3 June 2017
Time:-2330 hrs
OBS ,Singapore को झझल्को
दुई दशक अगाडी शारिरीक तन्दुरुस्त पार्न मिरमिरे बिहानी र गोधुली साँझमा बत्तिने गरि कुद्ने गर्ने गरेका बार्डली रोडको भूगोल परिवर्तन भईसकेको छ। आज त्यसरी दगुर्ने माहोल छैन्। कारण अत्याधिक सवारी साधनको चाप र बार्डली रेल सेवा आईसकेकाले मानिसको घुईचो छ।
तल देखिएको फोटोमा । हाम्रो काम समाप्त भए पश्चात फुर्तिलो बन्न प्रायः दिउसो 1600Hrs देखि 1900Hrs सम्म हाम्रो भाषामा हर्ल्याप भलिबल, बाँस्केटबल, सेपाक अनि ब्याँटमिन्टन खेल्ने बाँजी र च्याँखे थाप्ने साथै रमिते पनि हुन्थ्यो । सबै कोच पनि बन्थे। बडो उत्साह र मज्जा आउथ्यो। यस्ता मनोरञ्जन गर्ने हाम्रो खेलकुद मैदान थियो OBS । हामी पहिला OBS भन्थ्यौ। आज बार्डली रिज भनेर अग्ला अग्ला भवनले स्वागत गरि सकेको छ।
तल देखिएको फोटोमा । SPCA को भवन भएकाले । कुकुर र बिरालो निक्कै भुक्ने गर्थे। अब हरियो चौउर घाँसमा परिवर्तन भईसकेको छ। सायद केहि बर्ष पश्चात भवन उभिन्छ होला ।

तल देखिएको फोटोमा। अग्लो थुम्का थियो। नर्सरी भएकाले हरियाली देखिन्थे उ बेला । हामी त्यसै भित्र दगुर्ने गर्थ्यौ। गजब आउथ्यो समुहमा दगुर्दा । कुद्ने बेला कस्तो मारा मारा हुन्थ्यो उबेला। रमाईलो हुन्थ्यौ।
तल देखिएको तस्विरमा। SPCA भवन अव रहेन। हरियाली दुबोले साईनो गाँसी सकेको छ। बार्डली रोडको छिमेकी जमिनले। सुनसान थियो जति हल्ला गरि गरि खेल खेले पनि कसैले सुन्दैनथे । अव त्यस्तो हल्ला गर्ने समयले कोल्टे फेरि सकेकाले Low टाईट भएर बसेको समुन्द्रको चालमा बाँध्य भएका छौ। बिगत भनेको बिगत नै थियो गाँठे। रमाईलो हुन्थ्यो हाम्रो खेलकुद गर्ने समय।

No comments:
Post a Comment