Day-4
सिमिकोट-
धारापुरी
Great
Himalaya Trail
15July
2016
होटल रलिङ्गको प्राङ्गणमा
हिजो
र बिहानको खाजा खाएको 5200 रुपैयाँ तिरी 0930hrs रलिङ्ग
होटल बाट हिल्सा र लिमि भ्याल्लीका लागि बाटो लाग्यौ। The Great Himalaya
Trail को पहिलो दिन आज। लाल बुढा अभिनास लामा होटल रलिङ्ग का राम
दाई ले GHT यात्राको शुवेच्छा दिनु हुँदै हामी लाग्नाको
थुम्का उक्लिने बाटो समाउन थाल्यौ। उक्लिन एक घण्टा लाग्यो 3200
मिटरको लाग्ना थुम्का। साँस ह्वत्तै बढ्ने नै भईनै हाल्यो।
भान्जा बिशाल र सन्तोष बुढा फुर्तिले हिड्नु भएको थियो। किशोर सर पनि । म भने
कछुवा चालमा। लाग्ना थुम्का बाट सिमिकोट बजारको दृष्य लोभ लाग्ने खालको देखिदो
रहेछ। लाग्ना बाट बाटो सिधै ओरालो भएकाले हिड्न सकेका थिएनौ । बर्षा याम भएता पनि
हिजो राती पानी परेकाले होला आकासमा पानी निथ्रेको जस्तो लागि रहेको थियो। घामको
किरणले सिधै हामीलाई झापट दिदै थियो।
पानी न्याउला
गाउमा पसिनाले लुथ्रुक्क भएर पुग्यौ । रेडबुल पियौ प्याँस मेटायौ। चिया पिउदै थकान
मेटाउदै थियौ। किशोर सरले चिया पिउदै गर्दा झिङ्गाले सिधै आत्माहत्या गरिहाल्यो।
उहाँले चिया पिउनु भएन्। झिङ्गा यति धेरै थियो । 900 रुपैया तिरी ओरालो बाटो लाग्यौ। ओखरको सियाल मा बस्दै गर्दा ४ जना
बिधार्थी भाईहरु आए। कता हिडेका भाईहरु हामीले सोध्यौ। हिँउदमा बेसी बर्षामा लेक । चार ठाउमा बिसाउदै 1400Hrs माँझ गाउमा असिन पसिन हुँदै कैलास शाही होटलमा पुग्यौ। ति बिधार्थी भाईहरुको
भनाईले किशोर सरको मन छोएको थियो र उहाँले कविता कोर्न थाल्नु भयो। भान्जा बिशाल
ओखरको सियाल मा ढल्कनु हुँदै थियो।
स्याँखिने भाले
आगनमा चरेको देख्यौ ।आज यसको तिहुन बनाउने कि मैले किशोर सर भान्जा बिशाल लाई भने
। उहाँले स्वीकार गर्नु भयो। अतिनै पिरो झोल। मैले खान सकिन। भान्जा बिशाल किशोर
सर सगार भाईले मिठो अर्गानिक भन्दै खानु भयो। गर्मी पनि किसिम थियो। घाम ढल्के पछि
हिड्ने योजना बनायौ। खाना खाए पछि। फङ्स दिन थाल्यौ ओखरको सियल मुनि । 3100
रुपैयाँ तिरि 1630Hrs धारापुरी गाउ तिर बाटो
लाग्यौ। बाटो तेर्सो हल्का फ्याँट फुट्ट उकालो अक्कर मा गफा गर्दै कर्णाली नदि र
हेप्का खोलाको दोभानमा अवस्थित धारा
पुरीमा गाउमा 1800Hrs पुग्यौ। प्रहरी पोष्ट रहेछ। असई संग
हिल्ला लिमि भ्याल्ली र हेप्का गाउको बारेमा जानकारि दिनु भयो। मानसरोवरमा भारतिय
तिर्थालु १६ जना लेक लागेर मृत्यु भएको पनि जानकारी दिनु भयो। किशोर सर टेन्टमा र
भान्जा बिशाल म र सन्तोष भाई होटलको खाटमा सुत्यौ।
आजको
हाम्रो योजना थियो ढाड केर्मी पुग्ने थियो तर हिड्न सकेनौ। हामीले स्थानियलाई
सोध्दा सजिलै पुगिन्छ भन्थे । डाँडाफैयाँ गाउमा शाही
समुदाय र पारी सेडा गाउमा बुढा समुदायको बाग्लो बस्ति नियाल्नु आजको गन्तब्यको
मुख्य आकर्षण रहयो साथै ओखर निक्कै पाईदो रहेछ।
डाँडाफैयाँको
उकालो हुम्ली सवारी साधान। सिमिकोट जादै गरेका यात्रु। किशोर सर सेडा गाउको बाग्लो
बस्तिलाई क्यामरामा कैद गर्नमा ब्यस्त देखिनु हुन्छ। भान्जा बिशाल र सन्तोष बुढा
अगाडि बढि सक्नु भएको छ। म हिड्न नसेर किशोर सरको पछि पछि पच्छाउदै छु।
पानी
न्याउला गाउबाट सेडा गाउ र पुछारमा कर्णाली नदी च्यापिउदै खोचमा
बिज्ञापन
त भरपुर छन् तर सुवधिा केहि छैन्। INGO & NGO का कार्यकर्ताहरु धेरै भेटिए । कहिले सचेत गराउला सरसफाईको बारेमा। यसै
होटलमा मा किशोर सरको चियाको ग्लासमा झिङ्गाले सिधै आत्माहत्या गरेको। स्वदेशी तथा
बिदेशी पर्यटको मुख्य बाटो पनि पर्दो रहेछ पानी न्याउला।
पानी
न्याउलाको रसिलो आँरुबखडा। मैले गजबले दबाएर दिए। सन्तोष भाईलाई 50
रुपैयाँको किन्न पठाएको थिए । ४ भाईले खाई नतुर्ने तरिकाले एक
डाँलो भरि थियो।
डाँडाफैयाँको बाग्लो शाही समुदायको मुण्डा घर । बस्ति देख्दा किशोर बिशाल र मैले मज्जाले फोटो खिच्यौ।माँझगाउको पुछारमा कर्णाली खोजमा हामफाल्दै
धारापुरि गाउको भौगलिक स्वरुप
घारापुरी गाउ पुग्नै लाग्दा कर्णाली नदी नियाल्दै किशोर सर
घारापुरीगाउ आउनै लाग्दा सागर भाई र बिशाल भान्जा आराम गर्न लाग्दै
धारापुरी गाउ पुग्न अगाडी यस्ता अक्कर पार गर्दै जानु पर्छ।
अक्करको डिलमा बस्दै कर्णाली नदी उर्लेको भेल हेर्नु हुँदै
आङ्जिरिङ्ग हुने अक्करको बाटो पच्छाउँदै घारापुरी गाउमा पुग्ने बखतमा
धारापुरी गाउ।
धारापुरी गाउमा राष्ट्रिया ध्वाजा फरफराउनु हुँदै
धारापुरीबाट हेप्काको
अजंगको पहाड। हिल्सा सिमिकोट सडक। यसै वरिपरि पहाड बाट घुम्दै घारापुरी सम्म
निर्माण हुँदै छ।
धारापुरी बाट पारिको
गाउ नियाल्दा हामी दंग भएका थियौ। पहिलो दिनको यात्रामा रोमाञ्चक बनाई दिन्छ यस्तै
बाग्लो बस्तिले।
बिचरा कर्णाली नदी खोचमा चेपिदै
धारापुरीको छेउमा कर्णालीको तमासा ।
बिशाल भान्जा टेण्ट टाङ्न लाग्दै । धारापुरीमाधारापुरी पारी गाउ। क्या गजबको बस्ति छ।



No comments:
Post a Comment