Total Pageviews

Sunday, September 3, 2017

चिडिया घरको पहिलो अनुभव



SLC दिएको एक महिना पछि गाउबाट काहिला मामा संग काठमाण्डु आएको थिए। उहाँ भर्खर पल्टन देखि बिदा लिएर आउनु भएको थियो ।  गाडी देखेको थिएन मैले। कटारीबाट त्यस बेलाको चर्चित लालीमा रात्री बस सेवा बाट मामा भान्जा काठमाण्डौ हुँईकिएका थियौ। पहिलो पटक गाडी चढेकाले बान्ता गजबले गरेको थिए। उबेला हाम्रो गाउका चेलीबेटीहरु गलैचा बुन्न काठमाण्डु जान्थे। दशैमा घर फर्कदा मुग्लिनको डरलाग्दो भिर  र थानकोटको घुमाउरो रोडको गफसु्न्दा कहिले काठमाण्डु जाउ लाग्थ्यो। स्कूल जाने र सुत्ने समय बाहेक बाँकी समय रेडियो सुन्ने गर्थे म। रेडियो धेरै सुन्ने भएकाले होला मलाई काठमाण्डुको थोर बहुत जानकारी थियो। नसुती छर्लङ्ग रात कटाएको थिए पुरानो बस पार्क आईपुग्दा। बिहानको ९ बजेको थियो।



खुशीले म होस हवास भएको थिए। मामा भान्जा ट्याक्सी बाट फेरि हुईकिएका थियौ बौद्ध तीनचुली तिर । जहाँ मेरो साईला मामा बस्नु हुन्थ्यो। ट्याक्सी यात्राको क्रममा धरहरा बिर अस्पताल रानीपोखरी घण्टाघर नारायणहिटी र बौद्ध स्तुपा देखाउदै मलाई जानकारी दिनु भएको थियो मामाले ।१६ बर्षे हुरहुरे बैषमा जोस उत्साह र खुलदुली भएको थियो राजधानी छिर्दा।
काठमाण्डुको मल्ल कालीन सभ्यता र राणा कालीन समयमा निर्माण भएका दरवार तिर घुमाउनु लैजानु भएको थियो। बिशाल बजारको स्केलेटरमा कसरी चढ्ने त्यो पनि सिकाउनु भएको थियो। 
जावलाखेलको चिडिया घरमा पस्दा बडो हर्षले गदगद भएको थिए म। मामाले मलाई सबै जनावरको जानकारी दिदै जानु भएको थियो। जब मैले नजिक बाट बाँध  सिँह हात्ती र गैडा नजिक बाट हेर्न पाउदा म  एकदमै खुशी भएको थिए। मेरो खुलदुली र हुटहुटी यि हिंस्रक जनावर नजिक बाट देख्न पाएर मख्खै भएको थिए। हाल कुनै पनि चिडिया घर जादा मेरो बिगतको त्यो हर्षित क्षणलाई सम्झि हाल्छु।


  




No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...