१२ जुन २००७
१२ मार्च २००७
बदलिएछ
कमल श्रेष्ठ(२०५६०)
मैले त्यहाँ छाडे देखि धेरै हेरफेर भएछ
गुराँस फुल्ने पाखाहरु सबै पहिरो गएछ
भञ्ज्याङ्को चौतारीमा छाडे अरे बिसाउन
पारी बनका खोल्सीहरु छाडे अरे सुसाउन
मिर्मिरेमा न्याउली गाउथ्यो एकान्तमा कोइली चरी
शान्ति खोज्दै अन्तै तिर गयो अरे बसाइ सरी
सुसाउने सल्लेरीमा ठूलो आगो सल्किएछ
बादलु र आकास पनि जंगलबाट फर्किएछ
छाडे अरे लड्नलाइ एक आपसमा दाजु भाइ
फकाउन खोज्दैछन् रे प्यारी आमा नेपाललाइ
रिसाएकी शान्ति पनि आउदै छिन् रे चाडै घर
बिकास पनि चाडै आउने पायो अरे खबर
१६ मार्च २००७
निष्ठुरी तिमी
कमल श्रेष्ठ(२०५६०)
तिम्रो बिश्वास गरेको थिए पाँए ठूलो चोट
अनायसै इज्जतमा लागी हाल्यो चोट
संगै जिउने,
मर्ने कसम बिर्सिएछौ आज
यति चाडै बद्ली हाल्यौ लाग्नु पर्ने लाज
स्वाभिमान र इज्जतको कुरा गर्थ्यौ खुब
छेपारो झैं छिन-छिनमा फेर्दो रहेछौ रुप
तिम्रो इच्छा त्यही रैछ मलाइ दु:ख दिने
कुटनीति जाल बुनी केही फाइदा लिने
जे भए पनि खुशी साथ बाँच संधै भरी
तिमीले गर्दा मेरो जीवन भयो काँडा सरी
मान्छे तिमी
मिलन याखा(२०१६९)
सर्बश्रेष्ठ प्राणी तिमी चेतनशील पनि
बन्यौ क्यारे सर्बश्रेष्ठ महा स्वार्थी हौ नि
जसले दियो जीवन तिमीलाइ मुखमा गाँस
बनाइ छाड्यौ आखिरीमा उसकै सर्बनास
लंगडोलाइ आँखा त अन्धोलाइ खुट्टा दिने दानी
मख्ख परि खिस्स हास्यौ ढोका बन्द गरी
मान्छे तिमी कति स्वार्थी नामै मात्र जाती
रुख चढाइ फेद ढाल्ने पायौ कति कति
सर्बश्रेष्ठ प्राणी तिमी महास्वार्थी पनि
धिक्कार होला बाँच्न तिमीलाइ धर्तीको बोझ बनी
No comments:
Post a Comment