Total Pageviews

Wednesday, August 2, 2017

नेपाली भएर कञ्चनपुर जिल्ला पुग्नु नै पर्ने

कञ्चनपुर जिल्लाका हर्ष र बिष्मात बनाउने स्थलहरु
§  शुक्लाफाँटा आरक्ष:- प्रकृति प्रेमीहरुका लागि आँखाले नभ्याउने फाँटामा बाह्रसिङ्गेको हुल उफ्रदै हिडेको दृष्यालोकन गर्न ।
§  अंग्रेज उपनिबेस समयमा निर्मित शारदा ब्यारेज:- बाँधको पानी भारत तिर बगेको देख्दा दृयालोकनको अवधिभरि मन फिक्काको अनुभव लिन् ।
§  महाकाली नदीमा निर्मित झोलुङ्गे पुल:- महाकाली नदी पारि चाँदनी र दोधारा गाबिस नियाल्नु पुग्दा उराठ बगर देख्दा भत्तभति मन पोल्छ पाईने अनुभव लिन्।
§  महाकाली नदी पारी चाँदनी र दोधारा गाविस:- कञ्चनपुर पुगे पछि चाँदनी र दोधार घुमेर फर्कन्छन् नेपालीहरु । एेतिहासिक गाबिस हो नेपालको ।
§  टनकपुर ब्यारेज:- टनकपुर शहरको हरियाली भूमि पानीमा ढलपलढल गरि छाँया देख्दा मन छिया छिया  भएकोअनुभव गर्नलाई ।
§  झिलिमिली ताल:- महाभारतको डाडामा अवस्थित सफा तालमा पातपतिङ्गर नतैरिएको देख्दा कामको तनाब बाट मुक्त हुनका लागि। तर यो तालमा सजिलो भनै छैन् पुग्नलाई ।


31Oct 2012 जंग बहादुर राणाको बहादुरीले अंग्रेजलाई रिझाए पछि फिर्ता फाएको भूमि बाँके बिर्दिया कैलाली र कञ्चनपुर जिल्लाको पर्यटकिय स्थल घुम्ने जोसले हरहर भएको आतलाई  0630Hrs बुटवल बसपार्क ७२७ रुपैयाँ एतर्फी बसभाडा तिरी कञ्चनपुर तर्फ गुडे। बसपार्क सम्म भान्जा किसान को मोटरबाईकमा आए। गाडिले गति लिनु पर्नेमा यात्रु बटुल्दै ओराल्दै कुनै ठाउमा पर्खदै साँझको 1830hrs कञ्चनपुरको बस स्टपमा ओराल्यो। कञ्चनपुर घुमघाम गरि फर्केका मेरा मामा तिर्थ थापा को सुझाबमा म होटल ‌ओपरा सोध्दै खोज्दै पुगे साँझको 1900hrs बजे । तातो पानी एअरकण्डिसन सिंग्ल कोठालाई रातको ७०० रुपैयाँ पर्ने रोजे। गाडीको थकानलाई भगाउन स्नान गरे पश्चाचत डाईनिङ हलमा प्रवेष गरे। रेड वाईनको चुस्कि लिदै गर्दा एक हुल भारतिय मुलका पर्यटक मेरो छेवैको टेवलमा बसे। चिसो शान्त वातावरणमा होटलमा धेरै आगन्तु नभएकाले वेटर भाई बैनीहरु फुर्सदै देखिन्थे । गफ गर्दा सुदुरपश्चिमाको भाषाको लवज  मैले बुझ्न सकिरहेको थिैईन् बेला बेलामा । चाँदनी दोधारा शुक्लाफाँटा आरक्ष सारदा ब्यारेज र टनकपुर ब्यारेज घुम्नको लागि जानकारी लिदा । अहिले खाना लिईसके पछि रिसेप्सनको ब्यक्ति संग ती स्थानमा घुमाउने ड्राईभर संग चिनजानी भएको कुरा बताए वेटर भाईले। खाना खाई सके पछि रिसेप्सनमा गए । नेपाली ५हजार रुपैयाँमा भोलि दिनभरि घुमाउने पक्का गरे पछि कोठा तिर लागे।
01Nov 2012 0600hrs होटलको कारपार्कमा जीपले मलाई पर्खि रहेको रहेछ । बाईरोडको बाटोमा गफगर्दै दाया बाया ज्यानलाई हल्लाउदै महाकाली नदीको झोलुङ्गे पुलमा 0630hrs पुग्यौ। ड्राईभर भाई संग गफिदै झोलुङ्गे पुलमा हिड्न थाल्यौ । आँखाले नभ्याउने महाकाली नदीको बैराग लाग्ने बगर देख्न साथ मन गलेर आयो। फट्याङग्राले उफ्रेर पारि पुग्ने सुठनीको लहराको त्यान्त्रा जत्रो पानी सुलुलु बगेको देख्दा ड्राईभर भाईलाई भने न्तरराष्ट्रिय नियम अनुसार नहर ब्यारेज बनाउदा केहि भाग पानी आफ्नै स्थान बग्ने नियम नभएको भए छिमेकी राष्ट्रले सबै सोहोरेर लैजाने रहेछ नी  । एक महिना भयो दाई शारदा ब्यारेजलाई देखाउदै त्यसको केहि तल मलामीलाई भारतीयले ब्यारेजको ढोका ह्वात्तै खोल्दे बीस पचिस जना मान्छेलाई बगायो । प्रहरी र शसस्त्रले उद्धार गरे । हामीलाई साह्रैनै दुःख दिन्छ भारतले । भाईले नेताहरुले देश हाक्न नजानेकाे हामी जस्तो सिमानामा बस्ने नेपालीलाई मर्कामा परेका छौ । देखिहाल्नु भयो नी यो महाकाली नदीको दसा । नेपालको जमीनमा सुख्खा अडेरी छ। अझ भरे तपाईले देख्नु हुन्छ टकनपुरमा हरियाली नेपालको जग्गामा उराठ। पुलमा हिड्दै फोटो खिच्दै चाँदनी गाविसको भूमिमा पुग्न ३०मिनेट लागे छ।  

झोलुङ्गे पुलमा हिड्दा मलाई हर्ष भन्दा बढि बिस्मात मात्र धेरै उब्जियो। उराठ बगरमा वारपार महाकाली नदीको निलो पानी बगेको भए यहाको पर्यावरणिय वातावरण कस्तो हुने थियो होला ।
  
DSC_2788
बैराग लाग्ने महाकाली नदी माथि टागिएको झोलुङ्गे पुल । चाँदरी र दोधरा गाविसका नेपालीलाई  पुल निमार्ण भए पछि आफूलाई नेपाली समाजमा घुलमिल हुन अवसर प्राप्त भएको छ। DSC_2779झोलुङ्गे पुलको बिचबाट महाकाली नदीमा बगेको पानी ।  तस्विर आफै बल्छ । महाकाली नदी हो कि कुलेसोमा जमेको पानी हो ?
कञ्जनजंघा हिमालको शिखर बाट ठोकिक्दै झरेर चाँदनी गाउमा आईपुगेको सूर्यको कलिलो उषामा रमाउदै कोहि चिया पिउदै कोहि घर आगन सफा गर्दै गरेका देखिए। चाँदनी र दोधारा गाबिस घुम्नका लागि ५०० रुपैयाँ भाडाको बाईमा पछाडी बसे । दुई वटा गाविस घुम्दा आफ्नो घर अगाडि उद्यानमा फूलहरु फुलेको देखे । महाकाली नदीको उराठ लाग्ने दृष्य स्पदन भरि दगुरेको मनलाई चाँदनी र दोधार गाउको शान्त वातावरणले भुलाई दियो। गाउ घुमी सके पछि मोटरबाईक चालक म र ड्राईभर भाई संगै बसी चिया पिउदै पुर्वको मान्छे म चाँदनीको भूमिमा १५मिनेट बसे । झोलुङ्गे पुल पार गर्न फर्कदा हामीलाई १५मिनेट लाग्यो ।
DSC_2734महाकाली नदी पारी चाँदनी गाविसमा सूर्यको कलिलो उषाले ल्याएको प्रसन्न बिहानीमा गाउले आफ्नो गन्तब्य तिर जादै । शान्त गाउमा कुनै प्रदुषण र कोलाहल सुनिदैन् । भौतिक सुविधामा बञ्चिभ भएता पनि यहाका नेपालीहरु रमाउदै बसेका पाए ।DSC_2751दोधार गाउमा सिसौका बृक्ष । केहि समय मोटरबाईक रोकी यहाको पर्यावरणिय वातारणमा रमाए। समय भएको भए घाम ताप्दै देखिएको दुवोमा आराम गर्ने मन नउब्जिएको होईन् । बाईकवाला भाईले बताए कैलालीका बासीहरु यो स्थानमा वनभोज खान आईपुग्छन् ।
ड्राईभर भाईले शुक्लाफाँटा जाने बाईरोटको बाटोमा गाडिको पाङ्ग्रा सोझायो। शुक्लाफाँटा आरक्षको टिकट घरमा जादा 0930hrs आई पुग्यौ । दुई घण्टा हात्ती चढी जंगल सफारी गर्नका लागि १००० हजार शुल्क तिरी १०मिनेट जीप यात्रा गरी ७ किलोमिटर टाढा हात्ती चढ्ने स्थानमा 1030hrs पुगे। झाडी-जंगला सिमसार-दलदल र फाँटमा उभिएको बाग्लो खर्की घासलाई पन्छ्याउदै पाँच बर्षीय हात्तीमा चढ्दै रमाउदै जंगल सफारी गरे। जंगल सफारीमा बार्ह्रसिङ्गे धित मरुन्जे हेर्ने फोटो खिच्ने  सपना अभुरो रहयो । तर फाट्ट फुट्ट मात्र देखिए बार्ह्रिसिङ्गे त्यो पनि तर्सदै भागे। माहुते बताए बार्ह्रसिङ्गे हेर्ने  याम उत्तम नभएकाले आज देख्न सकिएन्।
DSC_2799टिकट काउण्टर पछाडि तस्विर खिच्न राखिएको यो दृष्य ।
DSC_2815आरक्ष भित्र एक नासले सप्रिया सालका रुखहरु ।

1230hrs शुक्लाफाँटा देखि टनकपुर ब्यारेज नियाल्न लाग्यौ। कञ्चनपुरको आन्तरिक विमान स्थल नियाल्दै जाउहै दाई भने ड्राईभर भाईले । चारैतिर धना सालघारीको बिचमा आखाले नभ्याउने  धावनमार्ग मा पुग्दा गाईबस्तु चर्दै गरेका देखिए। गौचरमा परिणत भएको देख्दा मन खल्लो हुनेनै भयो। नेपाल भारतको सिमाना बनबासा को गड्डाचौकीमा निसक्यौ । नेपाल हो की भारत हो ठम्याउनु नै गाह्रो किसिमको सिमाना गड्डाचौकीमा नेपाल प्रहरी सडक छेवैमा कुर्सीमा बसिरहेको देखे। चन्द्रसम्सेरको पालमा अंग्रेजले निमार्ण गरेको शारदा ब्यारेज हेर्न जाने मन लागेन। संन्धि भए अनुसार बाँध निर्माण गर्दा  मि‍चिएको भूमि नेपालले अझै पाएको छैन् ।
गड्डाचौकी देखि टनकपुर पुग्नका लागि हुलाकी सडमा धुलो उडाउदै भारत र नेपालको भूमिमा गुड्दै 1330hrs ब्रम्हदेव गाउमा पुग्यौ।दुःख लाग्यो सिमाना स्तम्भ जीर्ण अवस्थामा देख्दा । नेपालको भूमिमा बस्दै साँझा नदी महाकालीको  निलो पानीलाई स्पर्स गर्दै बसे । बाँधले नेपालको केहि भूमि ढुबान भएको अखवार साथै ब्यारेज निर्माणको संन्धि हुँदा रत्नपार्कमा जुलुसमा म पनि सरिक भएको बिगतको सम्झना गर्दै पारी टकनपुर शहरको हरियाली दृष्य नियाल्दै बम्हदेवको उराठ भूमिको दृष्य क्यामरा उतार्दै बसे। करिव ३०मिनेट नेपालर भारतको पर्वतमाला ब्यारेको पानीमा ढलपल गर्दै गरेको शौन्दर्य पनि नियाल्दै बसे। बल्छी बगेको भए माछा झुण्डाउने सोच पनि मौलाए।



DSC_2852
महाकाली नदीको जलासय हरियाली र झिलिमिल शहर टनकपुर । जलासयको पानी रोक्न नेपालको भूमि ब्रम्हदेव तर्फ निर्माण भएको ड्याम।DSC_2857ब्यारेजको छेवैमा अवस्थित नेपाल तर्फ ब्रम्हदेव बस्ती । पानी ओभर फ्लो वा ड्याम भत्केको खण्डमा डुबानमा पर्ने सम्भावना।
टनकपुर ब्यारेज नियाली ड्राईभरको दिदी भेना ब्रम्हदेबमा पसल थापेका रहेछन्। खाजा खाने त्यस पछि होटल फर्कने सोचले चाउचाउ खादै गफगाफ गर्दै गर्दा झिलिमिलि तालको प्रसंग निसक्यौ । ड्राईभर भाईको भेना म र ड्राईभर 1430hrs झिलिमिली ताल हेर्न लाग्यौ ब्रम्हदेव बाट महाभारतको जंगलमा । झिलिमिलि ताल देखाउनु हुने हाम्रो गाईड भेना 1700hrs सम्म जंगलमा ताल जाने बाटो खोजी रहनु भयो। पसिना र ज्यान लखतरान भईसकेको थियो हाम्रो ज्यान। बल्ल 1715hrs तालमा हामीलाई पुराई छाड्यो। साढे २ घण्टाको हिडाई र थकानले हैलन्ठु भएको ज्यान चारै हरियाली जंगलले ढाकेर राखेको कनै पतपतिङ्गर तैरिएको नदेखीको तालको शौन्दर्यले हाम्रो थकान भुलाई दियो ।
२२२२२२२२२२२२झिलिमिली ताल । अण्डाकार आकारमा चारैतिर जंगलले लुकाएर राखेको कञ्चन पानीमा कुनै पतपतिङ्गर देखिदैन्। मुहानको स्रोत र निकास पनि देखिदैन् । तालको पानीमा कालो रंगको माछा पौडिरहेको देखियो ।
४४४४४४४४४४झिलिमिली ताल। तालको पानीमा जंगल र अस्ताउदै गरेको सूर्यको रंग पोखिएको दृष्य लोभ लाग्ने भएर देखिदो रहेछ। तालको नजिक एउटा कुटी निमार्ण गरिएको रहेछ। बेलाबखतमा जोगी आई बस्ने रहेछ।
तालको सुन्दरतामा रमाईरहदा समयले हामीलाई फर्कने संकेत दिदै  थियो। 1730hrs तीनै जना ओरालोम दगुर्दै झर्यौ। बाटामा बाँदरहरु सालको रुखमा तर्सदै गरेका देखिन्थे हाम्रो गतिविधि देखेर ।डाँडाबाट देख्यौ चाँदनीको गाउबाट लुक्नलाई तर्खर हुँदै थियो घाम पनि। भारतको टनकपुर शहरमा बिजुली बत्तिले झिलिमिली र ब्यारेजको पानीमा पनि बत्तीको प्रकास ढलपल नृत्य देखाउन लाई तयारी गर्दै देखिए । नेपालको  ब्रम्हदेब गाउमा चुक घोप्टिएर पोखिएको दृष्य जस्तै देखिन थाल्दै थिए। हामीले टर्ज लाईट नबोकेकाले अभ्यारोमा बाटो छिचोल्दै ब्रम्हदेवमा 1900hrs आईपुग्यो। ड्राईभर भाईको भेनाले चिया पिई जानु अनुरोध गरे । दियोको प्रकास मुन बसेर हामीले चिया पिउदै सिमान छेवउमा सिमाना सैन्य वलले बेला बेला दुःख र पिडाको कुरा बताए। झिलिमिल ताल गाईड गरे बापत १००० रुपैयाँ दिई 1930hrs  ब्रम्हदेब वाट होटल ओपरा तिर गाडिको पाङ्रगा गुड्न  थाल्यो। १६किलो मिटर दुरीलाई छिचोल्दै 2100hrs होटलमा आईपुग्यौ। 

होटल ओपर झोलुङ्गे पुल -12km
होटल ओपरा शुक्लाफाँटा टिकट काउण्टर -5km
शुक्लाफाँटा टिकट काउण्टर हात्ती चढ्ने स्थान- 7km
होटल ओपरा टकनपुर ब्यारेज  (ब्रहम्हदेव गाबिस )- 16km


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...