फोटो साभार फेसबुक अशोक
सोलुको गार्मा गाँऊमा १३ वर्षको उमेर देखि कविता गीत कोेर्नु हुने। लाहुरघर भित्रका गीतकार अशोक कुमार श्रेष्ठ(14395) संग गरिकएको कुराकानी
१ तपाईको परिचय हाम्रो पाठकहरुलाई बताई दिनुहुन्छ की ?
दुर्गम जिल्ला सोलुखुम्बु को गार्मा गाउमा जन्मेको । म अशोक श्रेस्ठ(14395) १९९४ बाट सिङपोर पोलिस फोर्समा कार्यरत छु।
२ तपाईले गीतहरु पहिले देखि नै लेख्नु हुनथ्यो की लाहुरे भएपछि मात्र लेख्न थाल्नु भयो त?
गीत त मैले निकै पहिले नै लेख्ने गर्थे तर श्रोता सामु भने भर्खर मात्र हाजिर भएको छु।
३ लाहुर घरमा समय भनेको खापाखाप हुन्छ । ब्यस्त जीवननै लाहुरेको परिभाषा हो । यस्तो समयको खापाखापमा कति बेला गीत कोर्नु हुन्छ त?
गीत भन्ने कुरा जति खेर भन्यो त्यति खेर लेख्न सकिन्दैन् मूड अनुसार फुर्सद भयो भने कोर्ने गर्छु।
४ कति वर्षको उमेर देखि तपाईले गीत लेख्न थाल्नु भयो यकिन छ ?
यकिन यतिन नै भनेर भन्न सक्दिन म १३-१४ साल को हुँदा शुरु गरेको थिए।
५ हाल सम्म कति वटा गीतहरु लेखि रेकर्ड गराई सक्नु भईसकेको छ त?
लेख्नु चाँहि मैले २५ वटा लेखेको छु तर रेकर्ड भने ३ वटा मात्र गराएको छु।
६ तपाईको गीत "निधारको" यो गीत साह्रै मार्मिक लेख्नु भएको छ। कस्तो अवस्थामा र कसको कल्पना गरि लेख्नु भयो त?
गीत लेख्नु कुनै अवस्था चाँहिदैन तर जे चिज को बारेमा गीत लेख्नु छ।त्यो भित्र भने आफूलाई राखेर लेख्नु पर्छ ।त्यसैले त्यस बेला एउटा भरिया को कल्पना गर्नु आवश्यक थियो।
८ हाल के गर्दै हुनुहुन्छ ?
हाल भने अलिक व्यस्त छु त्यसैले कलम चलाउन रोकिएको छ।
९ तपाईलाई मन पर्ने नेपाली संगीतकार,गीतकार र गाएक को को हुन?
मलाइ मन पर्ने ब्यक्तित्व धेरै छन् तर त्यस मध्य गोपाल योन्जन मेरो मन् पर्ने गीतकार हो। संगीतकार मा शम्भुजित् बाँस्कोटा र गायक हाम्रो लाहुर घरको अशोक मुकारुङ्(१४८१७) भाइ।
Lyrics:
Ashok Kumar Shrestha (14395)
Composer: B B
Anuragi
Vocal:
Shishir Yogi

No comments:
Post a Comment