13 May 2019
Jomsom-Kagbeni
मुस्ताङको कागबेनी, माथिल्लो डोल्पा जानका लागि मुख्य नाका हो । होटलको कौसी बाट कागबेनीको दृष्य।
बिच बाटोमा ड्राईभर परिवर्तन नगरी हिजो काठमाण्डु बाट चलाउदै आएको गाडी ड्राईभर म्याग्दीको चित्रे गाउको झुप्रे लाईन होटल अगाडि गाडीको ईञ्जिन बन्द गरी सुत्न गए। घडी हेर्दा बिहानको 0400Hrs भएको रहेछ। पुछारमा कालीगण्डकी बगेको आवाज सुनिन्थ्यो। 0700Hrs चित्रे देखि जोमसोमका लागि गुडे। 1030Hrs जोमसोम पुग्यौ। चिसो मौसम थियो। सूर्यको उषा झरिसकेको थियो। निलगिरी हिमालको चमक बढेको देखिन्थ्यो। होटल गौचनमा खानाका लागि बस्यौ। जीप बाट गुडेर कागबेनी सम्म जानका लागि काउण्टरमा पुग्दा ५हजार भने । बरु हिडेर गईन्छ भन्दै हरी भाई र म जोमसोम देखि 1300Hrs हिड्यौ कागबेनी तिर। हावा चलेको थिएन्। मुक्तिनाथ देखि बाईकमा फाँटफुट मोटरबाईकमा आउदै गरेका देखिन्थे। सूर्यको किरण नाङ्गो पाखामा पुरै पोखिसकेको देखिन्थ्यो। २ घण्टामा कागबेनीमा पुग्यौ। होटलमा तातो लसुनको सुप खायौ। तातो पानीको सुविधा भएकाले नुहायौ । फ्रेस भयौ। कोठामा ईन्टरनेट चलाउदै बस्यौ। कागबेनी ३ पटक आई सकेका भए पनि होटलको कौसी बाट कागबेनीको मौसम र वतावरण नियाल्न निस्के । घाम हिमालको शिर तिर पुग्दै गरेको देखिन्थ्यो। हरियाली उवा बारीमा हावाले बयली खेल्दै र धुलो उडाउदै गरेको देखिन्थ्यो। साँझको खाना खाई 2100Hrs बजे सुत्यौ।

No comments:
Post a Comment