भिजेर- शेगुम्बा
25 May 2019
0730Hrs बजे
टासिबुटि बहिनी र उनकी अन्य साथीहरुलाई धन्यवाद भन्दै भिजेर गाउ बाट हिड्यौ। चिसो
बिहानीमा सूर्यको किरण प्रवेष भई सकेको थिएन्। चारैतिर नाङ्गा पहाडको उपत्यका भित्र
लुकेर बसेको सुन्दर भिजेर गाउलाई छाडेर जाने रहर थिएन् । भिजेर गाउको छेवैमा तर्न
नसकिने खोला आफ्नै लय सुनाउदै थियो। काठेपुल तर्ने बित्तिकै नाकै भाँचिएला जस्तै उकालो बाटो शुरु हुन थाल्यो। खुईया गर्दै उक्लि रहयौ। उक्लिदै गर्दा
नाउरको बथान चर्दै गरेका केहि सुतिरहेका देख्यौ। खुईयाँ गर्दै भिजेरको थुम्का
सामुन्द्रिक सतह बाट 4815 मिटरको
पासमा उक्लिदा सम्म पनि घामको कलिलो किरण पासमा पोखि सकेको देखिदैन्थ्यो ।
पासमा पुग्दा खुशीले गदगद भए। हरि भाईले तल देखिएको गाउ टाटा गाउ साथै ऐतिहासिक
गुम्बा भएको ठाँउ हातले ईसारा गर्दै देखाए। चारै तिर हिमालहरुको पंक्ति
मुस्कुराईरहेको देख्दा थप रौनकत्ताको खुशीले चौप्ट भएको थिए म। पास बाट
चारैतिरका फरक दृष्यका हिमाल र नाङ्गा पहाड हेर्नु बिशेष रहेछ। हिउले
बिगारेको बाटामा हिड्दै गर्दा भिजेर गाउका र ३ जना भिजेर देखि साल्दाङ गाउ सम्म
सडक सर्वे गर्नका लागि ईञ्जिनियरहरु भेट्यौ। बाटो तेर्स्रो भएकाले थकानको महसुस भईरहेको
थिएन्। पाटन तिर च्याङ्ग्राका हुलहरु चरिरहेका देखिन्थे। हल्का भोक लाग्ला जस्तो
अनुभव भएकोले कलकल बग्दै गरेको खोला छेउमा आँखाले हेरि भ्याउने चौउरमा बसेर
बोकेको फापरको रोटी र चिया पियौ। प्राय धेरै जसो ठाँउमा बाटो उकालो भेटिन्थ्यो।
हिड्दै गर्दा घाम चरक्क चर्केको थियो। ओरालो बाटो झर्दै गर्दा थाकेको महसुस भएकाले खोला छेउको हरियो चौउरमा एक घण्टा सुत्यौ।
उकालो बाटोमा लोथ हुँदै शेगुम्बा जानका लागि अन्तिम पास 4830 मिटरको पास छिचोले पश्चात ओरालो बाटो शुरु हुन थाल्यो। पास बाट मनोरम क्रिस्टल हिमालहरुको लस्कर देख्दा मन फुरुङ्ग भएको थियो। शेगुम्बा पुग्नलाई चार हजार भन्दा माथिको तीन वटा पास छिचोलेर शेगुम्बामा पुग्दा थाकेर लोथ भएको थिए। शेगु्म्वामा साँझको 1830Hrs पुग्यौ। नावरहरुको बथान बास बस्नका लागि पाखामा तयार भएको देखिन्थ्यो। मुख्य गुम्बा बाहेक जम्मा ४ वटा घरहरु रहेछन्। हरि भाईले चिनेको लामा बाजेको घरमा छिर्यौ। लामा बाजेले सजिलै हरि भाईलाई चिनी हाले। भोटे चिया संग सातु खादै भोकलाई दबाई रहेका थियौ। गफगाफमा लामा बाजे राजनिति कुराहरु बडो ब्यावहारिक ढंगले भन्थे । बिकासको नाममा कसरी बजेटलाई गोदछन् भनेर। गुम्बा हेरचाह गर्न उहाँको पालो भएकोले यो साल अन्तिम हो मेरो भन्दै सुनाए। गुम्वाको सक्ली मुर्ती चोरि सक्यो नक्कली मात्र छ। दुःखी हुँदै सुनाए। । लामाका श्रीमती चौउरीहरुलाई खोले दिदै थिईन्। हरि भाईले किचनमा साँझको थेन्दुक बनाउदै थिए । खाना नपाकुञ्चेल सम्म माथिल्लो भेग डोल्पाको कथा र ब्याथाहरुको कुरा सुन्दै बसे म। हरेक दुई दुई सालमा गुम्बा हेरचाहको लागि साल्दाङका हरेक घरवालाहरुले आफ्नो पालोमा गर्नु पर्ने नियम भएको सुनाए। कुराकानी गर्दै गर्दा हरि भाईले थेन्दुक तयार बनाई सके। हामी ४जना बसेर खायौ। 2100Hrs सुत्यौ। ढल्कके बित्तिकै भुसुक्कै निदाए छु।
।