छुटिने बेला भई गयो होला
फेरि भेट होलाकी नहोला
साँस्कृतिक क्लब डाँफेले पोखराको क्याम्पमा बिदाई गर्दाका । त्यो साँझ सम्झदै फेरि आज।
06Dec 2017
0900Hrs सूर्यको न्यानो उषा पोखिदै थियो। सिरसिरे बतास
चल्दै थियो । गर्मीको महसुस भएको थिएन्। आदरणिय मकर सर सेवानिवृत हुनु भई नेपाल फर्कने भएकाले सुःख
समृद्धिको कामना र बिदाईका लागि भेला भएका थियौ। पाईप
एण्ड ड्रमको धुन बज्न थाले पश्चात मनमा कुराहरु खेल्न थाले मेरो। हिल र सेन्ट्रल
सेलेक्स हुँदै रेक्रुट जीवनको कथा देखि प्रथम छुट्टीमा बैवाहिक जीवनमा बाँधिएको खुशी। तीन बर्ष छुटिएर बस्नुको पिडा। दोस्रो छुट्टीमा संगै लिएर आउदाका
हर्ष र आनन्दको तरंग। बालबच्चा हुर्कदै पाठशाला झोला बोकेर जादाका अवष्मरणिय क्षण । सोच मग्न हुँदै गर्दा पाईप एण्ड ड्रमको धुन रोकियो ।
भान्जा र भान्जीलाई पुलुक्क हेरे। भाबुक र मलिन देखिन्थे उहाँहरु। किन नहोस! बिकसित राष्ट्रमा हुर्केका नानीहरुले नेपालमा नयाँ जीवनको संघर्षका अध्यायहरु हुने छ्न्। भान्जा र भान्जीको मलिन
अनुहार देखे पछि आँखा रसाए मेरो। केहि बर्ष पछि मेरा नानीहरुको यस्तै दिन नजिकिदै छ । एक दिनको उठबसमा
मान्छेलाई छुटिनु पर्दा भारी हुन्छ भने दुई दशक को बसाईको दौरानमा आफन्त र
चिनारुहरु संग छुटिनु पर्दा पक्कै पनि मन भक्कानिन्छ। दिदीबहिनीहरु छुुटिनुको पिडा आँसु मार्फत देखाउदा वतावरणमा सन्नाटा छाएको थियो।
समाजबाट बिदा भएर जानु पर्दा पक्कै पनि भाबुक भईन्छ । भावुक मुद्रामा मकर सर।
दिदिबहिनीहरु
र आफन्त संग अन्तिम बिदाई गर्ने क्रममा । छुटिनु कसलाई रहर हुन्छ । तर जीवन भनेकै ऋतु जस्तै हो।
बिदाईका
लागि हात मिलाउनु हुँदै मकर सर । मलिन र भाबुत्तामा देखिनु हुँदै भान्जी ।
No comments:
Post a Comment