Total Pageviews

Monday, December 25, 2017

Orchard Road,Singapore ( December 1996)

१८ पुरा भई १९ बर्ष भर्खर टेक्दै थिए। युवा जोस भएता पनि फोस्के दिमाग थियो। परिपक्ता थिएन्। अंग्रेजी भाषा फलामे चिउरा जस्तै थियो। सिङ्गापुरको ठाउहरु खासै जानकारी थिएन्। ईसाईहरुको पर्व क्रिसमस भन्ने जानकारी थियो तर कसरी हर्ष उल्लासका साथ मनाउछन् भन्ने जानकारि थिएन्। सिङ्गापुरको केहि बिषेश स्थानहरु छन्। जुन पर्वको बेलामा झिलिमिलि हुने गर्छन्। बुद्ध धर्मालम्वीहरुको लागि चाईना टाउन मुस्लिमको गेलाङ सेराई र ईण्डियनको लिटल ईण्डियामा पर्वको झिलिमिली हेर्न पाईन्छ। मेरो भाई म भन्दा एक बर्ष अगाडि आएकाले उ र उसका साथी दिपक संग क्रिसमस पर्व को झाँकीहरु नियाल्न हिडेका थियौ ओचर्ड रोड। समरसेट बाट हिड्दै ताङलिङ मल सम्म पुगेका थियौ। दाँया बाँया बत्तिको बिबिध झिलिमिली देख्दा खुशीले बिछ्टै भएको थिए साथै छक्क परेको थिए। यस्तो दृष्य मेरो लागि पहिलो पटक थियो। रातो टोपी र शिरिमा झिपिक झिपिक बल्ने टोपी किनेर लगायौ ३ जनाले। फिल्म वाला क्यामराले रहर मेटुञ्जेल फोटो खिचेका थियौ। एक रिल त एकै क्षणमा सकाएका थियौ। एक रिलमा ३६ वटा फोटो खिच्न सकिन्थ्यो त्यस बेलाको फिल्म क्यामरामा। ती दिन स्वर्णिम क्षण लाग्छ  ओचर्ड रोडको क्रिसमसको झिलिमिली बत्ति सम्झदा।

बिगतक तिनै सम्झनाहरु सम्झदै केहि ओचर्ड रोडका तस्विर उतार्ने प्रयास गरेको थिए।  



































No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...