Day-6
केर्मी-- यालबाङ (हुम्ला)
Great Himalaya Trail
झरि पर्दै थियो। वतावरण चिसो । खोचमा कर्णाली धमिलो भेल उर्लेदै गरेको । नाङ्गो पहाडमा सेतो भूईकुहिरो हुल सलबालउदै । पाखामा भेडा च्याङग्रा चरिरहेको । यहि प्राकृतिक सौन्दर्यको नाटक नियाल्दै। आजको बिहानको माहोल बितेको थियो केर्मीमा। चिया र वाई वाई नास्ता गर्यौ। 2100 रुपैयाँ बिल तिर किर्मी बाट यालबाङ् तिर सोझियौ 0840Hrs।
हिड्ने
बित्तिकै मलाई पेट दुःन थाल्यो । बाटो मुनि घुम्ति चर्पी बनाई हाले।३ पटक बाटो
मुनी बाटो माथी चर्पी बनाउदै 1000Hrs ओखरथला
पुग्यौ। भोटे चिया पिउदै पखालाको दबाई पनि खाए मैले। NTC को
नेटवर्क भएकाले हामीले आफन्तलाई फोन गर्यौ। वाई वाई खाजा फेरी खायौ । 600 रुपैया तिर 1100Hrs बाटो लाग्यौ।
हिमाली
भेगको वतावरण शुरु भयो ओखरथला बाट । जाडो हुने नै भयो। तेर्सो बाटो भएकाले सल्ली डाँडा 1200Hrs
पुग्यौ। सल्ली डाँडामा एक घर पसल रहेछ। जाडो किसिम थियो। भोटे
चियाले ज्यान तातो बनायौ। किशोर सर र बिशाल भान्जाले ऊवाँको तीनपाने ट्वाँक दिनु
भयो। 600 रुपैयाँ तिरी 1245Hrs ओरालो
लाग्यौ सल्लीमा पुगी आजको खाना खान। 1400Hrs सल्ली पुग्यौ।
हिल्सा सिमिकोट र लिमि लाप्चा सडकको ट्रयाक खोलि सकेको संगम स्थल रहेछ। खोच भए
पनि सल्ली खोला रमाईलो ठाउ लाग्यो। गोब्रे सल्लाको घना जङ्गल रहेछ। पेट खाली
भईसकेको थियो। वाई वाईले पेट हल्का पुरा गर्यौ ।
हाम्रो
लागि खाना पाक्दै थियो। अगेनामा आगो ताप्दै गर्दा खसीको फिला अगेना माथी झुण्डिएका
देख्यौ। सिकुटि भुट्न लगायौ। खसीको सुकुटी खान सकेनौ ठ्वाँस्स खसी गन्ह्याँएकाले
सबै सागर भाईलाई दियौ हामीले। पेट भर्नका लागि जवरजस्ती दाल र भात खायौ । खाना
मिठो थिएन्। 1430 रुपैयाँ तिर 1530Hrs सल्ली
खोलाको झोलुङ्गे पुल तर्यौ। हल्का उकालो ओरालो कहिले कर्णाली भेटिने कहिले तल
देखिदै क्रममा यालबाङ्ग आईपुग्न लाग्दा मुसल धारे पानीले गोदन सम्म गोदयो। छाता र
प्लास्टिकको घुम ओढ्दै 1800Hrs यालबाङ्गको होटल हिमचुलीमा
आईपुग्यौ।भिजेको लुगा फेर्यौ । न्यानो कपडा लगायौ।
भोटे चिया
पिउदै । अगेनाको रापले ज्यान तातो हुँदै थियो। आलु पाक्दै थियो बहानमा। साहुनी
धनिया र गोलभेडा को अचार बनाउनु हुँदै थियो। किशोर सरले तीन चार दाना आलु खानु भई
ज्वरो आउला जस्तो भएर आराम गर्नु लाग्नु भयो। बिशाल भान्जा सागर र म आलु खादै
साहुनी संग गफगाफ गर्न थाल्यौ। थुक्पा सुप खाने भएकाले मैदा मुस्न थाल्नु भयो साहुनी। उहाँकी श्रीमान्
ताक्लाकोट ब्यापारका लागि जानु भएको रहेछ। सिमिकोट देखि हिडे पछि हामीले मुण्डे
घरमा मात्र देख्दै आएका थियौ तर यालबाङ मा पुरै जस्ताले छाएको पक्की घरहरु देख्यौ।
हरेकको घुरेनमा साग सब्जी लगाएको देख्यौ।
फोहरमैला देखेनौ । पानी प्रसस्त। झिङ्गा देखेनौ । हरेको घरमा चर्पी। ४४ किलो वाटको
२४ सै घण्टा बिजुली NTC नेटवर्क सुविधा।
पुछारमा कर्णाली । सिधै पारी बाग्लो जङ्गल हेर्दा क्या राम्रो । तपाईका गाउका मानिस
जाँगरिला रहेछ । हामी दंग भयौ। हुम्लाको बारेमा गरिबी अनिकालको समाचार र फोटो
देख्थ्यौ । त्यो हामीले देखेनौ साहुनी लाई मैले प्रश्न गरे।
हाम्रो गाउ
बनाउन २ जना लामाले धेरै दुःख गर्नु भएको छ। अझ गर्दै हुनुहुन्छ गाउका लागि। हाम्रो गाउ परिवर्तन भएको धेरै भएको छैन्। लामा
लवजको शैलीमा भनिन्। कालिज डाँफे मृग घोरल नाउर को मासु खानु पाईन्छ भन्ने मैले
पत्रपत्रिकामा पढेको थिए। आज बिहान ओखरथलामा मृगको साप्रा देखेका थियौ। यहा पनि
होलानी हैन्। यालबाङमा सबै लामा भएकाले काटमार हुँदै । सिकार नगर्ने नियम बनाएका
छौ। पहिले बन्दुक पडकाउने बित्तिकै गाउले सबै गएर शिकारी पक्रन थाल्यौ। आजकाल पासो
थापेर मार्दैं छन्। हाम्रो गाउको ले हैन केर्मी धारापुरी र सेडा गाउका सिकारीहरु।
उनीहरुले तुमकोट र ओखरथाल तिर बेच्न लैजान्छन्।यहाँ ५०० जति लामा गुम्बा बस्छन्।
बोर्डिङ स्कूल पनि राम्रो चलाएका छन् २जना लामाले। हामीले च्यान्दुक देखि सुन्दै
आएका थियौ। बाल बच्चाहरु यालबाङ बोर्डिमा पढ्दै छन् भनेर।
बहुपति चलन
तपाईको गाउमा अझै छन् मैले सोधे । यालबाङमा पुरानो चलन हटिसक्यो । एक घर मात्र छ।
त्यो पनि मेरो मिल्ने साथी हो। उनीहरु हाँसी खुशी रमाईलो संग जीवन बिताउदै छन्। २
दाजुभाईको एउटी श्रीमती। गफगरी रहदा थुक्पा पनि तयार भयो। ज्यादै मिठो थुक्पा
थियो। सिमिकोट देखि हिडे पछि मिठो खाना यालबाङमा खाँदै छौ हगि बिशाल भान्जा मैले
भने । साह्रै स्वाँदिष्ट। साहुनीको काम गर्न निपुर्णता र पाहुनालाई सत्कार गर्ने
कला देखि हामी प्रभावित हुँदै थियौ। किशोर
सरलाई बिस्तारमा थुक्पा लगि दिए सागर
भाईले। थुक्पाको सुप र ओखतीले किशोर सर
निको हुनु भएको रहेछ बिस्तारामा पुग्दा। आज हाम्रो यात्राको सबै भन्दा रमाईलो
भनेकै यालबाङ्को मिठो खाना। गाउ सफा। हराभरा गाउ। झिङ्गा रहित। सल्ली खोलाको लोभ लाग्ने गोब्रे
सल्ला। ओखरथाला देखि यालबाङसम्मको पदयात्रा गर्दा गौरब लाग्ने वतावरण र भौगलिक
स्वरुपरहेछ भन्दै स्लिपिङ ब्याग भित्र पस्यौ। बाहिर मुसलधारे पानी पर्दै थियो।
ओखरथलाको होटलमा चिया पिउदै गर्दा भान्जा बिशाल ले सुटुक्कै यसरी उतार्नु भएछ। किशोर सर फोनमा SMS पढ्दै हुनुहुन्छ।
ओखरथलबाट पारी देखिने मनोरम दृष्यले हामीलाई मोहित पार्दै ।
ओखरथलाको बाटोमा खच्चर तुमकोट तिर समान लिन जादै
धारापुरीमा उपियाँले टोकेको फोका देखाउनु हुँदै भान्जा बिशाल । ओखरथलामा
ओखरथलाबाट देखिने नाङ्गो पहाड ।सल्ली खोला एक मात्र होटल
सल्लीखोला लिमी लाप्चा र हिल्सा सिमिकोट सडक को संगम स्थल भएकाले कवाडी चाईनिज मिनि ट्रिपर। एक बर्ष अगाडि ल्याएका रहेछ । ड्राईभर नभएकाले खिया लागेर चल्ने अवस्थामा छैन्। चिसो वतावरणमा थकान भुलाउनु हुँदै किशोर सर।
खाना खाए पछि सल्ली खोला पछ्याउदै र गोब्रे सल्लाघारी भित्रको बाटोमा बिशाल भान्जा
बिशाल भान्जा र किशोर सर सल्ली खोलाको झोलुङ्गे पुलमा ।
सल्ली खोला
कर्णाली पृष्ठभूमिमा राख्दै किशोर सर
यालबाङ गाउ देखिदै गर्दा
भान्जा बिशाल थकान मेटाउनु हुँदै हामीलाई पर्खै
हाम्रो समान बोकि दिनु हुने सागर भाई पनि कर्णालीको भेल नियाल्दै
यालबाङ पुग्ने बेलामा
होटल हिमचुली
यलाबाङ गाउको सौन्दर्य
यालबाङ गाउ।






No comments:
Post a Comment