Total Pageviews

Thursday, September 10, 2015

चारसुका

चारसुका 

घामको छाँया दलानको पेटी निर पुग्दै थियो। म हस्याङ पस्याङ गर्दै चिठ्ठा किन्न सडकको पेटिकामा पाईतालालाई लतारदै ठेस लगाउदै पुगे  चिठ्ठाको बासको द्बर अगाडि। चार सुका लगाए त्यो बैज्ञानिक ढंगले निर्मित बाकसको प्वाँल भित्र। अर्को प्वाँल बाट फुत्त निस्कियो अंकै अंक भएको रंगी कागज। चिठ्ठा परे त्यहि कागज नगद र चेक हुने नपरे गल्लिको ढुंगा झै भन्दै फाट्न लागेको प्वाँल भएको गोजीमा कोज्दै लागे बटारिदै गएको सूर्यको किरणलाई पछ्याउदै। दोबाटोमा एक हुल मित्रहरु पनि तिनै बाकसमा केहि सिक्का हाल्नका लागि हतारिदै थाक्न लागेको गोडाहरुलाई जवरजस्ती खुम्चाउदै फटाफट बोलाउदा पनि नसुनै झै गरि रुखो माटोमा हुर्किएको बोटको स्वरुपझै देखिने पाराले हुत्तिदै  गएका थिए।
मेरो पाईतालालाई दोबाटोका ईनोटो तिर बटार्दै थिए । एक भलादमी मित्रको नजरमा मेरो नजरले ठयाँक्कै दोहोरी खेल्यो। भद्र स्वभावले मलाई प्रश्न राखे। मित्र कता हो एक्लै। मैले छुर्पि टोक्दै थिए। छुर्पिलाई दाहिने तिरको गालाको कुनामा केहि छिन आलीमा राखे। पौडि पोखरी तिर जाम्की आज। थुक्क मोरा त्यो पौडीपोखरीमा त जालीमा थापेको बेलामा पुगिस भने कहिले नपसुङ लाग्ने  हुन्छ तलाई मोरा। मैले प्रश्नको उत्तर भकारीमा गुम्साएर थुपारेको कोदोबाल झै अमिलो गन्ध आउने गरि उत्नर दिए। हे प्रभु हे मित्र अँह मलाई त्यो थकौलीमा थुपारेकोझै देख्ने मैलाका टुक्राहरुले मलाई पौडि खेल्दा मेरा ज्यानहरुमा घोच्ने वालामा छैन्। मेरा ज्यानहरुमा ति पातपतिङगरले मलाई सात दिन्छन्। कारण म त आहालमा पौडि खेलेको मेरा छालाहरुमा त्यहि आहालको अपवित्र पानीको छिट्काहरु अझै सुकेका छैन् त्यसकारण म तपाईले भनेकै र मैले रोजेकै पोखरीमा हाम फाल्नुमा म हतारमा छु । मलाई बिचबाटोमा भट्काएर टगारो लगाउने कोसिर नगर । एति भन्दै उसको नजरबाट म टाढिदै गए। पौडि पोखरीमा अक्करबाट नमिलेको ढुंगा खसेको पाराले झ्याम्मै डाईभ दिएको ह्वाँत्तै एक लिटर जति पानी पिए होला । अत्तालिदै जलदेवता को पाराले फुत्तै निस्किए र पाखा लागेर एक छिन बिस्राम लिए।

on April 4, 2011

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...