Total Pageviews

Sunday, August 27, 2017

SINGAPORE मा मेरो बाल्यकाल र टिनेज लाईफ रोजेर खोजेर नपाईने खालको थियो । निरुपा गुरुङ(D/O 9114)

निरुपा गुरुङ(D/O 9114)
Time:-1500Hrs
Location:- Sundhara
Date:- 08 March 2013


सिभिल मलमा प्रवेष गर्यौ। निरुपा गुरुङको(D/O9114) फेन्सी पसल खोज्दै दुई तलमा पुग्यौ म र धनु भान्जी।उहाँ आफ्नो पसलमा सरसमानहरु मिलाउदै गरेकी देख्यौ। धनु भान्जीलाई देख्नै बित्तिकै मुस्कुराउदै दिदि भित्र आउनुहोस भनिन्। सिंगापुर र नेपाल बस्दाका जीवन शैली बाँड्नका लागि मैले निरुपा भान्जीलाई आग्रह गरे। कफि पिउदै कुराकानी गर्न थाल्यौ हामी


निरुपा गुरुङ । सिंगापुरको केके अस्पतालमा जन्मेकी हुँ। सिडार प्राईमरी र सिडार गल्स हाई स्कूलबाट ‌ओ लेवल पास गरेकी हुँ Mount Vernon मा मेरो बाल्यकाल र किशोर जवानी रमाईलो गरि बिताएकी थिए। बाल्यकालमा साथीहरु संग सेभेन स्टोन खेल खेल्थ्यौ। शनिवारको दिन ड्रिल सिडमा फिल्म देखाईन्थ्यो चकटी लिएर हेर्न जान्थ्यौ हामीटिनेज लाईफमा  साथीहरु संग आईस स्केटिङ खेल्न जान्थ्यौ। साईकल कुदाउन ईष्ट कष्ट पार्कमा जान्थ्यौ । सामुन्द्रिक किनारमा गफगर्दै बस्दा रमाईलो हुन्थ्यो। गोर्खा गल्स क्लबको कृयाकलाप तिर भाग लिईन्थ्यो। सेन्तोषा, बुकितिमाह हिल र म्याक्रेजी रिजभवर तिर हाईकिङ्ग गईन्थ्यो साथीहरु संग। बेलुकी खाना खाई सके पछि आण्टिहरुको गफ सुन्दै साँझको सितल हावा लिदै ईभिनिङ वाकिङ गर्थ्यौ। परेड स्वाएरमा नाच गान हेर्न जान्थ्यौ दशैमा। राँगा र बोका मार गरेको हेर्न जान्थ्यौ मार घरमा पनि। देउसी भैलो खेल्दा रमाईलो हुन्थ्यो। आण्टिहरुले घर भित्र बोलाएर सेलरोटी दिन्थे।

सिंगापुरको मन पर्ने खाना र भुल्न नसक्ने क्षणहरु प्रश्न राख्दा। खानाको कुरा सुन्ने बित्तिकै निरुपा भान्जी हर्षित हुनुहुँदै ‍औंला गन्दै बताईन्। मिगोरेङ, मिसेम, हडक, नगेट, रोटीपराट्टा र नासिलेमाक असाध्यै मन पर्ने खानेकुरा हो। भन्नै भुलेछु चिकन राईस अनि पोक राईस पनि होनी अन्तिमा बताईन्! सिंगापुरमा वाल्यकाल र किशोर अवस्था मैले एकदमै रोमान्स गरेर बिताए साथै नेपाल फर्के पछि पनि। म मेरा बाबा र ममीलाई धन्यवाद दिन चहान्छु। बाबा पल्टनमा नहुनु भएको भए मैले यस्तो अवसर कहा पाउथे। जीवनमा मैले चाहेका शोख र रुचीहरु पुरा गरे। म बिवाहित हु। कहिले काहि सम्झन्छु सोच्छु। मेरो जस्तो बाल्यकाल र युवा अवस्थामा मैले गर्न पाएको रोमाञ्चकारी क्षण जस्तै। मेरा नानीहरुलाई दिन सक्छु कि सक्दिन भनेर कल्पना गर्छु। यति भनि सके पछि केहि क्षण आफ्ना नानीहरुलाई सम्झिए निरुपा भान्जी।

सन् १९९४ सालको जुलाई महिनामा नेपाल फर्किए । सिंगापुर सधैको लागि छोडेर नेपाल फर्कनु मलाई कुनै सुर्ता लागेको थिएन्। साथीहरु छोडेर आउनु पर्दा हल्का बेमज्जा त भएको थियो। जीवनको अर्को पृष्ठ विताउनमा हत्तार थियो मलाई। त्यस बेला काठमाण्डु अहिलेको जस्तो धुलो, धुवाँ र हिलो थिएन्। बर्षा याम भएकाले डाँडाकाडामा कुहिरो थुप्रेको देख्दा आनन्द लागेको थियो।  केहि हप्ता काठमाण्डु बसे पछि तनहुँ ग। गाउको बसाई अझ रमाईलो लागेको थियो। किन भने सेतो कुहिरोले ड्याम्मै चारै तिर ढाकेको देख्न पाउदा। सिंगापुरमा त्यस्तो वतावरण देख्न पाईन्न। नेपाल फर्के पछि मलाई न्यास्रो लागेन्। सधै नौला किसिमका दृष्यहरु देख्न पाईएकाले मख्खै थिए। सिङगापुरको झल्का र यादै आएन्। बृटिस काउन्सिल बाट ए लेवल पास गरे सन् २००६ देखि २००९ सम्म बिमान परिचालिकाको काम गरे कत्तार वायुसेवामा । हाल फेन्सी पसल ब्यबसाय गरेकी छु। सुःखी र खुशी पारिवारिक जीवन बिताई रहेकी छु। जीवन भनेको रमाईलो गरि बिताउनु पर्छ हैन । गफ गरि रहदा कफि पिई सकेका थियौ हामीले।




No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...