मोहनी लगाउने रामारोशन ताल
- Day काठमान्डु देखि धनगढी बस यात्रा घनगढी बाट माईक्रो बस मार्फत दिपायल सिलगढी ।
- Day सिलगढीबाट बस यात्रा गरि साँफेबगर (२४किलोमटर सिगढी देखि साँफबगर) ।( ३५किलोमिटर साँफेबगर देखि अछामको सदरमुकाम मंगलसेन) ।
- Day साँफेबगर -जयगढ बस ३०मिनेट जीप यात्रा । जयगढ देखि रामारोशन पदयात्रा
- Day रामारोशन गाउदेखि २ घण्टा पदयात्रा गरि रामारोशन ताल दृष्यलोकन
- Day रामारोशन -बिनायक पदयात्रा
- Day बिनायक- राकाम पदयात्रा (राकमदेखि बस यात्रा गरि सुर्खेत)
- Day सुर्खेतमा आराम (बुलबुले ताल र काँक्रेविहार दृष्यलोकन)
जानकारी:- डोटी जिल्लाको सदरमुकाम सिलगढी बाट सवारी साधन अछाम जिल्लाको मंगलसेन सम्म सुविधा छ। साँफेबगर बाट बिहान ७ देखि अन्तिम जीप ९ बजे मंगलसेन सम्म छुट्ने गर्दछन् ।
डोटी जिल्लाको खप्तड निकुञ्ज र अछाम जिल्लाको रामारोशन ताल नियाल्न हामीलाई औधी हुटहुटी भयो । बिस्तृत रुपमा ईन्टरनेटमा खोज्यौ तर सामान्य जानकारी मात्र पायौ । कसरी पुग्ने कहाँ बस्ने कुनै जानकारी पाएनौ । त्यो हौसिएको हाम्रो मन लाई बाँधेर राख्न सकेनौ र निर्कौलमा पुग्यौ दिपायल र मंगलसेन पुग्ने जानकारी लिने र निकुञ्ज अनि तालको दृष्यलोकन गरि फर्कने योजना बनायौ। मित्र द्बय बिशाल प्रताप र म काठमाण्डाै नयाँ बसपार्क गंगाबु बाट खप्तड डिलक्स गाडीबाट हुकियौ ७जनवरी २०१३। खप्तड निकुञ्जको जंगलमा हराएर हाम्रो अधकल्चो पदयात्रा भएता पनि रामारोशन तालमा पुगेर त्यहाँको मनमोहक प्राकृति गहनणामा रमाएर रतौली खेल्यौ । तर त्यहा सम्म यात्रा गर्न सजिलो भने रहेन्छ।
10 Jan 2013 रामारोशन ताल कसरी पुग्ने जानकारी साँफेबगरको होटल डिलाईट्स बाट नपाए पछि ९ बजेको अन्तिम जीपबाट यात्रा गर्दै बयलपाटा जयगढ र कैलास खोला नियाल्दै १०तिस बजे मंगलसेनकोहोटल कर्णालीमा पुग्यौ। तातो खाना खाई केहि समय आराम गर्दै साहुजी संग रामारोशन पुग्नका लागि उहाँले बताउनु भयो। “रामारोशन जानका लागि सबै भन्दा उत्तम बाटो जयगढमा ओर्ली एक दिनको पदयात्रा गरि रामारोशन पुग्ने बताए तर पनि हामी फेरि फर्केर जयगढ नजाने बिचार लिए पछि उहाँले वलीगाउ जुपुगाउ भएर दर्ना गाउको पुछारमा कैलासखोलाको झोलुङ्गे पुलमा होटल छ । त्यहा बस्नुहोस भोलि आरामले रामारोशन पुग्नु हुने छ”। १२ बजे मंगलसेन बाट हिड्यौ। जीपु गाउ निवासी कक्षा ६ मा अध्ययनरत भाई बाटोमा भेट्यौ HIV संक्रमित भएकी आफ्नी ४५ बर्षकी आमाका लागि दवाई लिई फर्के बताए। प्रत्यक महिनाको २५गते मंलसेन बजारमा दवाई बितरण गर्ने रहेछ। जीपु गाउमा ७जना महिला २ जना पुरुष भाईसबाट संक्रमित भएको बताए ति भाईले। ४दाजुभाई र आमाका साथ कष्टकर जीवन बिताउदै गरेका छौ भन्दै १० बर्ष अगाडि बितेका आफ्ना बाबालाई सम्झदै भाबुक बने।
कैलास खोलाको झोलुङ्गे पुलमा अवस्थित होटल दिर्जामा साँझको ५ बजे पुग्यौ। होटलमा पुग्दा रक्सी पिउदै गरेका युवा र बृद्धाका समुह अगेनुमा आगो ताप्दै गफिदै थिए। रामारोशन घुमघाममा आएका हामी काठमाण्डौबाट भन्दा रामारोशनको गुणगाउन थाले त्यहा भेला भएका युवाहरुको समुह। एक जना बुद्धा भने चुपचाप सुन्दै बसिरहेका थिए। के तपाईहरु पुग्नु भएको छ भनि सोध्दा कोहि नपुगेको बताए।यो बुढा जाने आउने गरेका छन् ईसारा बुढा तर्फ गरे युवाहरुले । मैले ति बाजे संग हामीलाई गाईड गर्न जानुहुन्छ अनुरोध गर्दा उहाँ हामी संग जाने सहमत हुनु भयो । परिचय गर्दा उहाँ दर्ना ४ निवासी नन्दराम रिमाल बताउनु भयो केहि बेर गफगाफ गरे पछि ३०मिनेट उकालो उक्लनु पर्छ मेरो घर पुग्नलाई भनि उहाँ हामी बाट छुटिनु भयो र अन्य युवाहरु पनि आफ्ना घर तिर लागे। त्यस होटलका साहुनी छोरा बुहारी र छोरी साह्रै मिजासिला रहेछन्। यति टाढा बाट पनि रामारोशन घुम्न आउनु भएको देख्दा हामीलाई खुशी लाग्यो भनेर गफगर्दै बस्यौ।
11 Jan 2013 होटल दिर्जा बाट पौने ८ बजे रामारोशनका लागि हिड्यौ कैलाश खोलालाई पछ्याउदै । १० बजे मुजाबगरमा खाना खायौ। खोचमा अवस्थित मुजाबगर रमाईलो ठाँउ रहेछ तर पुरुषहरु प्राय बिहान देखिनै रक्सीले खुट्टा लरबराएको देखिन्थे। मुजाबगर बाट बाटो लाग्न लाग्दा हाम्रो झोला बोक्नका लागि मरिहत्ते गरेका थिए एक जना जड्याहाले तर ६५ बर्ष उमेर पुग्नु भएका नन्दराम रिमाल ज्यूले झण्डै झापड हान्ने जोस देखाउनु भए पछि ति हजकिए। ११ बजे मुजाबगरलाई पछाडि पार्दै कैलाश खोलालाई देब्रे राख्दै कहिले उकालो र तेर्स्रो बाटोमा पछ्याउदै खोजको पदयात्रामा गफिदै हिड्दै आनन्दित बनाईरहेका थिए तिनै कुईनेटा बाटोमा लुक्दै निस्कदै गरेको कलिलो सूर्यको उषाले । । सैनिक गाउबाट सोनानी गाउ सम्म एकदमै उकालो बाटो आराम्भ भयो जुन गोरेटो बाटो द्बन्द्ब कालमा माओवादीले खनेका रहेछन् । २ बजे दिउसो रामारोशन गाउमा पुग्यौ । नन्दराम रिमाल ज्यूले आफ्ना मित दाजु अम्वर बहादुर बुढा संग हामीलाई सामान्य चिनजान गराए पछि हाम्रो झोलाले उहाँको आगनमा बिसाउने मौका पायो। भुटेको मकै खाजा खायौ। साँझमा जौको भात र सिस्नोको मिठो स्वाँद लिएर खायौ।
12 Jan 2013 रामारोशन गाउबाट अम्वर बहादुर बुढा लगाएत हामी पाँच जना लाग्यौ रामारोशन ताल नियाल्न ७ बजे । जंगल भित्रको लुकामारी बाटोमा कहिले आकास देखिने कहिले जंगलले छाता ओढोर बसेको बाटोमा हिड्दै गफिदै ९ बजे पुग्यौ रामेखण्डमा। सूर्यको छिप्पेको प्रकासले चारैतिर ढाकी सकेको यो खण्डमा पुगेर जौको सुख्खा रोटी खादै चिसो र शान्त वातावरणमा लुकामारी गर्दै करिव आधा घण्टा यहाको प्राकृतिक सौन्दर्यमा हरायौ। पहिलो ताल देख्दा सारा थकान भुल्यौ र क्यामरा समाउदै हतारिदै रमाउदै रमणिय प्राकृतिक सौन्दर्य र ताललाई कैद गर्न थाल्यौ। २०मिनेट जंगल भित्र यात्रा गर्दा दोस्रो ताल भेट्यौ जसलाई बाटुल्ला भन्दा रहेछन्।अंग्रेजी साल २०१२ रामारोशन महोत्सव गर्दा बाबुराम भट्टराई जीलाई सयल गराईएको परम्परागत ढुंगा तालको किनारीमा तैरिरहेको देख्यौ। त्यसैमा हामी ३ जना डुंगामा सयल गर्दै तालको चिसो पानी र भेला भएको चिसो हावामा रमाउदै खप्तड यात्रा गर्दा हराएको क्षण र यो ताल नियाल्नका लागि गर्नु परेको २ दिन पदयात्राको कष्ठलाई भुलाउदै करिव २ घण्टा बस्यौ। रामारोशन क्षेत्रमा भनाईमा १२ वटा ताल भनिए पनि सबै पुरिएर अव ८वटा मात्र रहेको बताए अम्वर बहादुर बुढा दाईले ।
रामेखण्डमा दुई घण्टाको थकान मेटाउदै ६५ बर्षिय नन्दराम रिमाल ज्यू । उहाँ हाम्रो गाईड हुनुहुन्थ्यो दर्ना रामारोशन र विनायक सम्म । स्वच्छ र शान्त वातावरणमा जौको सुख्खा रोटी खाजा खादै र पारिलो घाम ताप्दै बिशाल र प्रताप । यो खण्डमा भविष्यमा स्थानिय बासीले बस पार्क निर्माण गर्ने र होमस्टेको अवधारणा हुँदै छ अम्वर दाईले बताउनु भयो ।
रामारोशन ताल क्षेत्रको यो देखिएको पहिलो ताल हो । यो तालमा पुग्न अगाडि हामीलाई अम्वर दाईले यस क्षेत्रमा पाईने ७ किसिमका जडिबुटी खोज्दै देखाउदै लैजानु भयो। धना जंगलको बिचमा निष्चल शान्त निलो रंग लिएर बसेको ताल देख्दा हामी मख्खै भयौ। अडिग भएर नियाली रहयौ । हाम्रो दिमागमा अरु केहि थिएन केवला ताल र जंगलको आकृति ।
द्बन्द्ब कालमा माओवादीले ताल नियाल्नका लागि वरिपरि निर्माण गरेका पेभमेन्ट। यो पेभमेन्ट निर्माण गर्न रामारोशन गाबिसका सम्पुर्ण गाउलेहरुलाई दिनको एक रुपैयाँ ज्याला दिई निमार्ण गरेका । जो आउदैन् त्यसलाई भाटा खुवाउने डर धम्की दिएकाले सबैले जोसफुर्सिका साथ हामीले बनाएको हौ यो। त्यस बेला डराईन्थ्यो आजकाल भएको भए के बनाईन्थ्यो र भन्दै जानकारी हामीलाई दिनु भयो अम्बर दाईले।
रामारोशन क्षेत्रको सबै भन्दा ठुलो ताल हो यो। मेरो उचाई मापन गर्ने घडीले समुन्द्रको सतहबाट २३०० मिटरको उचाईमा अवस्थित देखायो। हलचल नगरि बसेको यो तालको पानीमा जंगलको पुरै आकृतिको मेकप गरि बसेको देख्दा हामीले पेभपेन्टमा बसेर फोटोग्राफी र तालको दृष्यालोकन गर्दै हाम्रो थकानलाई भुलायौ ।
निलो आकास मुनि चारैतिर बाग्लो जंगलले ढाकेर राखेको बिशाल यो रोशन फाँटमा बिच भागबाट सङ्लो पानी बग्दा रहेछ। प्राकृतिक सौन्दर्यको गहनाले श्रृगारिएको दृष्यालोकन गर्दागर्दै भुसुक्कै निदाउनु पुगेछन् मेरा मित्र प्रताप। बर्षा ऋतुमा रामारोशन गाउका बासीले भैसी गोठ राख्ने गर्दा रहेछन्। प्रायः नन्दराम रिमाल आफ्नो मित दाईको गोठमा बर्षा ऋतुमा दुध दही खाना आउने गरेको त्यो सम्झना हामीलाई सुनाए। यो फाँट कालिकोट र अछाम जिल्लाको सिमाना भएकाले कालिकोट जिल्ला बासीले पनि गोठ ल्याउने गर्दा रहेछन् ।
(किनिमिनी फाँट) द्बन्द्बकालमा माओवादीले रामारोशन गाविसका निवासीलाई यस किनिमिनी फाँटमा धान रोपाउन कटाउने निफन्न लगाई धान लिएर गएका कुरा पनि बताए अम्बर दाईले। यस फाँटको पुछारमा बिशाल भडखाला रहेछ द्बन्द्बकालमा सेनाको हवाई गस्ति गर्दा लुक्ने गर्थे माओवादी ।तालिम पनि गर्ने गर्थे सायद अझ पनि हुन सक्ने बिस्वास गर्छन् रामारोशन बासीले बिष्पोटक पदार्थ यो सुरुङ भित्र ।
सामुदायिक बनभएकाले कसैले पनि बनका काठपात जडिबुटी संकलन गर्न नपाईने नियम रहेछ। आन्तरिक पर्यटकका लागि एक वटा मात्र लौराका रुपमा चिनो लैजाने नियम भएकाले मालिङ्गो समाउदै किनिमिनी फाँटको किनारमा घाम ताप्दै आराम गर्दै बाँया बाट प्रताप दोस्रो लहरमा बिशाल रक्सीको सिसी समाउदै रामारोशन निवासी हाम्रो पथप्रदर्शक दाई अम्वर बहादुर बुढा र आदरणिय बाजे नन्दराम रिमाल ज्यू । अम्बर बहादुर बुढाको जेठी छोरी छापामार भएकीले नेपाली सेनाले मारेको र नन्दरामा रिमालको छोरा नेपाली सेनामा सेवारत हुँदा दोहोरो भिड्न्तमा मृत्यु भएको कुरा रामारोशन देखि विनायक पदयात्राको दौरानमा बताए।