Total Pageviews

Tuesday, September 5, 2017

Great Himalaya Trail Day(24 Rara Lake)

Day-24 

Great Himalaya Trail

Gamghadhi To Rara Lake (Mugu)
04 August 2016
रारा ताल नियाल्दै भान्जा बिशाल र किशोर सर

रातभरी पानी परिरहेको थियो। 0700Hrs ब्युँझे। बार्दलीमा निस्के। चारै तिर झलमल घाम पोखि सकेको थिए छ। रारा तालको सौन्दर्य देखे। खुशीले भुत्तुकै भए म । बिशाल भान्जा र किशोर सर सुत्दै थिए। हतार हतार क्यामरा लिन कोठामा छिरे। क्यामरा लिई तालको आगनमा गए। रारा ताललाई नियाल्दै र रहर मेटुन्जेल फोटो खिचे मैले । 0800Hrs होटलमा फर्कदा बिशाल भान्जा र किशोर सर चिया पिउदै रारातालको फोटो खिच्दै रमाउदै बसिरहनु भएको रहेछ बार्दलीमा ।

मास्टर सेफ हेम राई भाईले रारा तालको सुन्दरता हेर्नका लागि होटल भन्दा माथी को चौउरमा लगे। रारा तालको सानदार दृष्यले लठ्ठै भयौ। हामी तीन जना लाठेहरु। डनल्पमा बस्दै चिया कफि पिउदै बस्यौ। 0815Hrs देखि 1330Hrs सम्म रारा तालको चमक र सौन्दर्यमा मन्त्रमुग्ध भई रहेका थियौ। अनौठो कुरा के देख्न पायौ भन्दा हरेक घण्टामा तालको रंग र स्वरुप परिवर्तन हुँदा दंग भएका थियौ। तालको पानीमा थप आकर्ष दिदै देखिन्थे अनेक आकृतिको स्वरुप । यस्ता दृष्य देख्न पाउदा हर्ष र खुशीको चुली थियो हाम्रो । गमगढी र ताल्चा तिर बाट सेतो कुहिरो उड्दै आकास तिर जादा तालमा छाँया पर्दा रोचक र रौनक्ताको चित्र उत्रिदा गजब देखिन्थ्यो। क्षितिजमा छाँयानाथ हिमालको शिखरमा हिँउ टल्कदै गरेको देखिन्थे।

हुम्लाको हिल्सा देखि पदयात्रा गर्दै २४ दिनमा धेरैले गुण गाएका नेपालको ठुलो ताल रारा हेर्न पाउदा यात्राको कष्ठहरु सजिलै भुलेका थियौ। कफि र चिया सकिने बित्तिकै हेम भाईले ल्याईदिई हाल्थे। फापरको रोटी संग मह र जडिबुटीको अचार चोप्दै जिब्रो पटकाउदै खायौ। खाजा मिठो थियो। खाजा खाए पछि शान्त वतावरण र पारिलो घाममा बिशाल भान्जा र किशोर सर 3000 मिटरको उचाईमा गजबले निदाउन थाल्नु भयो। म भने रारा तालको बिभिन्न आकृति र फोटो भिडियो खिच्दै बस्दै गर्दा । आर्मीको हेलिकप्टर तालको छेवै छेव उड्दै आयो। किशोर सर र बिशाल भान्जा पनि ब्युँझनु भयो। आर्मीको हेली प्याडमा अवतरण भए। जर र कर साब साथै उनका श्रीमती र लक्का जवानी छोरीहरु घोडा चढे र रारा तालमा डुंगा सयल गरे। हामीले दुरवीन बोकेका थियौ। पालै पालो दुरवीनले हेर्यौ । रारा तालको शान्त वतावरणलाई हल्ला गरि बिथोल्न खोचे ति लक्का जवानी छोरीहरुले। एक घण्टा पछि उक्त हेलिकप्टर उड्यो। हामीले प्रणय गरेका थियौ। रारा तालमा डुंगा नचढ्ने। कारण शान्त अवस्थामा रहेको पानीलाई नबिथोल्ने। साथै डुंगा चढ्ने चेष्टा गरेनौ। मुर्मा गाउका समितिले डुंगा संचालन गर्ने रहेछन्। हेम बहादुर राई भाईले खाना लिएर आउनु भयो। स्थानिय च्याँउ र साग संग खाना गजबले खायौ। खानाको परिकार मिठो थियो। रारा ताल अघाउञ्जेल सम्म हेर्यौ। हाम्रो तन मन बेलुम उडेको जस्तै भईरहेको थियो।
  
गोधुली साँझ पख तालको आगन तिर गयौ। जुम्लाका शैक्षिक भ्रमण गर्न आएका बिधार्थीहरु भेट्यौ। उनीहरु पनि रमाउदै मोबाईलमा फोटो खिच्दै देखिन्थे। सन्ध्याको स्वागत संगै हेम भाईले हाम्रो टेवलमा लोकल ल्याई दिए। चिरिप चिरिप दिदै गर्दा ठुलो पानी पर्न थाल्यो। पानी परेको आवाज सुन्दै हामी तीन भाई गफगाफ गर्दै बस्यौ । ज्यादै मिठो तरिकाले खानाको परिकार पकाउन शीपालु हेम भाई पनि खाना पछि लोकल ट्वाक दिदै उसको भोगाईको गफ सुन्दै रातको १० बजे सम्म बस्यौ।


   


















































No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...