Total Pageviews

Tuesday, March 31, 2020

Upper Dolpa Trek Day-3 Diary

14 May 2019
Upper Dolpa Trek
Kagbeni- Sangta(Mustang)


               लुम्बुक डाँडाको फेदिमा                

0700Hrs खाजा खायौ। बाटामा होटल नभएकाले प्याकेट लञ्ज बोक्यौ।0730Hrs कागबेनीबाट बाटो लाग्यौ। कालीगण्डकीको तिरमा श्रद्धालुहरु पितृको नाममा तर्पण र श्राद्ध गरि रहेका देखिन्थे। पुलकै आडमा छार्का निवासी किशोरी बहिनी लाई हरिभाईले चिनेको भएकाले बोलाए। शालिकराम र अन्य समानहरु बेच्नका लागि राखेकी रहेछिन्। कालीगण्डीको झोलुङ्गे पुल तरे पछि उकालो बाटो भएकोले कछुवाको गतिमा हिडि रहयौ। मुक्तिनाथ मन्दिर परिसर क्षेत्र वरिपरिका हिमाल र अन्य नाङ्गा पाखामा घामको प्रकास छरिसकेको देखिन्थ्यो। 


उक्लिदै गर्दा घामलाई सेतो कुहिरोले छेक्ने र देखाउने क्रम भईरहेको हुन्थ्यो।उकालो बाटो र उचाई बढेकाले थाकेर लोथ हुँदै गर्दा बाटामा सुन्दर  ताल भेट्यौ। नक्शामा हेर्दा तिरिमिरी ताल लेखेको पाईयो। खुशीले गदगद भए म। कागबेनी देखि साङ्टा गाउ पुग्नका लागि सडकको ट्रयाक खोली सकेको रहेछ। यहि तालको छेवै भएर खनिएको रहेछ सडक। नाङ्गा पाखाको उकालोमा खुईया गर्दै कागबेनी देखि साङ्टा गाउ छिचोल्नका लागि सामुन्द्रिक सतहबाट 4465 मिटरको भञ्ज्याङ छिचोल्नु पर्ने भएकोले फोक्सो घाटीमा सरेको जस्तै लाग्ने हुने गरि पासमा आईपुग्दा सारा थकान र भोक भुले। सिधै माथी सुन्दर लुम्बुक डाँडालाई हिउले ढप्पक छोपेकाले हिमाल जस्तै लाग्ने सेताम्मे हिउले पोतिएका देखिन्थे। मुस्कुराएको लुम्बुक डाँडाको फेदीमा हिमाल हेर्दै बोकेको प्याँकेट लञ्च दबायौ। पासको वतावरण लोभलाग्ने थियो। हावा चलेको थिएन्। ३०तिस मिनेट आराम गर्यौ। पास बाट बाटो ओरालो शुरु भयो। भारी हिमपात भएकाले हिँउ पग्लिएको थिएन्। भासीदै पछारिदै हिडि रह्यौ। केहि ठाउमा ढुंगा खस्दै गरेको देखिन्थे। ढुंगाले हिर्काउला भन्दै दगुर्ने गर्थ्यो पनि। धेरै ठाउमा हिमपातले ट्याक्टर गुड्ने सडकमा पहिरोले बाटो छेकेको कतै बगाएको देख्थ्यौ। 

थुम्कामा बसेर पुछारमा साङ्टा गाउ र सिधै माथी सदक्ष हिमपर्वतमाल भित्र पर्ने टाँसीकाँङ र टार्से हिमाल रहर लाग्दो आकृतिमा देख्दा मख्ख भए। यि हिमालहरुलाई मुक्तिनाथ दर्शन गर्दा देखिने हिमाल अर्कै स्वरुपमा देखिने भए पनि साङ्टा गाउ बाट कैलास पर्वत जस्तै देखिने भएकाले तस्विर र भिडियो मज्जाले खिचे।1800Hrs साङ्टा गाउमा पुग्यौ। गाउ वरिपरि च्याङ्ग्रा चरिरहेका देख्यौ। शिरमा हिमाल हुँदै नाङ्गा पठारको पुछारमा ज्यादै सुन्दर र शान्त बस्तिमा पु्ग्दा हर्षले सिमा नाध्न थाले। कैलास पर्वत मालाहरु जस्तै लाग्ने हिमालको आकृति हेर्न पाउनु साङ्टा गाउ लाई प्राकृति उपहार दिएको रहेछ। कागबेनी देखि साङ्टा गाउ आईपुग्नलाई ११ घण्टा लागेकोले लोथ भएको थिए म। हरि भाई ट्रेकिङ आउदा बस्ने होटलको साहुनी संग अगेनामा तातो पानी पिउदै साहुनी संग गफगाफ गर्दै बसे। हरि भाईले साँझको खान्की बनाउदै थिए। साहुनीको छोरा र छोरी जोमसोम स्कूलमा पढ्ने रहेछन्। उहाँकी श्रीमान कागबेनी सरसमान किन मेल गर्न गएका रहेछन्। हरि भाईले पकाएको मिठो खाना खायौ।2100Hrs सुत्यौ। ढल्कने बित्तिकै कुम्भकर्णको मित्र भए छु।







 साङ्टा गाउ पुग्नै लाग्दा मोहित पार्ने टासचे हिमाल
मुक्तिनाथ बाट देखिने हिमाललाई अर्कै स्वरुप साङ्टा गाउ देखि नियाल्दा।
                    मुस्ताङको साङ्टा गाउ।

Friday, March 27, 2020

Upper Dolpa Trek Day-2 Diary


13 May 2019
Jomsom-Kagbeni


मुस्ताङको कागबेनी, माथिल्लो डोल्पा जानका लागि मुख्य नाका हो । होटलको कौसी बाट कागबेनीको दृष्य।

बिच बाटोमा ड्राईभर परिवर्तन नगरी हिजो काठमाण्डु बाट चलाउदै आएको गाडी ड्राईभर म्याग्दीको चित्रे गाउको झुप्रे लाईन होटल अगाडि गाडीको ईञ्जिन बन्द गरी सुत्न गए। घडी हेर्दा बिहानको 0400Hrs भएको रहेछ। पुछारमा कालीगण्डकी बगेको आवाज सुनिन्थ्यो। 0700Hrs  चित्रे देखि जोमसोमका लागि गुडे। 1030Hrs जोमसोम पुग्यौ। चिसो मौसम थियो। सूर्यको उषा झरिसकेको थियो। निलगिरी हिमालको चमक बढेको देखिन्थ्यो। होटल गौचनमा खानाका लागि बस्यौ। जीप बाट गुडेर कागबेनी सम्म जानका लागि काउण्टरमा पुग्दा ५हजार भने । बरु हिडेर गईन्छ भन्दै हरी भाई र म जोमसोम देखि 1300Hrs  हिड्यौ कागबेनी तिर। हावा चलेको थिएन्। मुक्तिनाथ देखि बाईकमा फाँटफुट मोटरबाईकमा आउदै गरेका देखिन्थे। सूर्यको किरण नाङ्गो पाखामा पुरै पोखिसकेको देखिन्थ्यो। २ घण्टामा कागबेनीमा पुग्यौ। होटलमा तातो लसुनको सुप खायौ। तातो पानीको सुविधा भएकाले नुहायौ । फ्रेस भयौ। कोठामा ईन्टरनेट चलाउदै बस्यौ। कागबेनी ३ पटक आई सकेका भए पनि होटलको कौसी बाट कागबेनीको मौसम र वतावरण नियाल्न निस्के । घाम हिमालको शिर तिर पुग्दै गरेको देखिन्थ्यो। हरियाली उवा बारीमा हावाले बयली खेल्दै र धुलो उडाउदै गरेको देखिन्थ्यो। साँझको खाना खाई 2100Hrs बजे सुत्यौ।






Thursday, March 26, 2020

Upper Dolpa Trek( Day-1 Diary)

Upper Dolpa Trek
12 May 2019
KTM-Jomsom
मेरो पथप्रर्दशक हरि भाई अगाडि बढ्दै। कागबेनी उपत्यका क्षेत्र

मेरो गाईड डोल्पाको जुफाएल निवासी हरि डाँगी। माथिल्लो डोल्पा पदयात्राका लागि मुस्ताङको कागबेनी देखि आरम्भ गर्ने योजना भएकाले काठमाण्डु देखि जोमसोमका लागि 1400Hrs गंगाबु बस पार्क बाट गुड्यौ। थानकोट पुग्न २ घण्टा लाग्यो। थानकोटका नागबेली घुम्तीहरु छिचोल्दै पोखराको हेम्जामा रात्रीको भोजनालय गृहमा पुग्दा 2100Hrs भएको थियो। जाडो थियो। भर्खर खोलेका रहेछन्  भोजनालय। खाना खानुको भिड थियो। टेवल भरि रात्री बसका यात्रुहरु खचाखच थिए। खाना खानेको घुईचो थियो। बस्ने ठाउ थिएन्। खाना मिठो थिएन। मैले आधा खाएर छोडे। 2130 Hrsहेम्जा बाट गाडि जोमसोमका लागि गुड्यो। काठमाण्डु देखि गुडे पछि निदाउदै ब्युझिदै गरेको हुन्थे । हेम्जा देखि बेतोडले निदाए छु एक्कै चोटी म्याग्दीको चित्रे पुग्दा 0400Hrs ब्यूझे।



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...