चर्चित फेसन डिजाईनर प्रबल गुरुङ
सन्ध्याको आगमन संगै मलाई पनि मेरो घरको मुलढोकाले स्वागतको लागि पर्खिराखेको रहेछ। ठ्याक्कै पुग्ने बित्तिकै स्वागत गरे बरन्डा तिर भएको मरकरी लाईटको दुधे प्रकासहरुले। साँझको खाना खाईसके पछि नेपालतिरको अनलाईन अखवारी के के रहेछन् । ईन्टरनेटका पर्दाहरुका पन्नाहरुलाई पल्टाउदै गए। एक नेपाली अनलाईन समाचारले चर्चित गायिका अन्जु पन्तको बारेमा लामो पृष्ट अटाई नअटाई अनुछेदहरु पनि नराखी लामो कुराहरुको लेख पढियो बिश्वास गरुकी नगरु नेपालको पत्रिकाको के भर हैन। त्यो साँचो समाचार पनि हुन सक्छ झुटो समाचार पनि हुन सक्छ। तर मैले आफैलाई प्रश्न गरे किन प्रेम बिवाह गर्छन् अनि किन पराचुके गर्छन्। म धेरै बेर सम्म माधे कुहिरोले घर पारितिरको थुम्कालाई अंगालोमा बाधेर राखेको मौसम झै केहि बेर रुमलिएर कक्रिदै बसे। यस्तो पाराले हुन्न अव अर्को साईटमा छिरे वीवीसी नेपाली सेवाको साझासवाल भित्र।
एक दशक अगाडि एक युवक कामको खोजीमा भौतारिदै अमेरीकाको नामी शहरमा छिर्दा रहेछ। संधर्षका उकाली ओरालीहरु पसिना र थकान मेटाउनको लागि ति युवक दैउरालीमा पनि थकान मेटान भ्याउदै रहेछ। अथक मिहेनतका साथ आज तिनै युवक बिश्वको सवै भन्दा गरिव राष्ट्रका युवक धनी राष्ट्रका युवाहरु युवतीहरुले लगाउने लुगाका आकर्षक डिजाईनहरु पहिरण निमार्ण गर्दछ। युवायुवती मात्र नभएर बिश्वका शक्तिशाली राष्ट्र नायक का श्रीमती समेतले पोशाकका पहिरण लगाएका रहेछ। तिनै युवकको नाम रहेछ । प्रवल गुरुङ । साझासवालको प्रस्तोता नारायण श्रेष्ठ संग भएको अन्तर्वार्ता ध्यान दिएर सुने। के तपाई पनि सुन्न चाहानुहुन्छ भने साझासवाल भित्र छिर्नुस है
No comments:
Post a Comment