स्वर्गिय गायिका योगिता मोक्तान
ए प्रदेसीएका दाजुभाई
प्रदेशीएका दिदिबहिनी
तिम्रो पाखापखेराले तिमीलाई खोज्दै छ
आफन्त र गाउलेहरु बिद्रोहमा लड्दै छन्
तिम्रो प्यारो नेपालले तिमीलाई डाँक्दै छ
हिजो आज अर्कै छ गाउघर
प्रदेशीलाई बस्या छ पर्खेर
माथी लेखिएको गीतका भाषाहरु गायिका स्वर्गिय योगिता मोक्तान जीले गाउनु भएको रहेछ । उहाँले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गर्नु भएको खवरले लोक गीतका पारखीहरुलाई स्तब्ध बनाई दिनु भयो। बास्तबमा मलाई योगिता मोक्तानको बारेमा केहि जानकार थिएन्। नेपाली समाचारको साईटहरुमा उहाँले गाएका गीतका भाषाहरुलाई हेर्दै जादा मलाई पनि नजिक बाट तान्यो। सुरिलो स्वरकी धनी योगिता मोक्तानले किन यति कलिलो उमेरमा नै यो पृथिबीबाट सधाका लागि बिदा लिईन्। यस घडीमा म सोक सन्तब्ध परिवारमा हार्दिक समबेदना ब्यक्त गर्दछु।
आज दिन भर नै यहि गीत यु ट्युव बाट सुन्दै हेर्दै किन मान्छेहरु यसरि आत्माहत्या गर्छन्। भन्दै आफैलाई प्रश्न गरे आफैले उत्तर खोज्ने प्रयास गरे तर अहँ उत्तर पाईन। केवल मिठो गाउनुहुने गायिकाले के किन कसरि कस्का लागि आखिर के पाउनु भयो यिनै भावनाहरु मेरो अन्तरमनमा पौडीखेली रहे। जति गीतहरुको शब्दहरुमा लयहरुमा अल्झिदै जान्छु मन भारि भएर आयो। योगिता तपाईले तपाईको आमाले जन्म दिदा तपाईलाई हुर्काउदा तपाईलाई दुधको घाराले तपाईलाई स्वर्गलोक मा अवश्यनै अलिनो हुन्छ होला। आखिर तपाई हामी बाट भन्दा पनि तपाईको आमाबाट छुट्टेर यसरि यति बेला तपाईको आमालाई कस्तो भईरहेको होला।
गीत हेर्नु अनि सुन्नका लागि यहाँ क्लिक गर्नहोस
No comments:
Post a Comment