Total Pageviews

Monday, June 19, 2017

जय प्रकाश गुरुङको जीवन। आधा उमेर निन्द्रामै बित्यो ।




FM देखि चिया पसल हुँदै बसयात्रा मा धेरै गुञ्जने गीत आधा उमेर निन्द्रा बित्यो। यस गीतका रचनाकार जय प्रकाश गुरुङ संग गरिएको कुराकानी प्रस्तुत

 तपाईको परिचय ?
- म जय प्रकाश गुरुङ (१४२५२) सुदुर पूर्व ताप्लेजुङ फिलिङ गाबिस को खरीबोटे स्वदेशको परदेसी पल्टन घर भित्रको खाँटी सिपाही र घर देशको लाहुरे हुँ।
 लाहुरले हुनु भन्दा अगाडि के गर्नु हुनथ्यो ?
- अध्ययन र अध्यापन गर्ने गर्थे ।
 लाहुर मा जागिर खानु इच्छा की बाध्यता ?
- त्यति खेर धेरै नै इच्छा अहिले आएर वाध्यता नै भन्नु पर्ला ।
 कति सालमा गल्लामा नाम दर्ता गराउनु भयो ?
- २०४९ सलामा ।
 लाहुरेमा नाम पुकारिदा कस्तो अनुभव पाउनु भयो ?
- सिङगापुरे लाहुरे हुनु पाउदा पक्कै पनि हर्षले विभोर भएको थिए ।
 सिभिलिएन जीवन बाट आर्मी जीवनमा परिवर्तन हुँदा के कस्तो अनुभव पाउनु भयो ?
- एउटा सिभिल जीवनबाट आर्मी जीवनमा परिवर्तन हुँदा हरबखत अनुशासनको परिधिभित्र रहेर बस्नु पर्दा पक्कै पनि अप्ठेरो त हुन्छ नै तर अहिले आएर बानी परेको छ ।
 नौ महिनाको बेसिक तालिम कस्तो लाग्यो ? केहि विर्सन नसक्ने यादहरु छन् ?
- पल्टन घरमा नभई नहुने आधारभुत कुराहरु सिक्यौ जान्यौ र केही बिर्सने नसक्ने क्षणनहरु भन्नु पर्दा एकै छिन पनि फुर्सदको समय नपाउदा आत्तिन्थे सधैं कामको खापाखाप ।
 सिंगापुरमा जागिर खानु भएको कति वर्ष हुदै  ?
- अहो थाहा नपाई १५ बर्ष बितिसके छ ।
 प्रसंग परिवर्तन गरौ - 
 तपाईको पहिलो गीत कुन हो  -कसले संगीत  स्वर भरेका छन् ?
- मेरो पहिलो गीत चाहि "आधार" एल्वमको "आधा उमेर " जसमा पारस मुकारुङ ले संगीत भरेका र जगदीस समालले स्वर दिनु भएको छ ।
१० हाल सम्म कति वटा गीतहरु रेकर्ड गराई सक्नु भएको  ?एलबम  निकाल्नु भएको  कि?
- हालसम्म ९ वटा गीत रेकर्ड गराई सकेको छु । अब चाडै नै नयाँ एल्वम निकाल्ने तयारीमा छु ।
११ गीतहरु प्राय: दु: पिडाका छ्न् नि?
- म अलिक भावुक छु सायद त्यहि भएर होला ।
१२ तपाई गीत कति बेला लेख्नु हुन्छ नि
- एकान्त अनि मुड चलेको वेलामा ।
१३ हाल के गर्दै हुनुहुन्छ ?
- त्यहि हो नि पल्टन घरको ब्यस्तता ।
१४ तपाई राम्रो नाच्नु पनि हुन्छ कुन लाई बढि मनपराउनु हुन्छ गीत लेख्नुमा की नाच्नमा ?
- नाच्नु मेरो सोख हो । म गीत लेख्न नै रुचाउछु ।
१५ तपाई बिधार्थी जीवन देखिनै गीत लेख्नु  नाच्नु हुनथ्यो ?
- दुवै अलि अलि ।
१६ तपाईलाई मन पर्ने नेपाली गीतकार,संगीतकार  गायक को को हुन् ?
- गीतकार कालीप्रसाद रिजाल संगीतकार आलोक श्री गाएक आनन्द कार्की हुन् ।
१७ भविष्यमा के गर्ने लक्ष्य राख्नु भएको  ?
-- खासै लक्ष्य चाहि केहि छैन् । गीत लेखन मेरो रहर हो । समय पाउदा मनको बहलाई गीत मार्फत प्रस्फुटित पार्दै लाने छु ।
गीत संगीत के जस्तो लाग्छ ?
- एउटा सिर्जना मूलक स्रोत मात्र नभएर मान्छेको अच्यूतता भित्रबाट निस्किएको एउटा अभिब्यत्ती हो । त्यहिनै गीत संगीत जस्तो लाग्छ ।
आधार एल्बमा क-कस्ले संगीत र स्वर दिएका छन ?
- मेरो पहिलो एल्वमा "आधार" मा पारस मुकारुङ को संगीतमा यम बराल ,जगदीस समाल ,लासिमित राई ,कुवेर राई र लरेटो सिंह गायक गायिकाले स्वर दिनु भएको छ ।

तपाईले रचेको गीत रोज्नु पर्दा ?
- सबै गीत प्यारो लाग्छ नै तर कुनै कुनै गीत लेख्दा लेख्दै आफ्नो जीवन अनुरुप संग मिल्दो जुल्दो मनले चुन्ने खालको हुदो रहेछ । भन्नु पर्दा"मनको चाहना रहेछ अपुरो"  "आधा उमेर निन्द्रैमा बित्यो" यी गीतहरु आफैलाई मन पर्छ ।
आधा उमेर निन्द्रैमा नै बित्यो गीत लेख्नु कसको परिकल्पना गरी लेख्नु भएको ?
- एउटा सिंगो जीवनलाई परीकल्पना गर्दै परदेशी जीवनको कल्पना गरी लेखेको गीत हो ।
- एल्वको नाम आधार राख्नु को कारण

 हरेक मान्छे जीउनको लागि आधार चाहिन्छ । आधार बिना जीवन जीउन गाह्रो हुन्छ । त्यसैले आधार चुनेको हुँ ।


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...