Total Pageviews

Tuesday, September 24, 2019

पल्टन भित्रको कथा


                                                       पल्टन भित्रको कथा



मेरो बंशजमा पहिलो र दोस्रो युद्ध देखि ब्रुनाई कनफ्रन्ट्रेसन र फकल्याण्ड लडाईका युद्ध पात्र भोगेका बाजेहरु र बडाबाउ हुनुहुन्थ्यो। परिवारमा लाहुरे हुने परम्परा भए पछि जीवन शैली परिवर्तन गर्न म पनि पोखरा हुँदै सिंगापुर गोर्खा प्रहरी सेवामा प्रवेष गरेको थिए । हिजै जस्तो लाग्थ्यो पल्टन प्रवेष गरेको औला भाच्दा २४ बर्ष भईसके छ ।  प्रवासमा पर्वको बिशेष महत्व हुन्छ। परिवार र गाउटोल देखि टाढा रहदा चाडबाडमा गाउघरका सम्झनाहरु बाँड्न गुरुजी देखि नंम्बरी र भाईहरु संग मध्यपान र पिय पदार्थका साथमा भलाकुसारी गर्न बडो आनन्द हुने गर्दछ। बिशेषत दशै मा खुब मोज हुने गर्दछ । दशै पर्व  हाम्रो प्राङ्गनमा भित्रिन्छ बिगतको सम्झनाहरु झल्यास फर्काउछ। बिगत र वर्तमानका  दशै पर्वको उत्सब मनाउदाका सम्झनाका लागि ब्लगिङ गर्दै छु। 
                                        कभर गीत:- कलिलो तामालाई

२४ बर्ष अगाडि,परेड स्वायरको भित्तामा सामान्य स्टेज बनाईएको हुन्थ्यो र ड्रिल सेडमा तस्विर खिच्नका लागि लरेन्सको बुथ हुन्थे। गोधुली सन्ध्याको उपस्थिति संगै नंम्वरवाला लामो बाहुला वाले सर्टमा टाई चिटिक्क झुण्ड्याउनु पर्ने र छुरा जस्तै देखिने धार भएको पाईन्ट टक्क लगाई चट्के जस्तै देखिनु पर्ने(टन आउट एण्ड बेरिङ्) अनिवार्य वा नेपाली पोशाकमा हुनु पर्ने र  दिदीहरु लामो बाहुला वाला चौबन्दी चोलीमा र साडीमा सजिएको हुनु पर्ने अनुशासन थियो। स्पोर्ट लाईटको दुधे रंगको प्रकास मुनि सबै हर्षित मुद्रामा उपस्थित हुन्थे। दशै पर्व आउन २ महिना अगाडी कम्पनी मेजर गुरुजीलाई दशैको शुवेच्छाको कार्ड अडर गरि दशै पर्व आउन एक महिना अगाडि सिंगापुर पोष्ट बाट दशैको ग्रिटिङ्स पोष्ट गरि नेपालका आफन्त देखि ईष्टमित्रहरुलाई पठाउने प्रचलन थिए।

Happy Dashai भन्दै हात मिलाउने प्रचलन थिएन्। ओसी साब र जीएम साब बाट ड्राफ्ट बियरको टोस गरे पश्चात एक्कै स्वरमा खुशीको चिच्याँहटबाट Happy Dashai भन्दै ड्राफ्ट बियरको घुट्को लगाउथे। पल्टन भित्रकै प्रतिभा भएका कलाकारहरु बाट मादल ठोक्ने देखि सारंगीको रेटाई संगै गायन देखि नृत्य र प्रहशन हुन्थे । पलेटी मारी ड्राफ्ट बियर पिउदै तालिपिट्दै त कोहि नाच्दै रमाईलो गर्ने गर्थे।  समयले कोल्टे फेर्दै जादा सिक्ने र सिकाउदै यहाँ सम्म आईपुग्दा हालमा आफ्ना आफ्ना जातित्वको भेषभुषाको पहिरणमा गएको देख्दा गजब लाग्छ। तीन चरणमा दशै पर्व मनाउने राम्रो चलन बसेको छ आजकाल। पर्वले बर्षैभरि कामको खापाखाप बाट केहि समय मनोरञ्जनले मगज हल्का महसुस हुन्छ। सुविधा सम्पन्न स्टेजमा नेपाली मौलिक बाजागाज देखि पश्चेमेली बाद्यवाधन बजाउन जानेका शीपालु र पोख्त भाईहरुको कलात्मक ढंग बाट गायन,नृत्य र धुनहरुको प्रदर्शनमा दशै चाँड हर्ष उल्लासका साथ मनाउनु पाउदा खुशीले छाती फराकिलो हुन्छ। गौरव लाग्छ। हर्षको आँसु परेलीमा छछल्किने गर्दछ मलाई। 

बिगतमा एकमात्र नेपालको झझल्का दिने तुल हुन्थे। हालमा नेपाल र सिंगापुरको स्मृतिमा आईरहने खालका प्राकृतिक सौन्दर्य झल्कने तीन देखि चार वटा तुलहरु पृष्ठभूमिमा राख्दै पारिवारिक देखि नंम्बरीहरु सामुहिक तस्विर खिची स्वदेश तथा बिदेशमा रहेका आफन्तका लागि सामाजिक संञ्जालमा राखी दशै पर्वका खुशीयाली तस्विर देख्न पाउदा बडो काईदा लाग्छ। बिगतमा दशै पर्वमा दिदीहरु एक झुरुप भएर बस्थे। गुरुजीहरु भने भरपुर दशै पर्वको खुशी साटासाट गरेका देखिन्थे। 
आजकाल तीन चरणमा दशै पर्व मनाईने हुनाले बिगतका जस्तै एक झुरुप भएर बस्ने चलन बिलय भईसकेको छ। आधुनिक युगका बहिनीहरुले पहिरण गरिने भेषभुषा पनि परिवर्तन भईसकेको छ। वालबच्चा स्कूल पठाउ ल्याउ भान्सा र चौकासको एकनासो काम बाट केहि समय मुक्त हुनका लागि तीन चरणमा दशै पर्व मनाउने प्रकृया भएकाले प्रफुलित र हर्षित मुद्रामा तस्विर र भिडियो खिच्नमा आतुर भएको दृष्य बहिनीहरमा देख्न पाउदा हर्ष विभोर हुन्छु म। कलामा औधि रुचीकर भएका बहिनीहरुले टिक टक सामाजिक संञ्चालमा अपलोड गरेका पर्वका तिनै भिडियो नियाल्न पाउदा गौरव लाग्छ मलाई ।  यस्तै झझल्कोका कोशेली सम्झदै आउदो साल फर्कदै छु नेपाल। स्पन्दनमा पल्टन भित्रका साईनो सम्झदै बाँचुञ्जेल संकल्प राख्दै । बडा दशै 2076 शुभकामना  
             पल्टन घर भित्रका प्रतिभा भएका कलाकारहरु बाट कभर गीत:- तालको पानी । 



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...