Total Pageviews

Thursday, September 10, 2015

प्रशान्त तामाङ र राजु लामा सामुहिक कार्यक्रम सिङगापुरमा

प्रशान्त तामाङ र राजु लामा सामुहिक कार्यक्रम सिङगापुरमा 

आज कामको अन्तिम दिन भएकाले म सखारै ब्युझे। सिमसिम पानी साथै दायाँ बायँको बृक्षहरुलाई हावाले बिस्तारै मिठो चुम्वन गर्दै छोड्दै गरेको देखे। झ्यालको पर्दा खोले त्यो रमाईलो बिहानीमा साथ दिन अझै बृक्षको झ्याङ भित्र एक जोडि कोईलिले आफूले सकेको  अनि जानेको भाषाहरु एक हागा देखि अर्को हागा गर्दै उठ्दै बस्दै चुम्वन एक आफसमा गर्दै लुकामारी खेल्दै थियो। त्यो लुकामारी गर्दा सूर्यको न्यानो उषा हाईराईज भवनको बलेसीमा र कुलेसामा आईपुगेको थिएन्।  यस्तो वातावरणमा केहि बेरसम्म म एक्लै सुनकोशी र दुधकोशीको भङगालामा खसेको पानी झै बहदै थिए। एक मित्र मेरो सामु टक्क आईपुगे। दाई नमस्कार अस्ति सिङगापुरमा आउनु भएको प्रशान्त तामाङ र राजु लामाको कन्सर्टमा जानु भयो? अँह गईन त भाई ! फुर्सद हुनु भएको बेला यूट्बुमा गएर हेर्नुस अनि सुन्नुहोस। मैले बिस्तारै मालिङबासको टुप्पोलाई हावाले बटारै झै मेरो मुन्टोलाई बटारि दिए।
घरमा आईपुगे। सिङगापुरमा प्रशान्त तामाङ र राजु लामाको कन्सर्टको यूटुबको सागर भित्र पुगे। यहा क्लिक गर्नुहोस भिडियो हेर्नको लागि Click Here!
संगीत पारखीहरुको त्यो हुटहुटी देख्दा मलाई एक किसिमको अलिनो लाग्यो। हैन मैले कहि पनि देखेको थिएन् स्टेजमानै गएर तस्विर अनि नृत्य गरेको। माधेशंक्रान्ति मेलामा गएर नृत्यको झलको मेरो मष्तिषक बिस्तारै स्नायूले संकेत दिलायो। पहिलो मुलुकमा मुग्लानमा बसोबास भएता पनि आफ्नो संस्कृति परम्परा भुलेको रहेनछ।

 on May 22, 2011

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...