Total Pageviews

Sunday, May 15, 2016

कृषण पौडेलका कविता


२५ फेब्रवरी २००८ 
असमञ्जस
कृष्ण पौडेल

यो विशाल महासागरको अगम अगोचर विशालताले
मलाई किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू र भूखण्डहरू क्रमश: खियाउँदै यसका
ज्वारभाटाहरू
युगौँदेखि धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै मिथकको अक्टोपस सदृश, ई ज्वारका खुट्टाहरू
रक्तविजका अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी, सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा, माटो , बालुवा , जरा अनि पत्कररूपी अवरोध
खियाउँदै, निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान
अंगालोमा
कसरी निर्लिप्त बन्छन् ई बलशाली भूज अनि
स्तम्भहरू
यो भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका
स्पर्शले
ती नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा
?
, समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन
सक्दिन
कुन्नि किन ई , यसरी हरदम मच्चिँदै छन, अथाह
समयदेखि
किन म आज हराइरहेछु , आफ्नै जीवनका विष्मयहरूको
खोजीमा
ती मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै
ठानेकाहरू
किन मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै
साध्न खोज्छन्
म अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन
गणितमा
किन यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु,
निष्णात ?
किन मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन
खोज्दैनन
किन यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित गराउन सक्दैनन म भित्र , मिठासका
उछ्छ्वासहरू
किन यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना
गर्छ
म भित्र , एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला
प्रभावहरू ?
किन चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न
वाध्य छ
पानीका यी निरिह देखिने प्रभावबिहीन सुषुप्त
देखिने छालहरू संग?
किन अजस्र प्रभावको पथ्थरिलो छाति पनि यति निरिह
बन्छ
किन सक्दिन म आँफ्नो परिचय त्यो विजेताको
अन्तरंगमा खोज्न?
किन अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन
निरन्तर मलाई
रंगरहित , ध्वंश अनि विनिर्माण र उदासिनताका

कोप्चेरा खण्डहर भित्र !

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...