२५ फेब्रवरी २००८
असमञ्जस
‘म’
कृष्ण
पौडेल
यो
विशाल महासागरको अगम अगोचर विशालताले
मलाई
किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू
र भूखण्डहरू क्रमश: खियाउँदै यसका
ज्वारभाटाहरू
युगौँदेखि
धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै
मिथकको अक्टोपस सदृश, ई ज्वारका
खुट्टाहरू
रक्तविजका
अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी,
सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा,
माटो , बालुवा , जरा अनि
पत्कररूपी अवरोध
खियाउँदै,
निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान
अंगालोमा
कसरी
निर्लिप्त बन्छन् ई बलशाली भूज अनि
स्तम्भहरू
यो
भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन
खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका
स्पर्शले
ती
नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा
?
म,
समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन
सक्दिन
कुन्नि
किन ई ,
यसरी हरदम मच्चिँदै छन, अथाह
समयदेखि
किन
म आज हराइरहेछु , आफ्नै जीवनका
विष्मयहरूको
खोजीमा
ती
मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै
ठानेकाहरू
किन
मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै
साध्न
खोज्छन्
म
अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन
गणितमा
किन
यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु,
निष्णात
?
किन
मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन
खोज्दैनन
किन
यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित
गराउन सक्दैनन म भित्र , मिठासका
उछ्छ्वासहरू
किन
यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना
गर्छ
म
भित्र ,
एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला
प्रभावहरू
?
किन
चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न
वाध्य
छ
पानीका
यी निरिह देखिने प्रभावबिहीन सुषुप्त
देखिने
छालहरू संग?
किन
अजस्र प्रभावको पथ्थरिलो छाति पनि यति निरिह
बन्छ
किन
सक्दिन म आँफ्नो परिचय त्यो विजेताको
अन्तरंगमा
खोज्न?
किन
अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन
निरन्तर
मलाई
रंगरहित
,
ध्वंश अनि विनिर्माण र उदासिनताका
कोप्चेरा
खण्डहर भित्र !
No comments:
Post a Comment