Total Pageviews

Thursday, September 10, 2015

मन अमिलो र अलिनो पनि हुदो रहेछ

मन अमिलो र अलिनो पनि हुदो रहेछ 

म ग्रिन प्रोजेक्टको काम सकेर घर फर्कदै थिए। बाटामा सूर्यको तातो किरणले मेरो दुवै गालमा नराम्रो सित झापड हान्दै थिए। बाटामा भएका बृक्षहरुका पातहरु पनि बेला बखत मात्र काउकुति लागेको झै चलिरहेको थियो तर तापक्रम भने तल झार्न नसकेको जस्तो थियो ति बृक्षहरुले। चुवाको फूलहरुको सुग्धले मन एकदमै प्रसंग बनाई दिईरहेको थियो मलाई। एक हुल बाजे बजुहरु हटमा आफ्नो देशको कुराहरु  गरिराख्या हुनु पर्छ। मेरो गन्तब्यको मुलबाटो त्यही भएकाले म पनि त्यहि बाटो रोज्नु अरु बिकल्प थिए। म त्यहि बाटो रोजे र उहाँहरु साँमु पुगे पछि आफ्नो आदर सत्कार सम्झे  मैले सवैलाई नमस्कार गरे। सवैले नमस्कार फर्काउनु भयो। मेरो ज्यान पसिनाले लपक्कै निथ्रुक्कै भिजेको थियो। मेरो पाईलाहरुलाई उहाँहरुको बिच बाट करिव ४ पाच पाईला टेक्नै बित्तिकै मेरो दाहिने कानेकुगुजीमा मनै अमिलो हुने गरि एउटा शब्दको आवाजले रन्थानाई दियो। त्यो शब्द थियो ।बाजेहरुको हुल बाट आएको थियो। हामीलाई नमस्कार गरे पछि बाजे बजु खुशी हुन्छन् भन्ने शब्द। म फन्क फर्केर हेरे तर केहि भनिन्। सायद उहाँको चेतनाको कमिले होला। बास्तवमा मैले सोचेको पनि थिईन् त्यस्तो शब्दको बण रुपी धनुको तिर । केहि बेर पर पुगि छाहारिको मुनि अवस्थित एउटा कुर्सीमा बसि उतै तिर नियालेर केहि क्षण उम्लेका भावनाहरुलाई सेलाए।

 on March 7, 2011

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...