Total Pageviews

Saturday, May 23, 2020

Upper Dolpa Trek Day-13


High Camp- Bhijer

24May 2019
भिजेर गाउकी राजदुतको गाउमा पुग्दा





















माथिल्लो डोल्पा भिजेर  गाउकी राजदुत टासीबुटी संग। बाँया बाट टासीबुटी लामा ।


0600Hrs उठ्यौ । वाई वाई को सुप र चिया पियौ। ज्यान न्यानो बनायौ। छेवैमा खोला बगेको आवज सुनिन्थ्यो। नाङ्गा पाखा र शिखरमा हिँउको चमक देखिन्थ्यो। शान्त वतावरणमा रमाउदै 0630Hrs ओरालो बाटो पच्छाउदै झर्न थाल्यौ। हिड्दै गर्दा बिदेशीले संञ्चालन गरेको चिज फ्याँक्ट्री भवन सिजन नभएकाले बन्द भएका देख्यौ। खोलापारी गोठमा धुवाँ उडिरहेका देखिन्थे। चौरी र याकहरु पाखामा चर्दै गरेका देखिन्थे। बाटो ‌ओरालो भएकाले थकानको महशुस भएको थिएन्। घामको प्रकास छिप्पि सकेको थियो। भिजेर गाउ आईपुग्नै लाग्दा बाटमा एक किशोरी बहिनी संग भेट भयो। काठमाण्डु बाट एसईईको परिक्षा दिएर गाउमा आएकी रहेछिन्।  दाउरा खोच्न पाखा तिर हिडेकी बताईन् । गफगर्दा फर्सीला तरिकाले बोल्थिन।


वारीपारी नाङ्गा पाखाको बिचमा कञ्चन खोला बगेको थियो। भिजेर गाउको भौगलिक स्वरुप अकल्पनिय ढंगबाट निर्मित रहेछ। आँखाले हेरि भ्याउने टारबारीमा मोहित पार्ने बस्तिको  शौन्दर्य आँखै भरी नृत्य गरि रहको देख्दा हरिभाईलाई  भिजेर गाउ स्वर्गको एक टुक्रा खसेर बसेको जस्तै रहेछ भने। भिजेर गाउ सामुन्द्रिक सतह बाट 3840 मिटरको उचाईमा अवस्थित जीपीएसले देखाउदै थियो। ऊवाँ छर्नका लागि गाउलेहरु गरा कान्ला खन्दै गरेको देखिन्थे। हिड्दै तस्विर र भिडियो खिचे। गाउको सिरानमा पाठशाला भवन रहेछ। स्कूले नानीहरु घाम ताप्दै पढ्दै गरेका देखिन्थे। गाउको पुछारमा बिदेशीको अनुदानमा निर्मित साथै अनुदान बाटै संञ्चालित हस्पिटलमा पुग्दा0830Hrs भएको थियो। 

हरि भाईको चिनारु टासीबुटी बहिनी हस्पिटलको बार्दलीमा चिया पिउदै गरेको देख्यौ। उहाँकै घरमा बस्ने योजना हिजै हरिभाईले मलाई सुनाएका थिए।टासीबुटी बहिनी पिउदै गरेको चियाको कप संगै आगनमा ओर्लिए। अर्की आर्युवेद बहिनी र कुक बहिनी पनि आईन्। भोटे चिया पिउदै प्राङ्गनमा घाम ताप्दै गफ गर्न थाल्यौ। सिजनमा भिजेर गाउका गाउलेहरुको दुःखी रहेका घाउहरुलाई मलन लगाउन आउने र बेसिजनमा काठमाण्डु मा बस्ने बताईन्। भिजेर गाउ र फो गाउमा  परिचित डाक्टर भनेर चिनीने गर्दा रहेछन् टासीबुटी बहिनीलाई। भिजेर गाउमा उनीको नाम त चुलीमानै रहेछिन्। टासीबुटी स्टाफ नर्सको गुणगान मलाई हिजै हरि भाईले बताएको थियो। उहाँको कुरा गर्ने शैली देखि म प्रभावित भईरहेको थिए। नेपाल सरकारको उपस्थित नभए पनि मैले सकेको मेरो जन्मभूमि गाउलाई सकेको सेवा र बिकास गर्नमा लागि रहेने कुरा बडो मृदुभाषी तवरले बताईन मलाई।मनमनै सोचे टासीबुटी बहिनी भिजेर गाउकी मात्रै नभएर माथिल्लो डोल्पाकै राजदुत रहेछिन् । उनीमा जोस जाँगर र उत्साहले भरेको देखिन्थे। 
गफगर्दै गर्दा फो गाउका २ जना महिलाहरु लाई टाउको दुखेको दवाई खाने तरिका सिकाईन्। भोटे भाषामा। यी दुई जना हिजो आएकी हुन्। आज दबाई लिएर फो गाउ फर्कन्छन्।  आउन १ दिन र फर्कन १ दिन लाग्ने कुरा बताईन् टासीबुटी बहिनीले। हरेक शुक्रवारका दिन टासीबुटी बहिनीले स्वस्थ्य सम्बन्धी स्कूलका नानीहरुलाई शिक्षा दिने बताईन्। घडी हेरिन् स्कूल जाने बेला भएछ भन्दै कोठा तिर लागिन्।  मौलिक भोटे भेषभुषामा सजिएर भरै कुरा गरौला भन्दै स्कूल तर्फ गईन् 1145Hrs। खाना खाए पछि सुत्यौ हरि भाई र म। 1400Hrs ब्युँझ्यौ। टासीबुटी बहिनी संग कुराकानी गर्दै भोटे चिया पियौ। घाम सिधै झरिरहेको थियो। हावा हल्का चल्दै थियो। चारै तिर नाङ्गा पठारको बिचको उच्च हिमाली बस्तिमा रोचक वतारण देखिन्थ्यो। 

बिदेशी अनुदान बाट संञ्चालित स्कूलका शिक्षकहरु संग गफगाफ गर्न लाग्यौ 1500Hrs। भिजेर गाउमा नेपाल सरकारको उपस्थिति केहि देखिएन्।बरु घरको घुरीमा फ्रान्सको राष्ट्रिय झण्डा फर्फराई रहेको देखिन्थ्यो। स्कूलमा पुग्दा च्याँङ्ग्राको मासु काटकुट गरिरहेका देख्यौ। हेडमास्टर र अन्य शिक्षकहरु  हरि भाईको गाउतिर भएकाले सजिलै चिनि हाले। परिचय भए पछि चिया पिउदै कुराकानी गर्न थाल्यौ। यार्साको सिजन हुन लागेकाले एक हप्ता पछि स्कूल बिदा हुने कुरा हामीलाई बताए। होस्टेलमा बस्ने केटाकेटीहरुका लागि हरेक १५ दिनमा महिनाको २पटक  च्याँङग्राको मासु काटेर खुवाउनका लागि बिदेशीले अनुदान दिएकाले काटकुट गर्दै गरेको देखाउदै सुनाए हेड सरले। हेड सर र अन्य शिक्षकहरु हरि भाई संग डोल्पा जिल्लाका  राजनितिज्ञ र प्रतिनिधीहरुको आलोचना गरेका कुराहरु सुन्दै बसे म। 1700Hrs स्कूल बाट फर्क्यौ। 
फर्कदा सूर्यको किरण चुचुराहरु बाट पछाडि सर्दै गरेको देखिन्थे। बस्तिको घुरीमा रंगीन थाङ्काहरु फरफराई रहेको देखिन्थे। बस्तिकै छेवैमा कञ्चन पानी बग्दै गरेको आवाज सुनिन्थ्यो। टासीबुटी बहिनीको आगनमा पुग्दा गोधुली साँझको आगन आउनका लागि लोभ्याउने खालको वतावरण उपस्थितिको लागि संकेत देखिदै थियो।
    

हामी घुमन्ते २ जना टासीबुटी बहिनी लगाएत१ जना आर्युबेद बहिनी र १ जना कुक बहिनी लगात जम्मा ५जना मिलेर साँझको थेन्दुक बनाउन लाग्यौ। टासीबुटी बहिनीलाई भिजेर देखि स्टाफ नर्स हुनका लागि गर्नु परेका यात्राहरुको बारेमा जिज्ञासा सोधे। बिदेशी छात्रबृती बाट काठमाण्डुमा पढ्न पाउने अवसर देखि स्टाफ नर्स पास गर्न बिदेशी सहयोग पाएकी बताईन्। सिजनमा भिजेर गाउमा आई बिरामीहरुको सेवा गर्ने र बेसिजनमा काठमाण्डुका अस्पताल साथै अन्य आईएन जीओको गतिबिधीमा ब्यस्त रहने कुरा भनिन्। अब अर्को साल देखि यहि गाउकी एक जना बहिनी स्टाफ नर्स भएकी छिन् । तिनी आउछिन्। म अन्य क्षेत्रमा कार्यमा ब्यस्त रहन्छु। अर्को साल बैवाहिक जीवनमा बाँधिने योजना भएको बताईन्। गफगाफ गर्दै थेन्दुक पनि तयार भयो। संगै बसेर खायौ। थेन्दुको शक्तिले भोलि सजिलै शे गुम्बा पुगिएला भन्दै हरि भाईलाई सुनाए। माथिलो डोल्पा भेगमा थेन्दुको बनाउन शिपालु र मिठो बनाउने आफ्नो परिचय बनाई सकेको रहेछ हरि भाईले। यि बहिनीहरुले पनि हरि भाईको थेन्दुको स्वाँदको तारिफ गरे। ३ जना बहिनीहरु टिभि हेर्न थाले। शुभरात्री भन्दै सुत्न लाग्यो हामी।  





Saturday, May 2, 2020

Upper Dolpa Trek Day-12


Saldang- High Camp(Vijer)
23 May 2019



हिजो बुलुकीको उब्रेको थेन्दु संग वाई वाई खाजा खायौ। ज्यान तातो बनायौ। लामा बाजेका बुहारी चौरीका दुध दुहुदै थिए। सबै जनालाई फेरी भेटौला भन्दै 0630Hrs सालदाङ बाट हिड्यौ।लामा बाजेले आफ्नो घरको पछाडी सम्म हामीलाई छोड्न आए। उकालो बाटो देखाउदै त्यहि थुम्का कटेर नाङडोला पास आउछ । पासमा हिँउ छैन होला आज आरामले भिजेर पुग्छ भोटे लवजमा भने। लामा धन्यवाद फेरि भेटौला भन्दै उकालो बाटो लाग्यौ। उक्लिदै गर्दा घामको प्रकास छरिसकेको थियो। लामा बाजे घाम ताप्दै हामीलाई हेर्दै बसिराखेका देखिन्थे। उक्लिदै गर्दा कारभान फिल्मका नायक थिन्लेको घर त्यहि हो भन्दै हरि भाईले देखाए।


उचाई बढिरहेको थियो। सास बढिरेहको थियो। कछुवा गतिमा उकालोमा उक्लि रहयौ। उक्लिदै गर्दा सानो पोखरी भेट्यौ।  नेपाल टेलिकमको टावर निमार्ण भईसकेको देख्यौ। लामा बाजेले अबको २ महिना भित्रमा टेलिफोन सेवा गाउमा चल्छ भनेको थियो हिजो हामीलाई। कराङ गाउ सिधै तल देखिरहेको थियो। सालदाङ गाउलाई थुम्काले छेकीसकेको थियो। 4600 मिटरको उचाईमा पुग्दा खाजा खाने सल्लाह भयो। हरि भाईले तातो पानी तताउन थाले। आचार संग फापरको रोटी खाजा खायौ। तातो पानी र चिया पियौ। ज्यान तातो बनायौ। बादलले घामलाई लुकाउने र छोड्दै गरेको वतावरण थियौ। ४५ मिनेट सुत्यौ।

ब्युँझिए पछि चारै तिर मुस्कुराएर बसेको हिमालको तमास नियाल्दै उक्लिदै गर्दा नाङ्डोला पास वरिपरिका हिमालहरु देखिन थाले। नेपाल र चाईना तिरका हिमालहरुले क्षितिज संग मिले बसेको देखिन्थे। नाङ्डोला पास पुग्नै लाग्दा हिँउ संग कुस्तिनै खेल्नु पर्यो। कहिले भासिने कहिले पछारिने चिप्लिदै गर्दै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै 5370 मिटरको नाङ्डोला पासमा पुग्दा हर्ष र उल्लाष छाउन थाल्यो।
देखिदै गरेका हिमालका चुचुराहरुलाई कुहिरोले छोपि सकेको थियो। पास बाट छेवैमा ढाका टापी लगाएर बसेको जस्तै आकृतिमा रहर लाग्दो हिमाल मुस्कुराउदै बसेको देख्न पाउदा खुशीले गदगद भए। ईच्छा पुगुञ्जेल तस्विर र भिडियो खिचे। पासमा १५मिनेट बस्यौ। पास बाट झर्दै गर्दा हिउले कुटेर राखेको जस्तै लाग्ने चिउराको आकृतिमा देखिने खालका काला ढुंगामा टेक्दै हिड्दा थकानको महसुस भएको थिएन्।

आकासमा कालो बादलको हुल हिमालको टाकुरा तिर उड्दै  गरेको देखिन्थे। नाङ्गा पठारमा ४८८० मिटरको उचाईमा एक्यापले निर्माण गरेका एउटा हट भेट्यौ। भिजेर गाउ पुछारमा देख्दै थियौ। बाटो पुरै ओरालो भएकाले थकानको भान हुँदै थियो। खोलाको छेवैमा 4650 मिटरको उचाईमा भिजेर नपुग्ने हाई क्याम्पमा बस्ने योजना बन्यौ। 1630Hrs हरियो चौउरमा टेण्ट टाग्यौ। सिधै तल देखि रहेको याक फार्म र चिज फ्याँक्ट्री हो । हरि भाईले टेण्ट टाउदै मलाई सुनाए।  सालदाङ बाट बोकेको उसिनेको आलु रोटीको साथमा वाई वाई को सुप संग खाने भन्दै हरि भाईले पानी तताउन थाले। आकास खुलेको थियो। घाम किरण  टाकुराहरुको शिरमा पुगिसकेको देखिन्थे। टेण्ट भित्र खाना खाई सके पछि साँझ नपर्दै स्पिङ ब्याग भित्र सुत्न थाल्यौ। कोलाहल केहि थिएन्। शान्त वतारण थियो। छेवैमा खोला बग्दाको आवाज मात्र सुनिन्थे। हरि भाई आफ्नो मोबाईलमा डाउन लोड भएका भिडियो हेर्दै थिए। म नारायण गोपालका गीत सुन्दै हरि भाईले भने आज सालदाङ देखि १० घण्टा हाई क्याम्पमा आई पुग्यौ । भोलि सजिलै आरामले २ घण्टामा आरामले पुगिन्छ भिजेर हरि भाईले भने। गीत सुन्दै गर्दा निदाए छु म।








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...