Total Pageviews

Friday, June 9, 2017

Singapore Changi Airport मा राजीखुशी हाँसी हाँसी बिदा हुन सकिन्। सुजिता गुरुङ(D/O9033)

सुजिता गुरुङ (D/O 9033)

मौसम:- शिशिर याम भएकाले घाम र बादलले कुस्ति खेल्दै थियो। त्यहि भएर होला मौसम पनि ठुस्केर बसेको थियो। गुड्न नजानेर होला सवारी साधन पनि लर्बरिदै देब्रै दाहिने बाट उछिना उछिन् गर्नमा हतार देखिन्थ्यौ । घुँलो र घुवाँको सरावरी उड्दै गरेको देखिन्थ्यौ
स्थान:- नक्शाल

समय:- 1500 Hrs

मिति:-10March 2013 
फोटो साभार फेसबुक सुजिता


सुजिता(D/O9033) र प्रिति(D/O 9279) भान्जी संग कुराकानी गर्न म सुजिता भान्जीको कार्यलय नक्शाल पुगे। सुजिता भान्जीको कार्यलय नक्शालमा भेटौला भनि प्रिति भान्जी संग हाम्रो फोनमा कुरा भएको थियो । शिशिर याम भएकाले आज निक्कै जाडो थियो। सुजिता भान्जी र प्रीति भान्जी  सिङ्गापुरमा जन्मेका हुर्केका र हुरहुरे यौवनका उताब चढाबको जीवन गाथा नेपालमा  बिताई रहनु भएकाले। उहाँहरुको नेपाल बसाईको अनुभूति सुन्न ममा हुटहुटी थियो । कफिको सुर्का लगाउदै जाडोलाई धपाउदै ३बजे देखि ६बजे साँझ सम्म सिंगापुर बस्दाको रमाईलो क्षण देखि आरम्भका दिनमा नेपालमा भाषिक कठिनाई र यौवनका दुःख सुःखका रंगीन क्षणहरुका रमाईला गफगाफ गर्यौ। मैले पहिला प्रिति भान्जी संग सिङ्गापुर बसाईका क्षण र नेपाल बसाईका संधर्षका कुराकानी गरे  पछि सुजिता भान्जी संग कुराकानी गरे।
फोटो साभार फेसबुक सुजिता
बाँया सुजिना दाँया प्रिति

म सुजिता गुरुङ  उडभिल प्राईमरी स्कूल र म्याक पर्सन माध्यामिक बिद्यायबाट ओ लेवल उतिर्ण गरे। २००६डिसेम्वर महिनामा नेपाल फर्किए। सिंगापुरको प्रसुतिगृह केके अस्तालमा जन्मेको हुँ बाल्यकाल Mount Vernon भित्र 7 स्टोन खेलमा रमाउथ्यौ साथीहरु संग। Everest Blockको कोर्टमा बाँस्केटबल खेल्थ्यौ। तोपायोमा पौडि खेल्न जान्थ्यौ। बाल्यकालमा Everest Height  Pokhara Garden को प्ये ग्राउण्डमा खुब खेलिन्थ्यो हामी। अहिलो कस्तो भयो होला ति खेल्ने प्ले ग्राउण्ड।

East Cost पार्कमा BBQ र समुन्द्रको छाल संग साथीहरु संग ठट्टा गर्दै तैरिनुको आनन्द वाँह!! अर्कै हुन्थ्यो। सामुन्द्रिक किनारिमा साथीहरु संग पानी छ्याप्दै छिल्लिदै भाग्दै गर्दाको क्षण । जुरोङ्गको Bird Park । मन्डाईको Singapore Zoo पनि जान्थ्यौ।  म्याक्रेजी रिजभर हाईकिङ गईन्थ्यो। सिङ्गापुरको अग्लो डाँडा बुकितिमाह उक्लिन गईन्थ्यो। स्कूल बिदाको समयमा गोर्खा गल्स क्लब बाट एडभान्चरका लागि पुलाउ उबिन गईन्यो। गोर्खा गल्स क्लबको कार्यक्रम हुँदा प्रस्तोता गरिन्थ्यो।  विन्डो सपिङका लागि बरालिन ओचर्ड रोड बुगिज पायालेबर र तोपायो तिर साथीहरु संग जान्थ्यौ।

धेरै जसो समय म पुस्तकालयमा बिताउने गर्थे  पुस्तक पढ्नु भने पछि म हुरुक्क हुन्थे र अहिले पनि त्यस्तै छु। गेलाङ र तोपायोको पुस्तकालय बढि जान्थे  त्यहा म घण्टौ बस्थे। सिंगापुरको पुस्तकालयको भौतिक सुविधा बिश्व स्तरिय छ । मैले धेरै मिस गरेको छु। यति भनिरहदा  सुजिता भान्जी एकदमै भाबुक भईन्। छेवैमा भएकी प्रिति लिम्बुलाई अंगालो हालिन् । मलिन स्वरमा बोलिन् प्रिति!! सिंगापुरको जस्तो पुस्तकालय नेपालमा भएको भए म कति पुस्तक पढ्थे होला  I miss National Library Singapore । सान्तवना दिदै प्रितिले भनिन् Life भनेको जस्तो वतावरणमा छ। त्यसै संग हातेमालो गरि हामी अगाडि बढाउनु पर्छ । सिंगापुरको पुस्तकालयमा अध्यन गरेक बिगत सम्झदै केहि बेर टोलाईन् सुजिता र मौन मुद्रामा दाँहिने हातले कपाल मिलाउदै बसिन्।

सिंगापुरमा बस्दा दशैमा नाच गान हेर्न जान्थ्यौ। दशैको मार हेर्न पनि जमरा र रातो टिका लिन जान्थ्यौ टिका घरमा। तिहारमा प्रत्यक बिल्डिङमा भैलो भेल्न जान्थ्यौ। जम्मा भएको दक्षिणा सिक्का र नोट बराबरी बाँड्थ्यौ हामीले। साँझको खाना खाई सके पछि साथीहरु संग Evening Walking गरिन्थ्यो कहिले काहि आन्टिहरुको ग्रुपमा मिसिन्थ्यौ। सिंगापुरको खानपाना मलाई एकदमै मनपर्ने मिसेम हो। मिस्टर चाईको पसलमा मिसेम खाना गईन्थ्यो। मेरिनाबे मा सिफुड खाना जान्थ्यौ । साथै 100मी पनि हो।

आफू जन्मेको हुर्केको बढेको पढेको ठाँउलाई सधैको लागि छोडेर नेपाल फर्कने रात नसुती छर्लङ्ग बनाएका थियौ साथीहरु संग गफ गर्दै। सुजिता भान्जी केहि क्षण मौन बसिन्।त्यो रात भनि रहदा चाङगी टर्मिनल२मा  जीसीका र सिंगापुरका साथीहरु अन्तिम बिदाई गर्न आएका थिए। जीसीका भान्जी साथीहरुले बिदाईको अन्तिम अंगालो हाल्दै संन्देश ब्यक्त गर्दा भावना छछल्केको थिएन् तर खोई के भयो म आफैलाई थाहा छैन्। सिंगापुरे साथीहरुले अंगालो हालिरदा भन्दै थिए। कुनै दिन फेरी भेटौला। नेपालको बसाई सफल रहोस। तिम्रो जीवन सफल बनोस् भनिरहदा मेरो आँखा बाट आँसु झर्न थाल्यो।हामी सबै एक आफसमा अंगालो मारि बिछोडको पिडामा रुदै बस्यौ यति रुयौ कि कल्पना गर्न सकिन्न। त्यस बेलामा त्यस समयमा छुटिन गाह्रो भएको थियो।Good Bye Singapore आँसु पुस्दै चेक ईन भएको थिए। उहाँले भनिरहदा म भाबुक बनेको थिए। त्यस्ता दृष्य मैले Changi Airport मा धेरै देखेका थिए। मेरा ३जना बालबच्चा पनि यस्तै मैले पनि देख्ने छु ।आफैले मनमनमा कल्पना गरे। 

बाँया सुजिता दाँया प्रिति । फोटो साभार फेसबुक प्रिति

 त्रिभुवन बिमान स्थलको बेल्टमा ब्यागेजहरु भुईमा खचाखच भई थुप्रेको र  बेल्टमा पनि घुमेको देख्दा  अचम्म भएको थिए  ट्याँक्सी चढी घर जादै थिए।एक किसिमको ट्याँक्सीको सुगन्ध आएको (Singapore ट्याक्सी चढ्दा एक किसिमको सुगन्ध आउछ नी मामा मलाई बताईन्)  थियो। त्यो सम्झना अझै आउछ। पहिलो चोटी नेपालमा ट्याक्सी चढ्दाको अनुभव। डिसेम्वर महिना दिन छोटो । रात लामो हुने रहेछ। बिहान उठ्दा हुस्सुले डम्म काठमान्डुलाई ढाकेर राखेको हुन्थ्यो ११ बजे १२ बजे सम्म। सिरक ओढेर झ्यालको पर्दा खोल्दै बाहिरका दृष्य हेर्दै बस्थे एक्लै  सधै एकै किसिमको नेपाली दाल भात खायो कौसी गयो घाम ताप्दै पुस्तक अध्ययन गर्दै दिन बिताउन थाले। घुम्न जाउ कहा जाने ठाउ थाहा छैन् साथी छैन् नेपाली भाषा को अप्ठेरो। कोठामा बस्यो कौसीमा निस्क्यौ यसरी मेरो दिनहरु काठमाण्डुमा बित्दै थियो।  एक दिन एक्लै कोठामा पुस्तक अध्ययन गर्दै थिए । त्यतिकै आँखाबाट आसु झर्यौ।आँसु पुस्दै दिनै भरि रुदै बसे। खै किन हो अहिले सम्झदा पनि आफूलाई कारण थाहा पाएको छुईन्।

 ए लेवल पास गरे पछि मैले पढेकी एकेडेमीमा पढाउन थाले र अहिले सम्म पढाई रहेकी छु। ए लेवलका बिधार्थीहरुलाई पढाउदा  सिंगापुरको शिक्षा प्रणालीको पद्धति खुलेरनै बताए र बताउदै पनि छु  सिङ्गापुरको शिक्षा र त्यहाँको अतिरिक्त कृयाकलापले आज धेरै ठाँउमा मद्दत भएको बताईन् सुजिताले मलाई बिए अन्तिम बर्षमा अध्ययरत सुजिताले बिए पहिलो बर्षमा अनिवार्य नेपाली बिषय पढ्नु  पर्ने भएकाले आफैले कठोर परिश्रम गरि उतिर्ण भए। शुरु शुरुमा कक्षाका साथीहरु। मेरो नेपाली बोल्ने लवज सुनेर हाँस्थे। किनमेल गर्न जादा माईक्रोमा बसमा ट्याक्सीमा बाटोमा हिड्दा नेपालीमा त बोल्नु पर्यौ। बोल्दा यि नानी कस्तो नेपाली बोलेको हो भनेर जिस्काउथे पनि।

हिट्स FM मा RJ को पार्ट टाईम काम गरिरहेकी सुजिताले FM मा काम गर्दा को क्षण बताईन्  कार्यक्रम समाप्त हुन लागेको थियो। त्यस पछि मैले कार्यक्रम संञ्चालन गर्नु पर्ने थियो। झ्याँप्पै लोडसेडिङ्ग भयो। बिजुली आउदा ३ जना प्रस्तोताको समय भईसकेको थियो। हामीहरु क्यूमा बस्यौ पालै पालो गरि ३ जनाले आफ्नो आफ्नो कार्यक्रम पस्तुत गरेको थियौ। अहिले सम्झदा गजब लाग्छ।  

एम अध्ययन गर्न बिदेश जाने सोचमा रहेकी सुजिता बिदेशमा अध्ययन समाप्त गरे पछि केहि बर्ष बिदेशमा काम  अनुभव लिए पछि स्वदेश फर्कने सोचनमा रहेको मुस्कुराउदै बताईन्  छेवैमा रहेको साथी प्रितिले पनि अध्ययन सके पछि स्वदेश फर्कनु पर्छ सुजिता। फुर्सदको समय साथीहरु संग बरालिन र रमाईलो गर्न ठमेल तिरको क्याफे तिर जाने गर्छौ । किन ठमेल जानु हुन्छ मैले प्रश्न गरे। सुजिता र प्रिति हाँस्दै मामा जी हामीलाई सिंगापुरको ओचर्डरोड र बुगिज तिरको जस्तो वातावरण लाग्छ । दुबै जनाले एकै चोटि उत्तर दिए। सिंगापुरे भान्जा भान्जीहरु ले २००७ सालमा टुडिखेलमा र्र्यालीको आयोजना गरेको थियो । म पनि सहभागि भएकी थिए सुजिताले बताई । नेपाल रमाईलो छ । हामी नेपाल बसेरै संघर्ष गर्नु पर्छ। अन्तिममा सुजिताले भनिन्।  



No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...