Total Pageviews

Thursday, September 10, 2015

बनपाले र श्रीमती 

जानी नजानी मैले कतै चिन्त दुखाएकी
भुल केहि नभई सजया किन पाउदै आज म
बिन्ति हजुरको कोही संग आँखा जुझाए की
राख्नु हुदै मनमा कुरा भन्नुस पुरा पुरा
लौना हजुर मैले कुनै बाटो बिराए 
 Click Here
माथि लेखिएको गीत फचुन अ लाईफको चलचित्र बाट लिएको हुँ। यस चलचित्रमा अभिनय गर्नु हुने नायकरमेश चन्द्र राई जीको अभिनय मलाई राम्रो लाग्यो। म कुनै नृत्यको निर्णायक त हुँई तर पनि चलचित्रको अभिनयको पाटा राम्रो लाग्यो। नायक जी र नायिकाले एउटै पहिरणमा गीत समाप्त गर्नु भएको छ।
हाम्रो समाजमा एउटी नारी परपुरुष संग हेलमेल भएमा श्रीमान् को भावना यस गीतको स्रब्यदृश्यले स्पष्ट देखाएको जस्तो लाग्छ। यस भिडियो हेर्दा मेरो गाउमा भएको घटनाको सस्मरण दिलायो। धेरै पल्टक यो भिडियोलाई हेरे ।
मलाई साल भने याद भएन। मेरो उमेर १२ बर्षको थियो होला। जेष्ठ महिनाको दिन थियो। श्रीमान् जिल्ला सदरमुकामको बन कार्यलयमा काम गर्थे र उतै बस्दथे। बिदाका बेलामा घर आउथे। हिउद महिना लागे पछि लिम्बुहरु सुँगुरको जगार लिनका लागि हाम्रो गाउघर तिर डुल्थे र किनेर लैजान्थे। लिम्बुहरुले लामा लामा खुकुरी बोकेर गाउघर तिर हिड्दा हामीलाई डर लाग्थ्यो। वारिपारि गाउका जगार बटुलेर एक लिम्बु दाई सधै बनपाले दाईको घर मा बास बस्ने गर्थे। बनपाले दाईको घरमा उहाँकै श्रीमती मात्र भएकाले लिम्बु र बनपाले दिदीको हिमखिम बढे पछि बनपाले दिदि गर्भवती भईछिन्। लिम्बु दाई त परदेशी त हुन्। जगार बटुलेर उ शहर तिरै गए। गाउघरमा हल्ला भयो बनपाले को बुढी दुईजिउकी भएकि छे एक कान
दुई कान हुँदै गाउघर भरिनै छ्यापछ्यापी भयो। बनपाले दाई साउनको महिना बिदा लिएर घर आउदा यो खवरले बनपाले दाई बिरहले आकुल ब्याकुल भए छन्। यि दाम्पति जोडिले प्रेम बिवाह गरेका थिए। अन्तिम पल्टक एकै गुन्द्रिमा बसेर रक्सी र जाँड पिए मेरो घरमा । छरछिमेका छिमेकीहरु पनि मेरा घरमा भेला भएका थिए। साउनको दिन थियो। घाम पनि लागेको थिएन्। वारिपारि टनाटन भुईकुहिरो ड्याम्मै ढाकेको थियो। सिमसिम पानी परिराख्या थियो। अगेनामा गुरासको दाउरा दननदननन बलिराख्या थियो।आगोको राप पनि त्यतिनै आईरहेको थियो। दाम्पति द्बय भने कहिले रुन्थे कहिले बाझ्थे। कहिले आँसु एक आपसमा रुमालले पुस्थे।एउटै ग्लासमा रक्सि पिउथे। आजको दिन नै तिम्रो र मेरो यो अन्तिम आफ्नो आफ्नो जीन्दगी कटाउनु रुएर के गर्नु काम त बिग्रि सक्यो भनेर भन्थे। रक्सी पिउने हो भन्दै ग्वाँग्वाँ दुवै रुन्थे अनि पिउथे। जम्मा भएकाले सम्झाउथे अव जे हुनु भईगयो। अव आफ्नो आफ्नो बाटो लाग्नु का लागि दिन र मितिको भाका राखि घर बाट उहाँहरु निस्कनु भयो। दुवै ग्वाँग्वाँ गर्दै उकालो बाटो लाग्यो। सवैले राम्रो संग जानु्
झगडा नगरी भन्दै उकालो उनीहरु गएका बाटा तिर हेर्दै छरछिमेकी हेर्दै थिए।

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...