कक्षामा अध्ययन गर्ने दाईहरु खकन र टोक्मा लिदै साहुको भारि बोक्ने जान्थे मधेर तिर । साँझमा किराको एकोहोर किरिकिरीरी आवाज भुईकुहिरले ड्याम्म त्यसैमा रमाउदै निस्कन्थे एक हुल जुनकिरीको समुह। बर्षे बिदामा भारि बोकेर आर्जन गरेका रुपैयाँ बर्ष भरिको लागि बिधालयको शुल्क तिर्नका लागि जम्म पार्थे लाडे दाजुहरु ।
अघि भर्खरै ति बालबच्चाहरुलाई सम्झे । साह्रै भाग्यमानी ति बालबच्चाहरु ! भन्दै मनमनै गुनगुनाए। वाह वाह क्याँ भाग्यमानी ति नानीहरु सुविधा युक्त गाडिमा गुणस्तरिय शिक्षा हासिलका लागि बिश्वकै नामी पाठशाला तथा पुस्तकालयमा अध्ययन गर्न पाउनु ति केटाकेटीहरु साह्रै नै भाग्यमानी भन्दै भुसभुसे पानीलाई अटेर गर्दै म पनि किनमेलका लागि बजार तिर मेरा पाईला लाई अघि बढाए।
रजत जयन्ती
रजत जयन्ती
कामको खापाखाप भएता पनि आज केहि समय पाएकाले म लामो दुरि दगुर्ने सोच भएकाले चर्को घामको पर्वाह नगरि दगुर्दै थिए। पसिनाले ज्यान निथ्रुक्क रुझाएको थियो। धेरै समयको अन्तराल पछि दगुर्दा खुट्टाहरु बेलाबखत नलर्वराएको हैन्। त्यहि भएता पनि मेरो कदमको रफतारलाई घटाउन चाहिन। बाटामा धेरै मित्रहरुले नजिस्काएको पनि होईन्। त्यहि भएता पनि मैले एक कानले सुने अर्को कानले नसुने झै रफतारलाई बढाउदै गए। आदरणिय दाजुहरुको आफ्नो जागिरको रजत जयन्ती मनाउनका लागि आफ्ना सपरिवारका साथ गाडिको प्रतिक्षामा लहरे बर घुमाउने चौतारा नजिकै बिभिन्न पहिरणमा सजीएर आफ्ना श्रीमान् का रजत जयन्तीको त्यो खुशीका क्षण नंम्वर्नीहरु एक आपसमा साटसाट गर्दै गरेका देखिन्थे। त्यो लहरे बर घुमाउने चौतारी झ्याम्म होचो बरको रुख काटे पछि मैले मेरो रफतार घटाए। मनमा कस्तो आनन्द भएको होला त्यो जागिरको रजत जयन्ती मनाउन पाउदा । खै मेरो पनि त्यो बेला सम्म पुग्ने होकी होईन भन्ने मनभरी सुनकोशी र दुधकोशीको संगममा मेला खादा उठेका छाल जस्तै मडारिदै हुत्तिनै ठोक्किदै बलौट किनारीमा आईपुग्दा शक्तिहिन छाल जस्तै म पनि कुल डाउन गर्ने स्थान तिर लुरुक लुरुक हुँदै बाटो तताए ।
on September 23, 2010
आरुको फूल
आरुको फूललाई सम्झदा आज
शनिवारको दिन हुन्थ्यो।गाईबाख्रा चराउन बार्खान बनमा लैजान्थ्यौ। गाईबाख्रा मुसेखर्की घाँस र सराघारी भित्र रमाईरहेको हुन्थे। हामी उरेन ठेउला ठिटाहरु पारी गैराबारीका डिलमा आरु र आरुबखडाको झ्याङमा चढेर तल्ला गाउका युवतीहरुलाई ढुकेर बसेका हुन्थ्यौ। उनीहरु पनि बख्राहरु धपाउदै बिनायो र मुर्चुङगाको स्वरमा गीत गाउदै हामी भएतिर आउदै हुन्थे। हामीले तिनै आरु र आरुबखडाको फूलहरु टिपेर उनीहरुको शिरमा झार्थ्यौ। ए कति साह्रो हो तिमीहरु के पक्कै बैशले कुतकुताएको हो। यति राम्रो फूललाई टिपेर किन बर्बाद गर्छौ। उनीहरुको मुर्चुङगा र बिनायोको खिरिलो आवाज ठप्पै हुन्थे। नरम गरम अनि कर्के आँखाको हाम्रो हेराईले उनीहरु पनि बिस्तारै नौनी ध्यू बिलाए झै बिस्तारै हामीलाई नरम स्वरमा बोलाउथे झर छिटो आज तिमीहरुले कुन गैरा तिर गाईबाख्रा लगाएका छौ त? उ त्यहि पर पटपटे पाखोमा लगाएका छौ। खै फेरि बजाउन बिनायो र मुर्चुङगाको धुन। खित्का छोडी छोडि हाँस्थे आउदैन है हामीलाई धुन निकाल्न। तर हाम्रो एकोहोर बिन्तिलाई स्विकार गर्दै तिनै धुनमा हामी धुलो उडाउदै नाच्दै भरै गाईबाख्रा घर नल्याईनजेल सम्म नाँच्ने गाउने जिस्कने गर्दै शनिबारको दिनहरु यसरी बित्थे बिगतमा।
on September 23, 2010
रफतार
हाम्रो गाडिको रफतार कछुवाको दगुराईमा थियो। हामी सवै थकित थियौ। कारण गोलिबारुद पडकाएर। गोलिबारुद पड्काउदा साँच्चिकै थकित हुन्छ। मष्तिष्क देखि फिजिकल सवैलाई टाठो बनाउनु पर्ने हुन्छ। सूर्यको किरण क्षितपारि बिस्तारै लुक्दै जादै थियो। पासिरलाबा क्यामको वरिपरि राम्रीराम्री युवतीहरु लस्करै लागेर क्याम भित्र पस्दै गरेको दृश्य पनि केहि बेर परेलीलाई नझिम्काउदै हेर्दै सवैले त्यता तिर आँखा डुलाउदै थियौ। सायद पासिङ आउट परेड वा कुनै फङसन होला भन्दै हाम्रो थकित शरिरलाई गाडिको घुमाईको पांग्रासित घुमाउदै थियौ। सवैको घरफर्कने क्रमले होला हामीलाई निधार्रित समयमा आईपुग्ने समयमा नपुग्ने अवस्थामा थियौ। चार लाईन भएको सडकमा पुरै बर्षे दिनको झरिमा कमिलाहरु लस्करै हिडेको पाराले आँखाले भ्याए सम्म दृश्य देख्दा दिक्क लाग्दै एक मित्रले मलाई सुन्न मन नलाग्दै भन्दै थिए। हाम्रो देशमा रोड सानो भएकाले जाम यहाँ गाडि धेरै भएर जाम । म हाँस्न मन नलाग्दै जब्वर जस्ति हाँसो निकाले। संयमित ढंगले चालकले आफ्नो आफ्नो लेनमा गाडिलाई हाकिरहेका थिए। कुनै किसिमको हर्नको आवाज सुनिदैन थियो। लेन परिवर्तन गर्न परे पनि बत्तिको संकेतले परिवर्त गर्दै गरेका देखिन्थे। बाटावरि परि भएका डिजिटल प्रविधिमा अक्षरहरुले अगाडि ट्राफिक जाम छ कृपया बिस्तार गाडि हाँक्नु भन्ने संकेतहरु ठाँउ ठाँउमा डिस्प्ले भएका देखिन्थे। चार लेन भएको सडकको दृश्यमा लहरै गाडिहरु आफ्नै रफतारमा अगाडि बढ्दाको रमाईलो थियो। तर ज्यान सवैको थकित भएर होला कति बेला घर आईपुगेला भनेर सिटमानै झुल्न थालेका थिए।
on September 23, 2010
मुग्लानको शब्दकोष
मुग्लानको शब्दकोष
२३सेक्टेम्वार२०१०
०८४०दिनाङक
पाखाली भ्याकुर काक्रे बनावटे गाडिबाट हाम्रो समुदाय भित्रका दाजुभाई दिदिबहिनीहरु संगै पोलिक्लिनिक जादै थिए। बाटामा कार्यलयको समय भएकाले कार गाडि भ्यान र ट्रकहरु कार्यलय भ्याउनमा आतुर भएको देखिन्थे। पोलिक्लिनिकको ढोकानिरै गाडिको चारवटा पाङग्राले बिस्राम लियो। बिधुतिय प्रविधिबाट लाईनको टिकट पनि एउटी परिचारिकाले दिईन। मेरो पालो कहिले आउला भन्दै बकुल्लाको धैर्यतामा बसियो। म आफ्नै संसारको भावनमा डुल्दै थिए। नेपाली आवाज मेरो जालीमा गुन्ज्यो। म पछाडि तिर फर्के। आफ्नो दोस्रो छोराको नाम जापानीज भाषा बाट आफ्ना मामाले राखिदिएको साथै पहिलो बच्चाको नाम पनि अंग्रेजी शब्द बाट न्वारान गरेका गफ आफ्ना साथीसित गर्दै रहेछन्। अर्की उहाँकी साथीले पनि छोराको नाम अंग्रेजी भाषा बाट राखेको छु भनेको पनि सुने। आफ्नो नानीहरु संग अंग्रेजी लवजमा कुराकानी गर्दै थिए। मैले सोचे किन होला नेपाली भएर पनि मातृभाषा शब्दकोष बाट के मातृभाषा शब्दहरु भेटाएन् के मातृभाषाका शब्दहरु पक्कै अनिकाल लागेकै कारणले मातृभाषाले पनि आजकाल मुग्लान प्रवेश गर्नु पर्ने बाध्यता हो कि रहर हो। हाम्रो मातृभाषाको शब्दकोषमा अनिकाल लागेरै होलान्। आफ्ना ति नानीहरु संग अंग्रेजी शब्दहरुमा गफगरिरहेका थिए। मनमनै गुनगुनाए हैन हामी जुन धरतीबाट मुग्लानमा छौ किन यसो गर्छौ। यस्तो भयो भने हाम्रो भेषभुषाले पनि कालान्तरमा गएर सङग्राहलयमा मात्र देखिने पो हो कि भन्दै मगजको धमनीहरुमा रत्तप्रणालीहरु सञ्चालन हुदै गर्दा स्नायूले मेरो क्यून नंम्वर आएको संकेत बिधुतिय डिस्प्ले मा देखिएकाले म डाक्टरको ढोका तिर लम्के।
स्वर्गिय गायिका योगिता मोक्तान
स्वर्गिय गायिका योगिता मोक्तान
ए प्रदेसीएका दाजुभाई
प्रदेशीएका दिदिबहिनी
तिम्रो पाखापखेराले तिमीलाई खोज्दै छ
आफन्त र गाउलेहरु बिद्रोहमा लड्दै छन्
तिम्रो प्यारो नेपालले तिमीलाई डाँक्दै छ
हिजो आज अर्कै छ गाउघर
प्रदेशीलाई बस्या छ पर्खेर
माथी लेखिएको गीतका भाषाहरु गायिका स्वर्गिय योगिता मोक्तान जीले गाउनु भएको रहेछ । उहाँले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गर्नु भएको खवरले लोक गीतका पारखीहरुलाई स्तब्ध बनाई दिनु भयो। बास्तबमा मलाई योगिता मोक्तानको बारेमा केहि जानकार थिएन्। नेपाली समाचारको साईटहरुमा उहाँले गाएका गीतका भाषाहरुलाई हेर्दै जादा मलाई पनि नजिक बाट तान्यो। सुरिलो स्वरकी धनी योगिता मोक्तानले किन यति कलिलो उमेरमा नै यो पृथिबीबाट सधाका लागि बिदा लिईन्। यस घडीमा म सोक सन्तब्ध परिवारमा हार्दिक समबेदना ब्यक्त गर्दछु।
आज दिन भर नै यहि गीत यु ट्युव बाट सुन्दै हेर्दै किन मान्छेहरु यसरि आत्माहत्या गर्छन्। भन्दै आफैलाई प्रश्न गरे आफैले उत्तर खोज्ने प्रयास गरे तर अहँ उत्तर पाईन। केवल मिठो गाउनुहुने गायिकाले के किन कसरि कस्का लागि आखिर के पाउनु भयो यिनै भावनाहरु मेरो अन्तरमनमा पौडीखेली रहे। जति गीतहरुको शब्दहरुमा लयहरुमा अल्झिदै जान्छु मन भारि भएर आयो। योगिता तपाईले तपाईको आमाले जन्म दिदा तपाईलाई हुर्काउदा तपाईलाई दुधको घाराले तपाईलाई स्वर्गलोक मा अवश्यनै अलिनो हुन्छ होला। आखिर तपाई हामी बाट भन्दा पनि तपाईको आमाबाट छुट्टेर यसरि यति बेला तपाईको आमालाई कस्तो भईरहेको होला।
गीत हेर्नु अनि सुन्नका लागि यहाँ क्लिक गर्नहोस
February 22, 2011
पुस्तकालय नहुदाको ब्याथा
मेरो गन्तब्य पङगोल थियो। ६२नं बस लिई यात्रा गर्दै थिए। बस भित्र समय कटाउन सजिलो होस भनेर होला मिस्टर बिनको हासाउने प्रस्तुति आईरहेको थियो। मैले पनि त्यसको स्वाँद लिदै पङगोल बस ईन्टरचेन्ज सम्म अन्तरमनबाट मुस्कुराउदै ओर्लिए। वातावरण एकदमै आनन्द खालको थियो । सधाझै गरम र छिट छिट पसिना निकाल्ने थिएन्। लाकुरी भन्ज्याङमा परेको सिमसिमे पानीझै लाग्ने वातावरण थियो। यानेकी त्यहाँ पुग्दा सिमसिमे पानीले म लगाएत त्यहा घुम्न वा आफ्नो काम बिशेष गएकालाई केहि समय भए पनि अलमालाएर ठुलो चिउरिको फेदमा ओत लागे झै लाग्ने बैज्ञानिक ढंगले निर्मित बस ईन्टरचेन्ज टरमिनलको छातामुनि आरामदायी ढंगले ओत लागिरहेका थिए। म पनि केहि बेर त्यहि संजाल भित्र रमाउदै बसे। गाडिहरु आफ्नो आफ्नो लेनमा पार्क गर्नमा अटसमटस कनिदै ठुलो ठुलो आवाज निकाल्दै थिए। यात्रुहरु ओर्लन र पालो कुरेर चढ्नमा ब्यस्त पनि देखिन्थे। डिजीटल प्रविधिको मनिटर भित्तामा लप्कै लाजले टाँसिझै टाँसिएर बस छुट्ने समय निरधारण गर्नमा आतुर देखिन्थे। उसलाई काउकुति लागेर होला नंम्वरहरु देखाउदै लुकाउदै गर्दै गरेको देखिन्थे। त्यहाँ देखिएका बस नंम्वरहरु पनि आफ्नो समय भए पछि ४पांग्रा बटार्दै आफ्नो आफ्नो गन्तब्य तिर सोझिदै थिए।
सिमसिमे पानी बिसेक भए पछि म पङगोल पुस्तकालय भित्र छिरे। मेरो लागि पहिलो पल्टक थियो त्यहाँको पुस्तकालय। भुई देखि टुप्पै सम्म दोकान नै दोकान रहेछ। ग्राहाकहरु समान किन्न म्याकडोनाल्ड खानामा भिडामभिड देखिन्थे सायद आज रविवारको दिन भएर होला। पुस्तकालय कस्तो रमाईलो आनन्द सुनसान माहोल सवै अध्ययन गर्ने ब्याक्तिहरु पुस्तक अध्ययन गर्नमा ब्यस्त देखिन्थे त कोहि पुस्तक रेगमा किताहरु खोज्नमा ब्यस्त देखिन्थे। पुस्तकालयको त्यो माहोल देखेर मलाई बिगतको याद दिलायो। मेरो बाल्यकाल किशोर अवस्थामा यस्ता खालका सुबिधा युक्त पुस्तकालयमा स्तरीय किताव पढ्न पाएको भए म कत्ति रमाउथे होला। तर यस्ता खालको पुस्तकालयको सट्टा सल्लाको सिम्टा झार्न वा सिमलीको सिवलमा बसेर बाख्रा चराउनमा ब्यस्त हुन्थे। के को पुस्तक पढ्ने किताव आफ्नो पाठ्यक्रम भन्दा अलावा अरु पुस्तक पढ्न नै नपाईने। त्यस्तो क्षण अहिले सम्झदा पनि बिरसिलो लाग्छ। हाम्रो देशको सरकारी क्षेत्रको शिक्षा प्रणाली देख्दा ।
बास्तवमा मलाई पुस्तकालयको ज्ञान कक्षा ९ मा पुग्दा बल्ल पाठ्यक्रममा अध्ययन गर्दा थाहा भएको थियो। तर पुस्तकालय भित्र कस्ता किसिमको पुस्तकहरु हुन्छन र कसरि सजिएर राखेको हुन्छ भन्ने कुरो हाईस्कूल पुरा गरिसके पछि अध्ययनको लागि खकन र टोक्मा लिएर राजधानी छिर्दा पिपल्स क्याम्पसको पुस्तकालयमा छिरेर पछि मात्र थाहा पाईयो। यस्तै यस्तै कुराहरु सम्झदै कितावहरु केहि समय अध्ययन गरे र मोबाईलको घण्टी बजेकाले घर छिटो आईज भन्ने संकेत गरेको जस्तो लागेर पुस्तकालय बाट बाहिरिए।
on March 7, 2011
बिचरी मायालु
बिचरी मायालु
जानी नजानी मैले कतै चिन्त दुखाएकी
भुल केहि नभई सजया किन पाउदै आज म
बिन्ति हजुरको कोही संग आँखा जुझाए की
राख्नु हुदै मनमा कुरा भन्नुस पुरा पुरा
लौना हजुर मैले कुनै बाटो बिराएकी
माथि लेखिएको गीत फचुन अ लाईफको चलचित्र बाट लिएको हुँ। यस चलचित्रमा अभिनय गर्नु हुने नायक
रमेश चन्द्र राई जीको अभिनय मलाई राम्रो लाग्यो। म कुनै नृत्यको निर्णायक त हुँई तर पनि चलचित्रको अभिनयको पाटा राम्रो लाग्यो। नायक जी र नायिकाले एउटै पहिरणमा गीत समाप्त गर्नु भएको छ।
हाम्रो समाजमा एउटी नारी परपुरुष संग हेलमेल भएमा श्रीमान् को भावना यस गीतको स्रब्यदृश्यले स्पष्ट देखाएको जस्तो लाग्छ। यस भिडियो हेर्दा मेरो गाउमा भएको घटनाको सस्मरण दिलायो। धेरै पल्टक यो भिडियोलाई हेरे ।
मलाई साल भने याद भएन। मेरो उमेर १२ बर्षको थियो होला। जेष्ठ महिनाको दिन थियो। श्रीमान् जिल्ला सदरमुकामको बन कार्यलयमा काम गर्थे र उतै बस्दथे। बिदाका बेलामा घर आउथे। हिउद महिना लागे पछि लिम्बुहरु सुँगुरको जगार लिनका लागि हाम्रो गाउघर तिर डुल्थे र किनेर लैजान्थे। लिम्बुहरुले लामा लामा खुकुरी बोकेर गाउघर तिर हिड्दा हामीलाई डर लाग्थ्यो। वारिपारि गाउका जगार बटुलेर एक लिम्बु दाई सधै बनपाले दाईको घर मा बास बस्ने गर्थे। बनपाले दाईको घरमा उहाँकै श्रीमती मात्र भएकाले लिम्बु र बनपाले दिदीको हिमखिम बढे पछि बनपाले दिदि गर्भवती भईछिन्। लिम्बु दाई त परदेशी त हुन्। जगार बटुलेर उ शहर तिरै गए। गाउघरमा हल्ला भयो बनपाले को बुढी दुईजिउकी भएकि छे एक कान
दुई कान हुँदै गाउघर भरिनै छ्यापछ्यापी भयो। बनपाले दाई साउनको महिना बिदा लिएर घर आउदा यो खवरले बनपाले दाई बिरहले आकुल ब्याकुल भए छन्। यि दाम्पति जोडिले प्रेम बिवाह गरेका थिए। अन्तिम पल्टक एकै गुन्द्रिमा बसेर रक्सी र जाँड पिए मेरो घरमा । छरछिमेका छिमेकीहरु पनि मेरा घरमा भेला भएका थिए। साउनको दिन थियो। घाम पनि लागेको थिएन्। वारिपारि टनाटन भुईकुहिरो ड्याम्मै ढाकेको थियो। सिमसिम पानी परिराख्या थियो। अगेनामा गुरासको दाउरा दननदननन बलिराख्या थियो।
आगोको राप पनि त्यतिनै आईरहेको थियो। दाम्पति द्बय भने कहिले रुन्थे कहिले बाझ्थे। कहिले आँसु एक आपसमा रुमालले पुस्थे।एउटै ग्लासमा रक्सि पिउथे। आजको दिन नै तिम्रो र मेरो यो अन्तिम आफ्नो आफ्नो जीन्दगी कटाउनु रुएर के गर्नु काम त बिग्रि सक्यो भनेर भन्थे। म भने ट्वाँ परेर हेरेर बस्थे।
रक्सी पिउने हो भन्दै ग्वाँग्वाँ दुवै रुन्थे अनि पिउथे। जम्मा भएकाले सम्झाउथे अव जे हुनु भैगयो। अव आफ्नो आफ्नो बाटो लाग्नु का लागि दिन र मितिको भाका राखि घर बाट उहाँहरु निस्कनु भयो। दुवै ग्वाँग्वाँ गर्दै उकालो बाटो लाग्यो। सवैले राम्रो संग जानु्
झगडा नगरी भन्दै उकालो उनीहरु गएका बाटा तिर हेर्दै छरछिमेकी हेर्दै थिए।
March 7, 2011
मन अमिलो र अलिनो पनि हुदो रहेछ
मन अमिलो र अलिनो पनि हुदो रहेछ
म ग्रिन प्रोजेक्टको काम सकेर घर फर्कदै थिए। बाटामा सूर्यको तातो किरणले मेरो दुवै गालमा नराम्रो सित झापड हान्दै थिए। बाटामा भएका बृक्षहरुका पातहरु पनि बेला बखत मात्र काउकुति लागेको झै चलिरहेको थियो तर तापक्रम भने तल झार्न नसकेको जस्तो थियो ति बृक्षहरुले। चुवाको फूलहरुको सुग्धले मन एकदमै प्रसंग बनाई दिईरहेको थियो मलाई। एक हुल बाजे बजुहरु हटमा आफ्नो देशको कुराहरु गरिराख्या हुनु पर्छ। मेरो गन्तब्यको मुलबाटो त्यही भएकाले म पनि त्यहि बाटो रोज्नु अरु बिकल्प थिए। म त्यहि बाटो रोजे र उहाँहरु साँमु पुगे पछि आफ्नो आदर सत्कार सम्झे मैले सवैलाई नमस्कार गरे। सवैले नमस्कार फर्काउनु भयो। मेरो ज्यान पसिनाले लपक्कै निथ्रुक्कै भिजेको थियो। मेरो पाईलाहरुलाई उहाँहरुको बिच बाट करिव ४ पाच पाईला टेक्नै बित्तिकै मेरो दाहिने कानेकुगुजीमा मनै अमिलो हुने गरि एउटा शब्दको आवाजले रन्थानाई दियो। त्यो शब्द थियो ।बाजेहरुको हुल बाट आएको थियो। हामीलाई नमस्कार गरे पछि बाजे बजु खुशी हुन्छन् भन्ने शब्द। म फन्क फर्केर हेरे तर केहि भनिन्। सायद उहाँको चेतनाको कमिले होला। बास्तवमा मैले सोचेको पनि थिईन् त्यस्तो शब्दको बण रुपी धनुको तिर । केहि बेर पर पुगि छाहारिको मुनि अवस्थित एउटा कुर्सीमा बसि उतै तिर नियालेर केहि क्षण उम्लेका भावनाहरुलाई सेलाए।
on March 7, 2011
चारसुका
चारसुका
घामको छाँया दलानको पेटी निर पुग्दै थियो। म हस्याङ पस्याङ गर्दै चिठ्ठा किन्न सडकको पेटिकामा पाईतालालाई लतारदै ठेस लगाउदै पुगे चिठ्ठाको बासको द्बर अगाडि। चार सुका लगाए त्यो बैज्ञानिक ढंगले निर्मित बाकसको प्वाँल भित्र। अर्को प्वाँल बाट फुत्त निस्कियो अंकै अंक भएको रंगी कागज। चिठ्ठा परे त्यहि कागज नगद र चेक हुने नपरे गल्लिको ढुंगा झै भन्दै फाट्न लागेको प्वाँल भएको गोजीमा कोज्दै लागे बटारिदै गएको सूर्यको किरणलाई पछ्याउदै। दोबाटोमा एक हुल मित्रहरु पनि तिनै बाकसमा केहि सिक्का हाल्नका लागि हतारिदै थाक्न लागेको गोडाहरुलाई जवरजस्ती खुम्चाउदै फटाफट बोलाउदा पनि नसुनै झै गरि रुखो माटोमा हुर्किएको बोटको स्वरुपझै देखिने पाराले हुत्तिदै गएका थिए।
मेरो पाईतालालाई दोबाटोका ईनोटो तिर बटार्दै थिए । एक भलादमी मित्रको नजरमा मेरो नजरले ठयाँक्कै दोहोरी खेल्यो। भद्र स्वभावले मलाई प्रश्न राखे। मित्र कता हो एक्लै। मैले छुर्पि टोक्दै थिए। छुर्पिलाई दाहिने तिरको गालाको कुनामा केहि छिन आलीमा राखे। पौडि पोखरी तिर जाम्की आज। थुक्क मोरा त्यो पौडीपोखरीमा त जालीमा थापेको बेलामा पुगिस भने कहिले नपसुङ लाग्ने हुन्छ तलाई मोरा। मैले प्रश्नको उत्तर भकारीमा गुम्साएर थुपारेको कोदोबाल झै अमिलो गन्ध आउने गरि उत्नर दिए। हे प्रभु हे मित्र अँह मलाई त्यो थकौलीमा थुपारेकोझै देख्ने मैलाका टुक्राहरुले मलाई पौडि खेल्दा मेरा ज्यानहरुमा घोच्ने वालामा छैन्। मेरा ज्यानहरुमा ति पातपतिङगरले मलाई सात दिन्छन्। कारण म त आहालमा पौडि खेलेको मेरा छालाहरुमा त्यहि आहालको अपवित्र पानीको छिट्काहरु अझै सुकेका छैन् त्यसकारण म तपाईले भनेकै र मैले रोजेकै पोखरीमा हाम फाल्नुमा म हतारमा छु । मलाई बिचबाटोमा भट्काएर टगारो लगाउने कोसिर नगर । एति भन्दै उसको नजरबाट म टाढिदै गए। पौडि पोखरीमा अक्करबाट नमिलेको ढुंगा खसेको पाराले झ्याम्मै डाईभ दिएको ह्वाँत्तै एक लिटर जति पानी पिए होला । अत्तालिदै जलदेवता को पाराले फुत्तै निस्किए र पाखा लागेर एक छिन बिस्राम लिए।
on April 4, 2011
चर्चित फेसन डिजाईनर प्रबल गुरुङ
चर्चित फेसन डिजाईनर प्रबल गुरुङ
सन्ध्याको आगमन संगै मलाई पनि मेरो घरको मुलढोकाले स्वागतको लागि पर्खिराखेको रहेछ। ठ्याक्कै पुग्ने बित्तिकै स्वागत गरे बरन्डा तिर भएको मरकरी लाईटको दुधे प्रकासहरुले। साँझको खाना खाईसके पछि नेपालतिरको अनलाईन अखवारी के के रहेछन् । ईन्टरनेटका पर्दाहरुका पन्नाहरुलाई पल्टाउदै गए। एक नेपाली अनलाईन समाचारले चर्चित गायिका अन्जु पन्तको बारेमा लामो पृष्ट अटाई नअटाई अनुछेदहरु पनि नराखी लामो कुराहरुको लेख पढियो बिश्वास गरुकी नगरु नेपालको पत्रिकाको के भर हैन। त्यो साँचो समाचार पनि हुन सक्छ झुटो समाचार पनि हुन सक्छ। तर मैले आफैलाई प्रश्न गरे किन प्रेम बिवाह गर्छन् अनि किन पराचुके गर्छन्। म धेरै बेर सम्म माधे कुहिरोले घर पारितिरको थुम्कालाई अंगालोमा बाधेर राखेको मौसम झै केहि बेर रुमलिएर कक्रिदै बसे। यस्तो पाराले हुन्न अव अर्को साईटमा छिरे वीवीसी नेपाली सेवाको साझासवाल भित्र।
एक दशक अगाडि एक युवक कामको खोजीमा भौतारिदै अमेरीकाको नामी शहरमा छिर्दा रहेछ। संधर्षका उकाली ओरालीहरु पसिना र थकान मेटाउनको लागि ति युवक दैउरालीमा पनि थकान मेटान भ्याउदै रहेछ। अथक मिहेनतका साथ आज तिनै युवक बिश्वको सवै भन्दा गरिव राष्ट्रका युवक धनी राष्ट्रका युवाहरु युवतीहरुले लगाउने लुगाका आकर्षक डिजाईनहरु पहिरण निमार्ण गर्दछ। युवायुवती मात्र नभएर बिश्वका शक्तिशाली राष्ट्र नायक का श्रीमती समेतले पोशाकका पहिरण लगाएका रहेछ। तिनै युवकको नाम रहेछ । प्रवल गुरुङ । साझासवालको प्रस्तोता नारायण श्रेष्ठ संग भएको अन्तर्वार्ता ध्यान दिएर सुने। के तपाई पनि सुन्न चाहानुहुन्छ भने साझासवाल भित्र छिर्नुस है
pm on April 4, 2011
नव बर्ष २०६८ साल
नव बर्ष २०६८ साल
सन्ध्याले सदाझै झ्याप्पै स्वागत गरिसकेको थियो। आज कार्यलयको पनि भव्य उत्सव कार्यक्रम भएकाले म पनि घर आउद सदाको समय भन्दा केहि घण्टा ढिला आईपुगे। बाटा मा आउदा सदाझै सन्ध्याको चकमन्न आवाज थिएन्। आजको सन्ध्याले माहुरी एक दुई बजे घाम ताप्न निस्कदाको आवाज जस्तै चारैतिर सुनिएको माहोल थियो। मधुरो पिलपिले मरकरी बत्तिले छरेको छाया सित मम सेलरोटी आलुदम तरकारी अनि बिभिन्न किसिमका अचारको साथमा पुर्व मेचि देखि पश्चिम माहाकालिसम्मका दिदिबहिनीहरु बारदलिको एक चोसोमा बसेर गफगर्दै दुखसुखका गफहरु गर्दै वर्ष २०६७लाई बिदाई गरि नव बर्ष २०६८साललाई स्वागत गर्नको लागि भेटघाट साँझ गरेका रहेछन्। म पनि केहि बेर उक्त भेलामा सामेल भए। दुईवटा सेलरोटीको स्वाद लिए। सामुहिक फोटो पनि खिचे। ल तपाईहरुलाई २०६८सालको शुभकामना अव आउने साल भरि सुख समृद्धिको कामना गर्दै त्यहाबाट शुभरात्रि भन्दै टाढिए।
April 13, 2011
प्रशान्त तामाङ र राजु लामा सामुहिक कार्यक्रम सिङगापुरमा
प्रशान्त तामाङ र राजु लामा सामुहिक कार्यक्रम सिङगापुरमा
आज कामको अन्तिम दिन भएकाले म सखारै ब्युझे। सिमसिम पानी साथै दायाँ बायँको बृक्षहरुलाई हावाले बिस्तारै मिठो चुम्वन गर्दै छोड्दै गरेको देखे। झ्यालको पर्दा खोले त्यो रमाईलो बिहानीमा साथ दिन अझै बृक्षको झ्याङ भित्र एक जोडि कोईलिले आफूले सकेको अनि जानेको भाषाहरु एक हागा देखि अर्को हागा गर्दै उठ्दै बस्दै चुम्वन एक आफसमा गर्दै लुकामारी खेल्दै थियो। त्यो लुकामारी गर्दा सूर्यको न्यानो उषा हाईराईज भवनको बलेसीमा र कुलेसामा आईपुगेको थिएन्। यस्तो वातावरणमा केहि बेरसम्म म एक्लै सुनकोशी र दुधकोशीको भङगालामा खसेको पानी झै बहदै थिए। एक मित्र मेरो सामु टक्क आईपुगे। दाई नमस्कार अस्ति सिङगापुरमा आउनु भएको प्रशान्त तामाङ र राजु लामाको कन्सर्टमा जानु भयो? अँह गईन त भाई ! फुर्सद हुनु भएको बेला यूट्बुमा गएर हेर्नुस अनि सुन्नुहोस। मैले बिस्तारै मालिङबासको टुप्पोलाई हावाले बटारै झै मेरो मुन्टोलाई बटारि दिए।
घरमा आईपुगे। सिङगापुरमा प्रशान्त तामाङ र राजु लामाको कन्सर्टको यूटुबको सागर भित्र पुगे। यहा क्लिक गर्नुहोस भिडियो हेर्नको लागि Click Here!
संगीत पारखीहरुको त्यो हुटहुटी देख्दा मलाई एक किसिमको अलिनो लाग्यो। हैन मैले कहि पनि देखेको थिएन् स्टेजमानै गएर तस्विर अनि नृत्य गरेको। माधेशंक्रान्ति मेलामा गएर नृत्यको झलको मेरो मष्तिषक बिस्तारै स्नायूले संकेत दिलायो। पहिलो मुलुकमा मुग्लानमा बसोबास भएता पनि आफ्नो संस्कृति परम्परा भुलेको रहेनछ।
on May 22, 2011
बनपाले र श्रीमती
जानी नजानी मैले कतै चिन्त दुखाएकी
भुल केहि नभई सजया किन पाउदै आज म
बिन्ति हजुरको कोही संग आँखा जुझाए की
राख्नु हुदै मनमा कुरा भन्नुस पुरा पुरा
लौना हजुर मैले कुनै बाटो बिराए
Click Here
माथि लेखिएको गीत फचुन अ लाईफको चलचित्र बाट लिएको हुँ। यस चलचित्रमा अभिनय गर्नु हुने नायकरमेश चन्द्र राई जीको अभिनय मलाई राम्रो लाग्यो। म कुनै नृत्यको निर्णायक त हुँई तर पनि चलचित्रको अभिनयको पाटा राम्रो लाग्यो। नायक जी र नायिकाले एउटै पहिरणमा गीत समाप्त गर्नु भएको छ।
हाम्रो समाजमा एउटी नारी परपुरुष संग हेलमेल भएमा श्रीमान् को भावना यस गीतको स्रब्यदृश्यले स्पष्ट देखाएको जस्तो लाग्छ। यस भिडियो हेर्दा मेरो गाउमा भएको घटनाको सस्मरण दिलायो। धेरै पल्टक यो भिडियोलाई हेरे ।
मलाई साल भने याद भएन। मेरो उमेर १२ बर्षको थियो होला। जेष्ठ महिनाको दिन थियो। श्रीमान् जिल्ला सदरमुकामको बन कार्यलयमा काम गर्थे र उतै बस्दथे। बिदाका बेलामा घर आउथे। हिउद महिना लागे पछि लिम्बुहरु सुँगुरको जगार लिनका लागि हाम्रो गाउघर तिर डुल्थे र किनेर लैजान्थे। लिम्बुहरुले लामा लामा खुकुरी बोकेर गाउघर तिर हिड्दा हामीलाई डर लाग्थ्यो। वारिपारि गाउका जगार बटुलेर एक लिम्बु दाई सधै बनपाले दाईको घर मा बास बस्ने गर्थे। बनपाले दाईको घरमा उहाँकै श्रीमती मात्र भएकाले लिम्बु र बनपाले दिदीको हिमखिम बढे पछि बनपाले दिदि गर्भवती भईछिन्। लिम्बु दाई त परदेशी त हुन्। जगार बटुलेर उ शहर तिरै गए। गाउघरमा हल्ला भयो बनपाले को बुढी दुईजिउकी भएकि छे एक कान
दुई कान हुँदै गाउघर भरिनै छ्यापछ्यापी भयो। बनपाले दाई साउनको महिना बिदा लिएर घर आउदा यो खवरले बनपाले दाई बिरहले आकुल ब्याकुल भए छन्। यि दाम्पति जोडिले प्रेम बिवाह गरेका थिए। अन्तिम पल्टक एकै गुन्द्रिमा बसेर रक्सी र जाँड पिए मेरो घरमा । छरछिमेका छिमेकीहरु पनि मेरा घरमा भेला भएका थिए। साउनको दिन थियो। घाम पनि लागेको थिएन्। वारिपारि टनाटन भुईकुहिरो ड्याम्मै ढाकेको थियो। सिमसिम पानी परिराख्या थियो। अगेनामा गुरासको दाउरा दननदननन बलिराख्या थियो।आगोको राप पनि त्यतिनै आईरहेको थियो। दाम्पति द्बय भने कहिले रुन्थे कहिले बाझ्थे। कहिले आँसु एक आपसमा रुमालले पुस्थे।एउटै ग्लासमा रक्सि पिउथे। आजको दिन नै तिम्रो र मेरो यो अन्तिम आफ्नो आफ्नो जीन्दगी कटाउनु रुएर के गर्नु काम त बिग्रि सक्यो भनेर भन्थे। रक्सी पिउने हो भन्दै ग्वाँग्वाँ दुवै रुन्थे अनि पिउथे। जम्मा भएकाले सम्झाउथे अव जे हुनु भईगयो। अव आफ्नो आफ्नो बाटो लाग्नु का लागि दिन र मितिको भाका राखि घर बाट उहाँहरु निस्कनु भयो। दुवै ग्वाँग्वाँ गर्दै उकालो बाटो लाग्यो। सवैले राम्रो संग जानु्
झगडा नगरी भन्दै उकालो उनीहरु गएका बाटा तिर हेर्दै छरछिमेकी हेर्दै थिए।
Subscribe to:
Posts (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...