Total Pageviews

Wednesday, March 28, 2018

लाईफ स्टाईल परिवर्तन गर्न। सिंगापुर प्रहरी सेवामा प्रवेष।

Video Source :Forces Tv

माथि देखिएको दृष्य र श्रवण गरे पश्चात मलाई 25Jan199त्यो दिनमा फर्काई दियो।  आफूले भोगेका अनुभूति बाँड्न मन लाग्यो।
कुरा लेखौ ८जनावरी १९९६ बृटिस गोर्खा क्याम्प पोखराको। पौने ५बजे उठेका थियौ। नृत्यकर्म पश्चात कालिखोलाको ढिकमा निर्मित मन्दिरमा दर्शन गर्न जाने आउनेको लर्को देखे । गए दर्शन गर्न म पनि। पौने ६ बजे पोखरा क्याम्प भित्रको स्वाँदिष्ठ खाजा खाने अन्तिम दिन हो भन्दै सिभिलिएन तरिकाले मार्च गर्दै गएका थियौ कुक हाउस तर्फ । जनावरी महिना भए पनि खुलेको बिहानी थियो। चिसो भने ख्याँप्पै खाने खालको वतावरण थियो। कलिलो सूर्यको उषा माछापुच्छ्रे हिमालको शिखर बाट भिच्दै ओरालो झर्दै गरेका देखिन्थे। दृष्य मोहित पार्ने खालको थियो।  पुर्व र पश्चिमको छुट्टा छुट्टै छनौट हुने र नतिजा पनि फरक दिनमा हुन्थ्यो।  पश्चिमका नंम्बरीहरु अन्तर्वार्ताका लागि कम्वल ओढ्नुहुँदै लाईनमा बसेका देखिन्थे। हाम्रो समयमा बृटिस आर्मी र सिंगापुर प्रहरीको छनौट संगै गरिन्थ्यो। नतिजा पनि एकै समयमा सुनाईन्थ्यो। हामी पुर्वका भएकाले नजिताको आतुरमा थियौ।08जनावरी1996दिन भर्तिको नतिजा सुनाउने समय0800Hrs । सम्झनी बिर्सनी 0700- 0730Hrsगीत गाउदै नाच्दै रमाईलो गरेका थियौ। कोहि नाच्दै गर्दा ग्वाँ ग्वाँ रुदै गरेको देखिन्थे। केहि भर्ति भयौ भने घडी पैसा लुगा फाँटा झोला मलाई दिनु पर्छ भन्दै गफिदै गरेका सुनिन्थे।
क्याम्प वाहिर झ्याँम्म परेको चिउरीको रुख थियो। त्यसैको  प्राङ्गनमा लाईन बद्ध तरिकाले बस्यौ 0800Hrs । पुष महिनाको कलिलो बिहानमा सूर्यको  किरण लर्वराउदै थियो। डियारो साबले सर्वप्रथम बृटिस आर्मीमा छनौट हुनेको नाम पुकारिन्छ । त्यस पछि सिंगापुर प्रहरीको नाम पुकारिनेछ भन्नु भएको थियो। नाम र नंम्बर पुकारिएको ब्याक्तिहरु चौतारी परेडमा जाला भन्दै गेट तिर संकेत गर्नु भएको थियो। भटाभट बृटिस आर्मीको नाम पुकारियो । संगै बसेका आफ्ना गाउका साथीहरुलाई घडी र झोला फाल्दै भित्र दौडिन थालेको थियो। मेरो गल्लाका सबै साथीहरु बृटिस आर्मीमा छनौट हुँदै थिए। म भने मनमनै सिंगापुर प्रहरीमा जानेमा नाम पुकारिन्छ भन्दै प्रतिज्ञा गर्दै बसेको थिए। सोच मग्न हुँदै गर्दा अन्तिम बृटिस आर्मीमा छनौट भएको नाम बोलाए पश्चात सिंगापुर प्रहरकीको नाम पुकार्दै गर्दा ३नंम्बरमा मेरो नाम बोलाएको थियो। जोस र उत्साहले उफ्रिदै भित्र छिरे। बृटिस आर्मी र सिंगापुर प्रहरीको युनिफम एउटै थिए तर लिनु पर्ने फाल्टै छेउमा तोकिएको थियो। चौतारी परेडमा पुग्दा मेरा गल्लाका साथीहरु बेलायती सेनाको हरियो लुगा लगाउदै गरेको देखे। सिंगापुरेका लागि त्यो कृपेट खोल भन्दै पल्टने खरो भाषामा भन्दै थिए । सिक्यू गुरुजीले। कृपेटमा भएको सबै यूनिफ सरर फिट गर्दै गुरुजीलाई देखायौ । बेलायती सेनाको डिपिएम युनिमफ लगाउनु पाउदा खुशीको सिमाना थिएन् हाम्रो। पोखरबाट काठमाण्डौ जानका लागि ४ वटा बस रिजर्भ गरिएको थियो। राजधानीमा एक हप्ताको बसाई पछि जीवनमा पहिलो पटक बोईङमा उडेका थियौ। २५ जनावरी १९९६ सिंगापुर एअरलाईन्स । चाङ्गी बिमान स्थल बाट बाहिर निस्कदा ख्वाँप्पै गर्मीको लपेटाले हान्दा त खंग्रङ भएका थियौ नि हौउ। हामी लाठेहरुको जमात । 

Sunday, March 25, 2018

नौलो प्रविधिबाट च्याँउ उमार्ने प्रविधि भित्राउनु हुने बिक्रम पुन(S/O 4866)


सफल च्याँउ उद्यमी बिक्रम पुन(S/O 4866) भान्जा संग भलाकुसारी गर्न सन् २०१२साल देखि रहर थियो मलाई। बल्ल  सन् २०१८को फ्रेवरी २७ गते त्यो इच्छा पुग्यो। बिक्रम भान्जा संग भेटघाट हुँदा सिंगापुरको स्थानिय समय1730Hrs हुँदै थियो ।अस्ताउन लाग्दै गरेको सूर्यको किरण हाईराज भवनको घुरीबाट पछाडि लुक्दै गरेको देखिन्थ्यो । 
सिंगापुरको Mount Vernonमा हुर्केका,बढेका र पढेका बिक्रम भान्जा नेपालमा फर्कनु भई सफल च्याँउ उद्यमी हुनु भएको संघर्षका आरोह अवरोहका कुईनेटाहरु थाल्नु अगाडि शिक्षा दिक्षाको कुराबाट गफगाफ अगाडि बढाएको थिए ।

हाँस्दै सिंगापुरे नेपाली लवजमा आफ्नो चिनारी बताउनु भयो बिक्रम भान्जाले
म बिक्रम पुन सिंगापुरको केके अस्पतालमा जन्मेको हुँ।  ईलिङ प्रार्थमिक र बार्डली माध्यामिक बिद्यालय बाट ओ लेवल पास गरेको हुँ। सिंगापुर पोलिटेक्निकबाट केमिकल प्रोसेस टेक्नोलजीमा ईञ्जिनेरिङ उतिर्ण गरे। तीन बर्ष अमेरिकन कम्पनीमा काम गरे सिंगापुरमा। नेपाल फर्के। दश महिना नेपालमा बसे। सन्२००३ सालमा अमेरिकाको सन्फ्रान्सिस्कोमा अध्ययन गर्न गए। ब्याचर्ल्स समाप्त गरे पछि नेपाल फर्के ।
अमेरिका बाट अध्ययन सकेर नेपाल फर्के पछि।सिंगापुरमा काम गरेको कम्पनीले फोन गर्यो मलाई। पुनः सिंगापुर काम गर्न आए। सिंगापुरमा आर्थिक मन्दी भएको कारणले कम्पनीले कामदार कटौती गर्यो र नेपाल फर्के म । सिंगापुरमा काम गरि रहदै योजना गरेका साथै सोधखोज गर्दै थिए सुनाखरी फूलको ब्यावसाय बारेमा तर हाम्रो जस्तो अल्पबिकसित देशमा त्यति फाईदा नदेखाकाले च्याँउ खेतीको ब्यावसाय सम्बन्धि  पत्रपत्रिका र किताब अध्ययन गर्न थाले ।  
च्याँउ खेतीमा निक्कै भविष्य देखे हाम्रो देशमा। बिज्ञान र बिजनेस बिषयका  पृष्ठभूमि भएकाले  कसैले  गर्न नसक्ने गर्न कठिन हुने प्रविधि बाट च्याँउ खेती गर्ने जुक्ति गरे र काठको भुसबाट सिताक च्याँउ खेती ब्यावसाय गर्ने सोच को उपाय निकाले। सिताक च्याँउ काठको भुसबाट उमार्ने प्रविधि सायद पहिलो ब्याक्ति म हुँला नेपालमा। हाँस्दै र गर्वका साथ भन्नु भयो बिक्रम भान्जाले। अहिले म सिंगापुरमा अन्तर्राष्ट्रिय बजार तिर निर्यात साथै Reishi च्याँउ लगान गर्नका लागि सिंगापुर र मलेसियाका ब्यापारीहरु संग सहकार्य गर्नका लागि  पनि आएको हुँ।

काठमाण्डुको सामाखुशीमा साँढे दुई रोपनीमा च्याँउ खेती गर्दै छु। नेपालमा सिताक च्याँउ मुढामा उत्पादन गर्न
 ८महिना लाग्छ। मेरो प्रविधिबाट २ महिना सिताक च्याँउ उत्पादन गरि बजारमा बेच बिखन गर्न सकिन्छ। नेपालमा पहिलो पटक काठको भुस बाट सिताक च्याँउ उमारेको जानकारि नेपाल सरकारले पाए पछि। नेपाल सरकारका कृषि बैज्ञानिकहरु हेर्न आए जाँच गर्यौ। हर्षित भए ति बैज्ञानिकहरु। युवा उद्यमी भनेर हौसला  दिए। बिदेशमा पढेर स्वदेशमा फर्की सफल च्याँउ उद्यमी भए भन्दा म मख्ख भए। ति कृषि बैज्ञानिकहरुलाई ३वटा प्रस्ताव राखे मैले। तपाईहरुको आँखा अगाडि नेपालमा पहिलो पटक काठको भुसबाट सिताक च्याँउ उमार्ने प्रविधि निकालेको  पहिलो ब्याक्ति हो भनी नाम र प्रमाण पत्र दिनुहोस,दोस्रो अर्गानिक र तेस्रो खाना मिल्ने  प्रमाण पत्र दिनुस भन्दा मानेन् । कृषि त्रिभागका मुख्य सचिवले खाना मिल्ने मात्र प्रमाण पत्र दिन सकिन्छ । बाँकी सकिदैन् भने ।नेपाल सरकारले खान सकिने अनुमति प्रमाणपत्र दिएको छ। त्यो लिन पनि धेरै भनसुन गर्नु पर्यो। यस्तै छन् नेपालको कर्मचारी भन्दै हाँस्नु भयो।
च्याँउको उत्पादन बृद्धि गर्नका लागि नेपाल सरकार संग ऋण दिनका लागि अनुरोध गरे तर सरकारले अस्विकृत गरे। ऋण दिनै मानेन्।  तर मैले हिम्मत हारिन् मेरो आर्थिक लगानीले सकेको गरिरहे। सफल च्याँउ उद्यमी बन्नका लागि मैले धेरै मिहनेत गरेको छु। धेरै रात अनिदो बसेको छु काठमाण्डुको कठ्याङग्रिदो बिहानीमा काम गरेको छु। 
अहिले मैले रैसि Reishi सिताक Shiitake अईस्टर Oyster यि जातका च्याँउ उत्पादन गरि रहेको छु। बाह्रै महिनाको मौसम मा उत्पादन हुने अईस्टर,जाडो मौसम सिताक र गर्मी मौसम मा उत्पादन गर्ने सकिने रैसि च्याँउको जात हो। अईस्टर जातको च्याँउ जुनसुक्कै मौसममा उत्पादन गर्न सकिने भएकाले बढी उत्पादन गरि बजारमा बिक्रि बितवरण गरिरहेको छु। बजारको मुल्य भन्दा सस्तोमा साथै फ्रि डेलिभरीको पनि सुविधा गरेको छु। वरिपरि बस्ने सबै छिमेकीले किनेर च्याँउको स्वाँद लिई सकेको छन्। 

६ जनालाई रोजगार दिएको छु । अनि सिंगापुरे भान्जाहरु लाई पनि पार्ट टाईम जागिर दिएको छु। फुर्सदको समयमा आउछन् उनीहरु।बढी च्याँउ खपत हुने ठमेल बजार हो । त्यहा सम्म लैजाने काम सिंगापुरे भान्जाहरुले गर्छन्। भान्जीहरुले अफिस र एडमिस्ट्रेसन साथै ल्याव तिर काम गर्छन् । अब मेरो योजना भनेको प्रचुर मात्रमा रैसि Reishi च्याँउको उत्पादन हो । यो च्याँउ खेती गर्नु भनेको खानका लागि होईन चिया पिउनका लागि हो । तर उत्पादन गर्न गाह्रो छ। किन भने ठुलो आर्थिक लगान आवश्यकता पर्छ। च्याँउको चिया पिउनाले स्वास्थ्यको लागि लाभदायक हुन्छ । बिकसित देशमा यसको चिया महंगो छ। त्यहि भएर नेपाली बजारमा सस्तो दरमा ५०रुपैयाँमा चिया बनाएर बेच्ने योजना गरेको छु। साथै अन्य जातीको च्याँउ अन्तराष्ट्रिय बजारमा बेचबिखन गर्ने सोच लिएको छु। 
रैसि च्याँउ उत्पादन गर्न धेरै आर्थिक लागत लाग्ने भएकाले नेपाल सरकारले हामी जस्ता कृषकलाई कृषि ऋण दिदैन्। त्यसैले मलेसिया र सिंगापुरका ब्यापारीहरु लाई आर्थिक लगान गर्ने भएकाले म सिंगापुर आएको हुँ। अर्को कुरा मैले उत्पादन गरेको च्याँउ रसायनीक रहित च्याँउ हो। अन्तरराष्ट्रिय बजार प्रवन्धनका लागि सिंगापुर आएको हुँ।

सफल च्याँउ उद्यमी हुनका लागि बिक्रम पुन भान्जालाई सोधे दुःख र सु‍ःखको क्षण।  दुःखका क्षण भन्नु पर्दा सिताक च्याँउ खेती गर्दा दुई पटक बिजुलीको तार सर्ट हुदा ६०लाख नोक्सान भएको थियो। सुःखका क्षण नयाँ प्रविधि बाट च्याँउ खेती हेर्न नेपाल सरकारका कृषि बैज्ञानिकहरु र उपराष्ट्रपति नन्द किशोर पुन आउनु हुँदा।त्यो क्षण खुशी लाग्छ। च्याँउ खेती ब्यावसायमा लागिपरेको १० बर्षको उताब चढाबमा हल्का हाँस्दै भन्नु भयो। ५ करोडमा किन्न आएको थियो तर मैले बेचिन् तर अव सायद कोहि आउछन् भने  बेच्छु होला । 

हालमा मासिक अईष्टर ३०लाख सिताक ५०लाख र रैसि ५०लाखमा बजारमा बिक्रि गरि रहेको छु।भर्खरै समाजसेवी महावविर पुन जी म कहाँ आउनु भएको थियो। उहाँले यार्सा गुम्बा उत्पादन गर्न सकिन्छ भनि सोध्नु भयो। एक बर्ष भित्रमा यार्सा गुम्बा उत्पादन गर्न सक्छु तर धेरै लगानीको आवश्यता पर्छ मैले भनेको थिए।  उसो भए राष्ट्रिय आविष्कार केन्द्रले लगानी गर्छ भन्नु भएको छ । सिंगापुर बाट फर्के पछि महाविर पुन संग यार्सा गुम्बाको उत्पादन गर्न छलफल गर्नु पर्ने छ।

पढेलेखेका सिंगापुरे भाञ्जा-भाञ्जीहरु बिदेशमा बसेकालाई के सुझाव दिनु हुन्छ सोधे मैले । उहाँले सिंगापुरे भान्जाको भाषीक शैलीमा बताए । उनीहरुको ईच्छा हो । मेरो बहिनी पनि बिदेशी भएकी छिन्। त्यो उसको ईच्छा हो। तर मलाई सोध्नु हुन्छ भने म सायद १४ बर्षको हुँदै मेरी आमालाई भन्थे म जहा भए पनि एक दिन त नेपाल फर्कन्छु भन्थे। बिदेशको तेस्रो चौथो नागरिक भएर बस्नु भन्दा आफ्नै देशको नागरिक भएर बस्नु पाउदा मलाई गर्व लाग्छ। रमाईलो लाग्छ। भविष्यमा राजनितिमा जाने रहर छ हौउ मामा मलाई पनि उहाँले हाँस्दै भन्नु भयो। हामी केहि बेर हाँस्यौ।

आज माउण्ट भर्नको प्ले ग्राउण्डमा बच्चाहरु खेलेको देख्दा मेरो बाल्यकालको याद आएको थियो । म पनि यहि ठाउमा यसरी खेल्थे। उद्यानहरु देख्दा स्वर्गिय बाबा को याद आयो मलाई। मेरो बाबा जीसी जिएम हुनुहुन्थ्यो। उहाँले मेस र घरवरिपरी फूलहरु रोप्नु हुन्थ्यो । गोडमेल गर्नुहुन्थ्यो। ति फूलबारीहरु आज देख्दा बिगतको सम्झना आयो। बेला बेलामा बाबालाई गोडमेल गर्न सघाउथे मैेले। बाबा लाहुरे हुनु भएकाले मैले अवसर पाए। अवसर नपाएको भए सायद म खाडिमुलुक कि त हलो जोत्दै हुन्थे होला बारी कान्ला तिर  सायद। सिंगापुरमा हुर्केका भान्जा-भान्जीहरुलाई नेपाल फर्किदा धेरै कुरा फाईदा पुग्छ। किन भने बिकसित देशको समाजमा धेरै कुराहरु सिकेका देखेका र अनुभव गरेका हुन्छन् ।  कसैको छिटो बुद्धि त कसैको ढिलो दिमाग आउछ। हाम्रो सिंगापुरे भान्जा-भान्जीहरु नेपाल फर्केकाहरु कहि कतै हराईरहेका छन्। फरक वतावरणको हुर्काईको कारणले । 

मेसिङको स्वाँदमा रमाउदै


मेसिङको स्वाँद भन्ने बित्तिकै भुतुक्कै हुन्छौ हामी। मेसिङको स्वाँद मैले सन् १९९६ सालको मे/जुनको महिना हुनु पर्छ। साँङ्निला उत्तामा मा नरिवलको झाँङ् मुनि सानो हट थियो । त्यहि बाट मेसिङको स्वाँद आरम्भ भएको  थियो। आईतबारको दिन थियो। रेक्रुट जीवनमा हस्याँङ फस्याँङ को समय बाट केहि समय छुटकार हुने दिन हुन्थ्यो आईतबारको बिहान। जव मेसिङ को स्वाँद लिन पाईन्छ। मलाई नरिवलको झाँङ मुनिका दिनहरुको सम्झना आउछ। सेक्सन टुवाईसि गुरुजीहरुले मेसिङ का लागि आवश्यक समानहरु ल्याउनु भएको थियो। कामको बिभाज भएको  थियो। गुरुजीहरुको निर्देशनमा मेसिङ पहिलो पटक पकाउदै थियौ हामीले। मल्टिपल हलमा पलेटी मारेर २ क्यान मिरिण्डा लिएर खाना बसेका थियौ। 1600Hrs चर्को घाममा PTI गुरुजीले बिदादारीको 1600KMको दुरी भएकोमा 5 फन्को लगाउदा डम्म भएको मेसिङको स्वाँद खुकुलो भईसकेको हुन्थ्यो। पहिलो पटक मेसिङ पाक्ने नरिवलको झाँङ र दगुर्ने स्थान हाल भवन र कृतिम ताल निर्माण हुँदै छ। यो त भयो मेरा बिगतका मेसिङको मेरो सम्झना। अव बर्तमानका मेसिङको नालीबेली।

शनिबार 24 मार्च 2018 सिंगापुरको सदाको बिहानी झै आजको बिहानीमा पनि केहि फरक थिएन्। गर्मीको राप लिएर झर्दै थियो सूर्यको किरण। मिर्मिरे बिहान संगै काममा ब्यस्त र तलिन हुने हाम्रो नियम क्रमलाई मिलाएर गफगाफ गर्दै हप्ता भरिको एकनासको कामलाई केहि समय बिर्साउनलाई मेसिङ खाने सल्लाह भएको थियो शुक्रबार । मेसिङका लागि मार्केटिङमा गए रिल र प्रेम । सबै मिलेर आवश्यक समानहरु तयारी गर्यौ। मेसिङ बहानमा तयारी हुँदै थियो। सूर्यको प्रचण्ड गर्मीलाई लखेट्न टाईगरलाई दाहिने हातमा लिदै गफिदै थियौ। टक्क जिब्रोमा झुण्डिने खालको तयार भयो कि भएन भन्दै चाख्दै पनि थियौ। सन्ध्याको आगन संगै मर्करी लाईटको मधुरो प्रकास मुनि मेसिङ को स्वाँदमा गफिदै गर्दा समयल2100Hrs भएको पत्तै भएन्छ।     
मेसिङ तयारी हुन लाग्दै गरेको अवस्था।










मेसिङको तयारी 












मेसिङ बहानमा पाक्न छ। 























Tuesday, March 20, 2018

स्वास्थ्य नै धन हो । स्वास्थ्य नै सुःखी परिवार हो ।

पाक शिक्षा भने पछि हुरुक्कै हुने  दिदीबहिनीहरु को जमात हर्षित मुद्रामा देखिन्थे। नेपाली परम्परागत खाना स्वास्थ्यकर र स्वाँदिष्ट बनाउन आतुरमा देखिन्थे । एक घण्टामा आफूले कवुलेका नेपाली परम्परागत खान्कीका आवश्यक समाग्रीहरु टेवलमा तयारी हालतमा देखिन्थे। वाहिरको वतावरण गर्मी भएता पनि भान्सा घर भित्र कृति हावाको सुविधा भएकाले शिशिर याम जस्तै लाग्थ्यो। मेरा अर्धाङ्गीनी साथै लाईनका दिदीबहिनीहरु पनि नेपाली खान्की बनाउने प्रतियोगीका रुपले सहभागिता भएकाले फोटोग्राफी र भिडियोग्राफिमा मेरो हल्का रुचि भएकाले निर्धारित समय भन्दा ३०मिनेट अगाडि पुगेका थिए। घडि हेर्दा स्थानिय समय 1100Hrs भएको थियो।

दिदिबहिनीको हर्ष र उत्तसाहको ओतप्रोतले भरिएका हाउभाउमा देखिएका थिए। फो जि जेनेरेसनका बहिनीहरुको खान्की बनाउमा हुटहुटी देखि रहदा म प्रभावित हुँदै थिए। समाजका लागि आफूले सकेको के योगदान दिन सकिन्छ भन्ने अहोरात पाक शिक्षा क्षेत्रका  स्वयम सेवीका गरि रहनु भएकी दिदिबहिनीहरु पनि उत्तसाहित र हर्षित मुद्रामा देखिनु हुदै थिए। उहाँहरु समाजका लागि समय खर्चिनु साथै डटिनु भएको देख्दा । म आफै भित्रिरुपमा खुशी भईरहेको थिए। बिगतको २० बर्ष अगाडीका हाम्रो समाजको दृष्टान्त सोच मग्न पनि भए । यस्ता खालका प्रतियोगिताहरु आयोजना गरिरहदा र भईरहदा 4G जेनेरेसनका बहिनीहरुलाई एकनासको भान्सा कोठाको काम बाट केहि समय अल्गिन का लागि यस्ता कार्यक्रमले फाईदा पुग्ला जस्तै महसुस पनि गरे।

प्रतियोगिताको घण्टी बज्न साथ आफ्ना आफ्ना समुहमा बिभाजित हुनु भई कबुलेका नेपाली परम्परागत खान्कीका लागि राखिएका टेवल तिर लागे। एक घण्टा भित्र तयार बनाई सक्नु पर्ने नियम भएकाले । काममा बिभाजित हुँदै हस्याँङ फस्याङ र प्रतियोगताको फिभर जस्तै प्राय दिदिबहिनहरुमा देखेको थिए। हर्ष उत्साह उमंग र कौतुहलताका साथ नेपाली खान्की पकाउन ब्यस्त देखिन्थे। कसैलाई गफगर्ने फुर्सद देखिदैन थिए। समयको पावन्धिले गर्दा हरेक समुहले गर्नु पर्ने काम बिभाजित गरेकाले एकग्रता भएर लागि परिरहेका देखिन्थे। पाक शिक्षाको सिद्धान्त नियम र  विधि पनि अपनाउनु हुँदै निर्धारित तोकिएको समयमा नेपाली परम्परागत खान्की तयार पारे। सबै समुहका दिदिबहिनीहरु मख्ख र हर्षित हुँदै मन्द मुस्कानमा एक आपसमा खुशी साटीरहेका देखिन्थे। फोटो र भिडियो खिचिरहदा बहिनीहरुले सोध्नु भयो। कस्तो छ दाई टिपिकल नेपाली खाना

मुसुक्क हाँस्दै भने। वाँह कसरि तारिफ गरौ। हरेक समुहको आफ्नै किसिमका लोभ लाग्ने खालका सजावट देखिएको छ। जिब्रो बाटै स्वाँदको स्वादिलो घुटुक्को निल्दै छु। सजावट हेरिरहदा लाग्छ म कतै मरिना बे स्याँण्ड तिर छु। नेपाली खान्कीका परिकार देख्दा । म सोच मग्न हुँदै छु । लाग्दै छ। म अहिले कतै खले गरामा कोदोको नल काट्दै गर्दा प्याँस र  भोक लाग्दा ठेकी बाट महि अनि तम्बाको जाँड पिउदै गरेको छु जस्तो लाग्दै छ । मैले भोगेका गरेका गाउले जीवन शैलीको वतावरण भित्र छु जस्तो लाग्दै छ । यहाको वतावरणले । तर अझै त्यति मात्र भनेर पुग्दैन। मैले थप्नै पर्छ। यहाँको रोटीका परिकार देख्दा। म मेलापात जादा होस वा सधाउ र खेताला तिर जादा होस। रोटी को साथमा गुन्द्रुक र सिंकीको आचार चोबेर खादाको सम्झदा बेस्सरी आउदै छ। गल्लीमा गाईबाख्रा थपाउदै मकै चपाउदै हिडेको पनि सम्झना दिलाउदै छ। वाँह म त मेरो भेग तिर छु जस्तै लाग्दै छ भनि  सासै नफेरी उत्तर दिए।
नेपाली परम्परागत खान्कीको बयान सुनेर बहिनीहरुको हर्षको मुस्कान प्रस्फुटित भएको देखे।
स्वास्थ्य नै धन हो,स्वास्थ्यनै सुःखी परिवार हो भन्नु हुँदै एकै लएमा बताए बिहिनीहरुले   
खुशीले मेरो छाती फराकिलो भएको छ कुराको बिट मार्दै मैले भने।















दिदीबहिनीहरु नेपाली खान्की स्वास्थ्यकर र स्वाँदिष्ठ बनाउका लागि आतुर अवस्थामा देखिनु हुँदै
भान्छामा ब्यस्त देखिनु हुँदै दिदिबहिनीहरु






























नेपाली स्वाँदको पिजा



पाक शिक्षा पनि रहर भएकाले समय पाउदा अक्कल झुक्ल भान्सामा झुल्कने प्रयास गर्छु। नेपाली स्वाँदको पिजा बनाउने प्रयासलाई भिडियो उतार्दा। 

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...