Total Pageviews

Sunday, May 27, 2018

Great Himalaya Trail

Day-36/37/38
दुनै (डोल्पा)
Dunai (Dolpa)
16-18 August 2016
हिजो नुहाई धुवाई गरेकाले बिहान उठ्दा फुर्तिलो ज्यान भएको थियो। रातभरी मुसलधारे पानी परेको थियो। 0800Hrs उठ्यौ। चारै तिरका पाखामा घामको किरण छरिसकेको देखिन्थ्यो। निलो आकास मुनि दुनै बजार सुन्दर देखिन्थ्यो। ठुली भेरीको काखमा अवस्थित दुनै बजार ठुली भेरी रिसायो भने कुनै दिन  बगरमा परिवर्तन गर्न सक्ने अवस्थामा देख्यौ । किचनमा कफि लिन गए म। बिशाल भान्जा र किशोर सरलाई कफि ल्याई दिए। कफिको सुर्का लिदै ईन्टरनेट चलाउदै बस्यौ। बेलाबखत ठुली भेरी उर्लदा निस्केका आवाजले हाम्रो आँखा पुग्थ्यो भेरीको भेलमा।  ठुली भेरी पुरै धमिलो देखिन्थ्यो। दाँत नमाझी तातो कफि वा चियाको सुर्का लगाउने बानी परिसकेको  थियो हाम्रो।  0900Hrs स्वाँदिष्ट खाजा बजायौ। धुएको लुगा सुकायौ। चर्को घाम लागेको थियो। दिउसो दुनै बजार वरिपरि घुम्यौ। बजारमा चलहपहल देखिन्थ्यो। हजाम घरमा र फ्याँटफुट्ट तराई मुलका नेपाली दोकान थापेर बसेका पनि देख्यौ। डोल्पाको दुनै जस्तो ठाउमा पनि तराई मुलका नेपाली देख्दा खुशी भयौ। झोलुङ्गे पुर तरी पारि भित्तबाट वारी दुनै बजार नियाल्यौ। भोलि सेफोकसुण्डो हिड्नका लागि  चाहिने समान झोलामा मिलायौ। साँझको खाना खादै गर्दा NGOका भद्र महिला पुरुषको समुह टेवलमा गफगर्दै गरेका सुनिन्थे। टेण्ट भित्र ईन्टरनेट चलाउदै गफिदै यात्राको थकान भुल्न पाउदा हामी रोमाञ्चित भएका थियौ। मध्यारात सम्म तीन भाई चकाप हान्दै बस्यौ। 
17 अगष्टका दिन 0700Hrs उठ्यौ। रोटी आलु चना खाजा खायौ। खाएको बसेको रु 9470 बिल तिर यात्राका लागि सेफोक्सुण्डो ताल तिर 0830Hrs बाटो लाग्यौ । सिमसिम पानी परेको थियो। फर्कदा म्याग्दीको बनीबजार सम्मका लागि २ जना सहयोगी खोजी राख्नु भनी बिजय तमाङ भाईलाई भन्यौ। उहाँ ब्लू सिप होटलका कुक थिए। दुनै बजारको बस स्टप पुग्दा मेरो दाहिने घुडाको सिन दुखेर हिड्न सक्ने अवस्थामा भईन् । भान्जा बिशाल र किशोर सरलाई तपाईहरु घुमेर आउनु होला दुनैमा बस्छु भने मैले। तर उहाँहरु मान्नु भएन बरु २ दिन आराम गरि संगै जाने भने पछि होटल ब्लू सिपमा फर्क्यौ। कफिको साथमा ईन्टरनेट चलाउदै बस्यौ। दिउसो चर्को घाम लागेको थियो। साँझ पख मुसल धारे पानी पर्न थाल्यो। साँझको खाना खाई ईन्टरनेट चलाउदै टे‌ण्ट भित्र पल्ट्यौ।










18 अगष्टका दिन 0700Hrs उठ्यौ। आराम पाएकाले ज्यान फुर्तिलो थियो हाम्रो। चना र अण्डा खाजा खायौ। घाम लागेको थियो। बिहान फड्को जाने खालको घाम लाग्ने । दिउसोमा मुसलधारे पानी पर्ने मौसम दुनैमा हुन्थ्यो। 1000Hrs बजार घुम्न निस्क्यौ। हिड्दा सिन दुखाई हुन्छ कि हुँदैन परिक्षण गर्नु थियो। गजबले हिड्न सके । दुखाई भएन्। हामीले बोकेको ओखती र क्रिमले काम गरेछ। भोलि सेफोक्सुण्डो हिड्ने पक्का भयो भन्दै अाघा घण्टा बजार घुमी होटल तिर फर्क्यौ। 1130Hrs खाना खाएर सुत्यौ। 1500Hrs उठ्यौ। उठ्दा पानी सिमसिम पर्दै थियो। कफि पिउदै ईन्टरनेट चलायौ। माथिल्लो डोल्पा पदयात्रा गरि फर्केका युगल कुहिरेको जोडी र तिनका गाईड आईपुगे। साँझ पख INGO काम गर्ने भद्र ३ जना महिलाहरु राम्रो कोठा मिलाई दिनु पर्यो भन्दै बिजय तमाङ भाईलाई अनुरोध गर्दै थिए। तमाङ भाईको सहयोगी माईला दाई साह्रै मिजासिलो स्वभावका थिए। समय समय चिया कफि खाजा के ल्याई दिउ के लिनु हुन्छ भनि सोध्न आउथे हामी कहा । चाहेका समान किन्न पठाउथ्यौ बजारमा हामीले। साँझको खाना खादै गर्दा हाम्रो टेबल नजिकै हेलिकप्टरका पाईलट संग परिचय भयो। सालदाङमा एक प्रहरी जवान लेक लागेर  मृत भएको लास लिन आउनु भएको रहेछ। आर्मी ब्यारेकमा हेली राखेकी । ब्लू सिप होटलमा साँझको खाना खान आउनु भएको रहेछ। उहाँले Great Himalaya Trail को शुभकामना दिए। नेपालीले पनि घुम्न पर्छ भने। उहाँ संग आधा घण्टा गफगाफ गरि शुभरात्री भनि हात मिलाउदै छुटिनु भयो। हामी पनि बिस्तारा तिर लाग्यौ। २ दिनको आरामले मेरो सिन ठिक भयौ भन्दै खुशी हुँदै टम्बु भित्र छिर्यौ। होटल भित्र पनि हामीले टेण्ट लगाएका थियौ। किरा फट्याङ्ग्र कान्सुत्ला बाट जोगिन ।  
ब्लू सिप होटलको आगनमा रमाउदै हामी









ब्लू सिप होटलको प्राङ्गनमा सन्ध्याको आगमन संग जाडो लखेट्ने प्रयास
                          दुनैको रसिलो झरिलो स्याँउ टोक्दै गर्दा 























































Sunday, May 6, 2018

Great Himalaya Trail

Day-35
घोडाखोर - दुनै (डोल्पा)
Ghodakhor-Dunai (Dolpa)
15 August 2016
                        डोल्पाको देबकोटा बडा गाउलाई घोडाखोर बाट नियाल्दा
शौचालय नभएकाले तीन जना लाठे लाग्यौ पाखातिर Great Himalaya Trail को बिशेषता भन्दै। जरुवा पानीको धारामा मुख धोयौ। रमाईलो विहान थियो। खुलेको बिहान थियो तर चिसोले च्याँप्पै समाउने खालको वतावरण थियो। देबकोटा बडा गाउ पारि  देखिन्थ्यो। जडिबुटीको चिया पिउन पस्यौ चुला तिर। सागर भाई र साहुनीका बाबा आमा चिया र वाई वाई तयार गर्दै देख्यौ। खोईत छोरी सोधे मैले। बिरामी भएर सुतेकी बताईन् । बिरामी बहिनीलाई ओखती दिए र ४ घण्टा पछि अर्को दवाई खानुस निको हुन्छ मैले भने। रु१२४० तिरि घोडाखोर बाट 0730Hrs बाटो लाग्यौ। 
                                                           डोल्पाको दोभानमा झरिलो आरु खादै हामी

हिडेको एक घण्टामा होटल भेटायौ। वाई वाई खाने सल्लाह भयो। चिया पिउदै थियौ। वाई वाई पाक्दै थियो। थाङ्नाले बाँधेका खुट्टा देख्यौ साहुनीको। सिसाले गहिरो काटेको रहेछ । तातो पानीले धुन लगायौ र हामीले बोकेका दबाई किशोर सर र मैले लगाई दियौ। भरै साँझ यसरीनै धुएर लगाउनु होला भनि दबाई दियौ। खाजाको रु ५०० तिर्यौ। राम्रो संग बस्नु होला भन्दै तेर्स्रो बाटो हिड्न थाल्यो। कान्ला माथि र मुन्तिर धानचामर भएको मकै  बारी देखिन्थे। हिड्दै गर्दा एक हुल बिधार्थी भेट्यौ साथै बाटो माथी बाक्लो बस्ति देख्यौ। आलो पहिरो गएकाले बाटो थुनेकाले उफ्रिने क्रममा किशोर सर झण्डै कान्ला मुनि पुग्नु भयो । चिप्लिएर। झ्याँप्पै सिस्नुको बोट समात्नु भयो । सिस्नुको बोट नसमाउनु भएको भए सिधै कान्ला मुन्तिर बल्ड्याङ हुने पक्का थियो। अप्रिय घटना भएन। आथा भन्दै हिलोमा पछारिनु भयो। सिस्नुले पोलेको ठाउमा दबाई लगाई दिए मैले। फोका उठ्न पाएन्। 

लिकु गाउ मा पुग्यौ। हाईस्कूल रहेछ। बाग्लो बस्ति रहेछ। बस्ति रमाईलो लाग्यो। स्कूलको छेवैमा होटलमा वाई वाई र चिया खाने सल्लाह भयो। थाकेर लोथ भएका थियौ। गफगाफ गर्ने जाँगर थिएन हाम्रो । गाउको दृष्य राम्रो भए पनि फेरि झिङ्गाको हुलले हामीलाई वरिपरि घेर्न थालि हाल्यो। खाना पाक्दैन् बरु वाई वाई पकाई दिन्छु भने साहुनीले। चौरीकोटमा लामा समुदायका बस्ति छोडे पछि शाही र बुढा समुदायको रहन सहन साथै भेषभुषा देख्न पाईयो लिकु गाउमा। रेडबुल कोक र वाई वाईको एक मुष्ठ रु १५०० तिर्यौ र 1100Hrs लिकु बाट बाटो लाग्यौ। 
लिकु बाट पारि नियाल्दा बाग्लो बस्ति देखिन्थ्यो। स्कूल बिदा भएर बिधार्थीहरु घर जादै गरेका भेट्यौ। बिना कारण स्कूल बिदा भएका कुरा बताए । हिड्ने बित्तिकै पानी बर्सन थाल्यो। छाता ओढ्दै ओरालो बाटोमा हिड्न थाल्यौ। मान्छेले खनेको सडकको ट्रयाकमा हिड्दै दोभानमा पुग्दा घुरेनमा लटरम्म पाकेको आरु देख्यौ। ५०रुपैयाँको किन्यौ। रसिलो आरु खादै थकान भुलायौ। 1200Hrs त्रिपुराकोटमा पुग्यौ। त्रिपुराकोट धाम थुम्कामा देखिन्थ्यो। धाम हेर्न जाने योजना थियो तर थाकेर जान मन लागेन। ठुली भेरी धमिलो भेल देखिन्थ्यो। लोभ्याउने उपत्यका रहेछ त्रिपुराकोट।  गजबको बजार रहेछ।

डोल्पालीहरु बजारमा किनमेल गर्न आएका देखिन्थे। मोबाईलमा गीत भर्न पसलमा लाईन बसेका देखिन्थे। गण्डकी अञ्चल भेगका लोकगीतहरु घन्कीरहेका सुनिन्थे। बजारमा चहलपहल निक्कै देखिन्थ्यो। लाग्थ्यो हामी डोल्पा हो कि होईन जस्तो लाग्थ्यो । एउटा होटलमा झोला बिसायौ। चाउमिन पकाउन लगायौ। त्रिपुराकोट बजारमा झिङ्गाको कुरै नगरौ। बाफ्रे! लिकु गाउको भन्दा दोब्बर थियो। रेडबुल र कोक पियौ। थाकेर लोथ भएका थियौ। किशोर सर र बिशाल भान्जा बेञ्चमा झिङ्गा धपाउदै  गर्दा भुसुक्कै निदाउनु भयो। दुबै जनाको खुट्टै ढाँक्ने गरि झिङ्गा रमाउन थालेको देखि पछि झोला बाट जुका लामखुट्टे भुसुना मार्ने स्प्रे छर्कि दिए। झिङ्गा सर्लक्कै भुईमा उत्तानो हुन थाले। 
                                               त्रिपुराकोट बाट भित्ति जाने क्रममा हामी ।
त्रिपुराकोटमा बास बस्ने योजना थियो तर साहुले भित्ति देखि जिप दुनै सम्म चल्ने सुनाए । योजना बन्यो दुनै पुग्ने हाम्रो। चाउमिन स्वाँदिष्ठ थियो। रु २४५० तिर्यौ र ठुली भेरीको झोलुङ्गे पुल तरि एक घण्टामा भित्ति गाउमा पुग्यौ। रु15000 तिर दुनै तिर गुड्यौ। जुफाएल बिमान स्थलको पुछार कटे पछि तर्न नसकिने  खोला भेटिए । काठको मुढा तेर्साएको रहेछ। त्यसैमा चढी चिपको पाङ्ग्रा गुड्दा आङ जिरिङ्ग भएको थियो। हेलीकप्टर बाट चिप ल्याएका रहेछ। ड्राईभर थिए सुर्खेत तिरका भाई। ठुली भेरीको बगरमा खेतीका लागि  तीन जना महिलाहरुले खनी रहेका देखेका थियौ। अचम्म लाग्यो।  सेफोक्सुण्डो खोला र ठुलीभेरीको संगम स्थल सुलीघाटामा आर्मी चेक पोष्ट रहेछ। हाम्रो झोला चेक गरे। ठुली भेरीको किनारै किनार गुड्दै दुनै बजारमा 1600Hrs पुग्यौ। 

हुम्ला देखि ३५ दिनमा डोल्पाको दुनै पुग्दा हर्षको सिमान थिएन हाम्रो। ठुली भेरीको काखैमा दुनै बजार रमाईलो लाग्यो। गीत घन्की रहेका सुनिन्थे। दुनैको नाम चलेको होटल ब्ल्यू सिपमा झोला बिसायौ। पालै पालो नुहायौ। जुम्ला देखि हिडे देखि नुहाएका थियौ। फ्रेस भयौ। सल्लाको रुख मुनि चौतारा बनाएका रहेछ। बेञ्चमा बस्दै चिया कफिको सुर्का दिदै ईन्टरनेटमा फोटो र अन्य आफन्त र साथीहरु संग च्याट गर्न थाल्यौ। झिङ्गाले दुःख नदिदा सञ्चो महसुस भएको थियो। नाम थाहा नभएको हेर्दा राम्रो लाग्ने चरी घासमा चर्दै गरेका देख्यौ । सिन्धुपाल्चोका मास्टर सेफ भाईले स्वाँदिष्ट खाजाहरु तयार गर्दै टेबलमा ल्याई दिन्थे। साँझको खाना खाना 2000Hrs बस्यौ टेवलमा । छेवैमा INGO मा कार्यरत दुईटी महिला र एक पुरुष रवाफिलो तरिकाले गफ गर्दै गरेका सुनिन्थे । सफासुग्घर र चिरि च्याँट थियो होटल । जुम्ला देखि दुनै सम्म सहयोगी सागर बिक भाई भोलि बिहानै जुम्ला फर्कने भएकाले उहाँलाई रु 8500 दियौ। आराम संग जुम्ला पुग्नु भन्यौ। ईन्टरनेट चलाउदै 0000Hrs बस्यौ। वाहिर पानी झमझम पर्दै गरेको थियो। ठुली भेरीको आवाज स्पष्ट सुनिन्थ्यो।  
                                              देबकोटा बडा गाउ डोल्पा 
                                         हिड्दै गर्दा धानचामर लगाउदै गरेको मकैबारी
                                             खाजा खाने मौकामा सागर भाई
                                          लिकु गाउ बाट झर्दै त्रिपुराकोट तिर लम्कदै गर्दा

                          त्रिपुराकोट पुग्नै लाग्दा देखिएका अक्कर। खोचमा दोभान गाउ। 
                   जुम्ला जाजरकोट र डोल्पालीका नामुद तिर्थस्थल त्रिपुराकोकोट धाम
                                     शिरमा त्रिपुराकोट धाम फेदीमा हामी
                                                 त्रिपुराकोट वरिपरिका
                                                         त्रिपुराको बस्ति
                                  त्रिपुराकोट बजारमा खाजाको प्रतिक्षामा हामी








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...