Total Pageviews

Sunday, September 17, 2017

स्टाफ नर्स ज्ञानु पुन(D/O 9057) Singapore बाट फर्के पछि आरोह अवरोहको यात्रा काठमाण्डुमा

स्टाफ नर्स ज्ञानु पुन(D/O 9057)
Time:-1600Hrs
26 Dec 2012 



पृष्ठभूमि :- पुष महिना भए पनि दिन खुलेको थियो। सिउसिउ जाडो थियो। आकास सफा र निलो देखिन्थ्यो चारै तिर। क्षितिज संगै दौतरी भएर उभिएको देखिन्थे फुलचोकीको चुचुरा र ककनीको डाँडा। नजिकै अन्तर राष्ट्रिय बिमान स्थल भएकाले चर्को आवाज सुनिन्थ्यो विमानको । सिंगापुर गोर्खा पोलि क्लिनिकका सचिव मिनेश्वर राई (9753) साब ज्यूले सुनिता र ज्ञानु भान्जी संग नेपाल बसाईको अनुभुति सुन्नका लागि 1600Hrs मेरा लागि   समय मिलाई दिनु भएको थियो । डक्टर सुनिता पुन भान्जी संग कुराकानी सके पछि चिया पिउदै दोस्रो चरणमा स्टाफ नर्स ज्ञानु पुन भान्जी संग सिङ्गापुर र नेपाल बसाईको संघर्षका बारेमा कुराकानी गर्यौ।

म ज्ञानु पुन(D/O 9057)। नेपालमा जन्मेकी हुँ । बाल्यकाल देखि यौवनकाल सिंगापुरमा बित्यो। ईलिङ प्राईमरी र बार्डली सेकण्डरी स्कूल बाट ओ लेवल पास गरेकी हुँ । प्राईमरी स्कूल लाईफमा हामी एकदमै रमाईलो गर्ने गर्थ्यौ कारण स्कूल सके पछि घर फर्कदा ताईसेङ र जुसेङ तिरका आँप टिप्दै फर्कन्थ्यौ । अहिले सम्झदा पनि रमाईलो लाग्छ। यति भनि नसक्दै मुख छोप्नु हुँदै खित्का छोड्दै हासिन् ज्ञानु भान्जी। स्कूल बिदा भएको बेलामा स्कूलमा अतिरिक्त कृयाकलाप छ भन्दै ममी र बाबालाई ढाटेर नाली तिर खेल्न जान्थ्यौ साथीहरु संग हामी। सेकण्डरी बिधार्थी लाईफको क्षण झनै कुरा नगरौ यति  रमाईलो थियो!  


डिप्लोमा नर्सिङ गरे  Nanyang Polytechnic  बाट । Changi General Hospital मा तीन बर्ष बिरामीको सेवा गरे। थप शीप र ज्ञान हाँसिल गर्ने ईच्छा साथै बिरामीको सेवा गर्ने चहाना हुँदा पनि काम गर्ने भिषा थप नभए पछि नेपाल फर्के सन् २००७ मा। सिंगापुर बाट फर्कनु पर्दा ज्यादै पिडा बोध भएको थियो। सम्झदा पनि त्यो दिन फेरि कल्पना गर्न सक्दिन् म । आफू हुर्केको पढेको ठाँउलाई छोडेर फर्कनु पर्दाको दुःख र पिडा अर्को ठाउमा थियो।  साथीहरु संग सधैका लागि छुट्टिनु पर्दा बिरहको क्षण अर्को ठाउमा थियो। केहि बर्ष नेपाल बस्ने त्यस पछि बिदेश जाने योजना थियो। जीन्दगी को यात्रा सिधा मात्र नहिड्दो रहेछ! खोला जस्तै बाङ्गो टिङ्गो पनि बग्दो रहेछ नी मामा ! यति भने पछि फेरि हसिलो हुँदै हाँसिन्।जाडो भएकाले चियाको तातो सुर्का लगाउनु हुँदै साथै सुनिता भान्जीलाई हेर्नु हुँदै भन्न थालिन् । आरोह अवरोहको यात्रा काठमाण्डुमा हुन थाल्यो मेरो।  दिन हप्ता महिना हुँदै बर्षहरु बित्दै गए। बिदेश जाने योजनमा पनि टाढीदै गए।  नेपालमा बसी बिरामीको सेवा गर्ने योजना बनाए र शुरुमा बी एण्ड बि हस्पिटलमा काम गरे मैले। भाषाको कारणले धेरै समस्या भएको थियो। बि एण्ड बि मा सिंगापुरे भान्जी स्टाफ नर्स ललिता लिम्बु पनि काम गर्ने भएकाले धेर थोर सहयोग पाए। सेवा गर्दै गए र हाल म सिंगापुर गोर्खा पोलि क्लिनिकमा बिरामीको सेवा गर्दै छु। सिंगापुरे मामा र आण्टीहरु आउनु हुँदा रमाईलो र खुशी लाग्छ। काम गर्दै छु काठमाण्डुको यात्रा खुशीको साथ अगाडि जादै छ ।  







No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...