Total Pageviews

Sunday, August 26, 2018

गोर्खा सैनिक भित्र हुर्केका निर्देशक मिलन चाम्स





मिलन चाम्लिङ राई (चाम्स) गोर्खा सैनिक भित्र बाट हुर्केका निर्देशक हुन्। उहाँ सन् १९९८ सालमा बृटिस गोर्खा सेनामा प्रवेष गर्नु भएको  थियो। उहाँको बारेमा मैले बृटिस गोर्खा बाट मासिक रुपले प्रकाशित पत्रिका पर्वते र BFBS Gurkha Radio बाट जान्ने मौका पाएको थिए। वास्तविक कथामा आधारित बोवीका निर्देशनलाई सिंगापुरमा रेड कार्पेट सोमा क्षणिक समय भेट्ने र छोटो अन्तरंग कुरा गर्न अवसर पाएको थिए। चलचित्र हेरे पछि मलाई Blogging गर्ने जोस चल्यो।

सफल निर्देशक बन्न धेरै आरोह अवरोहका थुम्काहरु उक्लिसकेका चाम्सले हाल सम्म  ७ वटा चलचित्र निर्देशन गरि सकेका छन्। मिलन चाम्सले छि: वा क्याँ झुर रहेछ भन्ने खालका चलचित्र बनाएन्। बरु नेपाली चलचित्र क्षेत्रमा फरक परिवेषका वास्तविक कथामा आधारित चलचित्र भित्राए। Blind Rocks र Bobby जस्ता चलचित्र। वास्तविक कथाका चलचित्र बनाएर दर्शकको मन जिते। नेपाली दर्शकले पनि अव वास्तविक कथा चलचित्र पनि रुचाउने रहेछन् भनेर प्रमाणित गरि दिए जाम्सले। चलचित्र लुटले नेपाली चलचित्र क्षेत्रलाई फरक बाटो देखाए दिए भने कबड्डीले नेपाली चलचित्र नहेर्ने दर्शक लाई पनि हल सम्म गएर हेर्न बानी बसाल्यो।

Saturday, August 25, 2018

हुम्लाको तलुङ फाँटमा पुग्दा




हुम्ला जिल्लाको लिमि भ्याल्लीमा अवस्थित तलुङको हिमाली वतावरणमा रमाउदा पुग्दा हामी औधी हर्षित भएका थियौ। हिल्सा देखि हिडेर ४ दिनमा पुग्न सकिने तलुङ फाँट पुग्दा हर्षको आँसु झर्ने गर्छ। हिडेको सबै थकान भुलाई दिन्छ। नेपाल र चाईनाको सिमाना लाप्चा देखि तलुङ सम्म 30KM सडकको ट्रयाक खनि सकेको छ। मौका मिल्यो भने जंगली घोडा  र जंगली याक नियाल्न पाईन्छ। आँखाले हेरि भ्याउने फाँटको बिचमा भोट खोला बग्ने गर्दछ। हिँउले पखालेर राखेका नाङ्गा र चिल्ला पर्वतमाला क्षितिज संग अंगालो हालेर बसेको देख्दा ईष्या लाग्ने गर्छ। भौतिक सुविधा अभाव भएता पनि प्राकृति शौन्दर्यको अदभुत खानी हुम्लाको लिमी भ्याल्लीको तलुङ फाँटमा फेरि पनि घुम्ने ईच्छा रहेको छ। समय मिलेलाएर एक पटक जाने छु। पदयात्रामा रहर हुने म संग यात्रा गर्न सक्नु हुने छ।

Friday, August 24, 2018

McPherson Park पुग्ने हो कि?



भर्खरै निर्मित म्याकपरशन पार्कमा कुदी सके पछि कुलडाउन गर्नुको आनन्द अर्कै हुन्छ। एक दशक अगाडि बिदादारीको पार्कमा दगुर्न र कुलडाउन  गर्दै कुरा लडाउनको समुह निक्कै ठुलो हुन्थ्यो र मोज पनि अर्कै हुन्थ्यो । उक्त स्थान हाल हाईराईज भवन निर्माण भईसकेकाले आजकाल कसरत गर्नका लागि म्याकपरशन पार्क र नाली गजबको स्थल बनेको छ। विहानको चिसो स्याँठी र साँझ पखको पवनमा बहदै कसरत गर्दा झनै अर्को बेजोडको महसुस हुन्छ।


Tuesday, August 21, 2018

Bidadari Park ,SINGAPORE



1700Hrs कसरत गर्न निस्क्यौ म पाखाली भ्याकुर र आदरणिय तिर्थ गुरुजी। बिदादारीको परिवर्तित भौगलिक स्वरुप नियाल्दै हिड्ने योजना भयो। अप्पर अलजुनिड रोडको पेटिका समात्दै हुत्तिदै गफ छाड्दै परिवर्तित भईसकेका र बिविध नाम पनि जनाई सकेका बिदादारीका गल्लिहरु जाहार्दै गर्दा त्यति चाहार्दा पनि नपुगेर अब! उडले हाईट तिरको भौगलिक दृष्य नियाल्न पनि जाउ भने पश्चात लमक्यौ ब्राडल रोड हुँदै उडलेको डाँडा लाई  एक चक्कर लगाउदै घर फर्कदा घोधुली साँझ हुन एक घण्टा बाँकी नै थियो। बिगतको बिदादारीको सम्झना आएकाले  एक झ्याप्प यसरि भिडियो ग्राफिगर्ने रहर जागृत हुँदा ।



सिंगापुरको Bedok Reservoir घुम्दा




आकासको पानी बाट निर्मित सिंगापोरमा १७ वटा रिजर्भर छन्। आज सपरिवारका साथ हाईकिङ्का लागि गएका थियौ बेदोक रिजर्भर।  रमाईलो वतावरणमा सुस्ताउदै एक फन्को लगाउदै 4.3किलो मिटरको दुरी छिचोल्यौ। 41.7 हेक्टर ओगटेको यस रिजर्भरमा धुम्रपान गर्न पाईदैन्। बिगतमा यस स्थानमा बालुवा खानी थियो। हाल मनमोहक दृष्य देख्न सकिन्छ।







Saturday, August 18, 2018

Great Himalaya Trail


Day-41
Ringmo(ShePhoksundo Lake)- Dunai(Dolpa)
रिङ्मो (सेफोक्सुण्डो ताल)- सैजाल, डोल्पा

21 August 2016















      कुनै जीव जन्तु बस्न नसक्ने नेपालको सबै भन्दा गहिरो शेफोक्सुण्डो तालमा एक पोज दिदा


0830Hrs उठे म। कोठा बाट बाहिर निस्कदा झलमल घाम लागेको थियो। चारै तिर नियाले । मन मनै वाँह क्याँ शान्त वतावरण भन्दैं क्षितिज संगै अंगालो मारेर बसेको शिखरमा जमेको हिउ हेरे। खुशीले गदगद हुँदै फोटोका लागि लेन्स घुमाउन थाले। तस्विर रहर पुगुञ्जेल सम्म खिचे । शौचालय बाट फर्कदा किशोर सर र बिशाल भान्जा दाँत मन्जन गरि रहेका देखे आगनमा। बेतोडको बिहान छ है दाई किशोर सरले भने। हो किशोर जी बिशाल भान्जाले थपे तर क्याँ बोर भयो हैन सभासद भनाउदाको कार्यकर्ताको आज रातीको हल्लाले। टाउको हल्लाउदै हो नि मैले भने।
                                            मनै लोभ्याउने फोक्सुण्डो झरना

जडिबुटीको चिया पिउदै चारैतिरको नाङ्गा पहाड र हिमालको दृष्य नियाल्दै घाम ताप्दै बसिरहदा सभासद धन बहादुर बुढा पनि चिया लिदै आगनमा आए। हात मिलायौ। परिचय गर्यौ। नेपाल घुम्न निस्केका भन्यौ। बधाई दिए । मौउरे लेक देखि दुनै हुँदै सेफोक्सुण्डो ताल सम्मका पदयात्राका रुट र सडकका बारेमा जिज्ञासा राख्यौ। राष्ट्रिय संञ्जाल सडकले अझै सदरमुकाम जोडिएको छैन्। तर थुप्रै ठाउमा टुक्रे सडक खनेका र खन्दै गरेका देख्यौ। यस्तो गर्नु भन्दा पहिला राष्ट्रिय सडक सदरमुकाम जोड्दा राम्रो हुन्थ्यो होला हैन र  सोध्यौ । सभासद यो बिषमा सहमत हुनु भयो ।
अव आउने बजेट देखि सदरमुकान जोड्नका लागि पुरै बजेट छुटाउने कुरा बताए। जितेको एक बर्ष पछि जनतालाई बधाई दिदै आएको हुँ । के गर्ने डोल्पाको भौगलिक कठिनाईले भनि रहदा मुसुक्क हाँस्यौ हामी र उहाँ पनि हाँस्नु भयो। मैले घडि हेरे 0900Hrs बजेको थियो। सेफोक्सुण्डो ताललाई अन्तिम बिदाई गर्न जाउ भनी सभासद लाई अहिले भेटौला भन्दै क्यामरा लिएर ताल तिर लाग्यौ। निलो तालको पानीलाई छोयौ। ठिर्याउने चिसो पानी थियो। फोटो खिच्यौ। तालको छेउमा पलेटी मारेर बस्यौ। २०मिनेट बसे पछि होटल तिर फर्कदा हिजो चिया खुवाउने बहिनीले फेरी चिया खाएर जाने निम्ता गरे । अर्को पाली आउदा खान आउला भन्दै बाटो लाग्यौ। राम्रो संग जानुहोला फेरि फेरि हाम्रो गाउ घुम्न आउनु होला भनिन्। पक्कै आउछौ भन्यौ। घाम सिधै झरिरहेको थियो। 

वाई वाई खाजा खायौ। सभासदको कार्यकर्ता छाती पिटी पिटी सिढीमा घाम ताप्दै लङ्गुर बुर्जा खेल्दै रमाईलो गरिरहेका देखिन्थे। 1100Hrs बजे खाएको बसेको 6810 रुपैयाँ तिर्यौ फेरी भेटौला भन्दै रिङ्मो गाउ बाट बाटो लाग्यौ। हिडेको २ मिनेटमा सभासद गाउलेको दलानमा गफगर्दै गरेको देख्यौ। उहाँले गफगाफ गर्न फेरि  डाक्नु भयो । दलानमा बस्यौ। बुढिया चिया बनाएर ल्याउत भने  साहुजीले। खान्न भन्यौ तर घुम्न निस्केका चिया खाएर जानु पर्छ भने साहुले। तपाई ब्राम्हण जस्तो देखिन्छ । श्रीमती फेरि लामा अनुहारको देखिन्छ कसरी बिहे भयो सोधे मैले। हाँस्दै भने मेरो घर चितवन हो। यिनी कान्छी श्रीमती जेठी चितवनमा बस्छिन्। चुनुवारमा शिक्षक हुँदा प्रेम बस्यो बिवाह भयो। अवकास भए पछि यतै रिङ्मोमा घर बनाईयो । पसल खोलेर बसेका छौ।  बेला बेलामा चितवन पनि जान्छु भनेर सुनाए। जडिबुटीको चिया दिईन् साहुनीले। धन्यवाद भन्दै चिया पियौ। सभासद धन बहादुरले अव दुनै देखि सेफोक्सुण्डो सम्म साईकिलिङ रुट बनाउने योजना सुनाए। फोक्सुण्डो खोलामा धेरै स्थानमा झोलुङ्गे पुल निमार्ण गर्ने बताए। राजनैतिक गफगाफ गर्यौ। बिदाई हुनु पुर्व साहुजीलाई चिया खुवाउनु भयो धन्यवाद भन्यौ। सभासद जी ले The Great Himalaya Trial सुवेच्छा दिनु हुँदै । यात्रा समाप्त भए पछि काठमाण्डु भेट हुने बाचा राख्दै मोबाईल नंम्बर साटा साट गर्यौ। हात मिलाउदै बिदा भयौ। आज आरामले छेप्का पुग्नु हुन्छ भने। हाम्रो योजना पनि छेप्का भन्दै  1130Hrs बाटो लाग्यौ। 

खुलेको दिन थियो। बादलको हुल कतै देखिदैन्थ्यो। चारै तिर निलो आकास मुनि नाङ्गा डाँडा र शिखरमा टिलिक्क हिँउ टल्केको देखिन्थ्यो। 1230Hrs भ्यू टावरमा आईपुग्यौ। थाकेको महसुस थिएन तर पसिना आएको थियो। १०मिनेट भ्यू टावर बाट फोक्सुण्डो झरना नियाल्यौ। ओरालो बाटो भएकाले थाकेको महसुस नभई चुनुवार गाउमा आईपुग्यौ। चिया नखाने सल्लाह भयो। सैजालमा खाना खाने भन्दै हिड्यौ । सैजाल पुग्दा 1330Hrs बजेको थियो। खाना पकाउन अडर दियौ। साहु साहुनी संग गफगाफ गर्दै जडिबुटीको चिया पिउदै बस्यौ।  पुछारमा फोक्सुण्डो खोला आफ्नै गतिमा बगेको देखिन्थ्यो । ४ जना गन्धर्वहरु आईपुगे र सारंगी रेट्दै गीत गाउन थाले। राष्ट्रिय कलाकार हुन भन्दै साहुनीले चामल र पैसा थालमा दान राखी दिए । लोक गीत सुन्दै आनन्द लिई रहयौ र दक्षिणा १००० हजार दियौ हामीले पनि। बिशाल भान्जा र किशोर सर ऊवाको तीन पाने पिउदै थिए। गन्धर्वहरुलाई  एक बतल तीन पाउने दियौ। घुट्को दिदै सारंगी रेट्दै गाउन थाले। खाना खाई सक्दा 1400Hrs बजे को थियो। हिड्न मन लागेन। अल्छी लागेकाले छेप्का पुग्ने योजना बनाएनौ । आज यतै बास बस्ने भन्यौ र साहुजीले रुममा झोल लगि दिए। कोठा सफा सुग्घर चिटिक बिस्तारहरु मिलाएका देखिन्थे।


म्याग्दीको बेनीबजार सम्म संगै जाने गन्धर्वहरुलाई सोध्यौ हामीले एक्कै स्वरमा जाने भने। ल आज यहिनै बस्ने भोलि हामी संगै जाने भन्यौ। ४ जना गन्धर्वले ३ बटल तीन पाने लडाई सकेका थिए। जति खान्छ दिनु होला साहुनीलाई भन्यौ हामीले । हल्का झिमझिम भईसकेका थिए गन्धर्वहरु। अब धेरै रक्सी खानु हुँदै यो भन्दा बढी ।यतिमात्र ठिक्क छ भने गन्धर्वहरुले। 1430 बजे सुत्न लाग्यौ र 1700Hrs उठ्यौ। चिया पिए मैले । भान्जा बिशाल र किशोर सरले ऊवाको तीन पाउने पिउदै र  गन्धर्वहरु पनि तीन पानेको गुट्का संगै सारंगी रेट्दै गीत गाउन थाले फेरि। साहु साहुनी पनि साँझको लागि खाना तयारी गर्दै गीत सुन्दै रमाईरहेका देखिन्थे । साँझको 1900Hrs खाना खायौ। गन्धर्वहरु पनि हल्लिने भईसकेका थिए। संगै बसेर खाना खायौ। भोलिको खाना कगेनीमा र आरामले दुनै पुगिन्दछ भन्दै  1930Hrs सुत्यौ हामी। बिशाल भान्जाले Mobile मा गुलाम अलीको किन किन तिम्रो तस्विर गीत सुन्दै गर्दा फुस्सै भए छौ हामी।






शेफोक्सुण्डो ताल नियाल्न लाग्दै


शेफोक्सुण्डो तालको नजिकै रहेको बस्ति रिङ्मो गाउ
शेफोक्सुण्डो तालको पानी निष्कासन हुने भाग


डोल्पाका सभासद बाँया बाट दोस्रो धन बहादुर बुढा र तेस्रोमा होटलका साहु संग रिङ्मो गाउमा

रिङ्मो गाउका नानीहरु
























ताल हेरेर होटल तर्फ फर्कदै हामी

रिङ्मो गाउको ढप्कै भएको आलु बारी






















































Monday, August 13, 2018

घुमिफिरी रुम्जाटार



घुमिफिरी रुम्जाटार भने झै ताईसेङ पनि यस्तो स्थल हो कि चौवाटो भनौ कि देउराली भनौ कि बतासे डाँड भनौ जे भनेता पनि रमाईलो हाटबजार हो हाम्रो । जहा पुगे आएर पनि ताईसेङ आउनु नै पर्ने हुन्छ। बतासे डाँडामा हावा संगै बयली खेल्दै गरेको महसुस गर्ने ठाँउ पनि हो। भाग्य परिक्षा गर्न चिठ्ठा पसलमा पुग्न, थकान बिर्साउन वा पसिना ओभाउदै कफि र हरियो सिसी रित्याउदै जाकप हान्दै गाउ ठाँउ बनाउने,समाजसेवी हुने देखि वडा सदस्य-अध्यक्ष र उद्यमी हुने बसी ब्याँलो स्थल पनि हो। जे भने पनि ताईसेङको गुण धेरै छ। We love you Tai Seng !

Sunday, August 12, 2018

५३ बर्षमा धान्नै नसक्ने गरि उन्नती गरे सिंगापुरले

सिंगापुरले ५३ बर्षमा थाम्नै नस्कने गरि उन्नती गरे। माछा मार्ने गाउलाई अहिले विश्वकै उत्कृष्ठ बस्न लायक शहर निर्माण गरे। सिंगापुर एअर फोर्सले आफ्नो उच्च प्रविधिका विमानहरु ५३ बर्ष पुगेको खुशीयालीमा आज मरिना बराजको आकासमा नाटक देखाउदा म मख्ख परे। घाम भने मान्छे पछार्ने खालको लागेको थियो।

 लडाका विमानले सेतो मुस्लो छाड्दै सिधै आकास तिर ताक्दै
लडाकु बिमानले पानको पातको आकृति निमार्ण गर्दै ।









मानव रहित बिमान


लामो जीउने ओखती



हिड्नु र कुदनु मेरो शौख हो। फुर्सद पाउदै बित्तिकै प्राय कसरत गर्न फुत्त निस्कि हाल्छु। लक्का जवान हुँदा मुर्छा हुने तरिकाले ज्यान बटारेर कुदने गर्थे। उमेर पनि डाँडा छुनै लाग्दा आजकाल स्वास्थ्य रहने खालका र शारिरीक परिक्षामा उतिर्ण हुने खालको कसरत गरिन्छ भन्नु पर्ला। बिगतमा बिदादारी पार्कमा कसरत गर्दा आनन्द लाग्थ्यो । बिदादारीको भौगलिक स्वरुप परिवर्तन भईसकाले आजभोलि कसरत गर्ने ईलाका पनि फेरिएर यस्तै गल्ली र दोबाटो तिर कसरत गरिन्छ। पिटपिटको निक्कै प्रख्यात छ कसरत गर्नका लागि।
                             
                              कसरतनै लामो जीउने ओखती हो हैन र ?

Thursday, August 9, 2018

टाईगर र चिठ्ठाको सम्झना



म्याकपरसन र अप्पर अल्जुनिड जङ्सनमा अवस्थित आईबिस होटलको अगाडिबाट चारै तिरको सम्झनाको लागि भिडियो खिचि रहदा बिगतको वरिपरिको दृष्य आँखा भरि नाचिरह्यो। हालको आईबिस होटल देखिएको मा विन्डोसर होटल थियो विगतमा । छेवैमा अल्जुनिड पार्क भएकाले विन्डोसर होटलको दलानमा चिठ्ठा किने पसल थियो। चिठ्ठा किन्यो गोजीमा राख्यो अल्जुनि पार्कमा कसरत गर्यौ। कुलडाउन गरि जुसेङ वरिपरी भएका हकर सेन्टरमा साममिगल र टाँईगरको रित्तो सिसी बनाई हरहर भएको आँतलाई शान्त बनाउदा पक्कै आत्मा फराकिलो हुन्थ्यो। गए ति दिनहरु । अव सम्झनामा सिमित।

Great Himalaya Trail

Day-40
Phapar Bari - Ringmo(ShePhoksundo Lake)
फापर बारी - रिङ्मो (सेफोक्सुण्डो ताल)
20 August 2016
 धेरैले गुणगान गाएको रारा ताल । धेरैले घुमेको फेवा ताल र अलि अलि सुनेको नेपालको सबै भन्दा गहिरो हिमताल सेफोक्सुण्डो तालमा पुग्दा  हर्षले चिच्याँएका थियौ हामी । 

0630Hrs ब्युझ्यौ । राती मज्जाले सुत्नै सकेनौ । मुसा कराउदै भाग्ने उफ्रिने र हामफालेको आवजले निन्द्रा खलबलाउने। थाकेको ज्यान भएकाले भुसुक्कै फेरि भुस हुने अनि कोचा कोच सुतेकाले बेमज्जाको सुताई भयौ हैन । निन्द्रा खल्बलियो हैन। बेरसिलो पारामा चडिबुटीको चिया पिउदै मैले बिशाल भान्जा र किशोर सरलाई भने। ज्यान मराकमुरुक्क गर्दै होनी अतिनै भयो आज रातीको सुताई बिशाल भाञ्जाले एक घुटको चिया पिउदै भने। GHT को यहि हो बिशेषता दाई चुरोटको धुवाँ उडाउदै किशोर सरले मन्द मुस्कानमा भने। डाँडा तिर पानी पर्दै गरेको देखिन्थे। वाई वाई खाजा खाई 3960 रुपैयाँ तिर 0730Hrs बाटो लाग्यौ ।




अक्करको मुनि काञ्जिरोवा हिमालको शिखर बाट पोखिएका हिउ बाट निर्मित सेफोक्सुण्डो ताल देख्दा हर्षले  मुर्क्षित भएका थियौ नि हौउ गाँठे हामी। 


उकालो ओरालो र भिरालो बाटोमा हिड्दै फोक्सुण्डो खोलाको बगरमा पुग्दा दुई हुल बिदेशी पर्यटकलाई भेट्यौ। नेपाली गाईड भाई संग गफगाफ गर्यौ। हामीलाई पदयात्राको शुवेच्क्षा दिदै छुटिए। 0830Hrs रेची गाउमा पुग्यौ। पारिलो घाम लागेको थियो। टेण्टमा चिया पसल चलाएकी साहुनीलाई वाई वाई बनाउन लगायौ। चिया पिउदै गर्दा रेची गाउको प्रार्थमिक स्कूलमा पढाउनु हुने काठमाण्डु निवासी गुरुआमा हामी संग गफगाफ गर्न आईन्। सुःख दुःखका गफगाफ गर्यौ। गुरुआमाको पेन्सन पाक्न लागेको रहेछ। अजंगको पहाडको खोचमा रेची बस्ती राम्रो लाग्यो।0930Hrs बाटो लाग्यौ । घाम मज्जाले लागेको थियो। पसिनाले ज्यान लुथ्रुक्कै भिजि सक्दा कागमारा र फोक्सुण्डो जाने दोबाटो भेट्यौ। झोलुङ्गे पुलको आडैमा थकाई मार्यौ। बेवारिसे गाँजाको झाँङ प्रशस्त देख्यौ। सैजालमा चिया पिउदै थकान मेटायौ। 

1030Hrs चुनुवारमा पुग्यौ। होटल झरनामा खाना पकाउन भन्यौ। चिया पिउदै थकान भुलाउदै थियौ। हावा सररर चलिरहेको थियो। पुछारमा फोक्सुण्डो खोला बगेको आवाज सुनिन्थ्यो र चाँदीको रंगको आकृतिमा बगेको देखिन्थ्यो। चारै तिर किला गाँडेको खाँवो झै राखेको अजंगका पर्वतमालाहरु आकासलाई छोएको जस्तै देखिन्थ्यो । सिधै पारी डढेलोले खाएको जंगल देखिन्थे। यिनै दृष्य नियाल्दै बसिरहेका थियौ। चुपचाप हामी।  प्रफुल्लित मुद्रामा हामी संग हात मिलाउदै उहाँहरुले आफैले परिचय दिदै भने हामी बिदेशी अनुदान बाट संञ्चालित स्कूलका शिक्षक हुँ भन्दै दुई जना शिक्षक हाम्रो टेवलमा  बसे। हामी तीन भाईले एक्कै स्वरमा  Great Himalaya Trail घुम्न निस्केका हौ भन्दा खुशी हुनु भयो ति शिक्षकहरु। नेपालीले पनि घुम्नु पर्छ। बधाई दिए हामीलाई। Great Himalaya Trail यो साल एक ग्रुप र भुईचलाो आउनु भन्दा निक्कै Great Himalaya Trail निस्केका बिदेशीहरुको ग्रुप हुन्थ्यो तर भुईचाल गए पछि शुन्य थियो। आक्पा शेर्पा पनि यहि बाटो भएर यात्रा गरेका कुरा बताए।  डोल्पाको घेरै भेगका बिधार्थीहरु होस्टेल बसेर पढेका रहेछन्। स्कूलका बारेमा कसरी चलेका छन् हामीलाई नालीबेली सुनाए। हामी उत्सुक्ताका साथ सुनि रह्यौ। 
यस रुटमा ट्रेकिङका लागि बजेट आउछन् तर के  गर्ने खाई हाल्छन् । देखिहाल्नु भयो कति ठाउमा काठको पुल । हिजो देखि हाल्नु भयो होला कगेनीमा खोलाले बगाएको पुल हाल्न आएको बजेट सबै झ्वाँम । त्यही ठाउमा हामी करिव १० मिनेट बाटो भुलेका थियौ हामीले भन्यौ। देख्दै गरेको राँगे राँगे भएको पहाडको बारेमा सोधे शिक्षकलाई । परापुर्वकालमा प्याँसले बाँघ सेफोक्सुण्डो तालमा पानी पिउनु झरेको रे त्यसैले त्यो पहाड ठ्याँक्कै बाँघ झर्दै गरेको आकृतिमा छ ल हेर्नुस त भनेर उहाँले हामीलाई देखाउनु भयो। साँच्चै हो रहेछ। उस्तै आकृति देख्यौ। तालको गहिराई कति छ हामीले सोध्यौ। खै अमेरिकन र जापानीज टोलिले आफ्नै खालको गहिराई मापन हामीले सुनेको छौ। ३०० मिटर र १५०मिटर गहिराई। कति छ हामीलाई पनि आज सम्म यकिन छैन्। भुईचाल गएको कम्पनको त दुईखाले मापन छ हाम्रो देशको भनेर हल्का ब्याग्य गरे। अनि सबै हाँस्यौ हामी। कसरी लागेको थियो डढेलो पारी देखिएको पाटालाई देखाउदै हामीले सोध्यौ। सिकार खेल्नेले डढेलो लगाएको कुरा सुनाए। 

भोटे लवजमा साहुनीले भनिन् सरहरु पनि चिया खाने हो? चिया हैन अर्को चाहि खाने हो? सरहरु भएर रक्सी खाने साहुनीले भनिन्। आज स्कूल बिदा रक्सी खादा केहि हुँदै हाँस्दै सरहरुले भने। बजाई दिनुस सर हामीले पनि थप्यौ। सरहरु रक्सीको घुट्का हामी भने खाना ड्याँङ कि ड्याँङ दिन थाल्यौ । 1230Hrs चुनुवार बाट बाटो लाग्यौ। घाम सिधै झरिरहेको थियो। हावा बेतोडले चलिरहेको थियो। कतै कतै ठाउमा हामीलाई धकेलेको जस्तो लाग्थ्यो। उकालो बाटोमा खुईयाँ गर्दै उक्लदा भ्यू टार देख्यौ। सेफोक्सुण्डो खोलाको पानीको मुस्लो झरेको देख्दा खुशीले मुर्क्षित भयौ। खुशीले चिच्यायौ। फोटो खिच्यौ। राँगे राँगे पहाड नजिक बाट देखिन्थ्यो। भ्यूटावर बाट अविरल खसेको झरना तल देखिन्थ्यो भने सिधै पर नियाल्दा अचल भएर निलो सेफोक्सुण्डो ताल र राँगे राँगे देखिने पर्वतमाला आँखै भरि देखिदो रहेछ भन्दै वाई वाई को साथमा चक्लेट खादै 30मिनेट थकाई मार्यौ। अवको बाटो भने सिधै तेर्स्रो रहेछ भन्दै गफिदै लेकाली वातावरणमा रमाउदै रोजेको खोजेको सेफोक्सुण्डो ताल नजिक आईपु्ग्यो भन्दै ठट्टा गर्दै 1500Hrs बजे रिङ्मो गाउमा पुग्यौ।












डोल्पाको सेफोक्सुण्डो तालको सुन्दरता देखेर मख्ख र दंग भएका थियौ। फोटो र भिडियो हेरेको भन्दा आज आफै यस ठाँउमा आईपुग्दा खुशीले सातोनै गयो भन्दै जोग हान्दै फोटो खिच्दा ।  नेपालको सबै भन्दा गहिरो ताल । 

होटल लामा मा झोला बिसायौ। चिया पिउदै थकान मेटायौ।वाई वाई खाजा बनाउन लगायौ। खुलेको दिन थियो। नाँगा पाखामा घामको ओझेल लागेको देखिन्थ्यो।वाई पाक्दै गर्दा वरिपरिका गाउको आगन तिर घुम्न निस्क्यौ। लहलह भएको आलु बारी टन्न देख्थ्यौ। आलुको बोट घुँडा भन्दा अग्लो देखिन्थे। चार पाँच घरको आगन डुले पछि वाई वाई खानका लागि फर्क्यौ। वाई वाई बजाए पछि क्यामरा लिई सेफोक्सुण्डो तालको किनारी तिर निस्क्यौ। फोटो खिच्यौ। ढलपल नगरी बसेको निलो ताल रहर पुगुञ्जेल हेर्यौ पलेटी कसेर।

तालको किनारी बाट फर्कदा टेण्ट टाँगेर चिया पसल खोलेकी शेर्पेनी सोल्टेनीले जाडो र हावा चल्दै छ । चिया खाना आउनुहोस भन्दै डाकिन् शेर्पा लवजमा । हाँस्दै हामी ३ हलभाई चिया पिउन छिर्यौ। न्यानो टेम्बु भित्र गफगाफ गर्दै दुई दुई कप भोटे चिया दनकायौ। सिजनमा रिङ्मोमा चिया पसल खोल्छु बेसिजनमा दुनैमा जाने गर्छु। (सेफोक्सुण्डो तालको वरिपरि भएको बस्तिलाई रिग्ङमो गाउ भनिदो रहेछ)। बिहे भयो ? पैसा कमाए पछि मात्र बिहे गर्ने हाँस्दै उत्तर दिईन्। त्यो पनि ठिक बिचार हो हामीलई थप्यौ हाँस्दै। ५०० रुपैयाँ दिई होटल तिर फर्क्यौ। घाम डुबि सकेको थियो। सिउ सिउ जाडो बढ्न थालेको थियो। 

आगनमा निकुञ्जका रेञ्जरले केरकार गर्दै गरेका देख्यौ। मोटर साईकलको ब्रेकको तारको गुजिल्टा र एउटा कस्तुरी पासोमा परेको कुरा सुनौ। लामा होटलको घर बनाउदै गरेका ३ जना कर्मीहरुलाई सोधपुज गर्दै गरिरहेका थिए। साँझको खाना ७ बजे खायौ। बिस्तारमा ढल्कदा ८ बजेको थियो। झ्याँप्पै निदाए छौ। साँझको १०बजे  घोडा हिडेको घण्टीले ब्यूँ झिए म । हल्ला गर्दै ल सभासद आउदै छ । खाना र भाले काट्नु पर्यौ भन्ने सुनियो ।आज घेरै हिडियो भन्दै सभासद धन बहादुर बुढाको आवाज सुनियो। ल बधाई छ मित बाउ तपाईहरुले मलाई भोट दिएर जिताई दिनु भयो धेरै धन्यवाद । ब्यस्त भएर आउन पाईन्। माथिल्लो डोल्पा हुँदै आज १ महिमा रिङ्मो आईपुग्यो भन्दै धन बहादुर बुढाको थकित आवाजको लवज सुनिन्थ्यो। निक्कै हल्ला खल्ला गर्दै गफ गर्दै  थिए। ज्यान थाकेर होला फेरि म भुसुक्कै निदाए छु।
किशोर सर र म सैजालको बनपाखामा थकान मेटाउदै गर्दा ।



















                                            चुनुवारको वरिपरिको दृष्य
                      थकित मुद्रामा बिशाल भान्जा र किशोर सर

                                              झरना होटलको क्याम्पिङ गर्ने चौउर

                                               भ्यूटावर बाट देखिने बिशाल अक्कर


उकालो बाटो मा कछुवाको गतिमा हामी

                               भ्यू टावर बाट देखिने नाङ्गा पहाडको श्रृखला
                                           चारै तिर यस्ता दृष्य देख्दा हर्षित भएा थियौ।
                                      बिशाल भान्जा थकित मुद्रामा फोक्सुण्डो झरना नियाल्नु हुँदै
                                               भ्यू टावर बाट नाङ्गा पहाडलाई नियाल्दा
                                                                 फोक्सुण्डो झरना
                                                                भ्यू टावर बाट नियाल्दा
                                     वाँ क्या दामी वतावरण भन्दै मख्ख भएका थियौ।
                       सेफोक्सुण्डो ताललाई लुकाएर राख्ने यि बाँधका दृष्यलाई नियाल्दा
रिङ्मो गाउमा पुग्न लाग्दा लोभ लाग्ने जंगलको बिच बाट बग्दै सेफोक्सुण्डोको सङ्लो पानी


  

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...