Total Pageviews

Tuesday, August 1, 2017

Singapore बाट फर्के पछि हिमाल देखेर बिदेश गएर पढ्ने रहर लागेन । डक्टर सुनिता पुन(D/O9150)

डक्टर सुनिता पुन (D/O 9150)
स्थान कोटेश्वर
Time:-1600Hrs
26 Dec 2012 

पृष्ठभूमि :- पुष महिना भए पनि दिन खुलेलको थियो। आकास सफा र निलो देखिन्थ्यो चारै तिर। क्षितिज संगै दौतरी भएर उभिएको देखिन्थे फुलचोकीको चुचुरो र ककनीको डाँडा। नजिकै अन्तर राष्ट्रिय बिमान स्थल भएकाले बिमानको चर्को आवाज सुनिन्थ्यो। सिङ्गापुर गोर्खा पोलि क्लिनिकका सचिव मिनेश्वर राई (9753) साब ज्यूले सुनिता र ज्ञानु भान्जी संग नेपाल बसाईको अनुभुति सुन्नका लागि 1600Hrs मेरा लागि   समय मिलाई दिनु भएको थियो ।  


डक्टर सुनिता पुन
डक्टर सुनिता पुन(D/O 9150) भान्जी संग कुराकानी गर्न शुरुमा मैले सोधेको थिए। दिनहरु कसरी बिताउदै हुनुहुन्छ आजकाल ? बिहान ८ बजे घरबाट निस्कन्छु पुलिस अस्पतालमा ३ बजे सम्म बिरामीको सेवा गर्छु। त्यस पछि सिङ्गापुर  गोर्खा पोलि क्लिनिकमा दिउसो ४बजे देखि साँझको ७ बजे सम्म बिरामीको उपचार गर्छु। घर साँझको ८ बजे पुग्छु । दिनभरी कामै काम मा बित्छ। घर आयो अस्पताल गयो यसरी आजकाल दिनहरु बित्दै छ मामा।

के तपाई डक्टर बन्छु भन्ने सपना लिनु भएको थियो र डक्टर बन्नका लागि गर्नु भएका संघर्षका कथाहरु बताई  दिनु हुन्छ भनि कुरा राख्दा।  दाहिने हातले कपाल मिलाउदै भनिन्। बाबा पेन्सन आउनु भए पछि ए लेवल पढे बिज्ञान बिषय लिएर। डक्टर बन्छु भनेर होईन्। म आउदा भर्खर ए लेवलको अध्यापन हुन थालेको थियो। शिक्षक कक्षामा नेपाली भाषा मा प्राय जसो पढाउनु हुन्थ्यो।नेपाली भाषाले गर्दा मलाई धेरै समस्या भएको थियो ए लेवल पढ्दा खेरी । तिमीहरु बसमा आउछौ कि के गरि आउछौ साधरण प्रश्न सोध्दा जवाफ दिदैन् थिए कक्षाका साथीहरुले। मैले बोलेको नेपाली लवज नबुझेर चुपचाप बस्थे। बेला बेलामा बैराग लाग्थ्यो नेपाली भाषाको कारणले। तर पनि मैले साथीहरु संग अन्तरकृया गर्न छाडिन् नेपाली भाषा बोल्न। नबुझेका कुराहरु हात उठाएर सोधी हाल्थे।चित्त नबुझेका कुराहरु सिङ्गापुरको शिक्षा पद्धति संग तुलना  गर्थे र शिक्षकलाई सुनाउथे कक्षामा। ए लेव पास भए पछि बाबाले बिदेश पढ्न जाने भए जाउ भन्नु भयो तर म गईन किनभने हिमालहरु देखेर मलाई नेपाल छोडेर बिदेश पढ्न जान मन लागेन। डक्टर नै बन्छु भन्ने सपना बोकेको पनि थिएन् मैले। 

ए लेवल पास भए पछि अब के पढ्ने भन्दा MBBS पढ्नु पर्यो भनेर प्रवेशिका परिक्षा दिए नाम निकल्यो। साँढे पाँच बर्ष कडा मिहेनत र परिश्रम गरि  पास गरे। ईन्टन क्रिस्ट अस्पताल मा गरे । ईन्टन सके पछि एक बर्ष क्रिस्ट अस्पतालमा सेवा गरे। नेपाल प्रहरी अस्पतालले  डक्टरको भ्याकेन्सी खोलेको थियो। एक नंम्बरमा नाम निकाले। हाल नेपाल प्रहरी अस्पतालमा फुल टाई सेवार छु र बाँकी बचेको समय सिङ्गापुर पोलि क्लिनिकमा सेवा गरिरहेकी छु। सिङ्गापुर पोलि क्लिनिकमा कसरी सेवा गर्नु आउनु भयो मैले जिज्ञासा राख्दा। सिङ्गापुरेमा मामा बाबाको नंम्बरी ध्रुर्व मामा मार्फत । छेमा र मामाहरुलाई सेवा गर्न पाउदा यस क्लिनिकमा असाध्यै खुशी लाग्छ। फुर्सदमा कहाँ घुम्न जानु हुन्छ भनी सोधे। हल्का मुस्कुराउदै मेरो घुमघाम भनेकै पुलिस अस्पताल बाट काम सकेर सिङगापुर पोलि क्लिनिक आउदा बाटामा घुमघाम हो र सपिङ भनेको पनि तिनै गल्ली तिरका हुन्छ। समान  मन पर्यौ भने त्यतै समान किन्दै आउछु।

सिङगापुरमा बस्दा को जीवन शैली सम्झनु पर्दा  कसरी सम्झनु हुन्छ भान्जी कुरा राख्दा। केहि क्षण गहिरिदै सिङ्गापुरको सम्झना भन्न थालिन्। सिङ्गापुरको केके प्रसुती गृहमा जन्मेकी हुँ। ईलिङ प्राईमरी स्कूल हुँदै अप्पर अलजुनिड सेकण्डरी स्कूल बाट ओ लेवल पास गरेकी थिए। स्कूलको अतिरिक्त कृयाकलापमा नेटबलको क्याप्टेन थिए म। ओ लेवल दिए पछि पनि नेटबल राम्रो खेल्ने भएकाले नेटबल कोचिङ गरेकी थिए म पढेको सेकण्डरी स्कूलमागोर्खा गल्स क्लबमा गई साथीहरु संग गफगाफ गर्ने र खेल्ने पनि गर्थ्यौ गल्स क्लबको कार्यक्रम हुँदा साथीहरु संग नाच्थे पनि म। दिदी र आण्टीहरु  संग हाईकिङ जान्थ्यौ स्कूल बिदाको समयमा सिङ्गापुरको  सोयाबिन मिल्क मेरो मन पर्ने ड्रिङ्स थियो। कस्तो खान मन लाग्छ तर नेपालमा पाईदैन । जुसेङ र ताईसिङ्गमा रोटीपराट्टा खान गईन्थ्यो। सेन्तोषा घुम्न गईन्थ्यो समय समयमा साथीहरु संग।

नेपाल आउनु भन्दा अगाडि गोर्खा चिल्ड्रन स्कूलमा रात्री कक्षा नेपाली भाषा कक्षा पढ्न जानुहोस। धेरै सहयोग पुग्छ। नेपाल बिदामा आउनु हुँदा बाबा आमाले घुमाउनु ल्याउनु हुँदा राम्रो होला। नेपालको बिषयमा बेला बेलामा सुनाउदै गर्दा राम्रो होलाकी र नेपाल फर्कि सकेका भान्जा भान्जीहरु संग भेटघाट गरि अन्तरकृया गर्दा अझ थप  राम्रो हुन्छ होला। गफगाफको अन्तिममा सिङ्गापुरे भान्जा भान्जीका लागि सुझाब दिईन् ।



बाँया बाट स्टाफ नर्स ज्ञानु पुन(D/O 9057)  र डक्टर सुजिता पुन(D/O 9150) । फोटो:- पाखाली भ्याकुर



No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...