05 Dec. 2019
आज सूर्यको कलिलो उषा हाईराईज भवनको धुरी
तिर पोखिदा देखिने
आकर्षक दृष्य देखिदैन्थे धुम्मेको बिहानीले गर्दा। निभन लाईनको बलेसी बाट चिसो सिरेटेको हुल सोहोरिएर
काठमाण्डु रोडको पेटिकामा गोर्खा GM साहेवलाई बिदाई समारोहका लागि उपस्थित भएको हामी माझ गालामा
स्पर्षका लागि आईरहन्थे बेला बेलामा। हर्ष र बिषमातको मिश्रित ओसिलो वतावरणमा 0810Hrs पुगेको थिए म।
पल्टन घर भित्र पाईप एण्ड ड्रमको संगीतमय धुनको गुञ्जयमान बीर
गाथाको कथा बोकेको हुन्छ। वीर गाथा बोकेको घुन संगै सिंगापुर संगको साईनो लाई
सधैका लागि स्पन्दनमा राख्दै जीम साहेव कारमा प्रवेष गर्नु अगाडि सबैलाई धन्यवाद
भन्नु हुँदै आफ्ना श्रीमती र बालबच्चाका साथ कार भित्र प्रवेष गर्नु हुँदाका त्यो
क्षणले म धेरै नै बिरक्तिए । आँखाका परेलीमा आँसु रसाए। आँसु झर्न दिईन्। सम्हालिए
म। परेली भिज्नुको कारण एउटै थियो बिकसित राष्ट्रको समाजमा हुर्केका नानीहरुले
अविकसित समाजमा नयाँ अध्ययनको खोजी र संधर्षका कथाहरु सम्झेर । मेरो पनि अकास भएर स्वदेश
फर्कन पाउदाका खुशीको दिन र सिंगापुरलाई छाडेर जानु पर्दाको पिडालाई सम्झदै कामको
गन्तब्य तिर सोझिए।
No comments:
Post a Comment