28 February 2020
Changi International Airport (T1)
छोरीको सम्झनामा,
चाङ्गी
टर्मिनल एक को प्रस्थान कक्ष सामुन्ने पुग्दा दिवाको 1600Hrs भएको थियो। चाईनीजहरुको
बर्ष मुसा बर्ग भएकाले मनमोहक दृष्यले सजिएका मुसाहरु
देखिन्थे। जती आकर्षक देखिए पनि म र मेरी श्रीमतीको लागि खुशी जित्ने प्रयास दिई रहेको थिएन् । सिंगापुर राष्ट्र पिता The
SINGAPORE story:MEMORIES of Lee Kuan YEW पुस्तकमा आफ्ना
गल्फ्रेण्ड लाई (श्रीमती) सिंगापुर बाट सेलिङ हुनु पुर्व आफ्ना अनुभूति लेख्नु
भएको जस्तै हामीलाई पनि ठ्याक्कै उस्तै भई रहेको थियो। प्राण भन्दा प्यारी छोरीलाई बिदाई गर्दा।
दन्त संकाय
तर्फ उच्च शिक्षा हासिलका लागि The University of Sydney उड्दै गरेकी छोरी Qantas Air को सेल्फ चेकईन बुथमा ब्यागेज र बोर्डिङ पास लिई सक्दा 1630Hrs भएको थियो। बढी वजन भएकाले प्रति केजी SG$32 मुल्य तिरे।Wuhan Virusको त्रास बाट जोगिन
अधिकांसले माक्स लगाएको देखिन्थे।
हाई स्कूल
देखिका घनिष्ट मित्रहरु आफ्ना साथीलाई बिदाई गर्नका लागि आई सकेका थिए। कहिले
हर्षित र कहिले भावुक मुद्रामा गफिदै थिए। National
University of Singapore स्नातक तहमा कानुन,ब्यावस्थापन,पत्रकारिता र मनोबिज्ञान संकाय लिएर अध्ययनरत ति साथीहरु संग गफगरि रहदा चेहेरामा देखिएका उदासी मुद्रामा देख्दा मनमा मेरो बिगतका जीवन
गाथाका कुराहरु मडारिन थाले। उताका पूर्वको कर्णाली भनिने ओखल्ढुंगे Hill Boy ठिटो SLC उतिर्ण
भए पछि उच्च शिक्षका लागि राजधानी हाने तर काठमाण्डूको जीवन शैली देखे पछि पुस्तक
र कलम छाडेर गल्लामा छाती नाप्न पुगे।
ऋतुहरु बित्दै गए। विश्व स्तरिय गुणात्मक शिक्षा प्रणाली सिंगापुरमा पढाउन पाएकोमा मख्ख थियौ
र भईरहेका छौ पनि । तिनै सिंगापुरीयन साथीहरु संग हाई स्कूल जीवनमा CCA र बिघालयको अन्य कार्यक्रमहरुमा
सहभागीता गरेका कृयाकलापहरु आँखामा झलझली आईरहे। सिंगापुरमा जन्मेका हुर्केका
बढेका र पढेका हाम्रा नानीहरु नेपाली परम्परा र
खानपीन भन्दा नजिक बाट सिंगापुरका जीवन शैली बुझेकाले सधैका लागि
छाडेर जानु पर्दा पक्कै पनि मन र तन बिलियो हुँदैन्। ब्रिटिस गोर्खाले पाउने सुविधा
जस्तै हामीले पनि पाएको भए कस्तो हुने थियो होला भनेर कहि कतै टाढा स्पन्दन भित्रका धमनी तिर पौडिदै थिए पनि ।
Blk 68#02-38 आमाले
सजाएका कोठाहरु,गृह कार्य गर्ने टेवल,टिभी कोठा,कहिले काहि रुम च्याँट्ट नदेखिदा आमाको कचकच देखि दुई तला निवासी काकीहरुलाई देख्न पाउने छैन्। जुसेङ,PM Buildingको मि सुप र ताईसेङका
स्वाँदिष्ट पोर्क राईस र हकर सेन्टर देख्न पाईने छैन्। मिस्टर चाईको
क्यान्टिनमा पाईने मिको स्वाँद अव लिन पाउने छैन्। East Coast Park का BBQ Pit हरुमा बिबिक्यूका स्वाँद बाट टाढिनु पर्ने छ। फुर्सदका समयमा साथीहरु संग प्रायःNex र Toa Payoh सपिङ मलमा भेटघाट हुने थलो अव केवल सम्झनाको स्मृतिमा सिमित हुने छन्। Geylang East Public Library र स्कूलका पुस्ताकलयका उपयोगी किताबहरु झोला भरी बोकेर ल्याएका ति दिनहरु छाँया जस्तै बन्ने छन्।Canossa र CHIJ Katong Convent स्कूलका आफ्ना शिक्षक शिक्षिकाहरु संग अन्तिम बिदाई गर्न गएका ति सम्झनाहरु अव हृदयको ढुकढुकिमा बस्ने छन्। भविष्यमा पनि तिनले यस्तै सुविधाहरु आफ्ना केटाकेटीहरुलाई नेपाल फर्के पछि दिन पाउली वा नपाउली।यस्तै कुराहरु खेलिरहदा 1815Hrs भयो।
1915Hrs उडान समय तालिका भएकाले अन्तिम आफ्ना साथीहरु संग ग्रुप भएर अंगालोमा बाँधिएर बसेको देख्दा मन भारी हुँदै थियो। छोरी र तिनका साथीहरु मौन भएर बस्दाका ति दृष्यले दुःखको चिप्टाले मुटुको ढडकनमा चिमोटी रहेको थियो मलाई । अध्यागमनको सुरक्षा जाँच बाट आँखको नयन बाट टाढिदै गए। छोरीका साथीहरुलाई धन्यवाद दियौ।
Daddy! Take off Qantas Air Bye
Bye भनेको SMS पाउदा 1915Hrs भएको थियो। हामी पनि Joo Seng आईपु्गेका छौ छोरी Good Bye को SMS पठाए।