Total Pageviews

Thursday, June 29, 2017

Great Himalaya Trail (Day-8) Tumkot-Hilsa(Humla)

The Great Himalaya Trail( Day-8)
Tumkot- Hilsa(Humla)
19 July 2016


नाराला पासमा रमाउदै घुमन्तेहरु

बिशाल भान्जाले सेट गर्नु भएको मोबाईलको अलराम र टम्बुको प्वाँल बाट लुक्दै छिरेको सूर्यको उषाले 0730Hrs ब्युँझाए पनि 0800 Hrs टेण्टबाट निस्क्यौ । झलमल घाम लाग्दै रहेछ। भेडी गोठालेहरुको टम्बु छेउ छाउ घुँवा उड्दै रहेछ। भेडाहरु चर्दै गरेका देख्दै थियौ। कमल बुढाजीले तातो जडिबुटिको चिया ल्याई दिनु भयो। तुमकोट चिसो वतावरणमा भए पनि चिया पिउदै तुमकोटको चारै दिशाको मनोरम दृष्यमा रमाउदै थियौ । वाई वाई तयार भयो । हाम्रो सहयोगी भाई सन्तोष बुढाले बोलाउनु आए।

तुमकोट देखि हिल्सा सम्म गाडी चल्ने भएकाले। हिजो बेलुकीनै कमल बुढाले हाम्रो लागि अगाडिको सिट सुक्षित गरिदिएका थिए। 0915Hrs दर्ता र नंम्बर नभएको कवाडी ट्रिपरमा सुकेको मुढा हाल्दै गरेको देख्दै थियौ। दाउरा हिल्साका लागि। 5450 रुपैया बिल तिर्यौ। हिल्सा र चाईनाको ताक्लाकोट जाने स्थानिय चढे गाडीमा।बर्दियाका चौधरी ड्राईभर भाईले गाडी गुडाउन थाले। करिव १०मिनेट गुडे पछि  उकालो घुम्तिमा तान्न छोड्यो। ब्याट्री सर्ट भएर आगो बल्न थाल्यो। सबै हाम फाल्यौ। ओथ नलागेको भए सधै का लागि गुडनाईट हुने थियौ । मैले माटो ले हिर्काउदै गर्दा सुरा ड्राईभर भाईले हातैले समात्दै जल्दै  गरेको तारहरु निभाए। भोटे भन्दै मालिकलाई  हल्का थर्काए थारु भाईले। मुढा धेरै हाल्छ लोभ गर्छ लोभले लंका जलाउछ गनगनिए। आफै बना। यात्रु पैसा नतिरि हिडे। हामी भने बन्लाकी भन्दै २ घण्टा सम्म बस्यौ। घाम  लागेको थियो।




गाडी नबेपछि चरक्क लागेको घाममा उकालो बाटोमा खुईयाँ गर्दै हिड्यौ। एक घण्टा लाग्यो उकालो उक्लिन । वाटर बोटलमा पानी नबोकेका भए सायद हामी प्याँसले सुईकिन्थ्यौ पनि होला । बाटो तेर्स्रो भएकाले भोक लागे पनि हिड्न सकिरहेका थियौ। सैपाल हिमालको चुली र अन्य नाङ्गा पहाडलाई भुईकुहिरोले ढम्म ढाक्दै ओरालो झर्दै गरेको देखिन्थ्यो। थाकेर लम्फु भएकाले यारी पुग्ने गन्तब्यलाई अव पालङबाङ भन्दा नहिड्ने योजना बनायौ। २घर बस्ति भएको पालबाङमा ‍लखतरान सेन्टी फ्याल्ट भएर पुग्यौ। खाना नपाक्ने भने पछि उहि वाई वाई बनाउन् लगायौ। भोटे चिया पिउदै । यारी पुग्न कति लाग्छ। साहुनीलाई सोध्यौ। लामा लवजमा धेरैमा २ घण्टा नत्र एक घ‌ण्टा आधा पुग्ने बताए। योजना परिवर्तन भयो । अब यारी पुग्ने। वाई वाईले पेट थामिए पछि 1300 रुपैया तिर लाग्यौ यारी तिर। हिल्सा सिमिकोट दुई लेनको फराकिलो सडक को ट्रयाक मा गफिदै चिसो वतावरणमा नाङ्गा धरातलिय बनौटमा रमाउदै साढे एक घण्टामा यारी पुग्यौ।

यारी बजार रमाईलो रहेछ। चिसो स्वच्छ वतावरण थियो।पुलिस चेक पोष्ट रहेछ। यात्रुको पर्खाईमा बसेको ड्राभरले हामी आउदै गरेको  थाहा पाएकाले हिल्सा जाने ट्रिपर पर्खेका रहेछ । भोटे चिया पियौ।  वरपरी घुम्यौ फोटो खिच्यौ। ल भाईहरु जानु पर्छ भने लामा ड्राईभर दाईले । उहाँ यारी निवासी भए पनि पुर्वको केटि बिवाह गरि काठमाण्डु बस्ने गर्दा रहेछ। सिजनमा तुमकोट हिल्सा आफ्नै गाडी कुदाउनु हुँदो रहेछ। चाईनाको ताक्ला कोटमा धुप बेच्नका लागि शेर्पेनी सोल्टिनीहरुले टन्नै गाडीमा बोराको बोरा लोड गर्दै थिए। लु भयो धेरै नहाल गाडीले तान्दैन बाटो राम्रो छैन भन्दा जब्बर जस्ति हाल्दै  थिए । डाईभरले निकाल्दिने गर्थे। गाडी स्टार्ट गर्दा हालिहाल्थे।  करिव १० मिनेट हल्का रतौली जस्तै भयो गाँठे। पुरै टिबेटिन भाषामा वाक्क युद्ध हुँदै थियो।

नाङ्गो पाखा भए पनि लोभलाग्ने दृष्य नियाल्दै 4543 मिटरको नाराला पासमा दश मिनेट बस्यौ । हुँस्सु लागेको थियो। पास फराकिलो रहेछ। पास पछि बाटो पुरै ओरालो रहेछ। शेर्पेनी सोल्टेनीहरु टिवेटिन गीत गाउदै पाखा धर्काउदै थिए।  चकमन्न रात थियो।  2030Hrs हिल्सा पुग्यौ। धुप झार्दै थिए। भाडामा छुट माग्दै थिए । हामी हेरिरहेका थियौ। १० जना जतिले भाडा नतिर अध्यारोमा टाप कसेको कुरा ड्राईभर दाईले बताए।  उहा बस्ने होटलमा लगे हामीलाई। थाकेकाले सुत्ने बित्किकै भुसुक्क गएछौ।    
 तुमकोटको पाखामा बाट कर्णाली नदी मुचु र तुमकोट

 भान्जा बिशाल तुमकोटको पाखामा
तुमकोटको पाखामा घाम ताप्दै 

पालबाङ  तिर भेडी चराउन लैजादै
यारी बजार
 यारी बजारको स्वरुप
 यारीबाट नियाल्दा
 यारीबाट सिधै पारी नियाल्दा खुईलेका नाङ्गा चट्टान
 यारी बाट सिधै पारी नियाल्दा

यारीको उवाको खेती 

 यारीको लोभ लाग्ने पठार
 हिल्सा सिमिकोट सडक । यारीको भूगोल


 नाराला पासमा हुम्ला

समय पाउदा सिर्जनात्मक कार्यमा लागि पर्छन् । गीतकार हाँङपाल




गीत,संगीत र साहित्यका पारखीलाई प्रोत्साहन गर्नका लागि म ब्लगिङ गर्न रुचाउछु फुर्सदको समयमा। आफ्नो कामको बचेका समयलाई सदुपयोग साथै सिर्जनात्मक कार्यमा लागि परेका हाँङ्पाल आँङबुहाङ संग छोटो भिडियो कुराकानी गरेको छु । उहाँले च्याँब्रुङ्को आवाज हाईकु कविता संग्रह  बजारमा ल्याई सक्नु भएको छ। हाईकु कविता अलबा ९ वटा नेपाली भाषा र २ वटा लिम्बु भाषाको गीत रिकर्ड गराई सक्नु भएको छ। आफ्नै गीतमा आफैले म्युजिक भिडियो निर्देशन गर्दै हुनुहुन्छ। केहि हप्ता पछि युट्युवमा अपलोड गर्दै हुनुहुन्छ।

 थप जानकारिका लागि भिडियो हेर्नुहोस। 

Tuesday, June 27, 2017

Great Himalaya Trail (Day-7) Yalbang To Tumkot(Humla)

Day-6
The Great Himalaya Trail
यालबाङ -- तुमकोट( हुम्ला)
18 July 2016

मुशलधारे पानीले जस्ताको पाता थर्केर। निन्द्रा बिथोल्न खोज्थ्यो बेला बखतमा। राती धेरै पानी पर्यो ।आकासमा पानी रित्यो होला । चारै तिर झलमल्ल घाम लागेको होला भन्दै 0730hHrs उठ्यौ । के को हुनु आकास ठुस्केर बसेको रहेछ। पानी झर्ला झै अवस्था रहेछ। 
0800Hrs टक्क पिरो घनियाँको अचार चोप्दै उसिनेको तात तातो आँलु खायौ। अडिलो खाजा खायौ अव सजिलै गेरुङ्पानी मा खाना खान पुगिन्छ भन्दै 2335 रुपैया तिर 0900Hrs बाटो लाग्यौ। गुम्बाको प्राङ्गनमा भलिबल खेल्दै गरेको देख्यौ। होस्टेल बाट छत्र छात्रा स्कूल जादै गरेको ग्रुप ग्रुपमा  भेट्यौ बाटामा। 
1000Hrs याङ्कार बस्तिमा पुग्यौ। भोटे चिया पियौ। बस्तिमा पुरुष चाईनाको ताक्लाकोट ब्यापार वा काम गर्न गएकाले गाउमा महिलाहरु बारीमा काम गरिरहेका देखिन्थे। 1100Hrs याङकार बाट उकालो ओरालो र धुम्ती भएको बाटोमा चनाखो भई हिड्यौ। ठेस लाग्यो भने सिधै कर्णाली उर्लेको भेलमा।थाकेर लम्फु साथै पेटमा मुसा दगुरि सकेको थियो । खाना पकाउन समय लाग्ने भएकाले चिया र वाई वाई खायौ गेरुङ्पानीमा। 

साहुजी भाई आधा बैषे थिए। गजबको कुराकानी गरे हामी संग। यहाँ दुःख गरेर पैसा कमाईन्छ चाईनाको ताक्लाकोटमा गईन्छ । डिस्कोका नाचिन्छ। राम्री चाईनीज केटीहरुले बियर ग्लाँसमा हालि दिन्छन्।कमाएको पैसा बर्वाद हजुर। यस्तै छ जीन्दगी  हाँस्दै भने। तपाईहरु आरामले तुमकोट पुग्नु हुन्छ। राम्रो खाना खानु हुन्छ भने कमल बुढाकोमा । तरुनी हेर्नु हुन्छ भने रेखा थापाको होटलमा। हुन्छ भाई हामी रेखा थापाको हैन कमल बुढाको मा बस्छौ भन्दै 1500 तिरि 1430Hrs बाटो लाग्यौ। पहिलो पटक जिर्ण अवस्थाको  कर्णाली नदी को झोलुङ्गे पुल तर्यौ।

सैपाल हिमालको काखमा अवस्थित मुचु गाउ देख्दा हर्षित भयौ। ऊवाको खेतीले कान्लाहरु हरियाली। बारीको कान्ला र गल्लीमा चुली पाकेर पहेलै भएको देख्यौ। चुली फल पहिलो पटक हामीले चाख्यौ। चुली फल हो सागर भाईले हामीलाई बताए। प्रहरी पोष्ट रहेछ मुचुमा । तुमकोट बजार 1730Hrs कमल बुढाको होटलमा बास बस्यौ। रेखा थापाको होटल पनि हेर्न गयौ। कमल बुढा पाटन क्याम्पस बिए अध्ययन गरे पछि हुम्ला फर्केका। बिवाह गरेका । सिमिकोटमा श्रीमती र बच्चालाई पढाउदै गरेका रहेछ। उनी सेडा गाउ निवासी रहेछ।

तुमकोट ६ महिनाको अस्थाई ब्यापर गर्ने स्थल रहेछ। हिल्सा तुम्कोट पक्की बाटो भएकाले चाईनाको सरसमान सजिलै बिना नंम्बर भएको कवाडी चाईनिज चिप र ट्रिपरले यात्रु र समानहरु ल्याउने रहेछ।बाजुरा बझाङ र हुम्लाका भेडा च्याँङ चराउदै यहा सम्म ल्याउदा रहेछ। 10 देखि 12 केजी सम्म खसी र भेडालाई चामल वा अन्य चिज बोकाईदो रहेछ। खसी च्याँङ्ग्रा बेच्ने र चाईनिज बियर लडाउने गर्दा रहेछ भेडी गोठालेहरु । मातेर लठ्ठ भएर बसेको देख्यौ। साँझको खान ठिक्कै थियो। कमल बुढाको ठुलो टेण्ट रहेछ। आगन्तुक सुत्ने। त्यस भित्र सुत्दै आज हाम्रो यालबाङ देखि तुमकोट सम्मको यात्रामा सबै भन्दा मज्जा रमाईलो लागेको मुचु गाउ र तुमकोट बजार रह्यो भन्दै बिशाल भान्जाले बनाउनु भएको आधुनिक गीत सुन्दै सुत्न लाग्यौ। 




याङ्कार उवा वारी पुछारमा कर्णाली नदी
यालबाङ बाट एक घण्टा हिडे पछि पुरानो शैलीमा निर्मीत लामा समुदायको बस्ति याङ्गार गाऊ

तुमकोट बजार सैपाल हिमालको फेदी । यहा देखिएको दाउरा हिल्सा हुँदै चाईनाको ताक्लाकोट जाने रहेछ।

हिल्सा सिमिकोट सडक खण्डको कर्णाली नदी माथि अधकल्चो पक्की पुल । धेरै बर्ष भईसकेको यस पुल कहिले निर्माण हुन्छ अन्यौल छ भन्थे स्थानिय तुमकोट निवासी ।
कर्णाली नदी पहडको भित्र बाट फुत्त निस्केको छ।
तुमकोट बजार
सैपाल हिमालको हिँउ पग्लेर बनेको तुमकोट खोला
कर्णाली नदी तुमकोट
तुमकोट
भेडी गोठालाहरको अस्थाई टम्बु।



तुमकोट बजार




भेडा च्याँङग्रा र खसी चरन क्षेत्र भएकाले लर्को लागेर जादै । तुमकोट।

Monday, June 26, 2017

Great Himalaya Trail (Day-6) Kermi To Yalbang

 Day-6
केर्मी-- यालबाङ (हुम्ला)
Great Himalaya Trail

17July 2016




झरि पर्दै थियो। वतावरण चिसो । खोचमा कर्णाली धमिलो भेल उर्लेदै गरेको । नाङ्गो पहाडमा सेतो भूईकुहिरो हुल सलबालउदै । पाखामा भेडा च्याङग्रा चरिरहेको । यहि प्राकृतिक सौन्दर्यको नाटक नियाल्दै। आजको बिहानको माहोल बितेको थियो केर्मीमा।  चिया र वाई वाई नास्ता गर्यौ। 2100 रुपैयाँ बिल तिर किर्मी बाट यालबाङ् तिर सोझियौ 0840Hrs
हिड्ने बित्तिकै मलाई पेट दुःन थाल्यो । बाटो मुनि घुम्ति चर्पी बनाई हाले।३ पटक बाटो मुनी बाटो माथी चर्पी  बनाउदै 1000Hrs ओखरथला पुग्यौ। भोटे चिया पिउदै पखालाको दबाई पनि खाए मैले। NTC को नेटवर्क भएकाले हामीले आफन्तलाई फोन गर्यौ। वाई वाई खाजा फेरी खायौ । 600 रुपैया तिर 1100Hrs बाटो लाग्यौ।

हिमाली भेगको वतावरण शुरु भयो ओखरथला बाट । जाडो हुने नै भयो।  तेर्सो बाटो भएकाले सल्ली डाँडा 1200Hrs पुग्यौ। सल्ली  डाँडामा एक घर पसल रहेछ। जाडो किसिम थियो। भोटे चियाले ज्यान तातो बनायौ। किशोर सर र बिशाल भान्जाले ऊवाँको तीनपाने ट्वाँक दिनु भयो। 600 रुपैयाँ तिरी 1245Hrs ओरालो लाग्यौ सल्लीमा पुगी आजको खाना खान। 1400Hrs सल्ली पुग्यौ। हिल्सा सिमिकोट र लिमि लाप्चा सडकको ट्रयाक खोलि सकेको संगम स्थल रहेछ। खोच भए पनि सल्ली खोला रमाईलो ठाउ लाग्यो। गोब्रे सल्लाको घना जङ्गल रहेछ। पेट खाली भईसकेको थियो। वाई वाईले पेट हल्का पुरा गर्यौ ।

हाम्रो लागि खाना पाक्दै थियो। अगेनामा आगो ताप्दै गर्दा खसीको फिला अगेना माथी झुण्डिएका देख्यौ। सिकुटि भुट्न लगायौ। खसीको सुकुटी खान सकेनौ ठ्वाँस्स खसी गन्ह्याँएकाले सबै सागर भाईलाई दियौ हामीले। पेट भर्नका लागि जवरजस्ती दाल र भात खायौ । खाना मिठो थिएन्। 1430 रुपैयाँ तिर 1530Hrs सल्ली खोलाको झोलुङ्गे पुल तर्यौ। हल्का उकालो ओरालो कहिले कर्णाली भेटिने कहिले तल देखिदै क्रममा यालबाङ्ग आईपुग्न लाग्दा मुसल धारे पानीले गोदन सम्म गोदयो। छाता र प्लास्टिकको घुम ओढ्दै 1800Hrs यालबाङ्गको होटल हिमचुलीमा आईपुग्यौ।भिजेको लुगा फेर्यौ । न्यानो कपडा लगायौ।

भोटे चिया पिउदै । अगेनाको रापले ज्यान तातो हुँदै थियो। आलु पाक्दै थियो बहानमा। साहुनी धनिया र गोलभेडा को अचार बनाउनु हुँदै थियो। किशोर सरले तीन चार दाना आलु खानु भई ज्वरो आउला जस्तो भएर आराम गर्नु लाग्नु भयो। बिशाल भान्जा सागर र म आलु खादै साहुनी संग गफगाफ गर्न थाल्यौ। थुक्पा सुप खाने भएकाले  मैदा मुस्न थाल्नु भयो साहुनी। उहाँकी श्रीमान् ताक्लाकोट ब्यापारका लागि जानु भएको रहेछ। सिमिकोट देखि हिडे पछि हामीले मुण्डे घरमा मात्र देख्दै आएका थियौ तर यालबाङ मा पुरै जस्ताले छाएको पक्की घरहरु देख्यौ। हरेकको  घुरेनमा साग सब्जी लगाएको देख्यौ। फोहरमैला देखेनौ । पानी प्रसस्त। झिङ्गा देखेनौ । हरेको घरमा चर्पी। ४४ किलो वाटको २४ सै घण्टा बिजुली NTC नेटवर्क सुविधा। पुछारमा कर्णाली । सिधै पारी बाग्लो जङ्गल हेर्दा क्या राम्रो । तपाईका गाउका मानिस जाँगरिला रहेछ । हामी दंग भयौ। हुम्लाको बारेमा गरिबी अनिकालको समाचार र फोटो देख्थ्यौ । त्यो हामीले देखेनौ साहुनी लाई मैले प्रश्न गरे।

हाम्रो गाउ बनाउन २ जना लामाले धेरै दुःख गर्नु भएको छ। अझ गर्दै हुनुहुन्छ गाउका लागि।  हाम्रो गाउ परिवर्तन भएको धेरै भएको छैन्। लामा लवजको शैलीमा भनिन्। कालिज डाँफे मृग घोरल नाउर को मासु खानु पाईन्छ भन्ने मैले पत्रपत्रिकामा पढेको थिए। आज बिहान ओखरथलामा मृगको साप्रा देखेका थियौ। यहा पनि होलानी हैन्। यालबाङमा सबै लामा भएकाले काटमार हुँदै । सिकार नगर्ने नियम बनाएका छौ। पहिले बन्दुक पडकाउने बित्तिकै गाउले सबै गएर शिकारी पक्रन थाल्यौ। आजकाल पासो थापेर मार्दैं छन्। हाम्रो गाउको ले हैन केर्मी धारापुरी र सेडा गाउका सिकारीहरु। उनीहरुले तुमकोट र ओखरथाल तिर बेच्न लैजान्छन्।यहाँ ५०० जति लामा गुम्बा बस्छन्। बोर्डिङ स्कूल पनि राम्रो चलाएका छन् २जना लामाले। हामीले च्यान्दुक देखि सुन्दै आएका थियौ। बाल बच्चाहरु यालबाङ बोर्डिमा पढ्दै छन् भनेर।

बहुपति चलन तपाईको गाउमा अझै छन् मैले सोधे । यालबाङमा पुरानो चलन हटिसक्यो । एक घर मात्र छ। त्यो पनि मेरो मिल्ने साथी हो। उनीहरु हाँसी खुशी रमाईलो संग जीवन बिताउदै छन्। २ दाजुभाईको एउटी श्रीमती। गफगरी रहदा थुक्पा पनि तयार भयो। ज्यादै मिठो थुक्पा थियो। सिमिकोट देखि हिडे पछि मिठो खाना यालबाङमा खाँदै छौ हगि बिशाल भान्जा मैले भने । साह्रै स्वाँदिष्ट। साहुनीको काम गर्न निपुर्णता र पाहुनालाई सत्कार गर्ने कला देखि हामी प्रभावित हुँदै थियौ।  किशोर सरलाई  बिस्तारमा थुक्पा लगि दिए सागर भाईले। थुक्पाको  सुप र ओखतीले किशोर सर निको हुनु भएको रहेछ बिस्तारामा पुग्दा। आज हाम्रो यात्राको सबै भन्दा रमाईलो भनेकै यालबाङ्को मिठो खाना। गाउ सफा। हराभरा गाउ।  झिङ्गा रहित। सल्ली खोलाको लोभ लाग्ने गोब्रे सल्ला। ओखरथाला देखि यालबाङसम्मको पदयात्रा गर्दा गौरब लाग्ने वतावरण र भौगलिक स्वरुपरहेछ भन्दै स्लिपिङ ब्याग भित्र पस्यौ। बाहिर मुसलधारे पानी पर्दै थियो।         


ओखरथलाको होटलमा चिया पिउदै गर्दा भान्जा बिशाल ले सुटुक्कै यसरी उतार्नु भएछ। किशोर सर फोनमा SMS पढ्दै हुनुहुन्छ।

ओखरथलबाट पारी देखिने मनोरम दृष्यले हामीलाई मोहित पार्दै ।
ओखरथलाको बाटोमा खच्चर तुमकोट  तिर समान  लिन जादै



धारापुरीमा उपियाँले टोकेको फोका देखाउनु हुँदै भान्जा बिशाल । ओखरथलामा
ओखरथलाबाट देखिने नाङ्गो पहाड ।
सल्ली खोला एक मात्र होटल
सल्लीखोला लिमी लाप्चा र हिल्सा सिमिकोट सडक को संगम स्थल भएकाले कवाडी चाईनिज मिनि ट्रिपर। एक बर्ष अगाडि ल्याएका रहेछ । ड्राईभर नभएकाले खिया लागेर चल्ने अवस्थामा छैन्। चिसो वतावरणमा थकान भुलाउनु हुँदै किशोर सर।
खाना खाए पछि सल्ली खोला पछ्याउदै र गोब्रे सल्लाघारी भित्रको बाटोमा बिशाल भान्जा
बिशाल भान्जा र किशोर सर सल्ली खोलाको झोलुङ्गे पुलमा ।

सल्ली खोला
कर्णाली पृष्ठभूमिमा राख्दै किशोर सर
यालबाङ गाउ देखिदै गर्दा
भान्जा बिशाल थकान मेटाउनु हुँदै हामीलाई पर्खै
हाम्रो समान बोकि दिनु हुने सागर भाई पनि कर्णालीको भेल नियाल्दै
यालबाङ पुग्ने बेलामा

होटल हिमचुली

यलाबाङ गाउको सौन्दर्य

यालबाङ गाउ।



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...