पृष्ठभुमि
महाराजगंञ्ज को नारायण गोपाल चोकमा सवारी साधनहरु पात्लिदै गरेको देखिन्थे। अध्यारो बढ्दै गएको देखिन्थ्यो। हट ब्रेडको टेबल म र हिरा भान्जीका दिदी निरा गुरुङ संग कुराकानी गर्न सकिन लाग्दै थियो । हिरा भान्जी र उहाँकी मित्र महरा दिदी आउनु भयो। प्रवेष द्बरबाट सिधै हाम्रो टेबल तिर आउनु हुँदै गर्दा चिनी सकेको थिए मैले। उ मेरी बहिनी हिरा हो भनेकी थिईन् । बाहिर शिशिर याम भएकाले जाडो हुनेनै भयो। मैले मेरो सामान्य चिनारी दिए। तपाई सिङ्गापुरमा बस्दा बाल्यकाल, किशोर अवस्थाका रमाईला यादहरु । स्कूल पढ्दाका रमाईला दिनहरु र नेपाल फर्केर काम गरेका अनुभव बारेमा कुराकानी गरु है भनि मैले बाल्यकालको जीवनबाट कुराकानी थाले।
___________________________________________________________________________
महाराजगंञ्ज को नारायण गोपाल चोकमा सवारी साधनहरु पात्लिदै गरेको देखिन्थे। अध्यारो बढ्दै गएको देखिन्थ्यो। हट ब्रेडको टेबल म र हिरा भान्जीका दिदी निरा गुरुङ संग कुराकानी गर्न सकिन लाग्दै थियो । हिरा भान्जी र उहाँकी मित्र महरा दिदी आउनु भयो। प्रवेष द्बरबाट सिधै हाम्रो टेबल तिर आउनु हुँदै गर्दा चिनी सकेको थिए मैले। उ मेरी बहिनी हिरा हो भनेकी थिईन् । बाहिर शिशिर याम भएकाले जाडो हुनेनै भयो। मैले मेरो सामान्य चिनारी दिए। तपाई सिङ्गापुरमा बस्दा बाल्यकाल, किशोर अवस्थाका रमाईला यादहरु । स्कूल पढ्दाका रमाईला दिनहरु र नेपाल फर्केर काम गरेका अनुभव बारेमा कुराकानी गरु है भनि मैले बाल्यकालको जीवनबाट कुराकानी थाले।
___________________________________________________________________________
नाम:-हिरा गुरुङ(D/O 4187)
स्थान:- हट ब्रेड महाराजगंज
Time:-2000hrs
Date:- 06 April 2013
फोटो साभार फेसबुक हिरा
आफूले अध्ययन गरेको सिडार गल्स् माध्यामिक बिधालयको क्यान्टिनमा हिरा गुरुङ । बिगतका दिनका बिधार्थी जीवनको स्मरण गर्नु हुँदै।
म सिंगापुरको केके
अस्पतालमा जम्मेको हुँ भाई। मेरो नाम राधिका हो तर मलाई हिरा भनेर
चिन्छन्। हाम्रो पालामा केटीहरुलाई स्कूल पढ्न पठाउने चलन थिएन्। केटाहरु मात्र
स्कूल जान्थ्यो। स्कूल पढ्न नपरे पछि केटीहरु नालामा माछा गंगटा र झिङ्गे माछा समाउन जान्थ्यौ। खेल्यो बस्यो खायो हाम्रो बाल्यकाल उबेलामा । उहाँकी दिदी निरा मुसुमुसु हाँस्नु भयो । हिरा भान्जी फर्सौली
तरिकाले बोलि रहनु भएकी थिईन्। उहाँको बोल्ने लवजले म प्रभावित भई रहरेको थिए।
फोटो साभार फेसबुक हिरा
उबेलामा हाम्री आमाले छोरीलाई पनि स्कूल पठाउनु पर्छ भनेर म र मेरी दिदि हिरालाई (हातले
ईसारा गर्दै दिदी तर्फ हाँस्दै) गोर्खा चिल्ड्रन स्कूलमा भर्ना गरिदिनु भयो । मेरो बाबा गोर्खा
चिल्ड्रेन स्कूलमा पढाउनु हुन्थ्यो। छोरालाई मात्र स्कूल पठाउने चलन भए पछि बाबा
पनि छोरीलाई स्कूल पठाउनु पर्छ भन्ने सोचमा हुनुहुन्न थियो। त्यस बेलामा मामाहरुले पढाउथेनी भाई । गोर्खालीका
नानीहरुका लागि अनौपचारिक स्कूल स्थापना भएको थियो। हामी स्कूल गएको देख्दा । मेरी
आमालाई आण्टीहरुले खिसी ट्युरी गर्थे। छोरालाई स्कूल पठायो भन्दै खितिति गरि
हाँस्थे पनि। कहिले काहि अतिनै त्यस्ता कुराले आमालाई झोक उठ्दा छाती पिट्दै के
भयो मैले पठाए तिमीहरुलाई के को टनटन । आजकाल छोरीहरु स्कूल गएको देख्दा । पढेर झोला बोग्दै घर फर्केको देख्दा मलाई यो भन्दा खुशी केहि छैन्। निर्धक्क
भएर भनिदिन्थे। आमा पनि दंग हुनुहुन्थ्यो । हामी पनि स्कूल जानु पाउदा म र दिदी
पनि खुशी भएका थियौ। हामी संगै खेल्ने केटाहरु संग । संगै स्कूल जाने संगै फर्किने
गर्दा रमाईलो लाग्थ्यो । । हाँस्दै खुशी हुनुहुँदै बाल्यकालको क्षण सम्झनु भयो
हिरा भान्जीले। क देखि ज्ञ सम्म पनि पढयौ
। गोर्खा चिल्ड्रेन स्कूलको अनौपचारिक शिक्षा पढि सेक पछि।
आमाले प्ये फेर
स्कूलमा भर्नाका लागि लानु भयो। जाच दिए सिधै कक्षा ३ भर्ना भए । आमा झन धेरै खुशी
हुन थाल्नु भयो । मेरी आमाले ति होच्याउने
जिस्काउनु हुने आण्टिहरुलाई भन्न थाले। मेरी छोरीहरु छोरा सरह बाहिर गएर पढन्
थाले। यो भन्दा खुशी मेरो केहि छैन्।आमा दंग थिईन्। बाहिर स्कूलमा दिदी कक्षा ४ र
म कक्षा ३मा पढ्न जान थाल्यौ।
फोटो साभार फेसबुक हिरा
आफूले अध्ययन गरेको बिधालयमा ४ दशक पछाडी फर्केर हेर्दा
प्रार्थमिक बिधालयको अतिरिक्त कृयाकलामा म एउटी ससक्त १००
मिटर र २०० मिटरको रनर भईसकेकी थिए । अन्तर बिधालय प्रतियोगितामा स्वर्ण
पदकहरु धेरै जितेको थिए।। कक्षामा शिक्षकले पढाउदा ध्यान दिएर सुन्ने र पढ्ने बानी
भएकोले। घरमा आएर कहिले पढिन् म। साथीहरु संग खेल्ने खाने सुत्ने भोलि स्कूल जाने
। यसरी मेरो प्रार्थमिक बिधालयको दैनिकी थियो। खासै म पढ्दीनथे र किताबी किरो पनि
थिईन्। हाँस्दै मलाई बताईन्। सिडार गर्ल्स हाई स्कूलमा अध्ययन गरे। हाई स्कूलमा
मैले अतिरिक्त कृयाकलापमा १००मिटर २००मिटर कुदेर स्वर्ण पदकहरु धेरै जितेको थिए।
थप अतिरिक्त कृयाकलापमा रेडक्रस पनि थियो।
फोटो साभार फेसबुक हिरा
बाँया बाट दिदी निरा गुरुङ बिचमा आमा र हिरा गुरुङ ।
हुरहुरे बैषमा बेलुकी
खाना खाए पछि हावा खाना आन्टीहरु संग हिड्थ्यौ । आन्टीहरुको गफ सुन्दै हामी
पछ्याउथ्यौ। हावा खादै हिड्दा गजबको कुरा के हुन्थ्यो भने। जब Adult गफगाफ हुँदा हामीलाई अगाडि जाऔ । यी भान्जीहरु भनेर
धकेलेर अगाडि पठाउथे। तिमीहरुले सुन्नु हुन्न यस्ता कुराहरु भन्थे। हामी हाँस्दै
अगाडी जान्थ्यौ।
दशै आउन एक महिना
अगाडि देखि नेपाली र हिन्दी गीतहरु गीत गाउने अभ्यास गर्थ्यौ ।भान्जा टोलीहरु
गीतार ड्रम बजाउथे हामी भान्जीहरु गीत गाउथ्यौ। दशैमा परेड स्वायरमा मामाहरु बियर
पिउदै हाम्रो गीत र नाच मा रमाईलो गर्नु हुन्थ्यो। साथै मामाहरुले पनि स्टेजमा गीत
र नृत्य गर्थे। कालरात्रीमा मार हेर्न जान्थ्यौ । तिहारमा आउनु भन्दा १५दिन अगाडि
देखि भैलो र देउसी गीतहरु गाउन अभ्यास गर्ने गर्थ्यौ । आफ्नो जात अनुसारको पहिरण
लगाएर मादल बजाउदै भैलो देउसी गीतहरु गाउदै पैसा बटुल्थ्यौ । आन्टीहरुले भित्र
वोलाएर सेलरोटी खान दिन्थे । कस्तो रमाईलो हुन्थ्यो। दशै र तिहार ज्यादै रमाईलो
हुन्थ्यो। त्यस्तो रमाईलो नेपालमा अझ सम्म भएको छैन्। आजकाल पनि Mount Vernon का भान्जा भान्जीले पनि हामीले गरेको जस्तै
परम्परा छ होला। सोधिन् हिरा भान्जीले मलाई । चलन अझै छ । मैले भने।
फोटो साभार फेसबुक हिरा
बाँया बाट हिरा गुरुङ आमा र बाबा Insp 4187
उहाँले हाँस्दै भाई म टिनेज हुँदा घरमा कहिल्यै नपढ्ने ।
साथीहरु संग जम्मा भयो मनपरेका केटाहरुलाई जिस्कायो। यति भनि रहदा भाई !! मनपरेका केटीले टक्क जिव्रो पड्कायो । मन परेको केटाको नाम वोलायो । केटाहरु पनि त्यसरीनै गर्थ्यो। क्याम भित्र
हाम्रो हुरहुरे बैषलाई यसरी बितेको थियो। संगै बसेकी दिदि निराले पनि थपिन् होनी भाई ।
यो कहिले नपढ्ने। केटाहरुलाई जिस्काउथ्यो नी ! बिगतका ति
दिनहरुमा रमाईलो कुरा सम्झदै हिरा
भान्जीले केहि क्षण आँख चिम्लिन्। हामी ४ जना बसेको टेबलमा हाँसो भएको थियो। हिरा
भान्जीकी साथी महरा दिदि पनि । यिनी अझै पनि यस्तै छिन् । अरुलाई हसाउने गर्छिन्
भाई। मलाई महरा दिदीले भन्नु भयो।
फोटो साभार फेसबुक हिरा
समय मिलाएर लम्जुङमा गई गाई बस्तु चराउने गर्नु हुन्छ ।
सन्१९७४ सालमा ओ लेवल पास गरे। Nation Junior College बाट१९७५ /१९७६मा ए
लेवल पास गरे। ईन्ष्टिचुड अफ एजुकेशनको तालिम समाप्त गरि Mount Vernon
Secondary स्कूलमा पढाउनु थाले। प्रिजन गोर्खा यूनिटमा कार्यरत
मामाहरुलाई अंग्रेजी भाषा सिकाउने थाले । मामाहरुलाई अंग्रेजी भाषा सिकाउनु पर्दा लाज
लागेको हुन्थ्यो । बाल्यकालमा हामीहरु आईतबारको दिन ड्रिल सिडमा फिल्म हेर्नको
लागि चकटी लिएर अगाडि गएर बस्थ्यौ ।Black & White Tv थियो उबेला भाई । त्यो बेलाको बाल्यकाल सम्झद
रमाईलो लाग्छ भन्दै । आँखा बन्द गरेर सोच मग्न भईन् हिरा भान्जी।चिकन राईस रोटीपराट्टा
मि गोरेङ मन पर्ने खाजा हो। साथीहरु संग घुम्न बुकितामा डाँडो म्याक्रेजी तलाउ र
चाईना टाउन गईन्थ्यो । बालापनमा बाबा आमा संग र बैषमा साथीहरु संग ईष्टकष्ट
पार्कमा BBQ खादा ज्यादै रमाईलो हुन्थ्यो ।
सिंगापुर नागरिक्ता र रहादानी थियो मेरो। नेपाल जाउजाउ
लागिरहन्थ्यो। नेपाल गएर काम गर्ने।स्वच्छ वतावरणमा रमाउने सधै मनमष्तिष्कमा भई रहेको
हुन्थ्यो। किन भने दिदी निरालाई देखाउनु हुँदै नेपाल बाट फोन गर्दा सधै बयान
गर्थिन् छिटो नेपाल आईज । नेपालको ताजा खानेकुरा । बाबाको जन्म थलो लम्जुङ गाउ कति
राम्रो छ। हिमाल नजिकै बाट देखिन्छ। ऋतु अनुसार देखिने प्राकृति सौन्दर्यको
दृष्यले मनलाई आनन्द दिन्छ। ढिला नगर बरु छिट्टो नेपाल फर्की भनि रहन्थे । फोनमा
यस्ता कुराहरु सुन्दा दिदीले भनि रहदा ।
नेपाल फर्किनु जागृत भई रहन्थ्यो । मैले सिङ्गापुरको नागरिकत्ता र पासपोर्ट बुझाई
सधैका लागि नेपाल फर्किने निर्णय लिए। सन् १९८१डिसेम्वर महिना थाई विमान बाट त्रिभुवन
अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लदा चिसो हावा, खुलेको निलो आकास, पारिलो घाम र चारै तिर हेरे वाँह म ..त..! भाई यति रमाएकी यति रमाए !!
बाबा संग हिरा गुरुङ। फोटो साभार फेसबुक हिरा गुरुङ
बाबा संग हिरा गुरुङ। फोटो साभार फेसबुक हिरा गुरुङ
सिंगापुर छाड्नु को रात बताउनु पर्दा । मैले हिरा भान्जीलाई
प्रश्न राख्दा। त्यो रात साथीहरुलाई सम्झिए थिए। मन कुराहरु खेल्दै थिए। साथीहर
लाई नदेखिने नभेटिने कुराले। न्यास्रो लागि रहेको थियो । बिहान Changi Airport मा बिदाई का लागि साथीहरु संग अंगालो गर्दा आँसु गहभरि भएको थियो। अव हामी सधैका लागि सायद
भेटिदैनौ होला साथीहरुले भने ।रुमालले आँसु पुस्दै वाईवाई गर्दै । म उनीहरुको
नजरबाट टाढिदै गए।
नेपालको अध्यागमन बाट निस्कदा दिदी र आफ्तहरु मलाई पर्खि रहनु
भएको थियो। अहिलेको जस्तो धुलो धुवा अनि गज्याङ गुजुङ घरहरु थिएन् । पातला
बस्तिहरु थिए सबै फाँटहरु थिए। ट्याक्सी चढेर लगनखेल तिर आउदा सडक सुनसान थियो। रात
नियाल्न कौसीमा गए। ज्यादै जाडो थियो। अध्यारो रातमा ताराहरु नियाल्दा खुशीले
ढुकढुकी बढेको थियो । बिहान ब्यूझदा चारैतिर कुहिरोले ड्याम्म ढाकेको थियो। यस्तो
दृष्य हलिउडको चलचित्रको पर्दामा मात्र देखेकी थिए। आफूलै हेर्न र अनुभव गर्न
पाउदा रमाएकी थिए। मनमा कुरा खेल्न थाल्यो सिंगापुर बसेको भए म त्यस्ता किसिमका
अनुभव लिनबाट बञ्चित हुने थिए। मैले जे निर्णय लिए सहि लिए । सिङ्गापुरको नागरिक्ता त्याग्दा पछुतो लाग्दै आजकाल
मैले प्रश्न भान्जी हिरालाई गरे। सिंगापुरको नागरिक्ता बुझाए । कुनै पछुतो छैन्।
अझ थपिन् आफ्नो देश भनेको आफ्नै देश हो। नेपालमा कुनै काम गर्ने स्टिम नभए पनि
रमाईलो हुन्छ ।
फोटो साभार फेसबुक हिरा
निरा गुरुङ र हिरा गुरुङ । बाबाले निर्माण गर्नु भएको चौतारामा थकान मेटाउनु हुँदै।
काठमान्डु एक हप्ता बसे। त्यसपछि बाबाको जन्म थलो लम्जुङ गए
। पानी भर्न गए। घाँस दाउरा काट्न गए। गाईबस्तु चराउन गए। ढिकी झातो गरे । रोधी घर
गए। गाउका आफन्तहरु संग चिनापरची गरे। ताजा खाने कुराहरु खादा रमाएको थिए । हिमाल
नजिक बाट हेर्न पाउदा खुशीले हुरुक्क भएको थिए। गाउमा धेरै कुराहरु शिक्न र अनुभव
गर्न पाए । लम्जुङ तीन महिना बसे। । राजधानी फर्के । नेपालीमा A लेवल र शिक्षा सम्बन्धि तालिम गरेको प्रमाण पत्र अनुवाद गर्न शिक्षा
मन्त्रालयमा गए। मेरो प्रमाण पत्र र मैले बोलेको नेपाली भाषालाई खिसी टिउरी गर्दै
खै हामीलाई थाहा छैन् । ए लेवल से लेवल भनेको के हो । ओल्टाई पल्टाई गर्दै बसे। त्यो दिन
सम्झदा आज पनि दुःख लाग्छ। झोक उठ्छ। बुढानिलकण्ठ आवसिय स्कूलमा पढाउ थाले र २५ बर्ष सम्म पढाउदा म सह प्रधान अध्यापक पद
सम्म पुगे। जीन्दगीको आरोह अवरोहमा कति एकै ठाँउमा काम गरि रहने भन्ने लाग्यो।
बुढानिलकण्ठ स्कूलबाट राजिनामा दिई। ब्रुनाईमा ब्रिटिस गोर्खा स्कूलमा २००७देखि
२०१२साल सम्म पढाए। हाल NGO कार्यरत छु। सिंगापुरे भान्जा भान्जीका लागि ।नेपाल फर्कनु नेपालनै प्रसस्त
कामको मौका छन्। हाम्रो कुराकानीको अन्तिममा भनिन्।
No comments:
Post a Comment