भाचिएको मुलबाटो
on August 23, 2010
कोईलीको सुरिलो स्वर सुन्दै युथ ओलम्पिक गेम हेर्नका लागि म सर्कल लाईनको रेलगाडि स्टेसन तिर लम्कदै थिए।सूर्यको कलिलो उषा संगै सुरिलो भाखामा कोईलीले जिब्रो तन्काई तन्काई गीत गाईरहेको थियो। सर्कल लाईनको ढोकामा पुग्दा चालक रहित रेल घच्याक्क रोकियो। १०मिनेटको रेलयात्रा पछि बिसान रङगसालामा पुगे। बिश्वका २०५ राष्ट्रका झण्डाहरु हावाको दिशानुसार फर्फराईरहेका थिए। नेपालको झण्डा अन्य भन्दा भिन्नै आकृतिको देख्न पाउदा छाती गर्विलो भएर आयो। नेपालका खेलाडिहरु सवै छनौटक्रम बाटै बिदा भईसकेका थिए। राष्ट्रिय झण्डामुनि बसेर युथ ओलम्पिकको आनन्द लिने क्रममा पहिलो खेल ४००मिटर हडलको डङग गर्ने आवाज सुन्ने बित्तिकै खेलाडीहरु आफ्नो शक्तिले भ्याए सम्म फिनिसिङ पोईन्ट तर हस्याङ पस्याङ गर्दै पुगे। को रहेछ स्टार्टस भनेर नियालेर हेर्दै गर्दा मेरै सहकर्मी मित्र पो रहेछ सुरेन्द्र। म गजबले गदगदिदै गम्मक लागेर उसलाई नियाल्दै बसे। युथ ओलम्पिक खेलमा बिश्वका नामीखेलाडीहरुलाई नजिक बाट नियाल्नु पाउनका साथै तिनै खेलाडीलाई खेलको चमत्कारीलाई स्टार्टस डङगर्ने शिप तिनै मेरा सहकर्मीको कला देखेर मनमनै गदगद हुँदै बाकी खेल हेर्दै गए। त्यस बाहेक अन्य एथलेटिक्स ईभेन्ट भईरका तिर पनि साथीहरु अफिसियलको जिम्मेवारी निभाउदै देखिदै गएको देखे। करिव २ घण्टाको आजको एथलेटिक्स ईभेन्ट युथ ओलम्पिक खेल समाप्त भए पछि लुरुलुरु घर तिर फर्के। लुथुक्कै हुने गरि म पनि हामै घर आगनमा भएको ट्रयाकमा दगुरे। बाटामा फर्कदा सिमसिमे पानीले रुझायो। घर आईपुग्दा सन्ध्याले स्वागत गरिसकेको थियो । युथ गेमको प्रत्यक्ष खेल टेलिभिजन सेट अगाडि हेर्दै आनन्द लिदै थिए। समाचार आउने समय भएकाले च्यानल न्यूज एसिया समाचार को च्यानल दवाउदा फिलिपिन्सको मनिलमा भएको बस होस्टेजमा प्रहरीले स्ट्रोम गरेको दृश्य लाईभ देखाईरहेका रहेछ। भाचिकएको मुलबाटो जस्तै लाग्यो। अकालमा ज्यान गुमाएका ति हङकङका नागरिकहरुले। मन खिन्न भएर आयो।
No comments:
Post a Comment