खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउको चिनारी।
ओखल्ढुंगा
जिल्ला मानेभञ्ज्याङ गाउपालिकाको वडा नं ६मा पर्ने तल्लो रिचुवा गाउ। खप्तरी मगर,मुरी मगर र राई समुदायको मिश्रित बस्ति रहेको छ। सामुन्द्रिक सतह बाट ५००
मिटरमा अवस्थित रहेको छ तल्लो रिचुवाको बस्ति। पुछारमा दुधकोशी नदी उत्तरमा
ठाडेखोल र रम्दुखोला। दक्षिणि भेगमा जोडीखोला रहेको छ। तल्लो रिचुवा गाउ उर्वर
भूमि हो। बर्षको ३ कमाई हुने गर्दछ। तल्लो रिचुवा गाउको मौसम नेपालको अन्य स्थानको
भन्दा फरक रहेको छ। जाडो समयमा जाडो नहुने। गर्मी याममा भने अत्याधिक गर्मी हुने
यस गाउको मौसम रहेको छ। खेती किसानको लागि यो गाउमा ठाडेखोला बाट परम्परागत कुलो
रहेको छ।
उम्बुले
राई र मुरी मगर कसरी आईपुगे तल्लो रिचुवा गाउमा त्यसको जानकारी पुर्ण नभए पनि स्व
खम्ब सिं खप्तरी मगरले भन्नु हुन्थ्यो । जो उहाँ मेरो आफ्नै मावली बाजे
हुनुहुन्थ्यो। बाजेले गफगाफ गर्दा भन्नु हुन्थ्यो। मेरो बाउ सिंग मान खप्तरी मगर । सिंग मान खप्तरी मगरको बाउको नाम बिर नन्द खप्तरी मगर। बिर नन्द खप्तरी
मगरको बाउ,बाजे र बराजुको नाम थाहा नभएको। बिर नन्द खप्तरी मगरको च्याब्जु। बिर नन्दको ४ पुस्ता अगाडि। थानी बाजे भैसै ओडारमा बस्नु हुन्थ्यो। थानी बाजे को प्रख्यात थान तल्लो
रिचुवाको बेसी पाखमा रहेको छ। थानी बाजेको बिषयको बिशेषता पछि उल्लेख गर्ने छु।
जुन भैसे
ओडार अहिले पनि ठाडेखोला भेगको झाँक्री गुफा नजिकै
अवस्थित छ। उ बेलामा थानी बाजेले भैसी धेरै पालेकाले भैसीको गोबर अझै उक्त ओडारमा
देख्न सकिन्छ। ओडार वरिपरि अझै बाल्लो कदम घारी रहेको छ। भैसी ओडार बाट खप्तरी
मगरको थाक थलो भई तल्लो रिचुवामा फैलिएको हुनु
पर्छ। स्वर्गिय बाजे खम्ब सिंले भन्नु हुन्थ्यो मलाई। भैसे ओडार पुग्न २०मिनेट
लाग्द छ। तल्लो रिचुवा गाउ बाट। स्वर्गिय बाजे खम्ब सिं खप्तरी मगरले अर्को अनुमान
पनि गर्नु हुन्थ्यो। मानेभञ्ज्याङ गाउपालिका वडा
नं २मा अवस्थित वाक्सामा फलाम खानी थियो। वाक्सा बाट तल्लो रिचुवामा तामा खानी
भएकोले खानी खन्नको लागि आएको होलान् र यतै बसोबास गरेका होलान् सायद। खप्तरी
मगरलाई खानीवाले मगर पनि भन्छन्। खानीमा काम गर्ने भएकाले।
कहाँ छ त
तामाखानी तल्लो रिचुवामा? दुधकोशी नदी बुढुवा घागी भन्दा केहि माथिको पहरामा तामा खानी खनेको सुरुङ
रहेको छ। तामा खन्ने क्रममा सुरुङमा पहिरो गएर मान्छेहरु बाटो छेकीएर मृत्यु भए
पछि तामा खानी बन्द भएको कुरा स्व खम्ब सिं खप्तरी मगर ले बताउनु भएको थियो। स्व
खम्ब सिं खप्तरी मगरको बाबा सिंग मान को पाला सम्म तल्लो रिचुवाको तामा खानी
संञ्चालन भएको थियो । खानीबाट निकालिएको तामाको ढुंगालाई पोल्ने ठाउमा अझै पनि
पोलेका अवशेषहरु देख्न सकिन्छ तल्लो रिचुवा गाउमा।
सिंग मान
खप्तरी मगर त्यस ताका खानीवालाको अध्यक्ष देखि राणाकालको मुखिया थिए । सिंग मान
बिक्रम सम्वत् २०३४ सालमा मृत्यु हुनु भएको थियो। तल्लो रिचुवाको तामा खानी किन र
कसरी बन्द भए भनि बाजे खम्ब सिं खप्तरी लाई कुराकानी गर्दा । उहाँले भन्नु
हुन्थ्यो। मैले मेरो बाबा सिंग मान लाई सोधेको थिए। खानीको सुरुङ भत्किएर
मान्छेहरु थुनिएर मरेकाले तामा खानी बन्द भएको कुरा भन्नु भएको थियो।
अव जोडौ
प्रसंग थानी बाजे को। थानी बाजे अलौकीक शत्ति उहाँको। तल्लो रिचुवाको खप्तरी मगर
समुदायले थानी बाजेलाई कुल देवताको आस्था राख्दै आईरहेका छन् साथै पुजा आजा गर्दै
आईरहेका छन्।
थानी
बाजेको थान कस्ले बनाए कसरी उत्रिए भन्ने जानकारी नभए पनि । मैले थाहा पाए देखि
तल्लो रिचुवाको थानी बाजे धेरै नै प्रख्यात थियो। गाई भैसी दुहुदा दुध नदिदा साथै
बाख्राले पाठा पाठीलाई दुध खान नदिदा थानी बाजेलाई बोका वा भाले भाकल गरे पछि एकै
क्षणमा ठिक ठाक हुने आस्था च्यास्मी कदुवा हिलापानी घलेसार जाक्मा थाक्ले उबु
उदयपुर माथिल्लो रिचुवा चेरुङ गाउ थाक्ले भोर्ले
टोक्सेल माधापुर रागापुर मानेभञ्ज्याङ र ओखरबोटका गाउकाले बोका भाले पुजा गर्न
आउथे तल्लो रिचुवाको थानी बाजेको थानमा । बोको र भाले पुजा गर्न थानी बाजेको थानमा मावली बाजे संग धेरै पटक गएको थिए म। बोकाको टाउको र भालेको टाउको पोलपाल
गरि झोल बनाई धेरै पटक खाएको थिए बाल्यकालमा मावली घरमा जादा। अहिले पनि आस्था
भएकाले फाटफुट पुजा गर्न थानी बाजेकोमा आउने गर्दछन्।
खम्व सिं
खप्तरी मगरको साईला भाई स्व बाजे ललित बहादुर खप्तरी मगरले एक दिन थानी बाजेलाई
गाली गर्दा रातै भरी घर मास्तिर बाघ कराएर सुत्नै नदिएको र पछि थानी बाजेलाई भाकल
गरे पछि गोरे डाँडा हुँदै ठाडे खोला तिर कराउदै गएको कुरा बाजे खम्ब सिंले मेरो
आमालाई सुनाएको थियो। सिंग मान खप्तरी मगरको ४ भाई छोरा र २ बहिनी छोरी थिए। सिंग
मान को माईला छोरा खम्ब सिं खप्तरी मगरको ५ छोरा र ६ छोरीहरु गरि जम्मा ११ जना बाल बच्चाहरु छन्। साईला छोरा ललित बहादुर खप्तरी मगरको ३ छोरा र १ छोरी
छन्। कान्छा छोरा अम्बर बहादुर खप्तरी मगरको २ छोरा र ३ छोरीहरु छन्। सिंग मानको
बाल बच्चा कान्छा मात्र जीवित हुनु हुन्छ। उहाँ बृटिस सेनाको गोर्खा मेजर पदबाट
अवकास हुनु भई काठमाण्डुमा बसोबास गर्नु हुन्छ। खम्ब सिं का छोराहरु बृटिस सेनामा
जागिर खान्थे र हाल सबै बेलायमा बसोबास गरेका छन्। ललिल बहादुरको पनि बेलायाती
सेनामा जागिर खाई अवकास जीवन काठमाण्डुमा बिताई रहेका छन्। सिंग मानको जेठा छोराको
खलक मात्र तल्लो रिचुवा गाउमा बसोबास रहेको छ। सिंग मान खप्तरी मगरको जेठा छोरा बाहेक
अन्य ३ छोराहरु बृटिस सेनामा जागिर खाएका थिए।
अन्तिममा
खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउनै हुनु पर्छ होला भनेर स्व बाजे खम्ब सिंले
भन्नु हुन्थ्यो। उहाँ आज भन्दा २ बर्ष अगाडि ९३ बर्षको उमेरमा मृत्यु हुनु भएको
थियो।
तल्ली
रिचुवा गाउ अन्तरिक पर्यटकको लागि सम्भावना रहेको गाउ हो। ठाडे खोलामा भएको
झाँक्री गुफा र भैसे ओडार बुढुवामा अवस्थित तामा खानी खनेको सुरुङ र ओडार डाँडामा रहेको अक्करमा
चुहिरहेको शिला जी नियाल्न तल्लो रिचुवा गाउले पर्खि बसेको छ। तल्लो रिचुवा गाउमा
खयार रुख पनि ज्यादै राम्रो संग हुने भेग हो। तर अहिले तल्लो रिचुवामा भएको बनपाखा
देखि कान्ला बारी र खरबारीका खयारहरु सबै निमिट्यान भई सकेका छन् बेचबिखनले गर्दा।
अहिले नाङ्गो पाखामा केवल सतिबयार र धयार
घारीमात्र देख्न सकिन्छ।
तल्लो
रिचुवा गाउमा २०२२ साल भन्दा अगाडि ५ प्रजातिको बाघहरु पाईन्थे भन्थे मेरी स्व
आमाले। त्यस बेला बाघले अतिनै दुःख दिएकाले जिल्ला बाट बाघ मार्ने अधिकार र उर्दी दिएकाले दबाई दिएर धेरै बाग मारेको कुरा भन्नु हुन्थ्यो। त्यो
बेलामा देखेको मध्यमा एक प्रजातिको बाघ मैले अझै टिभिमा देखिको छुईन् भन्थे आमाले
म संग कुराकानी गर्दा। तल्लो रिचुवामा पाईने त्यस बेलाको बाघ पाटे ,सिंह, चितुवा, कालो रंगको बाघ।
कालो रंगको बाघ भने पछि जागुर र अन्तिम मा पाटे बाघ र सिंह भन्दा बेग्लै किसिमको
बाघ थियो। उहाँ किसोरी हुँदा तल्लो रिचुवामा छिरी नसक्ने बनजंगल थियो भनेर मलाई
भन्नु हुन्थ्यो।