Total Pageviews

Sunday, May 15, 2016

१३ फेब्रवरी २००८
यहाँ थुप्रै छन्
एम. के.१४०६८ धराने

यहाँ बाघको दुध पीएर
मान्छे नपिटेको धेरै भएकोछ भन्नेहरु पनि थुप्रै
छ्न

यहाँ झ्याप भएको झोंक्मा
अर्काको च्यापु ताक्दा अनुहार सिमेन्ट्मा परेर
आफ्नै बाङंरा गान्नेहरु पनि थुप्रै छन्

यहाँ गर्छु त भन्ने तर पारा नल्याउनेहरु पनि
थुप्रै छन
यहाँ ड्युटी फ्री पिएर बर्षमा एक पटक झ्याप
हुनेहरु पनि थुप्रै छन

अर्काले पैसा तिरेको जांड उंट्ले पानी पिएको
जस्तो पिउने
आफ्नो पाला आउँदा पैसा बोक्न बिर्सेंछु भनेर शकल
गाएब हुनेहरु पनि थुप्रै छन

यहाँ महिनाको पे डे मा तलब थाप्ने
तर ऋणले गर्दा अर्काको निम्ती जागिर गर्नेहरु पनि
थुप्रै छन

यहाँ गोली राम्रो हान्छु, निशानेबाज हुँ भनी भाम
ओबर हुने
तर अर्काको तार्गेट्मा भ्वाङ पार्नेहरु पनि
थुप्रै छन

यहाँ नकुदी नहुने, नखाइ नहुने, नखोकी नहुनेहरु

पनि थुप्रै छन






२४फेब्रवरी २००८
क्या र्‍याक भेजा खराब हुंदा
एम के१४०६८ धराने

बूज पिएर हरिफ पल्टदा
रातको तीन बजे बूज संगै घर फर्कदा
नो म्युजिक बट वाइफको गीत सुन्नु पर्दा

क्या र्‍याक भेजा खराब हुंदा
घरको ढोका मेम साबले चाबी नभेटेकोले बन्दै राख्दा
डो फांक बूजको ट्रिपमा बाहिर उभिनु पर्दा
लाइफ क्या रड्डी लास्ट बोरिङ्ग हुँदा

क्या र्‍याक भेजा खराब हुंदा



१२ जुन २००७


बदलिएछ
कमल श्रेष्ठ(२०५६०)

मैले त्यहाँ छाडे देखि धेरै हेरफेर भएछ
गुराँस फुल्ने पाखाहरु सबै पहिरो गएछ

भञ्ज्याङ्को चौतारीमा छाडे अरे बिसाउन
पारी बनका खोल्सीहरु छाडे अरे सुसाउन

मिर्मिरेमा न्याउली गाउथ्यो एकान्तमा कोइली चरी
शान्ति खोज्दै अन्तै तिर गयो अरे बसाइ सरी

सुसाउने सल्लेरीमा ठूलो आगो सल्किएछ
बादलु र आकास पनि जंगलबाट फर्किएछ

छाडे अरे लड्नलाइ एक आपसमा दाजु भाइ
फकाउन खोज्दैछन् रे प्यारी आमा नेपाललाइ
रिसाएकी शान्ति पनि आउदै छिन् रे चाडै घर

बिकास पनि चाडै आउने पायो अरे खबर

१६ मार्च २००७
निष्ठुरी तिमी
कमल श्रेष्ठ(२०५६०)

तिम्रो बिश्वास गरेको थिए पाँए ठूलो चोट
अनायसै इज्जतमा लागी हाल्यो चोट

संगै जिउने, मर्ने कसम बिर्सिएछौ आज
यति चाडै बद्ली हाल्यौ लाग्नु पर्ने लाज

स्वाभिमान र इज्जतको कुरा गर्थ्यौ खुब
छेपारो झैं छिन-छिनमा फेर्दो रहेछौ रुप

तिम्रो इच्छा त्यही रैछ मलाइ दु:ख दिने
कुटनीति जाल बुनी केही फाइदा लिने

जे भए पनि खुशी साथ बाँच संधै भरी
तिमीले गर्दा मेरो जीवन भयो काँडा सरी


१२ मार्च २००७
मान्छे तिमी
मिलन याखा(२०१६९)

सर्बश्रेष्ठ प्राणी तिमी चेतनशील पनि
बन्यौ क्यारे सर्बश्रेष्ठ महा स्वार्थी हौ नि

जसले दियो जीवन तिमीलाइ मुखमा गाँस
बनाइ छाड्यौ आखिरीमा उसकै सर्बनास

लंगडोलाइ आँखा त अन्धोलाइ खुट्टा दिने दानी
मख्ख परि खिस्स हास्यौ ढोका बन्द गरी

मान्छे तिमी कति स्वार्थी नामै मात्र जाती
रुख चढाइ फेद ढाल्ने पायौ कति कति

सर्बश्रेष्ठ प्राणी तिमी महास्वार्थी पनि
धिक्कार होला बाँच्न तिमीलाइ धर्तीको बोझ बनी

हरि गुरुङ्ग१४१४५

०२जुन २००७
घायल गुराँसका बोटहरु
हरि गुरुङ्ग१४१४५ , सिङ्गापुर

बारुद , गोला र बमका चोटहरुले
क्षतबिक्षत भएर घाइते भएकाछन् ,
ती राताम्मे फूल्ने मेरा गुराँसका बोटहरु ।
किनकी,

शान्तिको उदगमस्थल,त्यो पावन भूमिमा,
मान्छेहरु अहिले,
घृणाले प्रेमलाई ठुंगेर मार्छन् ,
प्रेम पचाएर घृणा ओकल्छन् ।
फूल कतै मुस्काएको छैन मेरो माटोमा अहिले,
बारुदको घुवां माझ सेतो चन्द्रमा ओझेल परेको छ
मेरो आकाशमा
दीन,दु:खी,गरीव अनि असाहय आत्माहरुले,
मुस्कानको परिभाषा जानेको छैन त्यहाँ ।
किनकी,

खोक्रो आडम्बर, अन्तहिन स्वार्थ बोकेर,
एउटै आमाका सन्ततिहरु आपसमा भिडिरहेछन् ,
लडिरहेछन्,
जीवनको सार्थकता बन्दुकको गोलीमा खोज्नेहरु,
जीवन मासेर सुखद अनूभुति लिईरहेछन् ।
शान्तिको अग्रदुत भगवान बुद्धको जन्मस्थल,
सीता र भृकुटीको माईतीघर, ऋषिमहर्षिहरुको तपोभूमि,
टुंगो नलाग्ने लडाई लड्ने रणभूमि बनेको छ ,
कुरुक्षेत्र बनेको छ ,
मेरा आफ्ना ढुकढुकीहरु बन्दुक र सङगीन बोकेर,
अनुहार भरि रगतका छिटाहरु पोतेर,
बाटो बिराएको यात्री जस्तै , एउटा लक्ष्य बिहीन
यात्रामा,
त्यसै त्यसै रुमल्लिरहेछ्न् , भौतारी रहेछ्न् ।



कृषण पौडेलका कविता


२५ फेब्रवरी २००८ 
असमञ्जस
कृष्ण पौडेल

यो विशाल महासागरको अगम अगोचर विशालताले
मलाई किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू र भूखण्डहरू क्रमश: खियाउँदै यसका
ज्वारभाटाहरू
युगौँदेखि धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै मिथकको अक्टोपस सदृश, ई ज्वारका खुट्टाहरू
रक्तविजका अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी, सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा, माटो , बालुवा , जरा अनि पत्कररूपी अवरोध
खियाउँदै, निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान
अंगालोमा
कसरी निर्लिप्त बन्छन् ई बलशाली भूज अनि
स्तम्भहरू
यो भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका
स्पर्शले
ती नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा
?
, समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन
सक्दिन
कुन्नि किन ई , यसरी हरदम मच्चिँदै छन, अथाह
समयदेखि
किन म आज हराइरहेछु , आफ्नै जीवनका विष्मयहरूको
खोजीमा
ती मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै
ठानेकाहरू
किन मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै
साध्न खोज्छन्
म अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन
गणितमा
किन यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु,
निष्णात ?
किन मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन
खोज्दैनन
किन यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित गराउन सक्दैनन म भित्र , मिठासका
उछ्छ्वासहरू
किन यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना
गर्छ
म भित्र , एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला
प्रभावहरू ?
किन चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न
वाध्य छ
पानीका यी निरिह देखिने प्रभावबिहीन सुषुप्त
देखिने छालहरू संग?
किन अजस्र प्रभावको पथ्थरिलो छाति पनि यति निरिह
बन्छ
किन सक्दिन म आँफ्नो परिचय त्यो विजेताको
अन्तरंगमा खोज्न?
किन अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन
निरन्तर मलाई
रंगरहित , ध्वंश अनि विनिर्माण र उदासिनताका

कोप्चेरा खण्डहर भित्र !

कवि मणिकुमार राई(९४२६) का कविताहरु

०१फेब्रवरी २००७
मेरो अन्तिम घडी
मणि कुमार राई ९४२६,
सिंगापुर

माछापुच्छ्रे हेर्ने नजरहरु चिम्लदैछु
फेवाताल पौडी खेल्ने रहरहरु त्याग्दैछु

प्रीयसीलाई अन्तिम पटक सम्झेको थिंए
तर मेरो मस्तिष्कमा खली पाए
कति वल गरेर बोल्न चाहान्छु
मुस्किलले मुख खोल्छु,भकभकाउँछु

समयको पैचो पाए हुन्थ्यो भन्छु
त्यसैले त चारैतिर भौतारी हिड्छु

घर पुग्नु भनी कति हतारिन्छु
के गरौ सात समुद्र पारी छु

दशधारा दुधको भारा तिर्नै बाँकी रहयो
बाबाको हलो,कोदालो सम्हाल्ने को हो

नाता नालामा साइनो टुट्यो
दौंतरीहरुमा गन्ती नै घट्यो

अब म सक्दिन लाममा उभिन
मेरो मुख बन्द छ "लेफ्ट राइट" भन्न
कृपया मेरो घरमा खवर देउ
बन्दुकमा खिया लाग्दा कसैले सम्हालि देउ

स्वर्गिय भाई (२०४९१) दुध बहदुर गुरुङ को

सम्झनामा

१३ फेब्रवरी २००७
हाँसो खुशी आफै राखी
मणिकुमार राई ९४२६,
सिंगापुर

हाँसो खुशी आफै राखी दु:ख आशु देउ
तर तिमी अल्झी रह्यौ परेलीको छेउ ।

जिन्दगीको गोरेटोमा पहिरो आई दिंदा
विरहीको संसारमा अन्धकारले छोप्दा
जहिले पनि आप्नो खुशी सम्हालेर लेउ
तर तिमी अल्झी रह्यौ परेलीको छेउ ।।

मन भित्रको ज्वालाहरु दन्किरहे पनि
हाम्रो साइनो संधैभरी पराई नै त हो नि
कहिलेकाही भुलेर नि मलाई नसम्झिदेउ
तर तिमी अल्झी रह्यौ परेलीको छेउ ।।।

१४ फेब्रवरी २००७
चेली
मणिकुमार राई९४२६,
सिंगापुर

छिनाइ लिएयौ पोते चुरा स्वयम्बर्को औठी
बिताइ रहेछु नर्क जीवन दुर देशको कोठी
मानबरुपि दानबहरु यहि धर्तिमा छन्
भलादमीको खोल औधि अपराध गर्छन्

फस्टाउछ कालो धन्दा जाँड-रक्सि भत्ति
बिताइ रहेछु नर्क जीवन दुर देशको कोठी

गिद्दहरु बेग मारि चारैतिर बस्छन्
सिनोरुपि मेरो आङ जथाभाबि लुच्चन्
माईति नेपाल टाढा रह्यो म बिरानो मत्ति
बिताइ रहेछु नर्क जीवन दुर देशको कोठी

२८ फेब्रवरी २००७
खोजी
मणिकुमार राई९४२६
सिंगापुर,

प्यारो कुमार
सुनि देउ मेरो पुकार
तिमी कहाँ छौ ?
म बाट किन टाढा भयौ ?

खोजी हिड्छु खुदि(गाऊ)को गोठ तिर
बेसी शहरको सानो घर निर
नखिपोट घडेरिको चौघेरा भित्र
सोध्छु किनेको नया घर सित

अन्नपूर्ण पो चढ्दैछौ कि
मर्स्याङदी संगै बग्दैछौ कि
कि अस्पतालमै छौ
कि निको भएर छावनीमै डुल्दैछौ

मन्दिरमा छौ कि गुम्बामा छौ
खुशीको कि साथमा कि मन दुखायौ
पसिनामा बग्यौ कि रगतमा
स्वदेशमै रह्यौ कि अर्को जगतमा

आकाशमा खोजौ कि पातालमा
धुवांमा सम्झौ कि बादलमा
वारि नै छौ कि समुद्रै पारि
भुल्यौ कि सम्झदैछौ नाता,नम्बरी

पल्टने चालमा कि आफ्नै तालमा
ठिकठाकै छौ कि बेहालमा
हरियाली बगैचामा कि मरुभूमिमा
साह्रै हतारमा कि फुर्सदमा

मेरो पलपलको प्रार्थना
कसरी भुल्नु आलो सम्झना ?
तिमीलाई दु:खि नै रहेको छ कि
सधैंको लागि निको पो भयो कि

तिम्रो पसिनामा बाँची रहौला
नानिहरु हेरेर चित्त बुझाउला
आत्मा-शान्तिको लाख बत्ती बाली रहनेछु
जे होस रुन्चे हाँसो हाँसी दिनेछु

अनकन्टार ठाँउ सम्म पनि खोज्न पुग्नेछु
सुर्ता नगर्नु ल म आफैले आफैलाई सम्हाल्नेछु

स्व कुमार तमाङ(९४२३) नंम्बरीको सम्झनामा

०५मार्च २००७
माइती
मणिकुमार राई९४२६,
सिंगापुर

दशै तिहार कथा जस्तै हुन लाग्यो
मखमली, सयपत्रीले तपाइलाइ बिर्सिसक्यो
परदेश लागेको बर्षौ मात्र होइन, युगै बित्यो
सायद तपाईलाइ थाहै छैन हाम्रो घरै ढलिसक्यो
डलरको खेतीमा ब्यस्त रहनु भएको होला

हन्डर खाएर पो बसेको छौ कि यो बेला
'४ डी' कामले फुर्सद पो छैन कि
सन्चो नभएर कुन कुनामा थला पो पर्‍यौ कि
यहाँको हाल के भनौ बेहाल छ
मान्छेले मान्छेको शिकार गर्ने खेल छ
कोही बाख्राको रुप छ, कोही भेडाको जस्तो
किन हिजोआजको फेरिवालाहरु यति सस्तो
थुप्रै बादबिबाद, दर्शन घर्षण चलिरहेछ
यसो हेर्दा आफ्नै खुट्टामा बन्चुरो ताकिरहेछ
छिमेकिका दाजुभाइहरुले खरबारी, घरबारी त्यागे
कता हो अरब खाडी, कोइलाखान जाने भन्थे

माइतीराजा, गाउँ कुनालाइ नभुली फर्की आउनु है
यो सन्देश अन्य परदेशीलाइ पनि दिनु है
नत्र एक दिन पश्चातापले सताउला सबैलाइ
साँच्चै हाम्रो सिउँदोमा धुलोमुलो लाग्ला है
आँशु मात्र होइन खुन पनि बग्न बेर छैन
पुर्खौली घर दलानमा बुटले किचिन धेरै छैन
निर्दोष छातीमा संगीन तेर्सिएला है
आमाको घिड्-घिडो रहन दिनु हुन्न दाइ



०८मार्च २००७
रणभूमि
मणिकुमार राई९४२६
सिङ्गापुर

सोह्र सत्रे अल्लारे जोवन छावनीमा पुगियो
कैयन पटक बाडुल्की चल्यो आमाले सम्झियो

धावाको दौडान बिरानो ठाउँमा बम गोला बर्सन्छ
सिद्धियो बारुद अन्तिम घडी खुकुरी चम्कन्छ

यूद्ध को हुँकार घाइतेको चित्कार सर्वत्र
गुञ्जियो
कैयन पटक बाडुल्की चल्यो बाबाले सम्झियो

ढलेको संगी कुल्चदै नाध्दै अगाडि बढदै छु
महासगरको साँचो कहानी रगले लिख्दै छु

बैरीको घेरा तोडेर जाँदा बिचल्ली परियो
कैयन पटक बाडुल्की चल्यो गाँउघरले सम्झियो


१०मार्च २००७

भूल
मणिकुमार राई९४२६
सिंगापुर

मेरा बालुवाको महलहरु हावा संगै ढले
कसरी बताउँ आफैले,लेखौ कुन शब्दले
निहुँ र काल जोडिएको हुन्छ भन्थे
लगनको दिनहरु औंला भाच्दै गन्थें
सपना मात्र रहेछ, चुक झैं तितो चाखें
कल्पनाहरु हल्ला-खल्ला गर्दै भागे
आफैले आफै हो जस्तो पनि नलाग्ने
जिउदै रहेर पनि मरेतुल्य भान हुने
पछुतोको भारीले थिचेर उठ्नै नसकिने
यस्तो दाग रह्यो मेटेर कहिल्यै नमेटिने
समस्या जटिल भयो समाधानै नहुने
आउने दशा, ग्रह टार्नै नमिल्ने

जिन्दगी यो सिम्सारमा फसिएको क्षण
सुन्थें शत्रुलाइ पनि नाआओस यस्तो दिन
नजवाफ छु किन यसरी मा अन्धा भएं
एक बारको जीवनमा दागै-दाग पाएं
दुनियांको नजरमा आजीवन दोषी रहें
पाउनु भन्दा कैयौं गुणा गुमाएं
बाँच्छु छेउ लागेर जिउदो लास भएर
सहनेछु पत्थ्रर बनेर हरेक मार सहेर
कुन साइतमा जुरें होला
पागलपनले बित्ने भयो चोला
बिन्ति सदैब दश औंला जोडेर
चित्त बुझांउछु यस्तै लेखेको भनेर

०९अप्रिल २००७
घुमराडी
गीत
संगीत- शान्तिराम राई
स्वर- रामकृष्ण ढकाल
शब्द रचना- मणिराज राई
घुमराडीमा बर्षा बित्यो, लुकुनीमा हिउँद
आफ्नै हातको सिरानीमा, गोठालाको नीद

सिरेटोले खबर ल्यायो मायालुको हो कि
कुहिरो भित्र रहरले बाटो भुल्यौ कि

पाइलाहरु पतझर काँडाहरु बीच
आफ्नै हातको सिरानीमा गोठालाको नीद

हिमपातले पुरि दियो, मनको तील जौ बारी
गोठ सार्छु लेक बेंसी, कहिले हिमाल पारी

रात काट्नु गाह्रो हुन्छ, बाघ भालुको डर सित
आफ्नै हातको सिरानीमा गोठालाको नीद

१२अप्रिल २००७
नव बर्ष
मणिकुमार राई९४२६
 सिङ्गापुर

यसपाला भने हाम्रो घरमा नया बर्ष झुक्किएछ
बारीको कान्लोमा गुराँस स्वागतको लागि फुलेछ
बाजेले आज छिट्टै बस्तुभाउ गर्नु भयो
बजुले तानको धन्दा भोलीलाई सार्नु भयो
बाबाले गोरु फुकाई हलो,जुवा थन्क्याउनु भयो
आमा बेलैमा चुला-चौकातिर जुट्नु भयो
बहिनीको ढिकी-जाँतोलाई आज आराम छ
दिदीको घर टाढै रहे पनि सम्झना नजिकै छ

परदेसी दाई मुग्लान भासिएको मात्र याद छ
के होला,कसो होला भनेर सुर्ताले सताउछ
जे होस्,आज घरमा बेग्लै हावा छ
सबैलाई आ-आफ्नो काममा धावा छ
आँगनमै बाबाले आगो सल्काई सक्नु भएछ

यो गाँउभरी नै नया बर्षले छाई सकेछ
हुँदा हुँदै जोर मादल पनि गम्कन लाग्यो
उता पन्च ताल र नौमतीले पनि रन्कायो
हाक्पारे,गोठाले,सवाई गाउन थालियो
बालन,सोरठी,झ्याउरेमा नाच खुल्यो

कसैले मुर्चुङ्गा भिरेको त कसैले बिनायो
मुर्चुङ्गा र बिनायोले कतिको मन छिनायो
छोरी चेलीहरुले कोसेली बोकी आएका थिए
बाउ माइतीहरुले आशीर्बादको फूल सिउरी दिए
आएछ नव बर्ष सारा दु:ख बिर्साउने गरी
बितेछ यत्रो बर्ष थाहै नपाई,कठैबरी!

कति दिन सम्म कानमा बाजाहरु गुञ्जी रहे
यी आँखाहरुमा लोक नृत्यहरु रम्दै थिए मन

१५अप्रिल २००७

प्यारो मित्र
मणिकुमार राई९४२६,
सिङ्गापुर

प्यारो मित्र बिपिनज्यूलाई
नया बर्षको हार्दिक बधाई
तपाइको रचना हेर्नु मन पर्छ
मेरो लागि निकै स्तरिय छ
मलाई नसा झैं लागेको छ
रौँहरु समेत जुर्मुराउने गर्छ
बाटो हिड्दा ठेस नलागोस
स्रष्टाको उच्चाईमा उभिनु होस
संधै मेरो शुभकामना छ
लेख्नु त मेरो पनि चाहना छ



१६अप्रिल २००७
अन्तिम क्षण
मणिकुमार राई९४२६,
सिङ्गापुर

मुटुले अन्तिम पटक रगत पठाउला
सदाको लागि बन्द हुँदा मुर्च्छा परुँला
अन्तिम ढुकढुकीसम्म तिम्रो माया रहनेछ
अर्को जुनी तिर पनि एकतर्फि दोहोरिनेछ

आँखाको पलकले तिम्रो छाँया चिन्नेछ
मृत आत्माले बेचैन भैइ पच्छ्याउनेछ
मेरो दोषी ओठले 'माफी' शब्द बोल्नेछ
'बिदाई' भन्न नपाई नै स्वर सुक्नेछ

आँखाको आँशु त पहिल्यै सुकिसकेछ
शून्यता र तिरिमिरीले राज्य जमाएछ
रगतका कणहरु जमिसक्लान् रङ्गै फेरिएलान्
परजीबीहरु शरीरलाई हत्तार-हत्तार छोड्लान्

बाँच्नको लागि संघर्ष गर्दा दाह्रा किट्नेछु
राल चुहुनेछ,फींज काढ्नेछु,जिब्रो टोक्नेछु
ओच्छ्यानमा लापर्बाही हात-खुट्टा फ्याक्नेछु
मेरो बेहोसीमा झाडा-पिसाब पनि गरिदिन्छु
जीवनमा न त हसाउन सकियो कसैलाई
काज,किरियाको झञ्झट बढ्यो आफन्तलाई



०९ फेब्रवरी २००८
Always
Mani Kumar Rai 9426
 Western , Australia
Mr. Scott always says excellent and beautiful
My physical condition was so pitiful
We're in No. 2 syndicate
Which direction the bearings indicate?

When we returned from the expedition
My face was like Orang Utang
Caravan Park of Kunnunara
Where is now the Nepali Gora?

Mr. John and Ms. Ann
You are really a superhuman
Lady Doctor from nearby hospital
Many thanks for serving in Nepal

Ord River and Lake Argyle
Goodbye to friendly crocodile
Slept most of the nights counting stars
Wonder why the beer is cheaper than water

Sooty grunter and black bream fish
Mr. Collin caught me when peeing in the bush
I almost forgot Mr. Dekker
He is great caretaker

We explored cave to cave
Abseiling with Mr. Paul and Dave
We stayed at Big Valley
It belongs to Mr. Megan and Kylie

Conto Beach and Sloppy Stone
Sightseeing with Mr. Hamilton
Guests were dance crazy
Two Nepali Didi Juliana and Tracy

Farewell at the Nanga Bush
If people don't want to dance no pull/push
Leaving behind the Margaret River
There are no other words to say to our
facilitators

Tomorrow we are heading for Perth
Western Australia a truly beautiful place on
earth


०९फेब्रवरी २००८

सृजनासंग
मणिकुमार राई९४२६
सिङ्गापुर

सृजनासंग माफी माग्दैछु
हजुर!
ज्यान्मारा भन्दा त मन्मारा नै खराब रैछ
कुरा बनाउनु परे जे पनि बहना गर्न सकिन्छ
सिङ्नेपाल डट कमको मुद्दा होइन है
यो उत्तरदांते अली कस्तो खाल्को खोइ
निकै लामो समयको खाल्डो त भै गएछ
अरे हौ यही ठाँउमा नै ज्यान त पुरिएछ
यो नेपाली लिपी खोज्दा केशै फुल्यो
यत्रो अन्तरालमा सृजनालाई भुल्यो
मातृभूमि फर्कदैछु सन्देश पठाउदै गरौला
तन्त्र-मन्त्रका कुराहरु सम्झदै हिडौला
चिप्लो कुराहरु यतै छोडी राख्छु
माफी पाउँ भनी जम्लाहात गर्छु


१३फेब्रवरी २००८

प्रणय दिबसको कामना
मणिकुमार राई९४२६
सिङ्गापुर

प्रणय दिबसको कामना
फूल त ओइली हाल्छ दिल बरु देउ
बोलीले धोका देला राख आंखाको छेउ
गुलाब फुल्ने फूलबारीमा पहिरो गएको छ
मानब कृयाकलापले वातावरणमै असर परेछ
यो पहिरोको रोकथाम गर्नु जरुरी छ
वातावरण जोगाउनलाई सोच्नु परेको छ
नया बिरौटामा फूलहरु रोपौला
धनीपुर्जानै तिम्रै नाममा लेखौला
तर हिजोआज अलि भ्याउन्न है
लोकतन्त्रको ज्वरो हो कि के खै
जेहोस म मेरो कुरामा पक्का छु
सानो संसारमा सदाबहार ल्याउछु

१४फेब्रवरी २००८
तिमी फूल
मणिकुमार राई९४२६

साइनोको फूलबारीमा फुलेको तिमी फूल
टिपी हाल्नु हत्तार लाग्ने कमजोर मेरो दिल
दोबाटोमा भेट्ने रहर पानी फोका जस्तै
तिम्रो आंखा पढौं भन्ने दिवा सपनानै
मनचिन्ते संसार संधै एकोहोरो कबुल
टिपी हाल्नु हत्तार लाग्ने कति कमजोर दिल
बाध्यताको संसार त्यागी म भेट्न आंउला
उकाली ओरालीहरुलाई मनको कुरा भनौला
दोष छैन कसैलाइ मेरो आफ्नै भूल
टिपी हाल्नु हत्तार लाग्ने कमजोर मेरो दिल

१७ फेब्रवरी २००८
मौसम गडबढी छ
मणिकुमार राई९४२६
सिङ्गापुर

मौसम गडबढी छ
बादलले पुरै ढाकेको दिन
जाडोले कामेको बिचरा जीवन
घामको उज्यालो पर्खिरहेछ
आछु-आछु भनेर बसी रहेछ
भोक र तिर्खाले सताएको क्षण
यसरी अधमरो बांच्नु नै किन?
अति भएर आज सन्की चढेछ
उपाय मिल्ला कि भनी खोज्दैछ
उसले आफु जस्तै पिडित भेटेछ
मौसम बदल्ने कुराहरु मिलेछ
बादल फटाई घाम ल्याउने उनीहरु
दु:खी भए पनि आत्माका धनीहरु
देख्नेहरुको स्याबासी संधै-संधै
सुन्नेहरुको सुभकामना उनीहरुलाई
फिरन्ते


०३अप्रिल २००७
दोहोरी
गीत-गजल
बूढो आज मी उमाली खाँउ है

केटी
अल्छी लाग्यो बूढो आज मी उमाली खाँउ है
बस्दा-बस्दा झ्याउ लाग्यो बाहिर घुम्न जाँउ है
केटा
संधै तिम्रो मी ले मलाई नाकै लागी सक्यो
धैर्य गर मेरो 'डार्लिङ' पे डे नाघी सक्यो
केटी
काँही नभा'को लाहुरे बनी रवाफ देखायौ
अचानकमा म लाटीलाई झोल्झाल्मै फसायौ
केटा
होइन मोरी त्यसो होइन फिकरै नगर
२७ बर्ष सम्ममा त पुगी हाल्छ नि रहर
केटी
भो भो हजुर पिंजडामा पालेको सुगा झै
"गोपी कृष्ण को हौ" भनेर दिन रात रटे झैं
केटा
जे भए पनि नेपालमा हाम्रो खुब भाउ छ
संसार भरी गोर्खालीसंग मूर्ख पनि डराउछ
केटी
धेरै होइन जमानाले दुइ शताब्दी टेक्दैछ
यसो हेर कि तिम्रो आँखा फुला परेको छ?
केटा
खान पा "छौ लाउन पा "छौ के को सुर्ता छ र?
भाल्टाङ् भुल्टुङ् भए पछि बस्छ घरबार
केटी
खान मात्रै लाउन मात्रै पुरा जीवन होइन
नानी पाउने " मेशीन " जस्तो नसोची देउन
केटा
होइन भने रात दिन के को किच-किच गर्छौ?
पल्टनघरमा के के हुन्छ 'टेन्सन' मा पार्छौ
केटी
कसलाई पोख्नु मनको ब्यथा तिमी बाहेक अरु
बूढो तिमी एक्लै बस नेपाल जान्छु बरु
केटा
होइन होइन त्यसो होइन प्राण पियारी
तोङ्बा तान्दा जिउ छाडेछु 'भेरी भेरी सरी'
केटी
जून तारा खसाई दिने तिम्रो 'डाइलग' के भो?
बियर बिना नखोलिने साह्रै 'पुअर मेमो'
केटा
देखेकोले हुन्न रैछ लेखेको नै पक्का
हिजोआज साह्रै झ्याउ छ नदेउन धक्का
केटी
छोरीको यो हारेको पो जुनी रै'
अब देखि दाइने बाँया नगर्नु है त
केटा
अगुल्टो पनि नठोसी बल्दैन भन्छन्
जीवनमा हुँदै जान्छ सुख दु:खको गन्थन्
केटी-केटा

झ्याउ।।।?!







HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...