Total Pageviews

Monday, June 19, 2017

Manebhajyang ,Okhaldhunga

श्री भगवती उच्च माध्यामिक बिधालयको ईतिहास  प्रारम्भमा, विक्रम संवत् २०१७ सालमा श्री अर्ग बहादुर राईले धिमिले गाउमा  श्री भगवती प्राथमिक विद्यालय स्थापना गर्नु भएको थियो । तर धिमिले गाउमा अध्ययन गर्ने बिद्यार्थीहरुको पर्याप्त संख्या नभएकाले विक्रम संवत् २०१८ सालमा सोही विद्यालयलाई मानेभञ्ज्याङमा स्थानान्तर गरियो । यही श्री भगवती प्राथमिक बिद्यालयलाई सुचारु रुपले संचालन गरिरहनका लागि कुल बहादुर अधिकारी, स्वर्गीय टंक बहादुर अधिकारी र बेलायती फौजबाट अवकास प्राप्त आशाजीत मगरले विक्रम संवत् २०१८ सालदेखि २०३७ साल सम्म धेरै संघर्ष गर्नु भयो । विद्यालयलाई श्री भगवती प्रा विबाट माध्यामिक विद्यालयमा स्तरोन्नति गर्ने विधि र प्रकृयाको लागि श्री आशाजीत मगरको नेतृत्वमा गरिएको प्रयास चैत्र ८ ,२०३८ मा मात्र सफल हुन पुग्यो । सो मितिका दिन शिक्षा मंत्रालाय केशर महल काठमाण्डुबाट स्वीकृति प्राप्त गरी विक्रम सम्वत् २०३९ सालदेखि मात्र माध्यामिक बिद्यालयस्तरीय अध्ययन अध्यापन कार्य सुचारू गरियो । माध्यामिक तहमा अध्यापन कार्य गराउन चाहिने शिक्षक/शिक्षिका खोज्न स्वर्गीय टंक बहादर अधिकारी र बिद्यालय भवन र भौतिक सुविधाहरुको विस्तार कार्यमा आशाजीत मगर निरन्तर लागि पर्नु भयो । वहाँ ई सन् २०१० सालदेखि बेलायतमा बसोबास गर्दै हुनुहुन्छ । 


यस विद्यालयबाट प्रथम पटक विक्रम संम्वत २०४१ सालमा एस एल सी परिक्षा उत्तीर्ण हुनेहरू रामहरि खतिवडा र छत्र बहादुर राई हुनुहुन्थ्यो । 

पहिलो पल्ट यस बिद्यालय बाट २०४६ सालमा प्रथम श्रेणीमा उत्तीर्ण हुने मक बहादुर पुलामी हुनुहुन्थ्यो ।
यस बिद्यालयबाट आफ्नो शैक्षिक आधार प्राप्त गरी हाल नेपालका प्रतिष्ठित व्यक्तित्व बन्न पुग्नु भएकाहरु मध्ये वर्तमान नेपाली राष्ट्रियगानका रचयिता व्याकूल माईला र पत्रकार गजूर धन राई हुनुहुन्छ भने धेरै संख्यामा राजनीतिक नेता र राजनीतिज्ञहरु पनि हुनुहुन्छ । 

Teachers:- यस बिद्यालयका शिक्षकहररू: 
प्रधानाध्यापक शिव कुमार अधिकारी (BCOM), माधापुर, (अर्थशास्त्र र शिक्षा शिक्षक) 
मयानाथ खतिवडा (BSC), टोक्सेल , ( गणित र अतिरिक्त गणित शिक्षक) 
गुरुप्रासाद ढुंगाना (BSC), टोक्सेल, ( बिज्ञान गणित र अतिरिक्त गणित शिक्षक) 
धिरानन्द दाहाल (MA) , थाक्ले, (नेपाली शिक्षक) 
जंगवीर राई (IA) , बर्नालु, (अंग्रेजी शिक्षक)

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...