Total Pageviews

Thursday, June 8, 2017

SINGAPORE को नागरिक्ता त्यागिन् निरा गुरुङले (D/O 4187) । फर्किन् प्राकृति सौन्दर्यको मुहान हेर्न नेपाल


नाम:- निरा गुरुङ(D/O 4187)

स्थान:- हट ब्रेड महाराजगंज। चोकमा भएकाले दिक्क लाग्दो हर्न बजिरहेका थिए। काम बाट घर फर्कनका लागि बस माईक्रो ट्याक्सीमा यात्रु र पेटीकामा मान्छेहरु सलबलाउदै गरेका देखिन्थे। निरा भान्जी कफि पिउनु हुँदै टेबलमा बसि रहनु भएको थियो। भनेको समय आई पुग्न सकिन् माफ दिनु होला मैले भने। बाहिर जाडो भए पनि क्याफेमा न्यानो थियो। कफि चिया पिउदै गरेका देखिन्थे अन्य टेबल तिर ।  
Date:- 06 April 2013
Time:- 1830hrs
निरा भान्जी संग कुराकानी गर्नका लागि मैले महाराजगंजको हट ब्रेडमा 1830hrs समय र स्थान पक्का गरेको थिए। ०६ अप्रिलका दिन मिस मंगोल प्रतियोगितामा (9330 D/O )मुस्कान लिम्बुले पनि भाग लिएकीले नंम्बरी देबेन्द्र संग  नेपाल आर्मीको अडिटोरिएमा पुग्यौ1400hrs । मिस मंगोलको उपाधी मुस्कान लिम्बुले जितिन्। त्यहाँ बाट टाप कस्यौ म र देबेन् दर्वारमार्गको नाङ्लो क्याँफे तिर। मक्कर साब र मेरो नंम्बरीहरु टेबलमा गफगर्दै रहेछन्। मक्कर साबले मर्स्याङ्दीमा फिसिङ गर्नु भएको फोटो भिडियो हेर्दै समयले गएको पत्तो नै पाएनछु मैले। 1815hrs निरा भान्जीले फोन गर्नु भयो। साब र नंम्बरीहरु संग बिदावरी भई कालो धुवाँको मुस्लो फ्याँक्दै सडकमा गुडेका सवारी साधनहरुलाई उछिन्दै मेरो ज्याङ्ग्राले मलाई 1830hrs कुराकानी गर्ने स्थानमा पुर्र्याएको थियो। 
---------------------------------------------------------------------------------------------------------------------------
निरा गुरुङ (D/O 4187) पाठशाला जाने उमेर भए पनि Mount Vernon भित्र भएको प्लेगाउण्डमा खेलेरै बिताईन्। । छोरालाई मात्र पाठशाला पठाउने प्रचलन भएकाले ।आफूसंग खेल्ने केटा साथीहरु पाठशाला गएको देख्दा। मलाई पनि पाठशाला जान औधी रुची हुन्थ्यो। झोला बोक्दै गएका साथीहरुलाई देखुन्जेल सम्म हेर्थे र  टोलाउदै बस्थे । सिङ्गापुरको केके अस्पतालमा जन्मेकी निरा भान्जी म संग यि कुराहरु भनि रहदा खिन्न भईन्। आफ्नो बाल्यकाल सम्झदा। केटीहरु जति स्कूल पढ्न नपठाए पछि बराण्डामा खेल्थ्यौ । कि प्ले गाउण्ड बाट खेल्दै कामपोङ्को झाडी भित्र छिर्ने रम्बुतान र दुरेनका रुखमा चढने । खोला खाल्सीमा गई फट्याङग्रा पुतली र माछा समात्दै दिनहरु बिताउथ्यौ त्यो बेलामा
फोटो साभार:- फेसबुक निरा


 केटाहरु मात्र पढन जान्थे अनौपचारिक गोर्खा चिल्ड्रेन पाठशालमा । सेवारत मामाहरुले नै पढाउनु हुन्थ्यो। मेरो बाबा गोर्खा चिल्ड्रेन स्कूलमा पढाउने गर्नु हुन्थ्यो। मेरो बाबा शिक्षक भएता पनि छोरीलाई पढाउनु पर्छ भन्ने सोचमा हुनुहुन्न थियो।मेरी आमा भने आफ्ना दुई हुर्कीसकेकी छोरीहरुलाई गोर्खा चिल्ड्रेन स्कूलमा पढाउनु पाए हुन्थ्यो भन्दै छरछिमेकका आफ्ना साथीहरु संग गफगाफ गर्दा भन्नु  हुन्थ्यो ।हामी सुनि बस्थ्यौ। छोरीलाई पढाएर के काम पैईला जानेलाई । काम छैन् छोरीलाई पढाएर। यस्ता उत्तर पाउदा धेरै दुःखी हुन्थिन मेरी आमा । मेरी छोरीहरुलाई स्कूल पठाउछु जसरी भए पनि। पठाउछु पठाउछु भनि अठोट गरिन्। म र मेरी बहिनीलाई गोर्खा चिल्ड्रेन पाठशालमा पढ्न पठाउन थाल्नु भयो। दुई छोरीहरुलाई स्कूल पढाउने आफ्नो त्यो औधी रुचिलाई पुरा गरिन्। आफ्ना छोरीहरु स्कूल गएकी देख्दा मख्ख पर्थिन्  मेरी आमा तर आफ्ना छिमेकीहरुले त्यो मख्ख परेकी देख्दा खिसी टिउरी गर्दथे कुरा काट्थे।

मैले गोर्खा चिल्ड्रेन स्कूलबाट अनौपचारिक शिक्षा पढाई पुरा गरे पछि आमाले मलाई लगिन भर्ना गर्नको लागि प्ले फेएर प्रार्थमिक विधालयमा। जाँच लिए पछि कक्षा चारमा भर्ना गरि दिए प्ले फेएर स्कूलले । उक्त बिधालयमा नेपाली छात्रा म मात्र थिए। उत्साह उमंग थियो बाहिर स्कूल पढ्न जानु पाउदा म आफैलाई र मेरी आमालाई पनि उत्तिकै। अतिरिक्त कृयाकलापमा एथलेक्टिसमा भाग लिन्थे। प्रार्थमिक बिधालयमा अध्ययन गर्दाका क्षण सम्झनु पर्दा। उहाँले भनिन् Governmentको N अक्षर छुटाउदा शिक्षकले पेन्सील मेरो दाहिने हातमा राखि च्यापि दिदा को। त्यो दुःखाई अझै सम्झदा पनि दुःखेको बताईन्। 
                                                            फोटो साभार:- फेसबुक निरा


अन्तर सेकण्डरी स्कूल खेलकुद प्रतियोगितामा प्ले फेएर स्कूलको प्रतिनिधित्व गरि हडल र ४०० मिटर ईभेन्टमा भाग लिदा सधै स्वर्ण पदक जितिन्थ्यो। रमाईलो थियो मेरो बिधार्थी जीवन भन्दै प्रफुलित हुँदै सुनाईन्। Mount Vernon Secondary School बाट सन् १९७३ सालमा ओ लेवल उतिर्ण गरे। Saints AndrewबाटJC १९७४/७५पुरा गरे ।१९७६/७७मा स्नातक अध्ययन समाप्त गर्न साथ निजामती सेवा पिपुल्स एक्सन मा सचिव पदमा काम गर्न थाले । आफ्नो युनिभर्सीटि अध्ययन कालखण्डमा पत्रमित्र गरेका बिभिन्न देशका मित्रहरु सिङ्गापुर आउदा उनीहरु संग घुमघाम गर्दाका तस्विरका एल्बम ब्याग बाट झिक्नु हुँदै पलटाउन थाल्नु भयो।बिगतका खिचेका रमाईला तस्विरहरु देखाउदै मलाई भनिन्। बिगत हाम्रो यस्तो थियो सिङ्गापुरमा। बिगतको सिङ्गापुरको भूगोल र भौतिक संरचना र सामाजिक रहन सहन मेरो लागि ति फोटोहरु नियाले पछि ईतिहास भयो।

बाल्यकालमा ७ स्टोन खेल धेरै खेलिन्थ्यो। हरेक आईतबार साझको ७ बजे ड्रिल सिडमा Black&White भिडियो हेर्नका लागि सुकुल लगेर बसिसकेका हुन्थ्यौ।Evening Walkमा आन्टिहरुको पछिपछि गफ सुन्दै हिड्दाको मज्जा अर्कै हुन्थ्यो ति झम्के साँझमा । आन्टिहरु लुंगी लगाएर जानेथे किनमेल गर्न । हामी पनि पच्छ्याउदै जान्थ्यौ। सिङ्गापुरमा ब्याण्डितहरुको बिगबिग थियो। सुरक्षामा खतरा भएकोले आन्टीहरुलाई बाहिर धेरै नजानु भन्थे। दशै चाडमा मार हेर्नु टिका लिन टिकाघर जानु। नयाँ लुगा लगाउनु र दशैको साँस्कृतिक कार्यक्रममा भान्जाहरु ड्रम र गीटार बजाउथे। हामीहरु भान्जी टोलीहरु नेपाली तथा हिन्दी गीतहरु गाना गाउथ्यौ र परेड स्वायरमा दशै उत्सव मनाउन भेला भएका मामाहरुलाई र आन्टिहरुलाई । हामीले भरपुर मनोरञ्जन दिन्थ्यौ। मामाहरु दशैको उत्सवमा बियर पिएर मातेर बस्थे नाँच्थे उबेलामा । तिहारमा हामीले भैलो र देउसीका गीत साथै  नेपाली गीतहरु अभ्यास गर्थ्यौ । आफ्नो आफ्नो समुदायको जातित्व पहिरण लगाई तिहारमा मादल बजाउदै आन्टिहरुको ढोकामा देउसी र भैलो भट्टयाउथ्यौ। दक्षिणाको साथमा सेलरोटी पनि दिन्थे ।
                                                       फोटो साभार:- फेसबुक निरा


सिंगापुरमा घुमघामका लागि कहा जानु हुन्थ्यो भनि सोधे। निरा भान्जीले अर्को फोटो एल्बम निकाल्नु भयो। म्याक्रेजी रिजभरHaw Per Villa ,Sentosa, East Cost Park, Singapore Zoo र Bukit Timah Hill  साथीहरु संग हाईकिङ गरेका फोटो हेरि सके पछि जवानाको सिङ्गापुर हेर्न पाए मैले भने। उहाँ मुसुक्क हाँस्नु भयो । खानपिन सम्झनु पर्दा उहाँले बताईन् । सिंगापुरमा ओहो खानाको बारेमा सम्झदा भाई कति हो कति चाईनिजको पोर्क राईस चिकन राईस मलेको रोजाक र नासिक लेमाक र ईन्डियनको रोटीपरट्टा खानाका लागि हामी लिटल ईन्डिया रोडमा जान्थ्यौ अनि लड्डु र जेरी पनि।

आफू जन्मेको हुर्केको खेलेको पढेको काम गरेको देशमा सबै चिजहरु कृतिम लागेको महसुस हुन थाल्यो । समय संग हिड्नु पर्ने काम गर्न पनि जाँगर नलागेको महसुस हुन थाल्दै जान लाग्यो। प्राकृतिक सौन्दर्यको देश अर्गानिक खान्की र स्वच्छ वतावरणमा रमाउन नेपाल फर्किने निर्णय साथीहरुलाई सुनाए। साथीहरुले नेपाल नजान आग्रह गर्दा पनि आफ्नो देश नेपाल फर्कने सोच बनाई छाडे र सन्१९७९डिसेम्वर महिनामा नेपाल फर्किए। सिंगापुर  छोड्नु अगिल्लो रात कस्तो भावना जागृत भएको थियो मैले प्रश्न गरे। कति बेला नेपाल पुग्ने । यो रात नभईदिएको भए म बिमान चढेर नेपाल पुगि सक्थे होला । मेरो दिमागमा नेपाल घुमिरहेको थियो। ममा छटपटी हुँदै थियो कति बेला नेपाल पुगौ पुगौ भनेर। अँह फिट्टिक्कै केहि सोचिन् केवल नेपाल मात्र।

 Singapore Changi Airport मा बिदाई गर्न आएका साथीहरु संग अंगालो मारि रहदा। अव तिमी हामी कहिले नभेटिने र नदेखिने भयौ भन्दै सबै साथीहरु भने। यो भनाई सुने पछि मेरो परेलीमा आँसु रसाएको थियो । मन भारी भएर आएको थियो।सबैको गला अवरुद्ध भयो आँसुले। आफ्नो आत्मियता साथीहरुलाई छोडेर आउदा दुःखको अनुभव भएको थियो  बल्ल बिमान स्थलमा। अहिलेको जस्तो काठमान्डु थिएन् त्यस बेला म आउदा। बिमान बाट त्रिभुवन बिमान स्थलमा ओर्लदा स्वच्छ चिसो वातावरण थियो। घमाईलो घाम लागेको थियो। फ्रेस भएको अनुभव गरे।  बिमान स्थल बाट अध्यागमन तिर हिडेर आउदा हर्षले बिभोर भएकी थिए।

ट्याक्सी चढेर घर जादै गर्दा वरिपरि पाताल बस्ति देखिन्थे। त्यस बेलाको घरको बनौट देख्दा रमाईलो  लागेको थियो। काठमान्डुमा एक हप्ता बस्दा किनमेल गर्न आफन्त संग गए। कोपी रायोको साँग फर्सी स्कुस् एकदमै ताजा तरकारीहरु देख्दा अनि किन्न पाउदा खुशीको सिमानै नाघेको थियो । गाउले जीवन बुझ्न उत्सुक्ता ममा कौतुहल बढ्दै थियो र राजधानीको एक हप्ते बसाई पश्चात। म मेरो बाबाको जन्म थलो लम्जुङ तिर लागे। पहिलो पल्टक आफ्नो गाउमा पाईला टेक्न पाउदा खुशीले गदगद भए । बिहानै उठ्दा मैले देखे। हिमालमा सूर्योदय र सूर्यास्त हुँदाका देखिने आकृतिले म लठ्ठै भएकी थिए। गाउमा तीन महिनामा बसेको थिए। डोको बोकेर खरवारीमा पुगे घास काँट्न। दाउरा तुलाउन गए जंगलमा। गाईबाख्रा चराउन लागे बनतिर। गाग्री लिएर  पधेरा पानी भर्न गए। घर लिपे। मही पारे। दुध दहि ध्यू को फ्रेस स्वाँद लिए। च्याख्लाको भात संग रायोको साँग खादाको स्वाँद। रोधी बस्न पनि गए। अहिले सम्म रोघीको सम्झना अझै मेरो दिमागमा बसिरहेको छ। गाउमा तीन महिना बसे पछि राजधानी फर्किए। गाउमा देखेका भोगेका कुराहरु सर्लक्कै सुनाए फोन गरि सिङ्गापुरमा भएका बहिनी र भाईलाई। अव तिमीहरु पनि सिंगापुर बस्ने होईन् छिट्टो आउ नेपाल भने ।

यति ट्राभल कम्पनीमा काम गर्न थाले। नेपाल आउदा म सिंगापुरका नागरिक थिए। नेपाल बसाईमा भिषा थप्दै बसे। भिषा थप्दिने काम यति ट्राभलले गर्दिन्थे। समय बित्दै थियो। त्यस पछि मैले  सिंगापुरको नागरिक्ता र राहादानी फिर्ता गरे र नेपाली नागरिक्ता लिए। मैले सोधे सिंगापुरको नागरिक्ता फिर्ता गर्दा थकथक लाग्दैन् प्रश्न नसकिदै भनिन् हाँसेर सजिलै उत्तर दिईन् म सिंगापुरमा जन्मे पनि मेरो बाबा आमा नेपाली हुन्। तसर्थ कुनै फिक्कर लाग्दैन्। मैले जे गरे ठिक गरे। म खुशी छु। नेपाल प्राकृतिक सौन्दर्यको मुहान हो। यहाँको भूमिलाई बयान गर्न सकिदैन।नेपालको हिमपर्वतमाल जारकोशे झाडी। यहाँका नदीनाला खोला पोखरी दह। टारबारीहरु कान्लाहरु अनि बस्तीहरु यस्तो  रमाईलो छ। नेपाल यति सुन्दर छ तर नेताजीहरुले जनतालाई परिक्षणको भाडो बनाए।
                                               फोटो साभार:- फेसबुक हिरा
           बाँया बाट बहिनी हिरा बिचमा दिदी निरा। ललितपुरको चिडियाघर 

 तीन वर्ष यती ट्राभलमा काम गरे । त्यस पछि निरन्तर INGO मा मुख्य कार्यकारीको कार्यभार सम्महाली काम गरिरहेकी छु। नेपाल बसाईमा किनमेल गर्न जादा होस वा अन्य कतै घुमघाम जादा भाषामा शुरुका दिनहरुमा मैले धेरै कठिनाई अप्ठ्यारो भोगेको थिए। त्रिभुवन विश्व बिध्यालयमा आर्ट बिषय लिई अध्ययन गरे । नेपाली बिषयमा दुई बर्ष सम्म अनुतिर्ण भए पनि मैले हरेस खाईन्। एम ए उतिर्ण गरि छाडे। सिंगापुरे भान्जा भान्जीका लागि बिदेशमा बस्नु भन्दा आफ्नै देशमा बसेर काम गर्दाको आनन्द अर्कै हुन्छ। प्राकृतिक सौन्दर्यमा रमाउनु। चाडपर्व ऋतिरिवाज र आफन्तहरु संग  बस्नुको आनन्द बेग्लै हुन्छ। कुराकानी गर्दे गर्दा उहाकी बहिनी हिरा आउनु भयो । मैले निरा भान्जी संग यतिमै गफगाफ समाप्त गरे। हिरा भान्जी संग कुराकानी गर्न थाले।  








1 comment:

  1. I still vividly remember her, she was full of life
    and bubbly. I still remember picnic in Gokarna area
    with her, Gita Gurung (used to be an air hostess) and friends.
    I had not seen her over 30 years but I have very fresh
    Memory of her. So sad to hear this news. May the departed soul rest in peace!

    ReplyDelete

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...