0730Hrs बजे
टासिबुटि बहिनी र उनकी अन्य साथीहरुलाई धन्यवाद भन्दै भिजेर गाउ बाट हिड्यौ। चिसो
बिहानीमा सूर्यको किरण प्रवेष भई सकेको थिएन्। चारैतिर नाङ्गा पहाडको उपत्यका भित्र
लुकेर बसेको सुन्दर भिजेर गाउलाई छाडेर जाने रहर थिएन् । भिजेर गाउको छेवैमा तर्न
नसकिने खोला आफ्नै लय सुनाउदै थियो। काठेपुल तर्ने बित्तिकै नाकै भाँचिएला जस्तैउकालो बाटो शुरु हुन थाल्यो। खुईया गर्दै उक्लि रहयौ। उक्लिदै गर्दा
नाउरको बथान चर्दै गरेका केहि सुतिरहेका देख्यौ। खुईयाँ गर्दै भिजेरको थुम्का
सामुन्द्रिक सतह बाट4815मिटरको
पासमा उक्लिदा सम्म पनि घामको कलिलो किरण पासमा पोखि सकेको देखिदैन्थ्यो ।
पासमा पुग्दा खुशीले गदगद भए। हरि भाईले तल देखिएको गाउ टाटा गाउ साथै ऐतिहासिक
गुम्बा भएको ठाँउ हातले ईसारा गर्दै देखाए। चारै तिर हिमालहरुको पंक्ति
मुस्कुराईरहेको देख्दा थप रौनकत्ताको खुशीले चौप्ट भएको थिए म। पास बाट
चारैतिरका फरक दृष्यका हिमाल र नाङ्गा पहाड हेर्नु बिशेष रहेछ। हिउले
बिगारेको बाटामा हिड्दै गर्दा भिजेर गाउका र ३ जना भिजेर देखि साल्दाङ गाउ सम्म
सडक सर्वे गर्नका लागि ईञ्जिनियरहरु भेट्यौ। बाटो तेर्स्रो भएकाले थकानको महसुस भईरहेको
थिएन्। पाटन तिर च्याङ्ग्राका हुलहरु चरिरहेका देखिन्थे। हल्का भोक लाग्ला जस्तो
अनुभव भएकोले कलकल बग्दै गरेको खोला छेउमा आँखाले हेरि भ्याउने चौउरमा बसेर
बोकेको फापरको रोटी र चिया पियौ। प्राय धेरै जसो ठाँउमा बाटो उकालो भेटिन्थ्यो।
हिड्दै गर्दा घाम चरक्क चर्केको थियो। ओरालो बाटो झर्दै गर्दा थाकेको महसुस भएकाले खोला छेउको हरियो चौउरमा एक घण्टा सुत्यौ।
उकालो बाटोमा लोथ हुँदै शेगुम्बा जानका लागि अन्तिम पास 4830 मिटरको पास छिचोले पश्चात ओरालो बाटो शुरु हुन थाल्यो। पास बाट मनोरम
क्रिस्टल हिमालहरुको लस्कर देख्दा मन फुरुङ्ग भएको थियो। शेगुम्बा पुग्नलाई चार
हजार भन्दा माथिको तीन वटा पास छिचोलेर शेगुम्बामा पुग्दा थाकेर लोथ भएको थिए। शेगु्म्वामा साँझको 1830Hrs पुग्यौ। नावरहरुको बथान बास बस्नका लागि पाखामा तयार भएको देखिन्थ्यो।
मुख्य गुम्बा बाहेक जम्मा ४ वटा घरहरु रहेछन्। हरि भाईले चिनेको लामा बाजेको घरमा
छिर्यौ। लामा बाजेले सजिलै हरि भाईलाई चिनी हाले। भोटे चिया संग
सातु खादै भोकलाई दबाई रहेका थियौ। गफगाफमा
लामा बाजे राजनिति कुराहरु बडो ब्यावहारिक ढंगले भन्थे । बिकासको नाममा कसरी बजेटलाई गोदछन् भनेर। गुम्बा हेरचाह
गर्न उहाँको पालो भएकोले यो साल अन्तिम हो मेरो भन्दै सुनाए। गुम्वाको सक्ली
मुर्ती चोरि सक्यो नक्कली मात्र छ। दुःखी हुँदै सुनाए। । लामाका श्रीमती चौउरीहरुलाई
खोले दिदै थिईन्। हरि भाईले किचनमा साँझको थेन्दुक बनाउदै थिए । खाना नपाकुञ्चेल सम्म माथिल्लो भेग डोल्पाको कथा र ब्याथाहरुको कुरा सुन्दै बसे म। हरेक दुई दुई सालमा गुम्बा हेरचाहको लागि साल्दाङका हरेक घरवालाहरुले आफ्नो पालोमा गर्नु पर्ने नियम भएको सुनाए। कुराकानी गर्दै गर्दा हरि भाईले थेन्दुक तयार बनाई सके। हामी ४जना बसेर
खायौ। 2100Hrs सुत्यौ। ढल्कके बित्तिकै भुसुक्कै निदाए छु।
ओखल्ढुंगा
जिल्ला मानेभञ्ज्याङ गाउपालिकाको वडा नं ६मा पर्ने तल्लो रिचुवा गाउ। खप्तरी मगर,मुरी मगर र राई समुदायको मिश्रित बस्ति रहेको छ। सामुन्द्रिक सतह बाट ५००
मिटरमा अवस्थित रहेको छ तल्लो रिचुवाको बस्ति। पुछारमा दुधकोशी नदी उत्तरमा
ठाडेखोल र रम्दुखोला। दक्षिणि भेगमा जोडीखोला रहेको छ। तल्लो रिचुवा गाउ उर्वर
भूमि हो। बर्षको ३ कमाई हुने गर्दछ। तल्लो रिचुवा गाउको मौसम नेपालको अन्य स्थानको
भन्दा फरक रहेको छ। जाडो समयमा जाडो नहुने। गर्मी याममा भने अत्याधिक गर्मी हुने
यस गाउको मौसम रहेको छ। खेती किसानको लागि यो गाउमा ठाडेखोला बाट परम्परागत कुलो
रहेको छ।
उम्बुले
राई र मुरी मगर कसरी आईपुगे तल्लो रिचुवा गाउमा त्यसको जानकारी पुर्ण नभए पनि स्व
खम्ब सिं खप्तरी मगरले भन्नु हुन्थ्यो । जो उहाँ मेरो आफ्नै मावली बाजे
हुनुहुन्थ्यो। बाजेले गफगाफ गर्दा भन्नु हुन्थ्यो। मेरो बाउ सिंग मान खप्तरी मगर। सिंग मान खप्तरी मगरको बाउको नाम बिर नन्द खप्तरी मगर। बिर नन्द खप्तरी
मगरको बाउ,बाजे र बराजुको नाम थाहा नभएको।बिर नन्द खप्तरी मगरको च्याब्जु। बिर नन्दको ४ पुस्ता अगाडि।थानी बाजे भैसै ओडारमा बस्नु हुन्थ्यो। थानी बाजे को प्रख्यात थान तल्लो
रिचुवाको बेसी पाखमा रहेको छ। थानी बाजेको बिषयको बिशेषता पछि उल्लेख गर्ने छु।
जुन भैसे
ओडार अहिले पनि ठाडेखोला भेगकोझाँक्री गुफा नजिकै
अवस्थित छ। उ बेलामा थानी बाजेले भैसी धेरै पालेकाले भैसीको गोबर अझै उक्त ओडारमा
देख्न सकिन्छ। ओडार वरिपरि अझै बाल्लो कदम घारी रहेको छ। भैसी ओडार बाट खप्तरी
मगरको थाक थलो भईतल्लो रिचुवामा फैलिएको हुनु
पर्छ। स्वर्गिय बाजे खम्ब सिंले भन्नु हुन्थ्यो मलाई। भैसे ओडार पुग्न २०मिनेट
लाग्द छ। तल्लो रिचुवा गाउ बाट। स्वर्गिय बाजे खम्ब सिं खप्तरी मगरले अर्को अनुमान
पनिगर्नु हुन्थ्यो। मानेभञ्ज्याङ गाउपालिका वडा
नं २मा अवस्थित वाक्सामा फलाम खानी थियो। वाक्सा बाट तल्लो रिचुवामा तामा खानी
भएकोले खानी खन्नको लागि आएको होलान् र यतै बसोबास गरेका होलान् सायद। खप्तरी
मगरलाई खानीवाले मगर पनि भन्छन्। खानीमा काम गर्ने भएकाले।
कहाँ छ त
तामाखानी तल्लो रिचुवामा? दुधकोशी नदी बुढुवा घागी भन्दा केहि माथिको पहरामा तामा खानी खनेको सुरुङ
रहेको छ। तामा खन्ने क्रममा सुरुङमा पहिरो गएर मान्छेहरु बाटो छेकीएर मृत्यु भए
पछि तामा खानी बन्द भएको कुरा स्व खम्ब सिं खप्तरी मगर ले बताउनु भएको थियो। स्व
खम्ब सिं खप्तरी मगरको बाबा सिंग मान को पाला सम्म तल्लो रिचुवाको तामा खानी
संञ्चालन भएको थियो । खानीबाट निकालिएको तामाको ढुंगालाई पोल्ने ठाउमा अझै पनि
पोलेका अवशेषहरु देख्न सकिन्छ तल्लो रिचुवा गाउमा।
सिंग मान
खप्तरी मगर त्यस ताका खानीवालाको अध्यक्ष देखि राणाकालको मुखिया थिए । सिंग मान
बिक्रम सम्वत् २०३४ सालमा मृत्यु हुनु भएको थियो। तल्लो रिचुवाको तामा खानी किन र
कसरी बन्द भए भनि बाजे खम्ब सिं खप्तरी लाई कुराकानी गर्दा । उहाँले भन्नु
हुन्थ्यो। मैले मेरो बाबा सिंग मान लाई सोधेको थिए। खानीको सुरुङ भत्किएर
मान्छेहरु थुनिएर मरेकाले तामा खानी बन्द भएको कुरा भन्नु भएको थियो।
अव जोडौ
प्रसंग थानी बाजे को। थानी बाजे अलौकीक शत्ति उहाँको। तल्लो रिचुवाको खप्तरी मगर
समुदायले थानी बाजेलाई कुल देवताको आस्था राख्दै आईरहेका छन् साथै पुजा आजा गर्दै
आईरहेका छन्।
थानी
बाजेको थान कस्ले बनाए कसरी उत्रिए भन्ने जानकारी नभए पनि । मैले थाहा पाए देखि
तल्लो रिचुवाको थानी बाजे धेरै नै प्रख्यात थियो। गाई भैसी दुहुदा दुध नदिदा साथै
बाख्राले पाठा पाठीलाई दुध खान नदिदा थानी बाजेलाई बोका वा भाले भाकल गरे पछि एकै
क्षणमा ठिक ठाक हुने आस्था च्यास्मी कदुवा हिलापानी घलेसार जाक्मा थाक्ले उबु
उदयपुर माथिल्लो रिचुवा चेरुङगाउ थाक्ले भोर्ले
टोक्सेल माधापुर रागापुर मानेभञ्ज्याङ र ओखरबोटका गाउकाले बोका भाले पुजा गर्न
आउथे तल्लो रिचुवाको थानी बाजेको थानमा । बोको र भाले पुजा गर्न थानी बाजेको थानमामावली बाजे संग धेरै पटक गएको थिए म। बोकाको टाउको र भालेको टाउको पोलपाल
गरि झोल बनाई धेरै पटक खाएको थिए बाल्यकालमा मावली घरमा जादा। अहिले पनि आस्था
भएकाले फाटफुट पुजा गर्न थानी बाजेकोमा आउने गर्दछन्।
खम्व सिं
खप्तरी मगरको साईला भाई स्व बाजे ललित बहादुर खप्तरी मगरले एक दिन थानी बाजेलाई
गाली गर्दा रातै भरी घर मास्तिर बाघ कराएर सुत्नै नदिएको र पछि थानी बाजेलाई भाकल
गरे पछि गोरे डाँडा हुँदै ठाडे खोला तिर कराउदै गएको कुरा बाजे खम्ब सिंले मेरो
आमालाई सुनाएको थियो। सिंग मान खप्तरी मगरको ४ भाई छोरा र २ बहिनी छोरी थिए। सिंग
मान को माईला छोरा खम्ब सिं खप्तरी मगरको ५ छोरा र ६ छोरीहरु गरि जम्मा ११ जनाबाल बच्चाहरु छन्। साईला छोरा ललित बहादुर खप्तरी मगरको ३ छोरा र १ छोरी
छन्। कान्छा छोरा अम्बर बहादुर खप्तरी मगरको २ छोरा र ३ छोरीहरु छन्। सिंग मानको
बाल बच्चा कान्छा मात्र जीवित हुनु हुन्छ। उहाँ बृटिस सेनाको गोर्खा मेजर पदबाट
अवकास हुनु भई काठमाण्डुमा बसोबास गर्नु हुन्छ। खम्ब सिं का छोराहरु बृटिस सेनामा
जागिर खान्थे र हाल सबै बेलायमा बसोबास गरेका छन्। ललिल बहादुरको पनि बेलायाती
सेनामा जागिर खाई अवकास जीवन काठमाण्डुमा बिताई रहेका छन्। सिंग मानको जेठा छोराको
खलक मात्र तल्लो रिचुवा गाउमा बसोबास रहेको छ। सिंग मान खप्तरी मगरको जेठा छोरा बाहेक
अन्य ३ छोराहरु बृटिस सेनामा जागिर खाएका थिए।
अन्तिममा
खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउनै हुनु पर्छ होला भनेर स्व बाजे खम्ब सिंले
भन्नु हुन्थ्यो। उहाँ आज भन्दा २ बर्ष अगाडि ९३ बर्षको उमेरमा मृत्यु हुनु भएको
थियो।
तल्ली
रिचुवा गाउ अन्तरिक पर्यटकको लागि सम्भावना रहेको गाउ हो। ठाडे खोलामा भएको
झाँक्री गुफा र भैसे ओडारबुढुवामा अवस्थित तामा खानी खनेको सुरुङ र ओडार डाँडामा रहेको अक्करमा
चुहिरहेको शिला जी नियाल्न तल्लो रिचुवा गाउले पर्खि बसेको छ। तल्लो रिचुवा गाउमा
खयार रुख पनि ज्यादै राम्रो संग हुने भेग हो। तर अहिले तल्लो रिचुवामा भएको बनपाखा
देखि कान्ला बारी र खरबारीका खयारहरु सबै निमिट्यान भई सकेका छन् बेचबिखनले गर्दा।
अहिले नाङ्गो पाखामाकेवल सतिबयार र धयार
घारीमात्र देख्न सकिन्छ।
तल्लो
रिचुवा गाउमा २०२२ साल भन्दा अगाडि ५ प्रजातिको बाघहरु पाईन्थे भन्थे मेरी स्व
आमाले। त्यस बेला बाघले अतिनै दुःख दिएकाले जिल्ला बाट बाघ मार्ने अधिकारर उर्दी दिएकाले दबाई दिएर धेरै बाग मारेको कुरा भन्नु हुन्थ्यो। त्यो
बेलामा देखेको मध्यमा एक प्रजातिको बाघ मैले अझै टिभिमा देखिको छुईन् भन्थे आमाले
म संग कुराकानी गर्दा। तल्लो रिचुवामा पाईने त्यस बेलाको बाघ पाटे ,सिंह, चितुवा, कालो रंगको बाघ।
कालो रंगको बाघ भने पछि जागुर र अन्तिम मा पाटे बाघ र सिंह भन्दा बेग्लै किसिमको
बाघ थियो। उहाँ किसोरी हुँदा तल्लो रिचुवामा छिरी नसक्ने बनजंगल थियो भनेर मलाई
भन्नु हुन्थ्यो।
माथिल्लो डोल्पा भिजेर गाउकी राजदुत टासीबुटी संग। बाँया बाट टासीबुटी लामा ।
0600Hrs उठ्यौ । वाई वाई को सुप र चिया पियौ। ज्यान न्यानो बनायौ। छेवैमा खोला
बगेको आवज सुनिन्थ्यो। नाङ्गा पाखा र शिखरमा हिँउको चमक देखिन्थ्यो। शान्त
वतावरणमा रमाउदै 0630Hrs ओरालो बाटो पच्छाउदै झर्न थाल्यौ।
हिड्दै गर्दा बिदेशीले संञ्चालन गरेको चिज फ्याँक्ट्री भवन सिजन नभएकाले बन्द भएका
देख्यौ। खोलापारी गोठमा धुवाँ उडिरहेका देखिन्थे। चौरी र याकहरु पाखामा चर्दै
गरेका देखिन्थे। बाटो ओरालो भएकाले थकानको महशुस भएको थिएन्। घामको प्रकास छिप्पि
सकेको थियो। भिजेर गाउ आईपुग्नै लाग्दा बाटमा एक किशोरी बहिनी संग भेट भयो। काठमाण्डु
बाट एसईईको परिक्षा दिएर गाउमा आएकी रहेछिन्।दाउरा
खोच्न पाखा तिर हिडेकी बताईन् ।गफगर्दा
फर्सीला तरिकाले बोल्थिन।
वारीपारी
नाङ्गा पाखाको बिचमा कञ्चन खोला बगेको थियो। भिजेर गाउको भौगलिक स्वरुप अकल्पनिय ढंगबाट निर्मित रहेछ। आँखाले हेरि भ्याउने टारबारीमा मोहित पार्ने बस्तिको शौन्दर्य आँखै भरी नृत्य गरि रहको देख्दा
हरिभाईलाई भिजेर गाउ स्वर्गको एक टुक्रा
खसेर बसेको जस्तै रहेछ भने। भिजेर गाउ सामुन्द्रिक सतह बाट 3840 मिटरको उचाईमा अवस्थित जीपीएसले देखाउदै थियो। ऊवाँ छर्नका लागि गाउलेहरु गरा कान्ला खन्दै गरेको देखिन्थे। हिड्दै तस्विर र भिडियो खिचे। गाउको सिरानमा पाठशाला
भवन रहेछ। स्कूले नानीहरु घाम ताप्दै पढ्दै गरेका देखिन्थे। गाउको पुछारमा बिदेशीको
अनुदानमा निर्मित साथै अनुदान बाटै संञ्चालित हस्पिटलमा पुग्दा0830Hrs भएको थियो।
हरि भाईको चिनारु टासीबुटी बहिनी हस्पिटलको बार्दलीमा चिया
पिउदै गरेको देख्यौ। उहाँकै घरमा बस्ने योजना हिजै हरिभाईले मलाई सुनाएका थिए।टासीबुटी
बहिनी पिउदै गरेको चियाको कप संगै आगनमा ओर्लिए। अर्की आर्युवेद बहिनी र कुक बहिनी
पनि आईन्। भोटे चिया पिउदै प्राङ्गनमा घाम ताप्दै गफ गर्न थाल्यौ। सिजनमा भिजेर
गाउका गाउलेहरुको दुःखी रहेका घाउहरुलाई मलन लगाउन आउने र बेसिजनमा काठमाण्डु मा बस्ने बताईन्। भिजेर गाउ र फो गाउमापरिचित डाक्टर भनेर चिनीने गर्दा रहेछन् टासीबुटी बहिनीलाई। भिजेर गाउमा
उनीको नाम त चुलीमानै रहेछिन्। टासीबुटी स्टाफ नर्सको गुणगान मलाई हिजै हरि भाईले बताएको थियो। उहाँको कुरा गर्ने शैली देखि म प्रभावित भईरहेको थिए। नेपाल सरकारको उपस्थित नभए पनि मैले सकेको मेरो जन्मभूमि गाउलाई सकेको सेवा र बिकास गर्नमा लागि रहेने कुरा बडो मृदुभाषी तवरले बताईन मलाई।मनमनै सोचे टासीबुटी बहिनी भिजेर गाउकी मात्रै नभएर माथिल्लो
डोल्पाकै राजदुत रहेछिन् । उनीमा जोस जाँगर र उत्साहले भरेको देखिन्थे।
गफगर्दै गर्दा फो गाउका २ जना महिलाहरु लाई टाउको
दुखेको दवाई खाने तरिका सिकाईन्। भोटे भाषामा। यी दुई जना हिजो आएकी हुन्। आज दबाई
लिएर फो गाउ फर्कन्छन्।आउन १ दिन र फर्कन १ दिन
लाग्ने कुरा बताईन् टासीबुटी बहिनीले। हरेक शुक्रवारका दिन टासीबुटी बहिनीले
स्वस्थ्य सम्बन्धी स्कूलका नानीहरुलाई शिक्षा दिने बताईन्। घडी हेरिन् स्कूल जाने बेला भएछ भन्दै कोठा तिर लागिन्। मौलिक भोटे भेषभुषामा
सजिएर भरै कुरा गरौला भन्दै स्कूल तर्फ गईन् 1145Hrs। खाना खाए पछि सुत्यौ हरि
भाई र म। 1400Hrs ब्युँझ्यौ। टासीबुटी बहिनी संग कुराकानी गर्दै भोटे चिया पियौ। घाम सिधै
झरिरहेको थियो। हावा हल्का चल्दै थियो। चारै तिर नाङ्गा पठारको बिचको उच्च हिमाली
बस्तिमा रोचक वतारण देखिन्थ्यो।
बिदेशी
अनुदान बाट संञ्चालित स्कूलका शिक्षकहरु संग गफगाफ गर्न लाग्यौ 1500Hrs। भिजेर गाउमा नेपाल सरकारको उपस्थिति केहि देखिएन्।बरु घरको घुरीमा फ्रान्सको
राष्ट्रिय झण्डा फर्फराई रहेको देखिन्थ्यो। स्कूलमा पुग्दा च्याँङ्ग्राको मासु
काटकुट गरिरहेका देख्यौ। हेडमास्टर र अन्य शिक्षकहरु हरि भाईको गाउतिर भएकाले सजिलै चिनि हाले। परिचय
भए पछि चिया पिउदै कुराकानी गर्न थाल्यौ। यार्साको सिजन हुन लागेकाले एक हप्ता पछि
स्कूल बिदा हुने कुरा हामीलाई बताए। होस्टेलमा बस्ने केटाकेटीहरुका लागि हरेक १५
दिनमा महिनाको २पटकच्याँङग्राको मासु काटेर
खुवाउनका लागि बिदेशीले अनुदान दिएकाले काटकुट गर्दै गरेको देखाउदै सुनाए हेड सरले। हेड सर
र अन्य शिक्षकहरु हरि भाई संग डोल्पा जिल्लाकाराजनितिज्ञ
र प्रतिनिधीहरुको आलोचना गरेका कुराहरु सुन्दै बसे म। 1700Hrs स्कूल बाट फर्क्यौ।
फर्कदासूर्यको किरण
चुचुराहरु बाट पछाडि सर्दै गरेको देखिन्थे। बस्तिको घुरीमा रंगीन थाङ्काहरु फरफराई
रहेको देखिन्थे। बस्तिकै छेवैमा कञ्चन पानी बग्दै गरेको आवाज सुनिन्थ्यो। टासीबुटी बहिनीको आगनमा पुग्दा गोधुली
साँझको आगन आउनका लागि लोभ्याउने खालको वतावरण उपस्थितिको लागि संकेत देखिदै थियो।
हामी
घुमन्ते २ जना टासीबुटी बहिनी लगाएत१ जना आर्युबेद बहिनी र १ जना कुक बहिनी लगात
जम्मा ५जना मिलेर साँझको थेन्दुक बनाउन लाग्यौ। टासीबुटी बहिनीलाई भिजेर देखि
स्टाफ नर्स हुनका लागि गर्नु परेका यात्राहरुको बारेमा जिज्ञासा सोधे। बिदेशी
छात्रबृती बाट काठमाण्डुमा पढ्न पाउने अवसर देखि स्टाफ नर्स पास गर्न बिदेशी
सहयोग पाएकी बताईन्। सिजनमा भिजेर गाउमा आई बिरामीहरुको सेवा गर्ने र
बेसिजनमा काठमाण्डुका अस्पताल साथै अन्य आईएन जीओको गतिबिधीमा ब्यस्त रहने कुरा
भनिन्। अब अर्को साल देखि यहि गाउकी एक जना बहिनी स्टाफ नर्स भएकी छिन् । तिनी
आउछिन्। म अन्य क्षेत्रमा कार्यमा ब्यस्त रहन्छु। अर्को साल बैवाहिक जीवनमा
बाँधिने योजना भएको बताईन्।गफगाफ गर्दै थेन्दुक पनि
तयार भयो। संगै बसेर खायौ। थेन्दुको शक्तिले भोलि सजिलै शे गुम्बा पुगिएला भन्दै
हरि भाईलाई सुनाए। माथिलो डोल्पा भेगमा थेन्दुको बनाउन शिपालु र मिठो बनाउने आफ्नो
परिचय बनाई सकेको रहेछ हरि भाईले। यि बहिनीहरुले पनि हरि भाईको थेन्दुको स्वाँदको
तारिफ गरे। ३ जना बहिनीहरु टिभि हेर्न थाले। शुभरात्री भन्दै सुत्न लाग्यो हामी।
हिजो
बुलुकीको उब्रेको थेन्दु संग वाई वाई खाजा खायौ। ज्यान तातो बनायौ। लामा बाजेका
बुहारी चौरीका दुध दुहुदै थिए। सबै जनालाई फेरी भेटौला भन्दै 0630Hrs सालदाङ बाट हिड्यौ।लामा
बाजेले आफ्नो घरको पछाडी सम्म हामीलाई छोड्न आए। उकालो बाटो देखाउदै त्यहि थुम्का
कटेर नाङडोला पास आउछ । पासमा हिँउ छैन होला आज आरामले भिजेर पुग्छ भोटे लवजमा
भने। लामा धन्यवाद फेरि भेटौला भन्दै उकालो बाटो लाग्यौ। उक्लिदै गर्दा घामको
प्रकास छरिसकेको थियो। लामा बाजे घाम ताप्दै हामीलाई हेर्दै बसिराखेका देखिन्थे।
उक्लिदै गर्दा कारभान फिल्मका नायक थिन्लेको घर त्यहि हो भन्दै हरि भाईले देखाए।
उचाई
बढिरहेको थियो। सास बढिरेहको थियो। कछुवा गतिमा उकालोमा उक्लि रहयौ। उक्लिदै गर्दा
सानो पोखरी भेट्यौ।नेपाल टेलिकमको टावर निमार्ण भईसकेको देख्यौ। लामा बाजेले अबको २ महिना
भित्रमा टेलिफोन सेवा गाउमा चल्छ भनेको थियो हिजो हामीलाई। कराङ गाउ सिधै तल
देखिरहेको थियो। सालदाङ गाउलाई थुम्काले छेकीसकेको थियो। 4600 मिटरको उचाईमा
पुग्दा खाजा खाने सल्लाह भयो। हरि भाईले तातो पानी तताउन थाले। आचार संग फापरको
रोटी खाजा खायौ। तातो पानी र चिया पियौ। ज्यान तातो बनायौ। बादलले घामलाई लुकाउने
र छोड्दै गरेको वतावरण थियौ। ४५ मिनेट सुत्यौ।
ब्युँझिए
पछि चारै तिर मुस्कुराएर बसेको हिमालको तमास नियाल्दै उक्लिदै गर्दा नाङ्डोला पास
वरिपरिका हिमालहरु देखिन थाले। नेपाल र चाईना तिरका हिमालहरुले क्षितिज संग मिले
बसेको देखिन्थे। नाङ्डोला पास पुग्नै लाग्दा हिँउ संग कुस्तिनै खेल्नु पर्यो।
कहिले भासिने कहिले पछारिने चिप्लिदै गर्दै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै 5370
मिटरको नाङ्डोला पासमा पुग्दा हर्ष र उल्लाष छाउन थाल्यो।
देखिदै
गरेका हिमालका चुचुराहरुलाई कुहिरोले छोपि सकेको थियो। पास बाट छेवैमा ढाका टापी
लगाएर बसेको जस्तै आकृतिमा रहर लाग्दो हिमाल मुस्कुराउदै बसेको देख्न पाउदा खुशीले
गदगद भए। ईच्छा पुगुञ्जेल तस्विर र भिडियो खिचे। पासमा १५मिनेट बस्यौ। पास बाट
झर्दै गर्दा हिउले कुटेर राखेको जस्तै लाग्ने चिउराको आकृतिमा देखिने खालका काला
ढुंगामा टेक्दै हिड्दा थकानको महसुस भएको थिएन्।
आकासमा
कालो बादलको हुल हिमालको टाकुरा तिर उड्दैगरेको
देखिन्थे। नाङ्गा पठारमा ४८८० मिटरको उचाईमा एक्यापले निर्माण गरेका एउटा हट
भेट्यौ। भिजेर गाउ पुछारमा देख्दै थियौ। बाटो पुरै ओरालो भएकाले थकानको भान हुँदै
थियो। खोलाको छेवैमा 4650 मिटरको उचाईमा भिजेर नपुग्ने हाई क्याम्पमा बस्ने योजना बन्यौ।
1630Hrs हरियो चौउरमा टेण्ट टाग्यौ। सिधै तल देखि रहेको याक
फार्म र चिज फ्याँक्ट्री हो । हरि भाईले टेण्ट टाउदै मलाई सुनाए।सालदाङ बाट बोकेको उसिनेको आलु रोटीको साथमा वाई वाई को सुप संग खाने
भन्दै हरि भाईले पानी तताउन थाले। आकास खुलेको थियो। घाम किरण टाकुराहरुको शिरमा पुगिसकेको देखिन्थे। टेण्ट
भित्र खाना खाई सके पछि साँझ नपर्दै स्पिङ ब्याग भित्र सुत्न थाल्यौ। कोलाहल केहि
थिएन्। शान्त वतारण थियो। छेवैमा खोला बग्दाको आवाज मात्र सुनिन्थे। हरि भाई आफ्नो
मोबाईलमा डाउन लोड भएका भिडियो हेर्दै थिए। म नारायण गोपालका गीत सुन्दै हरि भाईले
भने आज सालदाङ देखि १० घण्टा हाई क्याम्पमा आई पुग्यौ । भोलि सजिलै आरामले २
घण्टामा आरामले पुगिन्छ भिजेर हरि भाईले भने। गीत सुन्दै गर्दा निदाए छु म।
काराभान फिल्ममा आयुर्वेदिक डाक्टरको भूमिका अभिनय गरेका लामा ज्यु संग। साल्दाङ गाउ
हामी उठ्दा लामा पुजा पाठ गर्दै थिए। उनकी बुहारी हाम्रा लागि रोटी
पोल्दै थिए।चिया तीन तीन कप पियौ। वडा अध्यक्ष जिग्मे जी घोडा याक र चौरीलाईघाँस दिदै गरेका देखिन्थे।पुजा पाठ समाप्त गरे
पछि लामा ज्यूले चिया पिउदै कुराकानी गरे हामी संग। हरी भाईले पाकेको ४ वटा रोटी झोलामा राख्दै थिए। खाएको बसेको कति भयो होला बिल तिर्न
खोज्दा लामा ज्यूले तिर्नु पर्दैन भने। उल्टो धन्यवाद दिए हरि भाईलाई हिजो खोलामा
पुल बनाउन सघाएकोमा।लामा र उनकी बुहारीलाई धन्यवाद भन्दै बिदा
भयौ। वडा अध्यक्ष आगनमा जीनकाटी कस्दै थिए। कता हिड्ने तर्खर अध्यक्ष ज्यू मैले
भन्दा तल पुछारमा उवा छर्नका लागि खनजोत
गर्न जान लागेको बताए। उहाँ संग हात मिलाउदै फेरि कुनै दिन भेट होला भन्दै बिदा भयौ।0600Hrs कोमास गाउ देखि बाटो लाग्यौ।
सिधै
माथि देखिएको पास देखाउदै त्यहि पास कटेर साल्दाङ पुग्ने आज हरि भाईले भने। उकालो बाटो
भएकोले चिप्ले किराको गतिमा हिड्दै गर्दा घामको प्रकाश छरिसकेको थियो। पास त्यहि
देखे पनि थाकेर लोथ भएको थिए।घामको प्रकाश कोमास गाउमा पोखिदाको रमणिय दृष्य र हिमालहरुको
स्वरुप नियाल्दै उकालो बाटमा थकान भुलाउने ओखती जस्तै लाग्थे। पाखामा काँडाका पोथ्राहरुमा फक्रेका फूलहरु
देखिन्थे। २ घण्टामा कोमास पास सामुन्द्रिक सतह बाट ४६२० मिटरको उचाईमा पुग्यौ। खुलेको
दिन थियो। घाम चारै तिर पोखीसकेको देखिन्थे। पासमा हावा चलेको थिएन्।खुशीले गदगद हुँदै
चिच्याँयौ। पास बाट नाङ्गा पठारको फेदीमा सालदाङ र कराङ गाउको दृष्य मोहित र आकर्षित
देखिन्थे। भोलि नाङ्डोला पास हुँदै भिजेर पुग्ने बाटो देखाए पास बाट। निक्कै हिँउ भएको जस्तो देखिए पनि जान सकिन्छ
होला सुनाए हरि भाईले । १०मिनेट बस्यौ पासमा।
बाटो
पुरै ओरालो भएकाले थकानको महसुस भएको थिएन्। खोलाको छेउमा खान्की खाने योजना बन्यो।
ग्याँसमा पानी उमाल्न तयारी गरे हरि भाईले। तातो चिया पिउदै साथमा अचार संग चोप्दै
रोटी खायौ।४५मिनेट सुत्यौ। ब्यूँझदा 1130Hrs बजे भएको थियो। ओरालो बाटोमा झर्दै गर्दा नाङ्गा पाखामा काँडाका
पोथ्रा भित्र च्याँङ्ग्राका बथान चरिरहेका देख्यौ ।हिड्दै गर्दा बाटामा एक जना किशोरी
मोबाईलमा टिवेटिएन गीत सुन्दै आउदै गरेका भेट्यौ। बोलाए तर बोलिन् सायद भाषा बुझेन
जस्तो लाग्यो मलाई । सिधै पारी रमणिय गाउ सालदाङ र कराङ गाउ आँखै भरी लोभलाग्दो दृष्य
पोखीरहेको देखिन्थे। सालदाङको फेदीमा झोलुङ्गे पुलमा पुग्दा1200Hrs बजेको थियो।
हावाले रंगीन थाङ्काहरु फरफराई रहेको देखिन्थे। खोला पुरै कालो रंगको धमिलो भेले बग्दै
गरेको देखिन्थे। जीपीएमा हेरे पुलको निर्माण भएको स्थान सामुन्द्रिक सतह बाट ३९००
मिटर देखायो। सालाङ बस्ति सिधै माथि देखिन्थे। पुल तरेर आराम गर्दै गर्दा एक जना बृद्ध
बाजे आए। सालदाङ बाट दबाई लिएर आएको रहेछ। उनको श्रीमती बिती सकेको रहेछ।मेरो बुढेस
कालको सहारा कोहि छैन्। बाजेको त्यो कुरा सुन्दा मेरो मन बाँउडिएको थियो। हल्का नेपाली भाषा बोल्दा रहेछ। हरि भाईले केहि बेर
जिस्काए। राम्रो संग जानुहोला बाजे हामीले भन्यौ।
कछुवा
गतिमा उक्लिदै गर्दा ऊवाँ छर्नका लागि बारीमा खनजोत गरि रहेका देखिन्थे।नाङ्गा पठारमा निर्मित गुम्बा चैत्य माने र बस्ति नजिक बाट नियाल्न पाउदा पुलकीत भई रहेको थिए म। माथिल्लो डोल्पाको रमणिय बस्ति तिन्जे सिमेन र कोमास गाउमा होटल को साईन बोर्ड झुण्ड्याका छैन् र होटल र किराना पसल छदा पनि रहेन्छ। तर छार्का भोट र सालदाङ गाउमा होटलको साईन बोर्डले केहिन केहि भए पनि गाउको बिकास र चेताना भएको झल्काउदो रहेछ भन्ने मलाई फेरि सालदाङमा लामा होटलको साईन बोर्डले दर्सायो।लामा होटलमा पुग्दा 1400Hrsबजेको
थियो। लामा बाजेले हरि भाईले देख्ने बितिक्कै चिनी हाले।सालदाङमा उनले होटल साथै क्याम्पिङको लागि चौउर पनि बनाएको रहेछ।हरि भाईले चुलोमा थुक्पा खाजा पकाउन थाले।
आगनमा घाम ताप्दै चिया पिउदै बसे म। थुक्पा संग चाईनिज कोकाकोला खायौ। खाजा खाई सके
पछि आगनमा चिया पिउदै लामा बाजे संग कुराकानी गर्न थाल्यौ। कराभान फिल्ममा आयुर्बेदिक डाक्टरको भूमिका
खेलेको कुरा हरि भाईले मलाई बाटोमा आउदा भनेको थिए। लामा बाजे संग काराभान फिल्म
खेलेको सुटिङ गरेको बारेमा सोधे। काराभान फिल्मको धेरै सुटिङ ध्वो तरापमा खिचेको बताए।
थिन्ले बिरामी भएको र मैले ओखती दिएको सुटिङ छार्का भोटमा खिचेको सुनाए। फिल्मको सुटिङ सके पछि फिल्ममा खेलेका सबैलाई पोखरामा एक महिना घुमाए यरिक भ्याल्लीले
हामीलाई।
घाम
ताप्दै आगनमा एक घण्टा सुते म। हरि भाई कोठा तिर सुत्न लागे। 1600Hrs बजे साल्दाङको स्कूल साथै वरिपरि घुम्न निसक्यौ।माथिल्लो डोल्पाको सुन्दै आएको उच्च हिमाली बस्ति सालदाङमा आईपुग्दा
खुशीको तरंग फैलिएको थियो मेरो। पारि नाङ्गा पाखा र क्षितिज संग अंगालोमा
बाँधिएको जस्तै देखिन्थे टाकुराहरु।
साँझको खाना हरि भाईले
चुलामा थेनदुक बनाउदै थिए। लामा पुजा पाठ गर्दै थिए। लामाका श्रीमती र बुहारी भोलि
हाम्रा लागि रोटी बनाउका लागि पिठो मुछ्दै थिए। पुजा पाठ सके पछि लामा बाजे बडो रोमान्टिक
कुराकानी गर्न थाले । उहाँकी श्रीमतीलाई जिस्काउदै अझै अर्कै बिहे गर्नु पल्ला
भन्दै थिए। हरिभाई ले हो लामा जी बिहे गर्नु पर्छ भन्दै उकास्दै थिए। श्रीमती र
बुहारी लजाउदै गरेको देखिन्थे। हामीले लामा बाजेलाई थप रोमान्टिक गफ थपि दिन्थ्यौ। लामा बाजे झन थप रोमान्टिक गफ निकाल्थे। ठट्यौली
गर्दै हरि भाईले थेन्दुक बनाई सके। सबै बसेर खाँयौ। 2030Hrs बजे सुत्यौ। सुत्नु भन्दा
अगाडि सालदाङ गाउको लामा होटलको उचाई जीपीएसमा हेर्दा ४०६० मिटर देखाएको थियो।
नेपालका कान्छा वडा अध्यक्ष शेफोकसुण्डो गाउपालिका वडा नं १ का जिग्मे लामा संग उहाँको घुरेनमा (कोमास गाउ माथिल्लो डोल्पा) 0530Hrs ब्युँझदा लामा बाजेको बुहारीले उवाको रोटी पोल्दै गरेकी थिईन्। लामा बाजे पुजा
गर्दै गरेको थिए। हरी भाई र म भोटे चिया पिउदै गर्दा लामा बाजेको छोरा र कोमास गाउ
बाट आएका पाहुना पनि उठे। आफ्नी श्रीमती लाई भोटे भाषामा बोलाउथे तर केहि नबोली
रोटी पोलीरहेको थियो। हिजो रातीको बैठकको निर्णय के भयो राम्रो भयो होला हैन दाई। कहाँ हुनुनी
त्यतिकै सकियो। भोलि फेरि बैठक छ भन्दै गर्दा घरमा ल्याउदा भई हाल्यो नी रिसाउदै र
कर्के आँखा तर्दै उनीकी श्रीमतीले भनिन् । सिमेन गाउबाट 0620Hrs बजे बाटो लाग्यौ।
काठे पुल तर्ने बितिक्कै उकालो बाटो सुरु हुन थाल्यो।चिसो
वतावरण थियो। घामको किरणा नाङ्गा पहाडको चुचुरोमा आईपुग्दै गरेको देखिन्थ्यो।
उभिदै
बिसाउदै सिमेन गाउलाई नियाल्दै सिमेन पास 0820Hrs २घण्टामा सामुन्द्रिक सतह बाट ४३७० मिटरको पास मा पुग्दा खुशीले भाव विभोर
भए। हिमश्रृखलाहरुमा सेताम्मे भएर मुस्कुराउदै बसेको देख्दा सिमेन पासको बिशेष आकर्षण रहेछ। १० मिनेट पासमा आराम र फोटो खिचे पछि पास बाटसिधा र ओरालो बाटो शुरु हुन थाल्यो । सुनसान वतावरणमा हरि भाई अगाडि म पछाडि
झर्दै गर्दा कोमास खोलामा गाउलेहरु काठे पुल बनाउदै गरेका भेट्यौ। खोलामा आई
पुग्दा 0900Hrs भएको थियो। हरि भाईले ग्याँसमाचिया र
चाउ चाउ पकाउन थाले।चियापिउदै काम गरि रहेका दृष्य नियाल्दै थकान मेटाए मैले। सिमेन बाट बोकेका
२ईञ्ज बराबरको ऊवाँको रोटी र वाई वाईखायौ। हरि
भाईले पुल बनाउका लागि सघाए। हेर्दा हेर्दै खोलामा पानी बढि रहेको देखिन्थ्यो। हिँउ पग्लेकाले पानी बढेको सजिलै अनुमान लगाउन सकिन्थ्यो। घण्टा घण्टामा काम गरि सके
पछि छ्याङ् खाने चलन रहेछ। युवा युवतीहरु काम गर्दा र खाजा खादा जिस्किरहेका
देखिन्थे। पारिलो घाम झरिरहेको थियो। कुनै हल्ला खल्ला थिएन् । केवल खोला बग्दा
निस्केको गीत मात्र सुन्न सकिन्थ्यो। आजको गन्तब्य कोमास भएकाले हतार थिएन् हामीलाई
।
एक
भाईले मलाई खुसुक्कै कानमा भने। त्यो केटी जस्तो देखिन्छ केटी होईन्। छक्का हो
नी दाई भने। केहि भनिन ति भाईलाई तर मनमा चस्कै भएर आयो । समाजमा कति तिरस्कार
खप्दै बसेको होलान् भनेर। एक महिला २ पुरुष आईपुगे 1300Hrs। उनीहरु सिमेन जानका लागि
। गन्तब्य काठमाणडु हिडेका रहेछन्। सालदाङ र कराङ गाउका रहेछन्। महिला भने कराङका
रहेछन्। गाउलेहरु संग मातृभाषामा गफ गरे। फेरी धान पाक्ने याम आउछु भनेको सुन्दा
धान फल्दैन होला मैले भने। सबै जना हाँसे। उवा पाक्ने बेलामा आउछु भन्दै सच्याए
आफ्नो बोली। ध्वो तराप भएर काठमाण्डु जाने योजना भएको तर खोला बढेकाले सिमेन
तिञ्जे हुँदै ध्वो तराप जाने बैकल्पिक बाटो हिडेको बताए मलाई। धेरै ठाउमा खोला
तर्नु पर्ने र झोलुङ्गे पुल नभए पछि गाउलेहरु यसरी धुमाउरो बाटो भएर जाने रहेछन्।
1515Hrs बजे खोला बाट हिड्यौ कोमास गाउ। बाटो पुरै उकालो थियो । आराम र थकान मेटाएकाले होला
सजिलै1600Hrs कोमस गाउ पुग्यौ। अस्ताउनका लागि घामको प्रकाश हिमालहरुका घाटि घाटि
सम्म पुगेको देखिन्थे। कोमास गाउमा पसल र होटल नभएकाले हरि भाईले चिनेको लामाको घरको
आगनमा पुग्दा लामाका छोरा र बुहारी साथै तिनका कामदारहरुले घोडा चौरी लाई घास र
दाना पानी दिदै देखिए। औतारी लामाका दाईको छोरा बलेसीमा भेटायौ। उहाँ संग कुराकानी
गर्ने क्रममा हाम्रा दाई नेपालकै कान्छा उमेरका वडा अध्यक्ष सुनाए। मैले कान्छा
वडा अध्यक्ष जिग्मे लामा भने सुनेको थिए तर कुन गाउका भनेर
थाहा थिएन् । खुशी लाग्यो बधाई र शुभकामना भन्दै हात मिलायौ। उहाँले हामीलाई
न्यानो आत्मियताका साथ घर भित्र भित्राउनु भयो। झोला बिसायौ। चिया पियौ।
कोमास
गाउमा हरि भाईका गाउतिरका शिक्षकहरु भएकाले स्कूल घुम्न निस्कयौ। शिक्षकहरु खाजा खादै
थिए। हामीलाई पनि खाजा खुवाए थेन्दुक। हरिभाई र शिक्षकहरु कुराकानी गर्दै थिए
किचनमा। वरिपरिका दृष्यको तस्विर र भिडियो खिच्न बाहिर निस्के म। सामुन्द्रिक सतह
बाट ४२०० मिटरको उचाईमा अवस्थि कोमास गाउ बाट चारै तिरको दृष्य मनमोहक देखिन्थ्यो । बिभिन्न आकृतिका हिमालहरुको मुस्कुराई रहेका पङतिहरुमा अस्ताउन तर्खर गर्दै गरेका घामका पहेला किरणले थप आकर्षित बनाउदै गरेका देखिए पछि। भ्याँट कि भ्याँट रहर पुगुञ्जेल तस्विर र
भिडियो खिचे। स्कूलका शिक्षकहरु संग हात मिलाउदै थेन्दुक र चिया खुवाउनु भएकामा
धन्यवाद भन्दै बिदा भयौ।
आतारी
लामाका घर फर्कदा पुल बनाउने गाउलेहरु फर्कदै गरेका देख्यौ। वडा अध्यक्षका श्रीमतीले
खाना बनाउदै थिए। लामा पुजा पाठ गर्दै थिए। चिया पिउदै युवा वडा अध्यक्षलाई सोधे कहाँ
पढ्नु भयो। काठमाण्डुको नामग्याला बोर्डिङ स्कूल बाट १२कक्षा पास गरे पश्चात गाउमा
आए। गाउको बिकासको लागि राजनीति गर्न मन लाग्यो। वडा अध्यक्ष भए। गाउको बिकास गर्न
मैले चाहेर पनि अलिक गाह्रो हुँदो रहेछ। मेरो वडाको जनताको बस्तिमा पुग्न २ दिन
लाग्छ। मैले वडा अध्यक्षको भनाईलाई सहमती जनाए। तपाईको उमेर २१ अनि श्रीमतीको उमेर सोध्दा १९
बर्ष पुगेको बताए। लामा पुजा पाठ समाप्त गरे पछि उहाँ संग
कुराकानी गरे। हलेसी महादेश दर्शनका लागि धेरै पटक पुगी सक्नु भएको रहेछ। हलेसी
महादेब थान दर्शन गर्नगए धेरै आयु बढ्ने बिश्वास सुनाए।
आज खोलामा पुल बनाउदै गरेका बारेमा सोध्दा । गत साल पुल बगाएका थियो। मेरो छोरीको
स्तन क्यान्सर निको भएको। उसको नाममा पुल बनाई दिएको कुरा बताए। बहुमपती प्रथा कोमास गाउमा पहिला देखिनै नभएको बताए लामा जीले। छोरी र श्रीमती
अहिले काठमाण्डुमा बस्दै गरेको छ। साँझको खाना सिस्नोको तिहुन संग चामलको भात मिठो स्वाँदका साथ
खायौ। लामाको बुहारीलाई भोली बिहान हाम्रा लागि ४ वटा रोटी बनाई दिनु होला हरि भाईले भने।
सुत्ने
बेलामा हरि भाईले बताए यो औतारि लामा हो।
ज्यादै प्रख्यात छ यो ठाउमा।
केहि क्षणमै भुसुक्कै निदाए छौ।
फापरको
रोटी र जडिबुटिको चिया संग सातु खाजा खायौ। 0630Hrs बाटो लाग्यौ सिमेन गाउका लागि।
२०मिनेट तेर्स्रो बाटामा हिडि रहदा बाटामा साना नानीहरु स्कूल आउदै गरेका भेट्यौ।
चिसो वतावरण थियो। हिड्दै गर्दा पाल गाउ भेट्यौ। रमाईलो रहेछ बस्ति। नेपाल चाईना
सिमाना मरिमल्ला नाका पुग्नका लागि यहि गाउ बाट सडक खनिएको रहेछ। परिमल्ला नाका
बाईकमा ४५मिनेटमा पुग्ने कुरा बताए गाउलेहरुले। तिन्जे देखि सिमेन सम्म बाटो पुरै
तेस्रो भएकाले थाकेको अनुभूति भईरहेको थिएन्। छेवैमा हिमखोला सुसाउदै थिए। खोला
पारीका नाङ्गा पठारमा भेडा च्याँङग्राका बथानहरु देखिन्थे। गोठालेहरु ठिर्याउने
चिसो खोलामा तर्दै गरेका देखिन्थे। तिञ्जे देखि सिमेन गाउ
जानका लागि खनेका सडकमा हिड्दै गर्दा गोठ सार्नका लागि बाईकमा समानहरु बोकेर
गुडिरहेका देखिन्थे भेटिन्थे। हिड्दै गर्दा बाटाको दायाँ साईटमा गजबको गुफा भेट्यौ। गोठ राख्दा गोठालेहरु बस्दाका अगारहरु देखिन्थे। केहि क्षण गुफा वरिपरि नियाले। छेवैमा छङछङ खोला बगेको थियो। घाम सिधै झरि रहेको थियो। चौउरमा थकान मार्दै गर्दा खोला पारी फू गुम्बा देखाउदै लामाहरु छन् भने चिया खाना जानु पर्छ भने हरि भाईले। हेर्दा पुरै बन्दा थिए। ३ जना महिला गोठालेहरु च्याँङ्ग्रा चराईरहेका मात्र देख्यौ।
सिमेन
गाउ पुग्नैलाग्दा लस्करै मानेहरु देखिए। नाङ्गा
पहाडको फेदीमा मनमोहक देखिएका मानेहरुको दृष्यलाई रहर पुगिञ्जेल तस्विर र भिडियो
खिचे। वरिपरि च्याङ्ग्राका बथान चरिरहेका देखिन्थे। गाउ वरिपरि गोब्रे सल्लाहका
पोथ्रा तिर नावर चरिरहेका देख्यौ। हरि भाईले बताए पहिले बन्दुकले नावर
मारेर खाएका थियौ तर अहिले मार्न नपाउने नियम बनाएका छन्। यस गाउमा एक जनाको
बन्दुक थियो।सिमेन गाउको गल्लि छेवैमा पुग्दा
धनीवाल संग हिड्दै गरेको डरलाग्दो कालो रंगको कुकुर देख्यौ।
सिमिने
गाउ आरामले 1230Hrs पुग्यौ। ३९७० मिटरको उचाई अवस्थित माथिल्लो डोल्पाको न्यानो भेग
भएको सिमेन गाउको खेतका कान्ला तिर देखिएको रुखहरु रोपेको कुरा बताए हरी भाईले । सिमेनमा होटल र पसल
नभएकाले हरि भाईले चिनेको लामाको घरमा गयौ। छोरा बुहारी गोठ र बारीमा उवा छर्नका
लागि गएको कुरा लामा बाजे सुनाए।हरिभाईले
खाना पकाउन थाले। खाना पकाउदै गर्दा लामा बाजेका छोरी आईन्। छोरी मिजासिल स्वभाकी रहेछिन्। केहि समय हामी संग
कुराकानी गरे पछि काम गर्न लागिन्। खाना खाए पछि स्कूल तिर लाग्यौ। बिदेशीको
सहयोगमा संञ्चालित स्कूल रहेछ ।1530Hrs बजे स्कूल पुग्यौ।नानीहरु कखग पढिरहेका सुनिन्थे। सोलार बाट शिक्षकहरुका लागि डिस होम र
मोबाईल चार्ज गर्नका लागि सुबिधा रहेछ।हामीले हाम्रो मोबाईल चार्ज गर्न स्कूलका
कुक भाईलाई दियौ। हरिभाईको गाउ आसपासका शिक्षकहरु रहेछन् सबै चिनारुहरु। ४ बजे स्कूल समाप्त हुँदो रहेछ। स्कूलका कुक
भाईले शिक्षकहरुका लागि खाजा बनाउदै थिए। चिया र थेन्दुक शिक्षकहरु संगै बसेर
खायौ। डिस होममा नेपाली फिल्म हेर्दै। 1730Hrs शिक्षक र स्थानिय युवाहरु बिच
बिधालयको प्राङ्गनमा धुलो उडाउदै फुटबल खेल्न थाले। ४ र ५ कक्षामा अध्ययरत
भाईहरुले कक्षा कोठाहरु सरसफाई गरिरहेका थिए। 1800Hrs शिक्षकहरु संग हात मिलाई
छुट्यौ।
लामा बाजेको घरमा हरि भाईले थेन्दुक बनाउन लागे। लामा बाजे पुजा पाठ गर्दै
थिए।लामा बाजेकी बुहारी आई पुगिन् । हरि
भाई ट्रेकिङ गर्ने भएकाले सजिलै चिनिन्। भोटे लवजमा तिमीले मिठो खाना बनाउछ भन्दै
गान्टेमुला निकाल्दै दिईन्। भोटे चिया पिउदै थिए म। लामा बाजेले पुजा गरि सके
पश्चात लामाको छोरा आईपुगे। ठेन्दुक
पाकी सकेको थियो। सबै बसेर खायौ। हरि भाईले ज्याँदै स्वाँदिष्ठ पकाएको थियो। लामा
बाजेको बुहारी र छोरा खासै बोलेको थिएन्। बुढा बुढीको ठाकठुक परेको जस्तै सजिलै
थाहा पाईसकेको थिए। खाना खाए पछि दाईहरु राम्रो संग सुत्नु होला। आज गाउमा बैठक छ भन्दै लागे उनी। तिनका श्रीमतीलाई सोधे। के को बैठक यस्तो रातको समयमा। यसले गाउका एक जना आईमाई लाई भुडी बोकाएको
थियो। ६ बर्षको छोरी छ। त्यो केटी एक हप्ता अगाडि मर्यौ। त्यो नानी लाई कस्ले हेर्ने
त्यसैको लागि गएको त्यो। यसको दिदीले बाउ बिनाको छोरी छ। दिउसो देख्नु भयो होला
तपाईहरुले। १० बर्षको छ। बिहान को खाना यहा खान्छ। साँझमा आमा छारी अर्को घरमा आफै पकाई खान्छ।
सासु २ बर्ष भयो बितेको। यो गाउमा बाउ बिनाको नानीहरु धेरै छन्। यो गाउमा एक जना
आईमाईको धेरै लोग्ने चलन छ कि छैन सोधे। सिमेन गाउमा छैन तर मेरो माईती गाउमा छन्।
मलाई मन पर्दैन यस्तो चलन। तपाईको माईती तिञ्जे हो मैले सोधे। होईन मरिमला पास
जाने भन्दा तल पर्छ मेरो माईती।
हाम्रो
प्रेम बिहे भएको हो। यसको यस्तो खालको आनीबानी थाहा पाएको भए बिहेनै गर्ने थिईन्।
यि नानीहरु नभएको भए छोडी दिएर माईती गएर बस्थे। आक्रोस पोख्दै सुनाईन् मलाई।
तपाईको श्रीमान त अग्लो र ह्याड सम रहेछ नी मैले भन्दा । हाँस्दै के गर्नु फसी
हाले म। सिमेन गाउमा छोराहरु लाई स्कूल पठाउ छन् । छोरीहरुलाई पठाउदैन्। तर मैले
छोरा र छोरीलाई स्कूल पठाएको छु। हामी गफगरि रहदा कक्षा २ पढ्ने छोरा कखग पढ्दै
थिए। छोरी शिशु कक्षा पढ्दा रहेछिन्। तपाई राम्रो नेपाली बोल्नु हुँदो रहेछ । कहाँ
र कसरी सिक्नु भयो। हाम्रो माईती तिर बोल्छ अनि म काठमाण्डु बसेको त्यहा पनि
सिकेको। लामा बाजे र हामी संगै सुत्ने हिसाबले चुलाकै एक तिर बिस्तारा लगाए ।
लामाकी बुहारीले २ वटा नानीहरु संग चुलाकै एक तिर बिस्तार लगाईन्। भोली हाम्रो
लागि ४ वटा रोटी पोली दिनु है हरि भाईले भने। 2100Hrs सोलार बाट बालेको बत्ति अफ गरे
लामा बाजेले। सबै सुत्यौ ।
डोल्पाको माथिल्लो भेग नेपाल चाईनको सिमाना नजिक रहेको उच्च हिमाली बस्ति तिन्जे गाउका गाउलेहरु संग। यहा ४ जना बाहेक अन्यले नेपाली भाषा बोल्न र बुझ्न सक्दैन्।
चिसो
बिहानी तर शान्त र स्वच्छ वतारणमा रमाउदै 0730Hrs बाटो लाग्यौ। सुन्दर फाँटमा हिड्दै गर्दा हिमपहिरोले मरेको भाले नाउर
भेट्यौ। फोटो खिचे। फाँटको बिचमा कञ्चन खोला बग्दै गरेको देखिन्थ्यो। हिउले
पखालेका नाङ्गा चुचुराहरु मोहित पार्ने खालका देखिन्थे।बाटामा छोपेर राखेका डोजर
देख्यौ। केहि क्षण हरि भाई र म डोजर माथी चढ्यौ। अनुमान लगायौ छार्का भोट गाउ
जोड्का लागि सडक खन्नका लागि। खनिएको सडकमा हिड्दै गर्दा एक हुल च्याग्रा
चराउनका लागि २ जना बहिनिहरु भेट्यौ। बोलायौ तर लजालु ति बहिनीहरु भाषा नबुझेर
नबोलका होलान जस्तो लाग्यो।
थकान
भुलाउदै गर्दा मोटर साईकलमा गोबर र दाउरा बोकेर ल्याउदै गरेका देख्यौ। नाङ्गा
पठारको बिचमा दुईखोलाको दोभानमा आईपुग्यौ। हरि भाईले यो ठाउलाई छोर्तेन मार्को
भनिन्छ पारी देखिएको सडक ध्वो तराप जाने सडक रदेखिएको घर होटल हो । कटकट खाने चिसो खोलामा हल्ला गर्दै तर्यौ। घडि हेरे
1030Hrs भएको थियो। घाम गजबले लागेको थियो। निलो आकास
मुनि हिमाल र नङ्गा पहाड चारै तिर उभिएका देखिन्थे। होटल भित्र पस्यौ। अुदुवाको
चिया पियौ। साहु साहुनी संग खाना नपाकुञ्जेल कुराकानी गर्दै बस्यौ। साहु जी हिजो
आईपुगेका रहेछन् काठमाण्डु बाट। यार्सा साथै भोटमा ब्यापर हुने सिजन भएकाले आएको
कुरा बताए । मिठो खाना पकाउनु भएकाले २ पटक थपेर खायौ।
1230Hr तिन्जेका लागि बाटो लाग्यौ। तिन्जे बाट ध्वो तराप गाउ जानका लागि चाईनिज
बाईक गुडेका भेटिन्थे। तिन्जे देखि ध्वो पुग्न बाईक बाट ३घण्टा लाग्ने बताएका थिए
साहुजीले। ग्राभल गरिएको जस्तै लाग्ने फराकिलो सडक खनेको रहेछ।
खोला
वारिपारी गोठ साथै च्याङ्ग्रा र चौरीहरु चरिरहेका देखिन्थे भिेटिन्थे। लहरै बिभिन्नस्वरुपमा देखिएका हिमालहरु नियाल्दै नाङ्गा पठारमा रमाउदै हिड्दाको आनन्द
लिदै थिए म। छार्का भोट गाउका लागि पारि खनेको रोड देखिन्थे। हामी हिडिरहेको सडक
ध्वो तराप गाउ जाने सडकमा हिड्दै गर्दा झोलुङ्गे पुल भेट्यौ। आराम गर्दै हरिभाईले
बिगतको कथा सुनाए। ३ बर्ष भयो झोलुङ्गे पुल बनेको । पुल नहुदा खैरेहरुलाई
डोरी टाँगेर तर्ने गरिन्थ्यो। झोलुङ्गे पुल तरे पछि चौउर सुरु भयो। यहि चौउममा
चाईनीजहरुले बिमान स्थल बनाई प्लेन उडाएका र नेपाल सरकारले थाहा पाए पछि बन्द
गराएको कुरा हरि भाईले भने। चौउर लाई तिञ्जेका टाठा बाठाले मिची सकेको
देखिन्थे। चौउरमा रमाउदै हिड्दै गर्दा महिलाहरु ढुंगा बोक्दै गरेका भेट्यौ। सोधे
के लागि भन्दा भोटे लवजमा नेपाली जान्ने तीन जना किशोरीले जवाफ फर्काए। फुटबल
खेल्ने ग्राउण्ड। भोलि पर्सी बाँकी रहेको चौउरलाई मिच्ने देखिने भएकोले फुटवल
ग्राउण्ड बनाएको भने। केटाहरु छैन् त मैले भन्दा हामी केटीहरुले बनाउने हामी नै
खेल्नै हो सुनाए। राम्रो बनाउनु होला भन्दै हामी लाग्यौ।
नाङ्गा पठारको काखमा हिमाली शैलीमा बनेको बस्ति तिञ्जे गाउ आईपुग्दा
खुशीले रमाए म। उच्च भेगमा बसेको नेपाल चाईना सिमाना नजिकको बाग्लो बस्ति तिञ्जे
गाउ स्वर्गको एक टुक्रा जस्तो लाग्थ्यो। सामुन्द्रिक सतहबाट ४२०० मिटरको उचाईमा
रहेको बस्तिमा चाईनिज बाईकहरु देखिन्थे।
हरि
भाईको मितको घरमा पुग्दा 1530Hrs भएको थियो ।
भोटे चिया खादै हरि भाई र उनकी मित कुराकानी गरे। उहाँहरुको कुरा सुन्दै बसे।
साँझका लागि हरि भाईले थेन्दुक बनाए। हरि भाईको मितले ९५ घर धुर भएको कुरा बताए
मलाई। बिदेशी सहायताले निर्मित स्कूल र स्वास्थ्य सेवा केन्द्र रहेछन् । नेपाल
दुरसेवाको टावर बनाउनको लागि गाउका ठिटाहरु सबै लेकमा गएका कुरा बताए। श्रमदानले
टावर बनाउदैगरेको बताए। हिमाली कथा ब्याथाका
कुराहरु सुनाए हरिका मितले। 2100Hrs सम्म मित मितेनी र
हरि भाई गफगाफ गर्दै गरेको कुरा सुन्दै बसे म।
घामको
न्यानो किरण चुचुराहरु बाट लुक्दै झरिरहेका थिए। छार्का भोट बस्तिको धुरीहरुबाट
धुवा निस्किरहेका देखिन्थे। शान्त वतावरण थियो। छार्का भोट बाट 0700Hrs तिन्जे का लागि प्रस्तान गर्यौ। हिड्ने बित्तिकै उकालो बाटो उपस्थित हुन
थाल्यो। छार्का भोट देखि तिन्जे २ दिन लाग्ने भएकाले छार्का बाट आलु र उवाँको सातु
बोकेका थियौ। उक्लिदै गर्दा एउटी किशोरी एक हुल च्याङग्राका बथान धपाउदै पाखातिर
जादै गरेका देख्यौ। ति किशोरीलाई देखेर मन खल्लो भएर आयो। पढने उमेरमा हिमालको काख
काखमा च्याङ्ग्रा र याक धपाउदै जीवन बित्ने भयो भन्दै कछुवाको गतीमा हिड्दै मनमनै
सोच्दै हिडे।गोबर र दाउरका भारी बिसाउदै गरेका गाउलेहरु पनि भेटिए। हल्का नेपाली
भाषा बुझ्ने भएकाले केहि क्षण गफगाफ गर्यौ।मोटर बाईकमा मल र दाउरा बोक्दै गरेका
पनि भेट्यौ। चाईनामा निर्मित ति बाईक निक्कै शत्तिशाली हुदा रहेछ उच्च भेगका लागि
गुड्न।
उक्लिदै
गर्दा उचाई बढिरहेको थियो। थकान भुलाउदै गर्दा लासी क्याप र ध्वोतराप जाने बाटो
त्यहि खोलाको वारिपारि गर्दै गईन्छ हातको ईशारा गर्दै बताए हरि भाईले। घामको
प्रकास छिप्पिदै गईरहेको थियो। याक बीर हिमाल सामुन्ने देखिन्थ्यो। पाखामा
च्याङ्ग्रा र याकहरु चरिरहेका देखिन्थे। हिमाली मुसाहरु दुलो खन्दै गरेका
देखिन्थे। थाकेर लोथ भई सकेका थियौ।तातो
पानी र चकलेट खादै नजिक बाट ट्रक राल्दुक हिमाल हेर्दै थकान मेटाउदै गर्दा घामलाई
बादलको हुलले लुकाउन थाल्यो।मुला पास उक्लिन अन्तिम उकालोमा कुस्ति गर्दै र उभिदै
थकान मेटाउदै गर्दा छार्का भोट बस्ति र पाँटनहरु लुक्दै गए। ट्रक राल्दुक हिमालको
शिखर र अन्य टाकुराहरु तिर सेतो कुहिरोको हुलले छात ओढाई सकेको देखिन्थ्यो।
1230Hrs पुला पासमा पुग्दा हिउ पर्न र हावा चल्न थाल्यो। साँढे पाँच घण्टामा
छार्का भोट देखि मुला पास उक्लिन लाग्यो। खुशीले छाती फराकिलो भयो। बिशाल फाँट र
नौला आकृतिका पर्वतमाहरुमा हिउका गहना लगाएर बसेको देख्दा रहर पुगुञ्जेल तस्विर र
फोटो खिचे। सामुन्द्रिक सतह बाट ५०३०मिटरको उचाई मुला पासमा १५ मिनेट आराम गर्यौ।
ट्रक राल्दुक हिमालको फेदी रहेछ मुला पास।
पास
बाट बाटो पुरै तेर्सो र लोभ लाग्दो पाटनमा रमाउदै हिड्यौ। चारै तिर हिउले
पखालेका नाङ्गा पाखा र चाँदीको लपन लगाएको जस्तै देखिने हिमालहरुको पंत्ति
देखिन्थे। हिड्दै गर्दा अकल्पनिय ठाउमा ४९३० मिटरको उचाईमा जोर पोखरी देख्यौ।
तालमा सेतो रंगको एक जोर हाँस पौडि रहेका थिए। हामी लाई देखे पछि उडे।
तालकै नजिक आराम गर्दै पानी र चकलेट खायौ। १५मिनेट आराम गर्यौ।पाटनमा हिड्दै गर्दा
खर्कमा ३ जना पुरुष गोठ बनाएर घाम ताप्दै बसेका भेट्यौ। खोला पारी पाखामा याक
चरिरहेका देखिन्थे।1400 Hrsभएको थियो। हरि भाईले चिया र सुप बनाउन लागे।
म ति गोठालेहरु संग गफगाफ गर्दै गर्दा वकी टकीमा भोटे भाषामा बोलेको सुन्थे। कहा
बाट बोलेका भन्दा छार्का भोट भने। वकी टकी ज्यादै शक्तिशाली रहेछ। चाईना मेलामा
किनेकोसुनाए। ती ३जना हल्का नेपाली बुझ्ने
भएकाले धेरै गफ गर्न सकिन्। फापरको रोटी संग वाई वाईको सुप खायौ।
राम्रो
संग बस्नु होला भन्दै 1430Hrs बाटो लाग्यौ हामी। २ ठाउमा खोला तर्यौ । ज्यादै
चिसो पानी थियो। पुरै फाँटमा रमाउदै हिडि रहदा चारै तिरका थुम्का र चुचुराहरुमा
हिउहरु परिरहेका देखिन्थे। हिड्दै गर्दा हिँउको हुलले लामीलाई छोप्न थाल्यो।
हावा नचलेकाले हिउ पर्दा न्यानो महसुस हुँदै थियो। आधा घण्टा पछि हिउ पर्न रोकियो।
खर्कमा २जना गोवर बटुली रहेका देख्यौ। हामीलाई देखे पछि गफगर्न बाटामा आए। हरि
भा्ई संग कुराकानी गरे। केहि क्षण गफ गरे पछि लाग्यौ हामी। खुलेको आकास थियो तर
जाडो बढ्न सुरु हुन थालेको थियो। कहाँ कसरि सुत्छन् ति दुई जना हिमाली मान्छेहरु केहि
ल्याएका छैन् त। मैले हरी भाईले भने। यी भोटेहरु त्यतिकै सुत्छन् बानी परेका
हुन्छन्। हिड्दै गर्दा हरि भाईले भने गोबर बटुलेको देखि चरन क्षेत्रको सिमाना हो।
छार्का भोट र तिञ्जेको।
हिड्दै
थियौ दुबोको पाटन भेट्यौ। खोला छेवैमा बग्दै थियो। आजको क्याम्पिङ यहि
बस्ने हरि भाईले भने। मिलेर टेण्ट टाग्यौ। जाडोले ज्यादै बढेको थियो । क्याम्पिङ
गर्ने हरियो चौउरमा पुग्दा 1700Hrs भएको थियो। ।तातो चिया पिउयौ। साँझको खान्की वाई वाई संग
२ईञ्चको बाग्लो रोटी खायौ। सामुन्द्रिक सतह बाट 4600 मिटरको उचाईमा मज्जाले
सुतिन्छ भन्दै गीत सुन्दै1830Hrs ढल्क्यौ।
मस्त
निन्द्रामा निदाउदै थिए। मिर्मिरे बिहानीको आगमन संगै चराचुरुङ्गीको संगीतले आँखा
बिस्तारै खुल्न थाल्यो। समय 0545Hrs भएको रहेछ।
मेरो लागि न्यानो प्यारो भईरहको थियो। सिल्पिङ ब्याग भित्र गुडमुटि रहे। 0600Hrs टेण्टको च्यान खोली बाहिर निस्के। स्वर्णिम विहानीमा चिसो सिरेटोको हुँलले
झ्याप्पै बनाई हाल्यो तर पनि चारै तिरको मनमोहक वतावरणलाई नियाली रहे। छेवैमा
बगेको खोला बाट पानी भरि तातो पानी ताउन थाले हरि भाईले। चकलेट र तातो पानी खाने
सल्लाह भयो। चकलेट खाँदै तातोपानी पिउदै सामुन्द्रिक सतह बाट ४७०० मिटरको
उचाई भए पनि गजबले निदायौ हरि भाईलाई सुनाए।
याक
खर्क बाट 0700Hrs बाटो लाग्यौ। चिसो सिरेटो संग कुस्ति खेल्दै
कछुवाको गतिमा ३०मिनेटको उकालो बाटो छिचोल्यौ। चारै तिर आकासलाई छुन लागेका जस्तै
लाग्ने नाङ्गा चुचुराहरुर देखिन्थे। तिनलाई अडेस लगाएका जस्तै लाग्ने बिशाल पहाडका
खम्बाहरु वारिपारि देखिन्थे। खोचमा खोला आफ्नै लयमा बग्दै गरेको पनि देखिन्थे।
उकालो छिचोले पश्चात बाँकी बाटो तेर्सा र ओराला भेटिन थाले। कुईनेटहरुमा हिड्दै
गर्दा एक लाठे युवक भेटिए। पुरानो बाटोको अवस्था सोधे ।नयाँ बाटो भएर जानु भन्यौ
हामीले। उनी साङ्टा हिडेका रहेछन्। २ जना बिदेशि पर्यटक लिन। शुभयात्रा तपाईहरुलाई
भन्दै लागे ति भाई।
वकी
टकि लिदै गरेका अर्का एक जना युवक भेटिएफेरि । सोध्यौ कता हिडेका? घोडा खोज्न। अरु
गफगाफ गर्दा कोरियन एक टिम छार्कामा डकुमेन्ट्रिका लागि भिडियो खिच्दै गरेको कुरा
सुनाए। ति भाई घोडा खोज्न लागे पाखा तिर ।हिड्दै
गर्दा देख्यौ पाखातिर याका र भेडा च्याङ्ग्रा चर्दै गरेका । २ वटा घोडा थपाउदै
आउदै गरेकि २ महिला भेटिए। काठमाण्डु देखि जोमसोम हुँदै साङटा आउदै गरेका आफ्ना
आमा र दिदीलाई लिन हिडेको बताईन्। छार्का भोट निवासी ति बहिनीहरुले जुङ्बेन ला पास
र गल्ड्याङ गु्ल्डुङ को पासमा हिउको बारेमा सोधे । तपाईहरुको घोडा मज्जाले जान
सक्छ भन्यौ। झोलुङ्गे पुल भेट्यौ। भर्खर बनेको हो पुल हरि भाईले मलाई सुनाए। बिहान
खोला सानोहुने दिउसो र साँझ खोलामा पानीको बहाव
ठुलो हुने रहेछ। हिउ पग्लिने कारणले मैले सिधै अनुमान लगाए।घाम
सिधै झरि सकेकोले वतावरण न्यानो हुँदै थियो। छार्का भोट गाउ देखिदै थियो। उत्सुक
हुँदै छार्का भोट गाउ प्रवेष गर्नुको लागि फेरि झोलुङ्गे पुल भेट्यौ। झोलुङ्गे
पुलको छेवैमा घाम ताप्यौ। थकान मेटायौ। कञ्चन पानी बगेको देखिन्थ्यो। पानी फाँटेको
ठाउ बाट तर्नु पर्थ्यो पहिले। पुल बनेको धेरै भएको छैन्। भर्खर २ बर्ष भयो हरि
भाईले बिगतको कथा सुनाए।
1230Hrs छार्का भोट गाउमा पुग्यौ । उच्च हिमाली बस्ति छार्का भोट ४३०० मिटर
अवस्थित गाउलेहरु बारीमा काम गरिरहेका देखिन्थे। हरि भाईले चिनेका होटलमा पुग्यौ।
भोक लखेट्न खाना खायौ। स्वाँदिष्ट थिएन्। साँझको लागि खाना म पकाउछु हरि भाईले
मलाई कानेखुशी गर्दै भने। कोरियनले डकुमेन्ट्रि खिच्दे गरेका ठाउमा पुग्यौ। गाउमा
कुलोको लागि चिठ्ठा हुनेदिन रहेछ। भिडियो ग्राफी
गरिरहेका थिए २जना कोरियन क्यामरा म्यानहरुले। गाउका सबै जम्मा भएको देखिन्थे।
पुजा पाठ गरि चिठ्ठा लगाउने परम्परा हुँदो रहेछ। चिठ्ठा पछि आफ्नो कुलोको पालो
पाउने दिन एक जना महिलाले लेख्दै थिए। सबै किशोरी र महिला मात्रै देखिन्थे। पुरुष
काठमाण्डु र अन्यत्र गएका हुँदो रहेछन्।उच्च स्थानमा गुड्न सक्ने चाईनिज मोटर बाईक
युवाहरुले फाँटफुट गुडाएका देखिन्थे। मरिम्ला नाकामा भदौ याममा यार्सा र चौरी
बेचबिखन गरि किन्दा रहेछन् बाईक।
छार्का
भोट गाउमा निक्क चौरी पाल्दा रहेछन्। २ दिनमा छार्का भोट बासीहरु सजिलै जोमसोम
पुग्दा रहेछन्। एक लाख देखि साढे एक लाख सम्म जोमसोम तिर लगेर बेच्दा रहेछन्
याकहरु। कक्षा ३ सम्म पढाई हुने स्कूल रहेछ। उक्त स्कूल बिदेशीको अनुदान बाट चलेको
रहेछ। छार्का भोटको भौगलिक स्वरुप र वतावरण लोभ लाग्ने खालका देखिन्थे। बिशेष गरि
३ वटा दृष्य अदभुत लागि रहेको थियो । याक जस्तै आकृतिमा देखिन याक बीर हिमाल
। याक बीर हिमालकै नजिक ओदान जस्ता देखिने ३ वटा चुचुराहरु किप सुम्वा र फेटा वा
पगरि लगाएको जस्तै देखिने ट्रक राल्दुक हिमाल लाई क्यामरामा धोको पुगुञ्जेल तस्विर
र भिडियो खिचे।
गोधुली
साँझको आगमन संगै याक बीर हीमाल र ट्रक राल्दुकको ज्यादै आकर्षित दृष्यमा भुलीरहे
म। भान्सा कोठामा पस्दा साँझको खाना हरि भाईले ठेन्दुक बनाउद थिए। भोटे चिया पिउदै
साहुनी संग गफगाफ गरे। छार्का भोटमा जम्मा ६० घरधुरी भएको बताईन् साथै याक बीर
हिमाल हाम्रो कुल देवता हो भनिन्। याक बीर हिमाको पछाडि पट्टी ताल छ र त्यहाँ रंगीन
माछाहरु भएको कुरा सुनाईन्।
हरि
भाईले पकाएको ठेन्डुक ज्याँदै मिठो थियो। सबै बसेर खायौ। 2030Hrsसुत्यौ।
Upper Dolpa Trek
16 May 2019
Jungben La Phedi- Jungben La Pass(5555m)-Yak Kharka
मुस्ताङ र डोल्पाको सिमाना जुङ्बेन ला पासमा पुग्दाको खुशी
0530Hrs उठ्यौ। हरि भाईले चिया र वाई वाई खाजा बनाउन लागे । टेण्ट बाट वाहिरको
दृष्य नियाल्न निस्दा लोभ लाग्ने वतावरण थियो। खुलेको बिहानी थियो। चारै तिर हिउले
पाखा छोपेको देखिन्थ्यो। हावा नचले पनि चिसो वतावरण थियो। वाई वाई खाजा खादैचियाको सुर्का दिदै हिजो राती साढे आठ बजे पिसाब फेर्न जादा मान्छे
उडाउने चिसो हावा चलेको कुरा हरि भाईलाई सुनाए। सायद यो हट नभएको भए हाम्रो बिजोग
हुने रहेछ मैले भने। त्यस पछि उचाईको कारणले गर्दा हरेक एक एक घण्टामा ब्यूझिएको
कुरा सुनाए।
0645Hrs बाटो लाग्यौ। हिउमा गाडिदै चिप्लिदै सास स्वाँ स्वाँ गर्दै कछुवाको गतिमा 0900Hrs जुङबेन ला पास 5555को पासमा पुग्दा खुशीले औधी
रमायौ। हावा चलेको थिएन्। सूर्यको प्रकासपुरै
छरिसकेको थियो। मुस्ताङ र डोल्पाको सिमाना जुङबेन ला पासमा तस्विर देखि भिडियो रहर
पुगुञ्जेल खिचे। धवलागिरि हिमपर्वत माला देखि मुकुट हिमालको सुन्दर दृष्य नजिक
बाट नियाल्न पाउदा खुशीको सिमा कटेको थियो। यो पास बाट अझ थप विशेषता भनेको आँखा
भरिमुलुम सुम्दोको बिशाल फाँट देख्नु रहेछ । 20मिनेट पासमा बस्यौ। बस्दै गर्दा बिस्तारै हावा चल्न थाल्यो।
मुलुम
सुम्दो फाँटमा हिउले छोपेको थियो। घामको रापीलो प्रकास सिधै झरिरहेको थियो।
मुलुसुम्दो लोभ लाग्दो उपत्यकामा रमाउदै हिडि रहदा कहिले भासिने कहिले पग्लेका
हिउका पानीमा उफ्रदै अगाडि लम्किरहेका थियौ। जति अगाडि बढ्ने उतिनै मोहित
पार्ने दृष्य देखिन्थे। थकानको महसुस भएको थिएन्।सामुन्द्रिक सतह बाट 5000मिटको उचाईमा अवस्थित याक खर्कमा 1200Hrs आईपुग्यौ।
एक्यापले हट बनाएको भएता पनि भत्कन लागेको अवस्थामा रहेछ। हरि भाईले खाना
बनाउन लागे। बोकेको रोटी संग वाई वाईको सुप र सातु खायौ। ज्यादै गर्मी थियो
वतावरण।
1300Hrs बाटो लाग्यौ। खाना खाए पछि हिड्न अल्छि र थाकेको जस्तै महसुस भए पनि
कछुवाको तालमा अगाडि बढिरह्यौ। जुङ्बेनला पास पछि कहिले समाप्त नहुने पाटनमा हिड्न
पाउदाको खुशी बेग्ले थियो। थकान मेटाउदै छेवैमा खोला बग्दा सुसेलेको सुन्दै गर्दा
हरि भाईले २०० मिटर खोला पारि हिउ चितुवा हिड्दै गरेका देखाए मलाई । बाटामा हिडि
रहदा हिउ चितुवा गुहु धेरै भेटाएका थियौ। बल्ल अहिले देख्न पाए हरि भाईलाई भने।
तस्विर खिच्न झोलाबाट क्यामरा निकाल्न अल्छि लागेकाले तस्विर खिच्न रहर लागेन्।
हरि भाईले सूईयाँ पार्दा बेतोडले उकालो दगुर्न थाले। खाना खाएर हिडेको २ घण्टा पश्चात
पाटनमा याकका बथान भेटिए। एक जना गोठाले डाडा तिर हिड्दै गरेका देखिए। हामी कहाँ
भेट्न आए। नेपाली भाषा नबुझ्ने छार्का निबासी गोठाले हरि भाईले मलाई भने। ति
गोठालेअधबैषे थिए। उसलाई सोध्यौ पुल तल बनेको छ कि
छैन टाउको हल्लाउदै छ भने । छेवैमा दोभान थियो। चिसो पानीमा खोला तर्नका दुखले
पुरानो बाटो लाग्यौ ।
पहिरोले
बाटो पुरै जोखिम बनाएका रहेछ। खोलाले पुल बगाई सकेको रहेछ। हिडेको आधा घण्टामा
सुख्खा पहिरो बाट हेर्दा हेर्दैढुंगा झर्न थाल्यो। अगाडि
जाने बाटो पहिरोले बन्द गरेका देख्यौ। खोला तर्न सक्ने खालको थिएन् । फर्केर जान
फेरि एक घण्टा लाग्ने थियो। जे पर्ला भन्दै हरि भाई र म जोखिम मोल्दै अगाडि बढ्ने
योजना बनायौ। माथि बाट ढुंगा झर्दै थिए। पालैपालो ड्युटी बसेर दगुर्दै ढुंगा खसे पनि नभेट्ने ठाउमा पुग्यौ। सामुन्ने अक्कर मा उक्ल्यौ। अगाडि बढ्न सकेनौ। हरि भाई
सुरुवाल फुकालेर ठाडै बगेको खोलाको चिसो पानीमा चेपचेप भिता समाउदै हिडे। भिडियो
खिच्न क्यामरा झोला भित्र थियो। निकाल्न अल्छि लागेकाले भिडियो र फोटो खिचिन।
जोखिम मोल्दै खोलामा पसे। भित्ता समाउदै र हरि भाईलाई पनि समाउदै पारी तर्यौ ।
पानी ज्यादै चिसो। धन्न बाँचियो भन्दै बुट कसे। पुरानो बाटो धेरै स्थानमा पहिरोले
लगि सकेको देख्यौ। खोला पारी नयाँ बाटो देखाउदै यति बेला क्याम्पिङ गर्ने ठाउ पुगि
सक्थ्यौ हामी हरि भाईले सुनाए।
क्याम्पिङ
गर्ने ठाउमा पुग्दा 1730Hrs भएकोथियो। हिउका गहना लगाएर बसेका थुम्का र
चुचुराहरुमा सूर्यको किरण घाटि घाटि पुगि सकेको देखिन्थे। शान्त वतावरणमा हरि भाई
र मैले टेण्ट टाँग्यौ। चिया बनाउका लागि पानी तताउन थाले हरि भाईले। दिनले बिदाई गर्दै
जादै थियो। चिसो बढ्न थाल्यो। चिया पिउदै आजको अक्कर र ज्यानको च्याँखे थाप्दै
खोलामा पस्यौ भन्दै कुरा गर्दै बस्यौ। साँझको खाना वाई वाई संग साङटा देखि बोकेका
२ईञ्चको फापरको रोटी खायौ।1930Hrs गीत सुन्दै ढलक्यौ।
हरि भाई लाई सुनाए सामुन्द्रिक सतह बाट4700 मिटरको
उचाईमा सुताई हुँदै छ आज। ढल्केको ३०मिनेटमा भुसुक्क भए छु म।