Great Himalaya Trail
Day-1(12 July 2016) KTM- NEPALGANJA
१२जुलाई २०१६ असार २८ गते हामी ३ जना किशोर बिशाल र म ग्रेट हिमालय ट्रेलका लागि काठमाण्डुबाट नेपाल गञ्ज लागेका थियौ बस यात्रा गरि । मैले बसको टिकट किनेको थिए प्रति ब्याक्ति १२५० को दरले ३७५० हिड्न भन्दा १ हप्ता अगाडि कान्तिपुर डिलक्स सेवामा । प्राय ग्रेट हिमालय ट्रेल ताप्लेजुङ देखि आरम्भ भएर हुम्लामा टुङ्गिन्छ । तर हामीले भने हुम्ला देखि पदयात्रागरि ताप्लेजुङ मा समाप्त गर्ने गरि काठमाण्डु देखि नेपालगञ्ज बस यात्रा र नेपालगञ्ज देखि हुम्लाको सिमिकोट सम्म विमान सेवा लिएका थियौ । नेपालको २ वटा जिल्लाका सदरमुकाम छन् अझै राष्ट्रिय सडक संञ्जालले नछोएको हुम्ला र डोल्पा । राष्ट्रको ईच्छा सक्ति भएमा ३ बर्ष भित्रमा यि २ जिल्लामा जोडिने देख्यौ तर यस्तै पारा भएमा दशकौ लाग्ने भन्दै हामी ३ जनाले कर्णालीका ५ जिल्ला घुमिसक्दा आँकडा गर्यौ ।
असारको महिना भएकोले सिमसिम पानी पर्दै थियो। फूलचोकी र ककनीको डाँडातिर भूईकुहिरो बरालिदै गरेको देखिन्थे। ६बजे गाडी छुट्ने भएकोले हिलाम्मै रोडमा मनपरि गुडेका गाडी र त्यसले निकाल्ने दिक्क लाग्दो हर्न सुन्दै ट्याक्सीबाट साढे पाच बजे गंगाबु बस पार्कमा हामी ३ जना भेट भयौ। नेपाली समय त हो ६ बजे भनेको ६तिस बजे बल्ल गंगाबु बसपास पार्क बाट गुड्न थाले कान्तिपुर डिलक्स सेवा । कलंकी र थानकोटको जाम छाड्दै कान्तिपुर डिल्कसले आफ्नो गति नागबेली कुर्इनेटामा धुँवा फ्याँक्दै रनिङ गर्न थाल्यो। सन्ध्याले स्वागत गर्न थाल्दै गर्दा कति बेला भुसुक्कै निदाए छौ। किशोर सरले दाई मलेखु आईपुग्यौ खाना खानु पर्छ भन्नु भयो। खाना खायौ। खानाको एक हजार तिर्यौ। खाना मिठो थिएन। रात छिप्पिदै थियो। गाडी मुग्लिन तर्फ गुड्दै थियो । गर्मी महसुर भएर हामी ३ जनाले एकै स्वरमा Air Con लगाउनुन भन्यौ कन्डक्टर भाईलाई। त्रिशुली नदीको धमिलो भेल र बिपरित दिशा बाट आईउदै गरेको गाडीको उज्यालो प्रकाशमा एअर कन्डिसनको चिसो वतावरणमा रमाउदै गर्दा । हाम्रो अगाडी बस्नु हुने २ जना महिला बहिनीहरुले जाडो भयो । एअरकन अफ गर्नुसन भन्दै Air Con अफ गरे मुग्लिन नपुग्दै। मुग्लिन काटे पछिका तारे भिरतिरको कुइनेटा तिर पुग्दा फेरी तातो महसुस हुन थाले पछि हामीले पुन एअरकन अन गर्न लगायौ तर त्यहि हो फेरि नारायणीको पुल कटे पछि ति बहिनीहरुले अफ गर्न लगाए एअरकन । त्यस पछि हामी ३ भाई पनि हवस है कति भन्ने भन्दै हामी पनि नेपालगंञ्ज पुग्ने उत्सुक्ताको साथ निदाउने प्रयास गर्दै गर्दा फुस्सै निदाए छौ।
कान्तिपुर डिल्कस सेवा भित्र हामी हर्षित मुद्रामा
FACEBOOK Live Great Himalaya Trail


No comments:
Post a Comment