18
May 2019
घामको
न्यानो किरण चुचुराहरु बाट लुक्दै झरिरहेका थिए। छार्का भोट बस्तिको धुरीहरुबाट
धुवा निस्किरहेका देखिन्थे। शान्त वतावरण थियो। छार्का भोट बाट 0700Hrs तिन्जे का लागि प्रस्तान गर्यौ। हिड्ने बित्तिकै उकालो बाटो उपस्थित हुन
थाल्यो। छार्का भोट देखि तिन्जे २ दिन लाग्ने भएकाले छार्का बाट आलु र उवाँको सातु
बोकेका थियौ। उक्लिदै गर्दा एउटी किशोरी एक हुल च्याङग्राका बथान धपाउदै पाखातिर
जादै गरेका देख्यौ। ति किशोरीलाई देखेर मन खल्लो भएर आयो। पढने उमेरमा हिमालको काख
काखमा च्याङ्ग्रा र याक धपाउदै जीवन बित्ने भयो भन्दै कछुवाको गतीमा हिड्दै मनमनै
सोच्दै हिडे।गोबर र दाउरका भारी बिसाउदै गरेका गाउलेहरु पनि भेटिए। हल्का नेपाली
भाषा बुझ्ने भएकाले केहि क्षण गफगाफ गर्यौ।मोटर बाईकमा मल र दाउरा बोक्दै गरेका
पनि भेट्यौ। चाईनामा निर्मित ति बाईक निक्कै शत्तिशाली हुदा रहेछ उच्च भेगका लागि
गुड्न।
उक्लिदै
गर्दा उचाई बढिरहेको थियो। थकान भुलाउदै गर्दा लासी क्याप र ध्वोतराप जाने बाटो
त्यहि खोलाको वारिपारि गर्दै गईन्छ हातको ईशारा गर्दै बताए हरि भाईले। घामको
प्रकास छिप्पिदै गईरहेको थियो। याक बीर हिमाल सामुन्ने देखिन्थ्यो। पाखामा
च्याङ्ग्रा र याकहरु चरिरहेका देखिन्थे। हिमाली मुसाहरु दुलो खन्दै गरेका
देखिन्थे। थाकेर लोथ भई सकेका थियौ। तातो
पानी र चकलेट खादै नजिक बाट ट्रक राल्दुक हिमाल हेर्दै थकान मेटाउदै गर्दा घामलाई
बादलको हुलले लुकाउन थाल्यो।मुला पास उक्लिन अन्तिम उकालोमा कुस्ति गर्दै र उभिदै
थकान मेटाउदै गर्दा छार्का भोट बस्ति र पाँटनहरु लुक्दै गए। ट्रक राल्दुक हिमालको
शिखर र अन्य टाकुराहरु तिर सेतो कुहिरोको हुलले छात ओढाई सकेको देखिन्थ्यो।
1230Hrs पुला पासमा पुग्दा हिउ पर्न र हावा चल्न थाल्यो। साँढे पाँच घण्टामा
छार्का भोट देखि मुला पास उक्लिन लाग्यो। खुशीले छाती फराकिलो भयो। बिशाल फाँट र
नौला आकृतिका पर्वतमाहरुमा हिउका गहना लगाएर बसेको देख्दा रहर पुगुञ्जेल तस्विर र
फोटो खिचे। सामुन्द्रिक सतह बाट ५०३०मिटरको उचाई मुला पासमा १५ मिनेट आराम गर्यौ।
ट्रक राल्दुक हिमालको फेदी रहेछ मुला पास।
पास
बाट बाटो पुरै तेर्सो र लोभ लाग्दो पाटनमा रमाउदै हिड्यौ। चारै तिर हिउले
पखालेका नाङ्गा पाखा र चाँदीको लपन लगाएको जस्तै देखिने हिमालहरुको पंत्ति
देखिन्थे। हिड्दै गर्दा अकल्पनिय ठाउमा ४९३० मिटरको उचाईमा जोर पोखरी देख्यौ।
तालमा सेतो रंगको एक जोर हाँस पौडि रहेका थिए। हामी लाई देखे पछि उडे।
तालकै नजिक आराम गर्दै पानी र चकलेट खायौ। १५मिनेट आराम गर्यौ।पाटनमा हिड्दै गर्दा
खर्कमा ३ जना पुरुष गोठ बनाएर घाम ताप्दै बसेका भेट्यौ। खोला पारी पाखामा याक
चरिरहेका देखिन्थे।1400 Hrsभएको थियो। हरि भाईले चिया र सुप बनाउन लागे।
म ति गोठालेहरु संग गफगाफ गर्दै गर्दा वकी टकीमा भोटे भाषामा बोलेको सुन्थे। कहा
बाट बोलेका भन्दा छार्का भोट भने। वकी टकी ज्यादै शक्तिशाली रहेछ। चाईना मेलामा
किनेको सुनाए। ती ३जना हल्का नेपाली बुझ्ने
भएकाले धेरै गफ गर्न सकिन्। फापरको रोटी संग वाई वाईको सुप खायौ।
राम्रो
संग बस्नु होला भन्दै 1430Hrs बाटो लाग्यौ हामी। २ ठाउमा खोला तर्यौ । ज्यादै
चिसो पानी थियो। पुरै फाँटमा रमाउदै हिडि रहदा चारै तिरका थुम्का र चुचुराहरुमा
हिउहरु परिरहेका देखिन्थे। हिड्दै गर्दा हिँउको हुलले लामीलाई छोप्न थाल्यो।
हावा नचलेकाले हिउ पर्दा न्यानो महसुस हुँदै थियो। आधा घण्टा पछि हिउ पर्न रोकियो।
खर्कमा २जना गोवर बटुली रहेका देख्यौ। हामीलाई देखे पछि गफगर्न बाटामा आए। हरि
भा्ई संग कुराकानी गरे। केहि क्षण गफ गरे पछि लाग्यौ हामी। खुलेको आकास थियो तर
जाडो बढ्न सुरु हुन थालेको थियो। कहाँ कसरि सुत्छन् ति दुई जना हिमाली मान्छेहरु केहि
ल्याएका छैन् त। मैले हरी भाईले भने। यी भोटेहरु त्यतिकै सुत्छन् बानी परेका
हुन्छन्। हिड्दै गर्दा हरि भाईले भने गोबर बटुलेको देखि चरन क्षेत्रको सिमाना हो।
छार्का भोट र तिञ्जेको।
हिड्दै
थियौ दुबोको पाटन भेट्यौ। खोला छेवैमा बग्दै थियो। आजको क्याम्पिङ यहि
बस्ने हरि भाईले भने। मिलेर टेण्ट टाग्यौ। जाडोले ज्यादै बढेको थियो । क्याम्पिङ
गर्ने हरियो चौउरमा पुग्दा 1700Hrs भएको थियो। । तातो चिया पिउयौ। साँझको खान्की वाई वाई संग
२ईञ्चको बाग्लो रोटी खायौ। सामुन्द्रिक सतह बाट 4600 मिटरको उचाईमा मज्जाले
सुतिन्छ भन्दै गीत सुन्दै1830Hrs ढल्क्यौ।

No comments:
Post a Comment