फोटो साभार फेसबुक प्रभु
सिंगापुर पुलिस फोर्स अन्तर्गत गोर्खा कन्टिजन्ट भित्रका खेलकुद तथा सांगेतिक
फाँटमा चर्चित ब्यक्ति तथा लाहुरेको नाम हो प्रभु राम श्रेष्ठ (१४६६१)। बिधार्थी
जीवन काल देखिनै खेलकुद तथा गीत-संगीत भने
पछि हुरुक्कै हुने श्रेष्ठ भारत बाट म्याट्रिक पास भए पछि मातृभूमि(धरान) नेपाल फर्कनु भयो । उच्च शिक्षा हासिल
गर्नुको लागि धरानको महेन्द्र क्याम्पसमा भर्ना हुनु भयो । अतिरिक्त समयमा कराते
तथा नेपाली चलचित्र क्षेत्रमा खलनायक
को भुमिका पनि निभाउनु थाल्नु भयो । आई.ए . पास भए पछि गल्ला मामा कहाँ सुटुक्क नाम
लेखाउन पुग्नु भएका श्रेष्ठ पोखरा हुदै सिङगापुर पुलिसमा जागिर खान थाल्नु भएका लाहुर घरका प्रतिभा प्रभु जी संग
भएका कुराकानी प्रस्तुत :-
१ तपाईको आफ्नो परिचय ?
मेरो बाबा ईण्डियन
आर्मी भएकाले भारत बाट म्याट्रिक पास भए पछि म नेपाल (धरान) फर्के । महेन्द्र
क्याम्पसमा आई. ए. मा अध्ययन गर्न थाले । अध्ययनको अलावा म कराते तथा
बक्सिङ खेल्थे साथै नेपाली
चलचित्रहरुमा द्वन्द क्षेत्रमा अभिनय गर्नुको अलवा द्वन्द निर्देशन पनि
गरे । आई.ए. उत्तिर्ण भए पछि एक
पल्टक लाहुरेमा प्रयास गरु भन्ने सोच म मा उत्प्रेरणा भए पछि गल्ला मामा देखि
एरो सेलेक्सन साथै सेन्ट्रल सेलेक्सन हुदै सन् १९९७ साल देखि गोर्खा
पुलिसमा जागिर खादै छु ।
२ पहिलो पल्टक द्वन्द
मा अभिनय गरेको चलचित्र कुन हो र कुन-कुन कलाकार संग द्वन्द अभिनय गर्नु भयो त
?
मेरो पहिलो पल्टक
द्वन्दमा अभिनय गरेको चलचित्र "आफ्नो विरानो " जस्मा नेपालको चर्चित
द्वन्द निर्देशक N.B. महर्जनको कम्पोजमा मैले राजेश हमाल,श्रीकृष्ण
श्रेष्ठ,गौरी मल्ल र स्वर्गिय श्रीषा
कार्की संग अभिनय
गरे ।
फोटो साभार फेसबुक प्रभु
३ द्वन्द निर्दशन र द्वन्द कम्पोज पनि गर्नु
हुन्थ्यो ?
हजुर ,लाहुरे हुनु भन्दा पहिला अघिनै मैले
भनि सके महेन्द्र क्याम्पसको
बिधार्थी हुदा मैले
द्वन्द निर्देशन तथा द्वन्द कम्पोज गरेका थिए ।
४ पहिलो पल्टक द्वन्द मा
अभिनय गर्दा कुनै किसिमका समस्या झेल्नु पर्यो ?
- कराते तथा बक्सिङको खेलाडि भएकाले गर्दा
मलाई खासै कुनै किसिमका समस्याहरु बेहर्नु परेन ।
५ लाहुरे भएपछि कराते
प्रतियोगितामा भाग लिन कुन कुन देश जानु भयो ?
- भर्तिहुनु भन्दा पहिला मैले पुर्वाअञ्चल
कराते प्रतियोगितामा म दोस्रो स्थान भएका थिए । लाहुर घर भित्र छिरे पछि मैले हाम्रा नेपालका कराते गुरुहरुले सिकाएका शीपहरु
तथा हाम्रो पल्टन घर भित्रका अग्रज प्रशिक्षकहरु
गोर्खा डोजोका चिफ प्रशिक्षक -लिला नाथ राई तथा अवकास प्राप्त द्वय होम नाथ गुरुङ
र बुद्धि बहादुर गुरुङ साब अनि गुरीजीका प्रशिक्षणले गर्दा ३ पल्टक सिंगापुर ओपनमा
च्याम्पियन भए। सिंगापुरको प्रतिनिधित्व गरि जापान र फिलिपिन्स गई सकेको छु ।
फोटो साभार फेसबुक प्रभु
६ बक्सिङ पनि खेल्नु
हुन्छ ?
हजुर , पहिला
खेल्थे तर अहिले बक्सिङ खेल्दिन ।
७ बक्सिङ खेल्दा भएका
अनुभव बताई दिनुस न?
-पुर्वाअञ्चल बक्सिङ
प्रतियोगितामा च्याम्पियन भएका थिए । भर्ति भए पछि सिंगापुरमा पनि बक्सिङ
प्रतियोगितमा च्याम्पियन भएर अष्ट्रेलियासम्म भाग लिन पुगेको थिए भने साउथ इष्ट
एसिया को बक्सिङ खेलमा बक्सिङमा स्वर्ण पदक ल्याएका खेलाडि संग पनि मैले भिड्न्त
गर्ने अवसर प्राप्त भएको थियो ।
तपाई द्वन्द फाईटर,द्वन्द निर्देशक तथा कम्पोजर कराते फाइटर र बक्सर
खेलाडि भएर फेरि नेपाली सांगेतिक फाँटमा झुल्कनु भएको छ नि?
गीत संगीत भन्ने
बित्तिकै म हुरुक्क हुने ब्यक्ति भएकाले मैले शुरुमा प्रकाश पौड्यालको "यस्तै
हुन्छ पिरती " को बोलमा म र मेरो नंम्वरी ले पहिलो म्यूजिक भिडियो मा अभिनय
गरे । मेरो रुची भएकाले नेपाली
सांगेतीक फाटमा झुल्केको छु ।
८ द्वन्द फाईटर,द्वन्द
निर्देशक तथा कम्पोजर, कराते फाइटर ,बक्सर र गीत संगीत रोज्नु पर्दा कुन
रोज्नु हुन्छ ?
यी सवै मेरा रुचीहरु
हुन् । रुची भएता पनि मलाई भित्री
आत्माबाट रोज्नु पर्दा म खलनायक अभिनय गर्न मन पराउछु ।
९ तपाइले भर्खरै आफ्नै
गीत,संगीत,स्वर तथा भिडियो निर्देशनमा २ वटा म्यूजिक भिडियो निर्माण गरि नेपाली
सांगेतिक बजारमा एल्मब "बिदेशी माया" पस्कनु भयो । यो कसरि सम्भव भयो त?
-पल्टन घरको परिवेशमा फुर्सदको मौकामा
हाम्रै सामाजिक जीवनमा भएका काम कुरोहरुलाई कपिमा उतार्ने गर्ने गर्छु ।
यस्तै क्रममा “मैले छुट्टि छोटो छ” र “बिदेशी
मायाले” यी गीतहरु हाम्रो समाजमा हामीले देखेका अनि
भोगेका भावनाहरुलाई मैले गीत मार्फ प्रस्फुटित भएका भावनाहरु हुन लाहुरेका ।



No comments:
Post a Comment