Total Pageviews

Sunday, May 15, 2016

जे.पी. थुलुङ्का कविताहरु

१२ अप्रिल २००७
नयाँ बर्ष २०६४
जे. पी. थुलुङ्ग ,सिङ्गापुर

मिलोस अनुभूती जीवनपथ मा नबिन स्पर्शको
बगोस सिन्धू हृदय तलमा सिन्चित गरी हर्षको
चुमून पाईलाहरूले सदा शिखर उत्कर्षको
अर्पन गर्दछु हृदय देखिनै शुभकामना नयाँ बर्षको

सबै मित्रहरूको नयाँ बर्ष २०६४ शुभ बनोस्।

०३जुन २००८
दु:खेको जीन्दगी
जे. पी. थुलूङ्ग सिङगापूर

घायल छ यो लोलक जस्तो जीन्दगी
आँफैमा दर्दनाक छ,
तल सम्झिदा तल नै दुख्छ माथि सम्झिदा माथि नै
आफ्नो त के कुरा र हरेक दिन रात नै !
यो लोलक जस्तो जीन्दगी हरेक बिहान
घडीको टिक टिकमा
दुख्छ जनाउ घन्टी सगै दुख्छ जीन्दगी
आउरे-बाउरेको गन्थनमा दुख्छ
अनि
आफ्नो दैनिक कार्यक्रममा दुख्छ
परिवारको सम्झनामा अति नै दुख्छ
साथी-भाइको सम्झनामा सह-कर्मी साथीको
निरिह जीन्दगी देखेर दुख्छ
आफ्नै निरुद्देश्य जीन्दगी देखेर दुख्छ
यत्तिका लामो खर्चिएको समय सम्झेर दुख्छ
किन हो आजकल त अरुको शब्दले
अझ ब्यहाल गरी दुख्छ
कता-कता भक्कानो चलाएर दुख्छ
आखिर जीन्दगी लोलक भो र नै लोलक नै रह्यो ! लोलक
!
तर
जीन्दगीमा बहार आउछ कि ?
भन्दा भन्दा अब त दशकौं बितेछ भन्छन
जीन्दगी चर्खा जस्तो घुम्छ तर, तर मलाई थाह छैन
म अथाह छु,कहिले यो दुखाई को अन्तिम घडी ?

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...