Total Pageviews

Tuesday, June 6, 2017

MOUNT VERNON लाई सम्झिन् प्रितिले

प्रिति लिम्बु (D/O9279)
मौसम:- शिशिर याम भएकाले घाम र बादलले कुस्ति खेल्दै थियो। त्यहि भएर होला मौसम पनि ठुस्केर बसेको थियो। गुड्न नजानेर होला सवारी साधन पनि लर्बरिदै देब्रै दाहिने बाट उछिना उछिन् गर्नमा हतार देखिन्थ्यौ । घुँलो र घुवाँको सरावरी उड्दै गरेको देखिन्थ्यौ
स्थान:- नक्शाल
समय:- 1500 Hrs

 मिति:-10March 2013 
फोटो साभार  फेसबुक प्रिति


सुजिता(D/O9033) र प्रिति(D/O 9279) भान्जी संग कुराकानी गर्न म सुजिता भान्जीको कार्यलय नक्शाल पुगे। सुजिता भान्जीको कार्यलय नक्शालमा भेटौला भनि प्रिति भान्जी संग हाम्रो फोनमा कुरा भएको थियो । शिशिर याम भएकाले आज निक्कै जाडो थियो। सुजिता भान्जी र प्रीति भान्जी  सिङ्गापुरमा जन्मेका हुर्केका र हुरहुरे यौवनका उताब चढाबको जीवन गाथा नेपालमा  बिताई रहनु भएकाले। उहाँहरुको नेपाल बसाईको अनुभूति सुन्न ममा हुटहुटी थियो । कफिको सुर्का लगाउदै जाडोलाई धपाउदै ३बजे देखि ६बजे साँझ सम्म सिंगापुर बस्दाको रमाईलो क्षण देखि आरम्भका दिनमा नेपालमा भाषिक कठिनाई र यौवनका दुःख सुःखका रंगीन क्षणहरुका रमाईला गफगाफ गर्यौ। मैले पहिला प्रिति भान्जी संग सिङ्गापुर बसाईका क्षण र नेपाल बसाईका संधर्षका कुराकानी गरे

सिंगापुरको केके अस्पतालमा जन्मनु भएकी प्रिति लिम्बुले उडभिल प्रार्थमिक बिद्यायबाट कक्षा ५ उतिर्ण गर्नु भई  सन् २००१ साल डिसेम्वर महिनामा नेपाल फर्कनु भएको थियो। सिंगापुरको बाल्यकाल Mount Vernon बस्दाका रमाईला क्षण भावुक  हुँदै सम्झिन्। पाठशाला सकेर साँझ पख प्ले ग्राण्डमा से भेन स्टोन खेल खेल्थ्यौ। पौडि खेल्न पुलिस एकेडेमी जान्थ्यौ। बिद्यालयको अतिरिक्त कृया कलापमा सफ्टबल खेल्ने गरेको बताईन् । घुमघाम गर्न East Cost Park, MacRitchie Reservoir Park,Bird Park , Haw Par Villa  Singapore Zoo  जादा रमाईलो हुन्थ्यो। अहिले सम्झदा पनि जाउ जाउ लाग्छ। कस्तो भयो होलान् ति स्थानहरु। सिंगापुरको मन पर्ने खाना मिसेम र म्याकडोनल्ड हो। अहिले सम्झदा पनि कस्तो खाउखाउ लाग्छ मिसेम । भनिरहदा मिठो तरिकाले प्रिति भान्जीले जीब्रो बटारिन् मिसेमको कुरा भनि रहदा। संगै रहेकी सुजिता भान्जीले पनि मिसेमको कुरा सुन्न साथ प्रितिलाई अंगालो मारिन । कस्तो मिस लाग्यो मिसेमको। म्याकडोनाल्डको कुरामा नेपालमा पनि केएफ सी छ त भन्दा उहाँले बताईन् गुणस्तर छैन् त्यसैले खाँदिन् भनिन् प्रितिले। दशै पर्वमा पुजा घरमा मार  हेर्न र टिका लिन जान्थ्यौ । परेड स्वाएरमा नृत्य हेर्न पनि जान्थ्यौ मामाहरु अनि भान्जा भान्जीहरुको । तिहार मा झन कस्तो रमाईलो गरि मनाईन्थ्यो । प्रिती भान्जी उत्साहित मुद्रामा यसरी बताईन्। साथीहरु संग भैलो खेल्न ब्लकको लाईनमा जादा चिनेका आन्टिहरुले पैसा  धेरै दिन्थे र भित्र बोलाई सेलरोटी पेप्सी र कोक दिनु हुन्थ्यो। यति भनि सक्दा मुसुक्क दुबै जना मुस्कुराईन् सुजिता र प्रिति भान्जी।

सुजिता बाँया र प्रिति बाँया । फोटो साभार फेसबुक प्रिति


सिङ्गापुरबाट नेपाल फर्कनु अगिल्लो साँझ बिदाई गर्न घरमा साथीहरु  आएका थिए। साथीहरुलाई  छोडेर सधैका लागि नेपाल फर्कन त पक्कै पनि नरमाईलो लागेको थियो। गफगाफ गरे पछि साथीहरु आफ्नो आफ्नो घर गए पछि । म एक्लै बिस्तारमा सोच्दै त्यस बखतमा यसरी कल्पना गरेको थिए मैले। नेपाल मेरो लागि नौलो ठाँउ नौलो साथी नौलो समाजमा र आफ्नो देश फर्कनको लागि मलाई उत्सुक्ता पनि लागेको थियो । यति भनि सक्दा प्रितिले बिछोड हुँदाका ति साथीहरलाई सम्झिदै भाबुक बनिन्। छेवैमा रहेकी सुजिताले हौसला दिईन् । जीवन भनेको यस्तै हो । केहि बेर मन थामिए पछि प्रितिले भनिन्। भर्खरै बिदा भएर गएका साथीहरु लाई सम्झिए । त्यो साँझ एकदमै न्यास्रो मन लगाउदै कति बेला निदाए छु थाहै पाईन्। सिङ्गापुरको अन्तिम रात झम्झदा प्रिति र सुजिता भाबुक भएको देख्दा । म पनि निक्कैं भाबुक बने किनकी मेरो पनि ३ जना नानीहरुले यस्तै क्षण अनुभूति गर्ने छन्।

त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल बाट बाबा ममि संग ट्याक्सीमा जादै गर्दा। सडकमा स्वतन्त्र रुपले चौपायाहरु हिडेको देख्दा अचम्म भएको थिए। ट्याक्सी यात्राकै दैरानमा प्रत्यक गल्ली अनि चोक चोक पसलहरु देख्दा पनि अनौठो लागेको थियो। साँच्चिनै एकै चोटी यस्ता दृष्यले मलाई अर्कै संसारमा पुर्र्याएको थियो त्यस दिन। काठमान्डु आएको भोलि बिहान उठेर हेर्दा चारै तिर ड्याँम्म  हुस्सुले ढाकेको देख्दा रमाईलो लागेको थियो। झनै उत्सुक्ता भएर बाहिर निस्के आफैले सास फ्याँक्दा वाँफ निस्केको देख्दा म यति रमाएकी सम्झेर पनि सक्दिन। यस्ता दृष्य मैले हलिउड फिल्ममा मात्र हेरे थिए तर आफ्ले अनुभव गर्न पाउदा कस्तो आनन्द लागेको थियो। नेपाल बसाईको पहिलो दिनको बिहानीमा रमाएर लठ्ठ भएको थिए। दिन र याम परिवर्तन हुँदा देखिने काठमान्डुको सौन्दर्यमा रमाउदै गए। सिङ्गापुरको क्षणहरु टाढिदै गए।

फोटो साभार फेसबुक प्रिति 

कक्षा ६मा भर्ना भए। अंग्रेजी बिषयमा कक्षाकै सर्वकृष्ठ अंक ल्याउदै गए तर नेपाली बिषयमा अनुतिर्ण भए । तर कडा मिहेनत गरि एस एल सी मा नेपाली बिषय उतिर्ण गरे। अवश्यनै शुरुका दिनहरुमा नेपाली भाषाले मलाई लाटोनै बनाएको थियो। ए लेवल उतिर्ण गरे पश्चात हालमा पार्ट टाईम कान्तिपुर एफ एम मा आर जे काम गर्दै छु। महिला सम्बन्धि वुमन अफ वुमन मासिक पत्रिका अंग्रेजी स्करणमा सम्पादक र सम्बाददात भएर काम गर्दै छु। स्नातक तहको अन्तिम बर्षमा अध्ययरत प्रिती मास्टर डिग्री गर्न बिदेश जाने सोचमा छिन्  । समाप्त भए पछि स्वदेशनै फर्कने बताईन्। FMमा काम गर्दा का रमाईलो अनुभव पनि बताईन्। हुरहुरे यौवनमा एक दिन ठमेलमा पार्टी समाप्त भए पछि। वाईन पिएको जोसमा  ७ जना एफएम काम गर्ने महिलाहरु  घर नगई सिधै स्टुडियोमा ३ जना गयौ। वाईन पिएको जोसमा मध्यरात पछि करिव  ३ घण्टा ३ जनाले मज्जाले FM संचालन गरेका थियौ।  यस्तो अनुभव सुनाउदा उनकी साथी सुजता पनि पार्ट टाईम FMमा काम गर्ने भएकाले हाँस्दै सुनिरहेकी थिईन्। फुर्सदको मौकामा साथीहरु संग ठमेल तिर घुमघाम जादा सिङ्गापुरको ओचर्ड रोड तिर डुल्दै गरेको अनुभूति मिल्ने कुरा पनि बताईन्। सिंगापुरे भान्जाभान्जीलाई नेपाल आउने सुझाव बताईन्। संघर्ष गरे आफ्नो देश भनेको आफ्नै हुन्छ। 

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...